भुवन शर्मा

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

शुक्रबार, २७ असार २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन्। प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ। दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन्। यसबाट सरकारविरुद्ध यी दुई दल मिलेर अघि बढ्ने बलियो संकेत मिलेको छ।

केन्द्रले खटाएका ९० कर्मचारी स्थानीय तहबाट फिर्ता

मङ्गलबार, २४ असार २०७६

सुरुमा करिब ३० जना कर्मचारी फिर्ता पठाइएको थियो। पछि यो संख्या बढेर करिब ९० जना पुगेको हो। समायोजन गरि पठाएका कर्मचारीलाई हाजिरी गराउन संघीय मन्त्रालयले स्थानीय तहलाई ताकेता गरिहेको छ।

समायोजनको काम पूरा, महाशाखा नै विघटन

मङ्गलबार, २४ असार २०७६

करिब दुई वर्ष लागएर सरकारले निजामती कर्मचारी समायोजनको सबै काम टुंग्याएको छ। समायोजनको काम टुंगिएसँगै आइतबारदेखि समायोजन महाशाखा नै विघटन गरिएको छ।

जग्गा वर्गीकरण नक्सा स्थानीय तहमा

सोमबार, २३ असार २०७६

भूमिको समुचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्न सरकारले २०५७ सालमा भूउपयोग नक्सा आयोजनाको स्थापना गरेको थियो।

नक्कली आरोहण सिफारिसमाथि छानबिन सुरु

आइतबार, २२ असार २०७६

सगरमाथा आरोहीसँगै गएका सम्पर्क अधिकृत (लियाजोन अफिसर)ले सगरमाथा चुचुरोमा नपुगेका आरोहीलाई आरोहणको सिफरिस गरेको पाइएको छ। सम्पर्क अधिकारीले प्रमाणित गरेपछि पर्यटन विभागले भारतीय पर्वतारोही नाहिता मञ्जुरलाई सगरमाथा चुचुरोमा पुगेको प्रमाण पत्र दिएको हो।

सरकारले पठाएका ९० कर्मचारी फिर्ता

आइतबार, २२ असार २०७६

संघीय सरकारले पठाएका ९० जना कर्मचारीलाई विभिन्न स्थानीय तहले फिर्ता पठाएका छन् । फिर्ता पठाएका कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संघीय मन्त्रालय अझै टुंगोमा पुगेको छैन । संघीय मन्त्रालयका प्रवक्ता भुपाल बरालले संघीय सरकारले समायोजन गरी स्थानीय तहमा पठाइएका ९० जना कर्मचारीलाई विभिन्न स्थानीय तहले फिर्ता पठाएको बताउँदै त्यस्तो कर्मचारीको विषयमा मन्त्रालय टुंगोमा नपुगेको बताए ।

काठमाडौंमा ३० वर्ष अघिको गर्मी दोहरियो, मनसुन किन सक्रय भएन ?

शुक्रबार, २० असार २०७६

काठमाडौंमा ३० वर्षअघिको गर्मी दोहरिएको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार यस वर्ष जुलाई महिनाको रेकर्डले ३० वर्ष अघिको गर्मीको रेकर्ड झन्डैझन्डै छोएको छ।

४९ स्थानीय तहको बजेट अनिश्चित

शुक्रबार, १३ असार २०७६

स्थानीय तहका पदाधिकारीहरूबीचको विवाद र हेलचेक्र्याइँका कारण ४९ वटा गाउँपालिका र नगरपालिकाले बजेट ल्याउन सकेका छैनन् । विभिन्न जिल्लाका स्थानीय तहले समयभित्र बजेट सार्वजनिक गर्न नसक्दा राजस्व र आय–व्यय विवरण अनिश्चित बनेको छ । ऐनअनुसार सबै स्थानीय तहले असार १० गतेभित्र आफ्नो बजेट पेस गरिसक्नुपर्ने व्यवस्था छ । १ सय ३९ वटा स्थानीय तहले भने बजेट पेस गर्न प्रक्रिया अघि बढाइसकेको संघीय मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निर्धारित समयभित्र बजेट पेस गर्ने स्थानीय तहको संख्या ५ सय ६५ छ ।

कानुन नबन्दा कर्मचारी व्यवस्थापनमा अलमल

बिहिबार, १२ असार २०७६

प्रशासन सम्बन्धी कानुन अघि नबढ्दा तीनै तहमा कर्मचारी व्यवस्थानमा अलमल भएको छ। झण्डै आधा दर्जन प्रशासन हाल कानुन हाल संसद्, संसदीय समिति र कानुन मन्त्रालयमा अल्झिएका छन्। संघीय निजामती सेवा ऐन २०७५ संसद्को राज्य व्यवस्था समितिमा छलफलमा गएको छ भने भने प्रदेश सेवा मापदण्ड र निजामती सेवा मापदण्ड कानुन मन्त्रालयमा पुगेको छ। प्रदेश सेवा मापदण्ड र स्थानीय सेवा मापदण्डमा सहमतिका लागि संघीय मन्त्रालयले तीन महिनाअघि नै कानुन मन्त्रालयमा पठाएको हो।

स्वतन्त्र तिब्बत कार्यक्रमा गएको भन्दै प्रदीप यादव निलम्बित

बुधबार, ११ असार २०७६

लाट्भियाको राजधानी रिगामामा गरिएको स्वतन्त्र तिब्बत कार्यक्रममा सहभागी भएको भन्दै समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई ६ महिनाका लागि पार्टीबाट निष्कासन गरेको छ।

