होमप्रसाद लम्साल

होमप्रसाद लम्साल

डा.योगी ड्यालसको समर क्याम्प सञ्चालन गर्दै

सोमबार, ०२ साउन २०७४

टेक्सासस्थित ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा परिसर पुग्दा लाग्छ कि हामी नेपालको पशुपति मन्दिरको आसपासमा छौं। हुन पनि यहाँ सधैँ गज्जवले शिव धुनी गुन्जिएको हुन्छ। हरेक आईतवार दिउँसो प्राय एकोहोरो बज्ने आरती, पूजापाठ र निधारमा टिका सजाएर आउजाउ गरिरहेका नेपाली प्रसस्तै देखिन्छन्।

एनआरएन अमेरिकाको निर्वाचन अगष्ट ११ र १२ मा

बुधबार, २१ असार २०७४

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएन) अमेरिकाको चुनाव आउँदो अगष्ट महिनामा हुने भएको छ। सदस्यता भेरिफिकेसनमा लामो विवाद खेपेको निर्वाचन समितिले मंगलबार आगामी निर्वाचनको कार्यक्रम प्रकाशित गर्दै अगष्ट ११ र १२ तारिख अनलाईन निर्वाचन हुने जनाएको हो।

अमेरिकी पुनरावेदन अदालतको फैसलाः नेपालीको राजनीतिक शरण अस्वीकार

बिहिबार, १५ असार २०७४

अमेरिका आएर राजनीतिक शरण (एसाइलम) माग गर्र्ने नेपालीहरुका लागि आगामी दिन कठिन बन्ने भएको छ। अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको राजनीतिक अवस्था सुधार आएको भन्दै नेपालमा नागरिकका लागि कुनै खतरा नरहेकाले एसाइलम दाबी गर्नेलाई ग्रीन कार्ड दिइरहनु नपर्ने फैसला सुनाएको छ।

अमेरिकाको टेक्ससमा बुद्ध र वीपीको सालिक स्थापना गरिने

मङ्गलबार, १३ असार २०७४

अमेरिकाको टेक्सस राज्यस्थित अर्भिंग सहरका मेयर रिक स्टोफरले शान्तिका दूत गौतम बुद्ध र नेपाली राजनीतिका शिखर पुरुष वीपी कोइरालाको शालीक स्थापनाका लागि पहल गर्ने अश्वासन दिएका छन्। टेक्सासको अर्भिडमा नेपाली संस्था यति चेम्बर अफ कमर्शले गरेको कार्यक्रममा बोल्दै मेयर स्टोफरले नेपाली समुदायको अनुरोध अनुसार सालिक स्थापनाका लागि सहयोग गर्ने वचनवद्धता प्रकट गरेका हुन्।

कीर्तिमानी आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु

आइतबार, ०४ असार २०७४

कीर्तिमानी आरोही तथा अल्ट्रा सञ्जय पण्डितको अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ। प्युठान घर भएका उनको अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा अल्टिच्युडका कारण मृत्यु वासिङ्टन डिसीस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

नेपालबाट अमेरिका अाएका भुटानी शरणार्थीद्वारा आत्महत्या

बुधबार, ३१ जेठ २०७४

अमेरिकाको टेक्सासमा एक नेपाली भाषी भुटानीले आत्महत्या गरेका छन्। भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनस्र्थापना गर्ने कार्यक्रम अन्तर्गत पूर्वी नेपालबाट अमेरिका आएका हरि अधिकारीले आत्महत्या गरेका हुन्।

टेक्सासमा युनाइटेड नेपलिज् कन्भेन्सन सम्पन्न

बिहिबार, १८ जेठ २०७४

अमेरिकामा रहेका युवालाई अमेरिकी परिवेशमा समाहित गराउने उद्देश्यसहित युनाइटेड नेप्लिज एसोसिएसनको दोस्रो सम्मेलन टेक्सासमा सम्पन्न भएको छ।

अमेरिकामा समुन्द्रमा डुबेर नेपाली युवाको मृत्यु

मङ्गलबार, १६ जेठ २०७४

अमेरीकाको टेक्सासस्थित कर्पसकृष्टि क्षेत्रमा पर्ने समुन्द्रमा डुबेर काठमाडौं थापाथली घर भएका एक नेपाली युवकको मृत्यु भएको समाचार छ। आइतवार बिदाको दिन पारेर साथीहरुसँग रमाइलो गर्न समुन्द्री तट गएका सुबोध तण्डुकारलाई सामुद्रिक छालले बगाएर समुन्द्रभित्र लगेको थियो।

टेक्सासमा दुई दिने यूनाईटेड नेप्लिज् कन्भेन्सन हुँदै

बिहिबार, ११ जेठ २०७४

अमेरिकामा हुँदै आए नयाँ ढंगले मे २७ र २८ मा युनाइटेड नेप्लिज एसोसिएसनको दोस्रो सम्मेलन टेक्सासमा हुने भएको छ। कार्यक्रमको उद्घाटन टेक्सासको अरबिड् सिटी मेयर रिक स्टोफर्डले गर्नेछन्।

सुनसरीको संस्था केटीके बेल्टले अमेरिकामा जित्यो ७५ हजार डलर

शुक्रबार, ०५ जेठ २०७४

वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणका लागि नेपालको पूर्वी क्षेत्र सुनसरीमा चार बर्षदेखि काम गर्दै आएको संस्था केटिके बेल्टले (कोसीटप्पु कंचनजंगा वायोडाईभसिटी एजुकेसन लाईभ्लीहुड टेरा स्टुडियो) ले ७५ हजार अमेरिकी डलरको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ।

