होमप्रसाद लम्साल

होमप्रसाद लम्साल

एनआरएनद्वारा अमेरिकी सरकारकाउच्च पदाधिकारीसँग भेट

शनिबार, ०१ पुष २०७४

नेपालीहरुका लागि टेम्पोररी प्रोटेक्ट स्टाटस (टिपिएस) नवीकरणका लागि अमेरिकामा नेपाली समुदाय जुट्न थालेका छन् । एनआरएनअमेरिकाले पहल सुरु गर्दै अमेरिकी सरकारका होमल्याण्ड सिक्युरिटी, स्टेट डिपार्टमेन्ट र कंग्रेस अफिसरहरुसंग भेट गरी नवीकरणका लागि प्रयास सुरु गरेको छ ।

टेक्सासमा तीन नेपालीभाषी भुटानीको मृत्यु

बुधबार, २७ मङि्सर २०७४

आइतबार साँझ टेक्सासको फोर्थवर्थमा भएको एक दुर्घटनामा परी तीन जना नेपाली मुलका भुटानी शरणार्थीको मृत्यु भएको छ।  दुर्घटनामा चार महिनाकी एउटी बालिकासहित नेपाली मूलका तीनजना भुटानी नागरिक ५१ वर्षीय डम्बर कामी,  उनकीश्रीमती ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दजीको मृत्यु भएको हो।

सेभेन समिटद्वारा सुर्खेत र काठमाडौंमा बृहत दन्त शिविर

सोमबार, २० कार्तिक २०७४

सेभेन समिट फाउण्डेसनको संयोजनमा काठमाडौंस्थित बौद्धमा बृहत स्वास्थ्य शिविर शुरु भएको छ। पाँच दिनसम्म चल्ने सो निशुल्क दन्त स्वास्थ्य शिविरमा अमेरिकाको न्यूयोर्कस्थित न्यूयोर्क यूनिभर्सिटी स्कुल अफ डेन्टिस्ट्रीबाट ४६ जना दन्त विशेशज्ञहरुको सहभागीता रहेको सेभेन समिट फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले बताए।

नारी निकुञ्ज अष्ट्रेलियाद्वारा नैकापको विशेष विद्यालयलाई सहयोग

बुधबार, १५ कार्तिक २०७४

अष्ट्रेलियाको सिड्नीमा व्यपार व्यवसाय गर्दै आएका गैर आवासिय नेपाली संघ ओसेनिया क्षेत्रका निवर्तमान संयोजक महेन्द्रकुमार लम्सालले सिर्जनशिल अपांग पुर्नस्थापना तथा विशेष शिक्षा विद्यालय नैकापका लागि एक लाख नेपाली रुपैयाँ सहयोग गरेका छन्।

गैरआवासीय नेपाली संघमा भट्ट विजयी

मङ्गलबार, ३१ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा जापान आधारित नेपाली व्यवसायी भवन भट्ट विजयी भएका छन्। सोमबार भएको निर्वाचनको मंगलबार बिहान २ बजे आएको परिणामअनुसार भट्टले १ हजार १९७ मत ल्याउँदै विजयी भएका हुन्। अष्ट्रेलिया आधारित अध्यक्ष प्रत्यासी जमुना गुरुङ ५८४ मत ल्याएर पराजित भइन्। विद्युतीय मतदान मेसिन प्रयोग गरेका कारण राति नै मतपरिणाम आएको हो।

अन्ततः अध्यक्षमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा, अरु को को छन् उम्मेदवार? (सूचीसहित)

सोमबार, ३० असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको आज नयाँ नेतृत्व छान्ने निर्वाचन हुँदैछ। अ ढिला गरी सार्वजनिक गरिएको उम्मेदवारको सूचीअनुसार अध्यक्षमा भवन भट्ट र जमुना गुरुङबीच प्रतिस्पर्धा हुँदैछ।

एनआरएनको निर्वाचन तालिका पछि सर्‍यो, सोमबार १ बजे चुनाब

आइतबार, २९ असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन आइतबार बन्द सत्रसँगै उम्मेदवारहरुको मनोनयन दर्ता शुरु भएको छ। निर्धारित समय भन्दा ढिला अन्तिम मतदाता नामावली प्रकाशन भएकोले उम्मेदवारको मनोनयनमा ढिला शुरु भएको हो।