समाजवादी पार्टीमा फोरमका मुद्दालाई प्राथमिकता

मङ्गलबार, १० असार २०७६

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएर बनेको समाजवादी पार्टीका अधिकांश अजेन्डा तत्कालीन फोरमले अघि सारेका मुद्दामा आधारित छन्।

बेस क्याम्प नपुग्ने लियाजन अफिसरमाथि छानबिन

आइतबार, ०८ असार २०७६

पर्यटन विभागले बेस क्याम्प नपुगी बाटैबाटै फर्कने सम्पर्क अधिकारी ९लियोजन अफिसर० माथि छानबिन सुरु गरेको छ। पर्यटन विभागले बेस क्याम्पम नपुगी बाटोबाटै फर्केका लियाजन अफिसरहरूका बारेमा विभागले प्रारम्भिक छानबिन सुरु गरेको छ। विभागका महानिर्देशक डण्डुराज घिमिरेले बेस क्याम्प पुगेका या बाटैबाटै फर्केका कर्मचारीका बारेमा जानकारी लिने काम भइरहेको बताए। ‘उहाँहरुमध्ये कुनकुन कर्मचारी बेस क्याम्प पुग्नुभयो, कुुनकुन पुग्नु भएन। बेस क्याम्प नपुग्नु भएका कर्मचारीको हकमा के कती कारणले बेस क्याम्प जानु भएन सो सबै बुझिसकेपछि हामीले कारबाहीको प्रक्रिया अघि बढाउछौं,’ उनले भने।

बेस–क्याम्प नपुगी हिमाल आरोहण प्रमाणित

बिहिबार, ०५ असार २०७६

सगरमाथा पोलुसन कन्ट्रोल कमिटी (एसपिसिसी) का अनुसार ९८ लियाजन अफिसरमध्ये २२ जनामात्र बेसक्याम्प पुगेका छन्। आरोहीलाई हिमाल आरोहण गरेको प्रमाणित गर्न कुनै वैज्ञानिक विधि छैन। हिमालको फेदमा बसी चुचुरोमा पुगेको प्रमाणित गर्नुपर्ने हुन्छ।

राजपा र समाजवादीले ११ प्रदेश र बुहराष्ट्रिय मुद्दा ब्युझाउँदै

बिहिबार, ०५ असार २०७६

राष्ट्रिय जनता पार्टी नेपाल र नवगठित समाजवादी पार्टीले ११ प्रदेशको अजेन्डा र बहुराष्ट्रिय शब्दलाई ब्युझाएका छन्। दुवै पार्टीले आफ्नो घोषणापत्रमा बहुराष्ट्रिय शब्दलाई प्राथमिकताका साथ फेरि चर्चामा ल्याएका हुन्। यसैगरी ११ प्रदेशको अजेन्डालाई राजपाले विधान मस्यौदाको प्रस्तावनमामै राखेको छ भने नवगठित समाजवादी पार्टीले पार्टी गठन हुँदा तयार गरिएको आधार पत्रमा ११ प्रदेशको एजेण्डालाई उठाइएको छ।

खानेपानी मन्त्री–महाप्रबन्धक विवाद उत्कर्षमा

मङ्गलबार, ०३ असार २०७६

खानेपानी मन्त्रालयले अख्तियारलाई पठाएको चिठीमा २०७३ असार ५ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेड सञ्चालक समितिको निर्णय भनी संस्थालाई २२ लाख १० हजार रुपैयाँ अनावश्यक व्ययभार थपेको आरोप लगाइएको छ।

बेस–क्याम्प नपुगी हिमाल आरोहण प्रमाणित

आइतबार, ०१ असार २०७६

६ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहण समूहमा लश्रजना सरकारी कर्मचारी सम्पर्क अधिकारी ९लियाजन अफिसर०को रूपमा जानुपर्ने व्यवस्था छ। सो व्यवस्थाअनुसार यो मौसममा ९८ कर्मचारी लियाजन अफिसर भई आरोहण दलमा पुगे तर तीमध्ये २२ जना कर्मचारीमात्रै बेस क्पाम्प पुगे। बाँकी बिरामी भएँ भन्दै बेस क्पाम्पबाटै फर्के।

असोजबाट रेल गुड्ने

मङ्गलबार, २८ जेठ २०७६

रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ। नेपालमा भएको एउटै जनकपुर–जयनगर रेल छ वर्षदेखि पूर्ण रूपमा बन्द थियो।

सरकार नबोल्दा लोकसेवा आयोग दुखित

सोमबार, २७ जेठ २०७६

प्रत्येक स्थानीय तहलाई छुट्टै सरकार मानी विज्ञापन निकालिएको हो। बढुवा कटाएर खुलातर्फ २८ या त्यसभन्दा माथि सिट भए मात्र समावेशीमा जाने सकिन्छ।

समाजवादी नेपाल अझै पुगेन निर्वाचन आयोग

आइतबार, २६ जेठ २०७६

तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भएको बिहीबार एक महिना पूरा भएको छ। तर एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोगमा अझै आवेदन दिइएको छैन। गत वैशाख २३ मा तत्कालीन संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले दुई पार्टी एकीकरण गरी समाजवादी नेपाल गठन भएको घोषणा गरेका थिए। त्यसको औपचारिक जानकारी निर्वाचन आयोगलाई अझैसम्म दिइएको छैन। यसैलाई कारण देखाउँदै भट्टराई संसद्मा अहिले पनि प्रतिपक्षीको कुर्सीमा बस्दै आएका छन्।

छानबिन आयोगले काम थाल्यो

सोमबार, २० जेठ २०७६

मन्त्रिपरिषद्ले जेठ ६ गते गठन गरेको आयोगले सिंहदरबारमै कार्यालय स्थापना गरी काम सुरु गरेको हो।

Ncell Footer Ad