भुवन शर्मा

खेतीयोग्य जग्गामा प्लटिङ रोक

आइतबार, २६ साउन २०७६

सरकारले खेतीयोग्य जग्गा मासेर घर बनाउने कार्यमा कडाइ गर्ने भएको छ। संघीय संसद्को दुवै सदनबाट भूउपयोगसम्बन्धी विधेयक पारित भएसँगै खेतीयोग्य जमिनमा जथाभावी घडेरी र प्लटिङ गर्न नपाइने भएको हो।

मेयर–उपमेयरबीच ठाउँठाउँमा बोलचाल बन्द

शुक्रबार, २४ साउन २०७६

स्थानीय सरकार सञ्चालन ऐनको दफा ६५, राजस्व परामर्श समिति ६७, बजेट तथा कार्यक्रम तर्जुमा समिति ४६, न्यायिक समिति ६६ अनुसार स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको संयोजन गर्ने जिम्मेवारी उपमेयरलाई दिइएको छ।

जग्गा आयोगमा डेढ सय उजुरी

सोमबार, २० साउन २०७६

अतिक्रमण गरिएको सरकारी, सार्वजनिक तथा गुठी जग्गाको छानबिन गरी सरकारको स्वामित्वमा ल्याउन गठन गरिएको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण जाँचबुझ आयोगमा डेढ सय उजुरी परेका छन्।

सरकार छाड्ने/नछाड्नेमा समाजवादीमा अलमल

आइतबार, १९ साउन २०७६

पार्टी गठन भएको तीन महिना पूरा हुन लाग्दा पनि सरकार छाड्ने नि नछाड्नेभन्नेमा समाजवादी पार्टीले निचोड निकाल्न सकेको छैन। पार्टीका आन्तरिक बैठकमा सरकार छाड्ने÷नछाड्ने विषयमा छलफल र चर्चा हुने भए पनि पार्टीले यस विषयमा स्पष्ट दिशा लिन नसक्दा अलमल कायमै रहेको हो।

स्वर्गद्वारीको जग्गा हडप्न फेरि चलखेल

शुक्रबार, १७ साउन २०७६

विभिन्न नाममा जग्गा हडप्ने चलखेल भएपछि त्यसलाई रोक्न आश्रमका पुजारी, महात्मा, कर्मचारी अहिले काठमाडौं आएका छन्। उनीहरूले आश्रमको जग्गा जोगाउन वकिल तथा पूर्वप्रशासकसँग भेटी परामर्श थालेका छन्।

छठकपुरमा जानकी रेल

सोमबार, १३ साउन २०७६

केही दिनअघि आएको बाढीले जकपुरमा रेलको लिगमा क्षति पु-याएको थियो। क्षति भएको ठाउँमा चाँडै ममर्त गरिने विभागले जनाएको छ।

सरकारी जग्गा हडपेकालाई लालपुर्जा दिन प्रस्ताव

सोमबार, १३ साउन २०७६

२०४६ देखि २०७० सालसम्म सुकुमबासीलाई जग्गा उपलब्ध गराउन भनी १२ वटा सुकुमवासी आयोग गठन भए।

राजपा केन्द्रीय समितिको बैठक एकपटक मात्र

आइतबार, १२ साउन २०७६

राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको दुई वर्षमा जम्मा एकपटक मात्रै केन्द्रीय समितिको बैठक बसेको छ। त्यो पनि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रयोजनका लागि बसेको थियो। यसबाहेक केन्द्रीय समिति बैठक बस्न सकेको छैन। केन्द्रीय समितिको बैठक दुई वर्षदेखि बैठक बस्न नसकेपछि केही केन्द्रीय सदस्यहरू केन्द्रीय समितिको बैठक बोलाउन नेतृत्वलाई दबाब दिँदै आएका छन्। अध्यक्षमण्डलका सदस्यहरू भने बैठक बोलाउने विषयमा चासो राख्दैनन्। ‘

नयाँ गाडी आइपुगे तर पदाधिकारी आएनन्

शुक्रबार, १० साउन २०७६

पदाधिकारीविहीन दलित आयोग, आदिवासी तथा जनजाति आयोग, महिला आयोग, समावेशी आयोग र मुस्लिम आयोगले पदाधिकारीका लागि भन्दै ६/६ वटा नयाँ गाडी किनेका छन् भने मधेसी आयोगले दुइटा गाडी किनेको छ।

गुनासो सम्बोधन गर्ने बहानामा आफ्नालाई रोजेको ठाउँ

बिहिबार, ०९ साउन २०७६

साविकका स्थानीय तहका १० हजार ५सय ४०, साविकका जिविसबाट १ हजार २सय ४१ र अन्य सेवाबाट ३ सय १६ कर्मचारी गरी १२ हजार ९७ कर्मचारीहरु स्थानीय तहमा समायोजन भएका छन्।