प्रतिनिधि कार्ड वितरणमा लापरवाही, एनआरएन सम्मेलन स्थलमा झडप

आइतबार, २९ असोज २०७४

शनिबारदेखि बौद्धस्थित होटल हायतमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं ग्लोबल सम्मेलनमा झडप भएको छ। सम्मेलनमा सहभागी हुन विश्वका विभिन्न देशबाट आएका प्रतिनिधिहरुलाई कार्ड वितरणको व्यवस्थित संयन्त्र नहुँदा झडपको स्थिति सिर्जना भएको हो।

साँघुरिँदाे विश्व आप्रवासन र एनआरएनको भूमिका

शुक्रबार, २७ असोज २०७४

कुनै पनि देशमा नेपाली आप्रवासनको लागि राज्यको भरपर्दो उपस्थिति नहुँदा जुन कठिनाई पर्छ त्यसका लागि एनआरएनले आफ्नोतर्फबाट पनि ग्लोवल धारणा बनाउन जरुरी छ। जानकारीमा आएसम्म कुनै पनि देशमा भैरहेको आप्रवासन समस्या एनआरएनले एक शब्द पनि खर्च गरेको देखिँदैन। अबका दिनमा एनआरएनले त्यसतर्फ पनि ध्यान दिन जरुरी छ।

प्रवासको नेतृत्व गर्दै हरिबोल भण्डारी काठमाडौं-३ बाट सिफरिस

बिहिबार, २६ असोज २०७४

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीहरुले नाम सिफारिस गर्ने क्रममा अमेरिकाको टेक्सास बसोबास गर्दै आएका नेपाली काँग्रेसका युवा नेता हरिबोल भण्डारीलाई नेपाली काँग्रेस क्षेत्रीय समितिले काठमाडौं क्षेत्र नम्बर ३ बाट सिफारिस भएका छन्। अमेरिकामा नेपाली समुदायबीच अत्यन्तै लोकप्रिय रहेका भण्डारी हरेक ६—६ महिनामा नेपालमा सामाजिक काममा सक्रिय रहने गरेका छन्। उनी नेपाली काँग्रेसको प्रवास भातृसंगठन जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य रहेका छन्।

एनआरएन निर्वाचन : अमेरिका क्षेत्रीय संयोजकमा एसी शेर्पाको उम्मेदवारी

आइतबार, २२ असोज २०७४

गैरआवासिय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलन नजिँकिदै गर्दा अमेरिका क्षेत्रबाट संघको विभिन्न पदमा उम्मेदवारहरुले उम्मेदवारी घोषणा भएका छन्। अमेरिकाज् क्षेत्रको क्षेत्रिय संयोजक पदका लागि वर्तमान क्षेत्रीय उपसंयोजक एसी शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

‘विश्वबाट आतंकवाद उन्मूनल चुनौती’

सोमबार, ०९ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व आतंकवाद उन्मूलन गर्नु नै अहिलेको चुनौती रहेको बताएका छन् । देउवाले संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई शनिबार न्युयोर्कमा सम्बोधन गर्दै आतंकवादको समाधानबाट मात्रै विश्वमा शान्ति र विकास सम्भव भएकोमा जोड दिएका हुन् । उनले यसका लागि सहकार्य गर्न विश्व समुदायसँग आग्रह गरेका छन् ।

कोरियाली प्रायद्वीपको समस्या समाधान गर्न नेपाल तयार : देउवा

आइतबार, ०८ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघमा सम्बोधन गर्दै विश्व आतंकवादलाई समाधान गर्नु नै अहिलेको चुनौति रहेको बताएका छन्। न्युयोर्कमा आज गरेको सम्बोधनमा आतंकवादलाई समाधान गर्न विश्व समुदायबीच सहकार्यबाट मात्रै सम्भव रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई न्युयोर्कमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आतंकवादको समाधानबाट मात्रै विश्वमा शान्ति र विकास संभव भएकोमा जोड दिए।

प्रधानमन्त्री देउवाले ट्रम्पको 'डिनर' छुटाए

बुधबार, ०४ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघको महासभामा भाग लिन केहि समय अघि न्युयोर्क अाइपुगेका छन्। संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन अाएका प्रधानमन्त्री देउवा १९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज न्यूयोर्क अाइपुगेका हुन्।