रोडम्याप क्लाइमेट च्यालेन्जको अन्तिम छनोटमा कोपीटापु प्रोजेक्ट

शनिबार, ३० बैशाख २०७४

नेपालको वातावरणीय परिवर्तनको चुनौती र जोगिने उपायका बारेमा नेपालको पुर्वी क्षेत्रमा विगत चार बर्षदेखि काम गर्दै आएको संस्था केटिके बेल्ट(कोसीटप्पु वायोडाईभसिटी एजुकेसन लाईभ्लीहुड टेरा स्टुडियो) अर्थ डे रोडम्याप क्लाइमेट च्यालेन्ज नामक प्रतियोगिताको अन्तिम छनोटमा परेको छ ।

एनआरएनको २५ औ च्याप्टर वासिंटनको सियाटलमा गठन

बुधबार, २० बैशाख २०७४

गैरआवासिय नेपाली संघ अमेरिकाको २५ औं च्याप्टरको तदर्थ समिति वासिंटनको सियाटल गठन भएकोे छ। नविन खनालको संयोजकत्वमा गठित तदर्थ समितिले स्थानीय नेपाली समुदायसँग सरसल्लाह गरी समितिलाई पूर्णता दिनेछ।

वासिंटनमा नेपाली वाणिज्य दुताबास उद्‌घाटन

आइतबार, १७ बैशाख २०७४

अमेरिकाको वासिंटन स्टेटको सियाटलका लागि नियुक्ति एसी शेर्पाद्वारा स्थापना गरिएको अवैतनिक वाणिज्य दुतावासको कार्यलय उद्‌घाटन भएको छ। नेपालका लागि अमेरिकी राजदुत डा.अर्जुन कार्की र सिटी अफ रेडमण्डका मेयर जोन मर्सिनले सियाटलको रेडमण्डमा स्थापना गरिएको कार्यलयमा संयूक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए।

जनसम्पर्क समिति अमेरिकाको साधारण सभा भर्जिनियामा

आइतबार, १० बैशाख २०७४

नेपाली जनसम्पर्क समिति अमेरिकाको पहिलो साधारण सभा अमेरिकाको भर्जिनिया राज्यमा शुरु भएको छ। साधारण सभाको उद्घाटन काँग्रेस केन्द्रिय सदस्य एवं मन्त्रि जीवन बहादुर शाहीले गर्दैछन्।

सुपर लयर जिसी परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकार

शुक्रबार, ०१ बैशाख २०७४

अमेरिकामा लामो समयदेखी कानून व्यवसाय गर्दै आएका सुपर लयर खगेन्द्र जिसीलाई नेपाल सरकारले परराष्ट्र मन्त्रालयको गैरआवासीय नेपाली संघको अवैतनिक सल्लाहकारमा नियुक्त गरेको छ ।

अमेरिकामा दुई नेपाली कम्युनिटी बोर्डथ्री र बोर्ड फाइभको सदस्यमा नियुक्त

शुक्रबार, २५ चैत २०७३

न्यूयोर्कको क्वीन्स बोरो प्रेसिडेन्टले न्युयोर्क बस्दै आएका दुई नेपाललीलाई कम्युनिटी बोर्डथ्री र बोर्ड फाइभको बोर्ड मेम्बरमा नियुक्त गरेको छ ।

अमेरिकामा ४८ हजार ६ सय ७० अवैध नेपाली

बुधबार, २३ चैत २०७३

पछिल्लो समय अमेरिकामा कति नेपालीहरू बसोबास गरिरहेका छन् भन्ने तथ्यांकको अभाव भइरहँदा ३ लाख १५ हजार ९ सय ८० रहेको तथ्यांक सार्वजनिक भएको छ ।

एनआरएन अमेरिकामा लफडा: अदालत आदेशको पौडेल द्वयद्वारा फरक-फरक व्याख्या

बुधबार, २३ चैत २०७३

गैरआवासिय नेपाली संघ अमेरिकाको विपक्षमा दायर एक मुद्दा अमेरिकास्थिति टेनेसी अदालतको आदेशपछि अब निर्वाचनका लागि बाटो खुलेको छ। नगेन्द्र पौडेललगायतद्वारा मार्च १९ मा दायर मुद्दामा वर्तमान कार्य समिति विघटन, नयाँ तदर्थ समिति गठन र अदालतद्वारा गठित समितिद्वारा निर्वाचन गराउन गरिएको थियो। सो मुद्दा टेनेसी अदालतले मंगलबार खारेज गरेको संघका अध्यक्ष डा.केशव पौडेलले बताए।

बेली डान्सरले अाशीर्वाद चर्चामा

सोमबार, २१ चैत २०७३

पप गायक आर्शीवाद सुवेदी पछिल्लो एक गीतमा क्यानेडाली बेली डान्सरहरुद्वारा अभिनय गरेपछि चर्चाको शखिरमा पुगेको छ। साथी नामको सो आर एण्ड वी पप गीतमा आर्शीवादले नयाँ प्रयोग गरेका हुन्।

नेपाली संस्थद्वारा अमेरिकामा एकैदिन ६ राज्यमा रक्तदान

सोमबार, १४ चैत २०७३

अमेरिकाको दक्षिणपूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेप्लिज एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) ले एकै दिन अमेरिकाभर ६ स्थानमा रक्तदान सम्पन्न गरेको छ।

Ncell Footer Ad