गुनासो सम्बोधनका नाममा समायोजनमा चलखेल

मङ्गलबार, ०७ साउन २०७६

कर्मचारी समायोजन महाशाखा विघटन भए पनि समायोजन संशोधनको कामलाई सरकारले जारी राखेको छ। करिब २० दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन महाशाखा विघटन गरी तत्कालीन महाशखा प्रमुख केदार पनेरुलाई योजना शाखाको जिम्मेवारी दिइएको थियो।

सिंहदरबार सरुवा मिलाउन मानसिक बिरामीको बहाना

आइतबार, ०५ साउन २०७६

मन्त्रालयका सहसचिव तथा समायाोजन महाशाखाका प्रमुख केदार पनेरुले मेडिकल बोर्डको सिफारिसमा १ सय ५० कर्मचारीलाई सेवासुविधा दिने सम्बन्धित मन्त्रालयमा पुल दरबन्दीमा राख्ने निर्णय गरिएको बताए ।

लोकसेवाको परीक्षामा ८४ प्रतिशत सहभागी

आइतबार, ०५ साउन २०७६

स्थानीय तहमा रिक्त रहेका पदपूर्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनका लागि शुक्रबार र शनिबार भएको परीक्षामा सहभागी हुनको संख्या पहिलेको भन्दा बढेको छ। दोस्रो दिन (शनिबार) लिएको परीक्षामा फाराम भरेका परीक्षार्थीमध्ये ८४ दशमलव १ प्रतिशत उपस्थित भएको आयोगले जानकारी दिएको हो।

समाजवादी–राजपा एकताका लागि गुपचुप कुरा मिलाउँदै

बिहिबार, ०२ साउन २०७६

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीरकण प्रक्रिया भित्रभित्रै धेरै अघि बढेको छ। तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण गरी सबैलाई चकित पारेजस्तै समाजवादी र राजपाबीच जतिसक्दो चाँडो एकीकरण गरी चकित पारेर देखाउन दुवै पार्टीका नेताहरूले औपचारिक–अनौपचारिक वार्ता अघि बढाएका छन्।

कांग्रेसको नियमावली पास

सोमबार, ३० असार २०७६

एक हप्ताअघि केन्द्रीय समितको बैठकमा प्रस्तुत गरिएको नेपाली कांग्रेसकोे नियमावली २०७६ पारित भएको छ। असार २२ गते बसेको केन्द्रीय समिति बैठकमा नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले मस्यौदा प्रस्तुत गरेका थिए। प्रस्तुत मस्यौदाबारे शुक्रबार छलफल भएको थियो। शुक्रबारको बैठकमा बोल्ने क्रम नसिद्धिएकाले आइतबार पुनः बैठक बोलाइएको थियो।

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

शुक्रबार, २७ असार २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन्। प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ। दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन्। यसबाट सरकारविरुद्ध यी दुई दल मिलेर अघि बढ्ने बलियो संकेत मिलेको छ।

केन्द्रले खटाएका ९० कर्मचारी स्थानीय तहबाट फिर्ता

मङ्गलबार, २४ असार २०७६

सुरुमा करिब ३० जना कर्मचारी फिर्ता पठाइएको थियो। पछि यो संख्या बढेर करिब ९० जना पुगेको हो। समायोजन गरि पठाएका कर्मचारीलाई हाजिरी गराउन संघीय मन्त्रालयले स्थानीय तहलाई ताकेता गरिहेको छ।

समायोजनको काम पूरा, महाशाखा नै विघटन

मङ्गलबार, २४ असार २०७६

करिब दुई वर्ष लागएर सरकारले निजामती कर्मचारी समायोजनको सबै काम टुंग्याएको छ। समायोजनको काम टुंगिएसँगै आइतबारदेखि समायोजन महाशाखा नै विघटन गरिएको छ।

जग्गा वर्गीकरण नक्सा स्थानीय तहमा

सोमबार, २३ असार २०७६

भूमिको समुचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्न सरकारले २०५७ सालमा भूउपयोग नक्सा आयोजनाको स्थापना गरेको थियो।

नक्कली आरोहण सिफारिसमाथि छानबिन सुरु

आइतबार, २२ असार २०७६

सगरमाथा आरोहीसँगै गएका सम्पर्क अधिकृत (लियाजोन अफिसर)ले सगरमाथा चुचुरोमा नपुगेका आरोहीलाई आरोहणको सिफरिस गरेको पाइएको छ। सम्पर्क अधिकारीले प्रमाणित गरेपछि पर्यटन विभागले भारतीय पर्वतारोही नाहिता मञ्जुरलाई सगरमाथा चुचुरोमा पुगेको प्रमाण पत्र दिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad