होमप्रसाद लम्साल

होमप्रसाद लम्साल

कांग्रेसले अमेरिकामा पनि जागरण अभियान लैजाने

बिहिबार, २३ जेठ २०७६

नेपाली जनसम्पर्क समिति अमेरिकाले मातृ पार्टी नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रम अमेरिकाका विभिन्न मुख्य राज्यहरुमा आयोजना गर्ने भएको छ। जुन १५ तारिख शनिवार अमेरिकाको उत्तरपूर्वी क्षेत्र अन्तर्गत न्यूयोर्कमा, मध्य र दक्षिण क्षेत्रको लागि टेक्सास र सुदूर पश्चिम क्षेत्रका लागि सन् फ्रान्सिस्कोमा कार्यक्रम गर्ने निर्णय भएर तया

लाप्राक बस्ती हस्तान्तरणको अन्तिम तयारी

मङ्गलबार, १४ जेठ २०७६

गैरआवासीय नेपाली संघले भूकम्प प्रभावितका लागि निर्माण गरिएको ५ सया ७३ घर स्थानीयलाई हस्तान्तरणको अन्तिम तयारी भैरहेको उपाध्यक्ष कुमार पन्तले बताए।

एनआरएन अमेरिकाको अध्यक्षमा सुनिल शाह विजयी

सोमबार, ०६ जेठ २०७६

गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा सुनिल शाह निर्वाचित भएका छन्। हिजो र अस्ति सम्पन्न दुई दिने अनलाईन मतदानमा वरिष्ठ उपाध्यक्षमा डा अर्जुन बन्जाडे र महासचिवमा पशुपति पाण्डे निर्वाचित भए। निर्वाचनमा कुल ८ सय ८ सय ३६ मत मध्ये ७ हजार १ सय ९१ मत खसेको छ।

नेपालले पहिलो पटक अन्तरिक्षमा पठायो ‘नेपालीस्याट-१’ भू-उपग्रह

बिहिबार, ०५ बैशाख २०७६

नेपालको पहिलो नेपाली स्याट १ नामक भू-उपग्रह(स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपालको पहिलो स्याटलाइट प्रक्षेपण गरिएको नासाद्वारा तयार पारिएको लाइभ भिडियोमा उल्लेख छ।

सीताको उपचार जोन हप्किन्समा सुरु

बिहिबार, ०७ चैत २०७५

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक भेटघाट नगर्ने भएका छन्। तत्कालीन माओवादीले सञ्चालन गरेको दश वर्षे हिंसात्मक आन्दोलनका क्रममा मानवताविरोधी अपराध भएको भन्दै संलग्नलाई कारबाही गर्ने माग उठिरहेका बेला दाहालले आफ्नो अमेरिका भ्रमणलाई पत्नीको उपचारमा केन्द्रित गर्ने भएका हुन्।

अमेरिकामा माउन्ट एभरेष्टको नाममा बाटोको नाम

मङ्गलबार, २८ फागुन २०७५

अमेरिकामा माउन्ट एभरेष्टको नाममा दुईवटा बाटोको नामाकरण गरिएको छ। न्यूयोर्क राज्य सरकारले नेपाल र नेपालीहरुको सम्मानार्थ कुईन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ’माउन्‍ट एभरेष्ट वे’ नामांकरण गरेको छ भने त्यो भन्दा अगावै क्यालिफोनियाको सान जोसेस्थित माउन्ट एभरेष्ट डिआर नामाकरण गरिसकिएको छ।

राष्ट्रपति भण्डारीले राष्ट्रसंघमा आज सम्बोधन गर्दै

मङ्गलबार, २८ फागुन २०७५

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रसंघको बैठकमा भागलिन सोमबार अमेरिका आइपुगेकी छिन्। संयुक्त राष्ट्र संघको ६३ औ महासभाको कमिसन अन द स्टेटस अफ वुमेन (सि एस डब्लु) बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डल सहित राष्टपति भण्डारी अमेरिका आइपुगेकी हुन्।

अमेरिकामा माउन्ट एभरेष्ट नामका दुई सडक

मङ्गलबार, २८ फागुन २०७५

अमेरिकाको न्यूयोर्क राज्य सरकारले दुई सडकको नाम माउन्ट एभरेस्ट नामकरण गरेको छ। नेपाल र नेपालीहरुको सम्मानार्थ कुइन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गरेको हो। यसअघि क्यालिफोर्नियाको सान जोसेस्थित माउन्ट एभरेस्ट डिआर नामकरण गरिसकिएको छ।

राष्ट्रसंघका महासचिव अन्टोनियोसमक्ष राईद्धारा ओहोदाको प्रमाणपत्र पेश

शनिबार, २५ फागुन २०७५

संयुक्त राष्ट्रसंघका लागि नेपालका नवनियूक्त आवासीय प्रतिनिधि अमृत बहादुर राईले यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। यहि मार्च ४ तारिकमा कार्यभार सम्हाल्न यूर्योक आईपुगेका राईले एक औपचारिक कार्यक्रममा ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

अधिकारकर्मी डा. परियार ‘वुमन एक्सन अवार्ड’बाट अमेरिकामा सम्मानित

बिहिबार, २३ फागुन २०७५

सामाजिक अभियन्ता डा. विष्णुमायाँ परियार अमेरिकामा ‘वुमन एक्सन अवार्ड’बाट सम्मानित भएकी छन्।  अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीबाट वुमन हिस्ट्री मन्थ को अवसरमा उक्त पुरस्कारबाट सम्मानित भएकी हुन्।

एनआरएन अमेरिकाको सदस्य संख्या १० हजार, चुनावी चहलपहल सुरू

सोमबार, ०६ फागुन २०७५

गैरआवासिय नेपाली संघ अमेरिकाको सदस्यता लिने समय सकिएको छ। अन्तिम नामावली आउने दिनसम्म सदस्यको सख्या १० हजारको हाराहारीमापुग्ने अनुमान गरिएको छ।

भेनेजुयला प्रकरण : राजदूत कार्की भन्छन्, ‘अहिलेसम्म स्पष्टिकरणको कुनै पत्र आएको छैन’

शनिबार, १९ माघ २०७५

भेनेजुयलाको राजनीतिक घटनाक्रमलाई लिएर नेकपाका अध्यक्ष पुष्पकमल दाहालद्धारा जारी विज्ञप्तिको विषयमा अमेरिकी सरकारले चासो प्रकट गरेको छ।

अमेरिकाको न्यूजर्जी सिटी र ईन्द्रावती गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम

शनिबार, १२ माघ २०७५

अमेरिकाको न्यूजर्जी सिटी र नेपालको सिन्धुपाल्चोकस्थित ईन्द्रावती गाँउपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ।

अमेरिकी राष्ट्रपतिद्वारा टिपिएस र डाकालाई तीन बर्ष समय थप्ने प्रस्ताव

सोमबार, ०७ माघ २०७५

यदि राष्ट्रपतिबाट प्रस्तावित विषयमा सहमति भए साँढे ८ हजार नेपालीसहित ३ लाखले टिपिएसबाट र ७ लाखले डाकाबाट थप तीन बर्ष अमेरिका बस्न पाउने छन्। अन्यथा टिपिएसको समय सकिएकोले आगामी जुनपछि टिपिएस नवीकरण नभएकोले आ–आफ्नो देश फर्किसक्नुपर्नेछ।

बेद छोएर अमेरिकी संसदमा ह्यारीको सपथ

सोमबार, ३० पुष २०७५

अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठबाट निर्वाचित नेपाली मुलका अमेरिकी सांसद ह्यारी भण्डारीले विश्वकै ग्रन्थ बेद छोएर सपथग्रहण गरेका छन्। भण्डारीको शपथ ग्रहण जनवरी ९ तारिखमा मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा भएको थियो।

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

बुधबार, ०४ पुष २०७५

अमेरिकी विदेश मन्त्रालयको निमन्त्रणमा अमेरिका आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच भेट भएको छ। परराष्ट्रमन्त्री ज्ञावाली र अमेरिकी विदेशमन्त्री माईकल रिचार्ड पाम्पियोबीच स्टेट डिपार्टमेन्टमा भेटवार्ता भएको हो। लामो समयको अन्तरालमा भएको औपचारिकरुपमा भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ।

अमेरिकामा ग्लोबल नेपाली फिल्म तथा सोसल मिडिया अवार्ड हुने

बुधबार, २६ मङि्सर २०७५

नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको नर्थ क्यारोलिनामा ग्लोबल नेपाली फिल्म, म्यूजिक, मिडिया तथा सोसल अवार्ड २०१८ आयोजना हुने भएको छ।

कांग्रेस प्रस्तावित बिधान जनसम्पर्कलाई अधिकारविहिन बनाउन लागेको भन्दै बिरोध

सोमबार, २४ मङि्सर २०७५

नेपाली कांग्रेसको प्रस्तावित संशोधित बिधानमा जनसम्पर्क समितिको अधिकार कटौती गर्न खोजेको भन्दै बिरोध सुरु भएको छ। जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले केन्द्रीय समिति बैठकमा बोल्दै प्रस्तावित संशोधित बिधानको बिरोध गरेका हुन्।

मुख्यमन्त्री शेरधन राईका सहयोगीद्वारा अमेरिकामा पत्रकार कुटिए

शनिबार, २४ कार्तिक २०७५

समाचार लेखेको विषयलाई लिएर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका मुख्य सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले शुक्रबार न्यूयोर्कमा पत्रकार लोकमणि राईलाई कुटेका छन्।

नेपाली मूलका एचबि भण्डारी अमेरिकी मध्यावधि निर्वाचनमा विजयी

बुधबार, २१ कार्तिक २०७५

अमेरिकी मध्यावधि निर्वाचनमा नेपाली मूलका एचबि भण्डारी निर्वाचित भएका छन्। भण्डारी मेरिल्याण्डको हाउस अफ डेलीगेट डीष्ट्रीक–८ बाट निर्वार्चित भएका हुन्।