अमेरिकामा अन्तर्राष्ट्रिय स्तरको डालास प्रमियर लिग खेल्दै नेपाली क्रिकेट टोली

सोमबार, ०२ असोज २०७४

गत बर्ष टेक्सासको ह्युष्टनमा भएको अन्तर्राष्ट्रिय स्तरको टुएक्स क्रिकेट यूएसए कप खेलमा (६० हजार २ सय ५० डलर) जितपछि हौसिएको नेपाली क्रिकेट टोली अमेरिकामा फेरि अर्कोे खेल खेल्ने तयारीमा जुटेको छ। गत वर्ष नोभेम्बर १३ तारिक अमेरिकामा नेपाली क्रिकेट टोलीको जितले अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको निकै संभावना रहेको संकेत गर्दछ।

अमेरिकासँग ५० अर्ब रूपैयाँको सहयोग सम्झौतामा हस्ताक्षर

शुक्रबार, ३० भदौ २०७४

अमेरिकाले नेपाललाई प्रदान गर्ने ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) को अनुदान सम्झौतामा वासिंगटन डिसीमा बिहीबार राति हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्रालयको ट्रिटी रूममा भएको सहयोग सम्झौतामामा नेपालका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा अमेरिकी उपविदेशमन्त्री जोन सुलिभानले हस्ताक्षर गरेका छन्।

एनआरएन अमेरिकामा पुनः डा.पौडेल

शुक्रबार, २३ भदौ २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा पुनः डा.केशव पौडेल विजयी भएका छन्। एनआरएनएका विश्वका ७६ शाखामध्ये सबैभन्दा ठूलो अमेरिका शाखा हो।

एनआरएन अमेरिकाको निर्वाचन सेप्टेम्बर ५ र ६ मा

शुक्रबार, १६ भदौ २०७४

एनआरएन अमेरिकाको स्थगित निर्वाचन सेप्टेम्बर ५ र ६ मङ्गलवार र बुधवार हुने भएको छ। निर्वाचन समितिले हिजो राती अबेर सुचना जारी गर्दै निर्वाचनको मिति सार्वजनिक गरेको हो। यसअघि अध्यक्षका उम्मेदार गौरी जोशीले आफूलाई उम्मेदवार बन्न रोकेको भन्दै टेनेसी अदालतमा दायर गरिएको मुद्दा गत हप्ता फिर्ता लिएपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया शुरु गरेको हो।

अमेरिकामा दिनबन्धुको पुराण अभियान

बिहिबार, ०८ भदौ २०७४

अमेरिकामा नेपाली समुदायले आआफ्नो बासोबास भएको स्थानमा सामुदायिक भवन निर्माणमा जुटेका छन्। सामुदायिक भवन निर्माणका लागि पछिल्लो एक महिनामा मात्रै पण्डित दिनबन्धु पोख्रेलले बोष्टन, नर्थ क्यारोलिनामा सात दिने श्रीमद भागवत महापुराण वाचन गरेका छन्। आजबाट न्यूयोर्कमा रिजउड नेपाली सोसाईटीको आयोजनामा भागवत पुराण शुरु भएको छ।

अदालतको आदेशपछि एनआरएन अमेरिकाको निर्वाचन अनिश्चित

बिहिबार, २६ साउन २०७४

निर्वाचन हुनुभन्दा तीन दिन अघि टेनेसी अदालतले दिएको आदेशका कारण गैरआवासिय नेपाली संघ अमेरिकाको अधिवेसन अनिश्चित बनेको छ। केन्द्रिय अधिवेशनलाई प्रभाव पार्न सक्ने सबैभन्दा धेरै सदस्य रहेको अमेरिकामा आफूलाई उम्मेदवार बन्नबाट बन्चित गरेको भन्दै अध्यक्ष पदका प्रत्यासी गौरी जोशीले अदालतमा दायर गरेको मुद्दामा टेनेसी अदालतले अर्को आदेश नआउँदासम्म सबै प्रकारका निर्वाचन प्रकृया रद्द गर्न र विपक्षीको कुरा सुन्ने गरी आन्तरिम आदेश जारी गरेपछि निर्वाचन रोकिएको हो।

Ncell Footer Ad