शुभेच्छा विन्दु तुलाधर

शुभेच्छा विन्दु तुलाधर

नारी नेतृत्व

बिहिबार, १९ पुष २०७५

‘पार्टीभित्र महिला भएपछि उसलाई सम्मान पनि नचाहिने, तपाईं पुरुषहरू लडेर भिडेर सबै पद लिनुस्, त्यसका लागि तपार्इंहरू अभ्यस्त हुनुहुन्छ। तर के महिलालाई केही नदिने ? राजनीतिमा लागेका महिलालाई कसले न्याय दिने ? पार्टीलाई अगाडि बढाउन महिलाको नेतृत्व नचाहिएको होला तर महिलाको साथ चाहिएको छ कि छैन ? यदि महिलाको साथ चाहिएको छ भने तपाईंहरूले नीति पारित गर्नुस्।’

चाडबाडको नारीतन्त्र

सोमबार, १५ असोज २०७५

हिन्दू महिलाहरूको महान् चाड तीज सदाझैँ यस पटक पनि अनेक प्रश्नहरू छोडी समाप्त भयो । नेपालमा मनाइने सयौँ पर्वहरूमध्ये तीज नै एउटा त्यस्तो पर्व हुनुपर्छ जसको हरेक वर्ष बहस सुरु हुन्छ, फेरि सेलाउँछ र फेरि अर्को साल पुनः बहस आरम्भ हुन्छ ।

ओलीको षड्भाषिक ट्विट र त्रैभाषिक शिक्षा

बिहिबार, २१ भदौ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न छ भाषामा आफ्नो प्रतिबद्धता ट्विट गर्नुभयो। प्रधानमन्त्रीको यो ट्विट देशका सबै मातृभाषीहरूका लागि खुसीका साथै सुन्दर भविष्यको संकेतका रूपमा आएको छ।

महिलाद्वारा महिलाका लागि महिला

मङ्गलबार, १५ साउन २०७५

लैंगिक समानता, महिला सशक्तीकरणजस्ता मुद्दा अहिले परिवर्तित अवस्थाका जल्दाबल्दा अजेन्डा हुन् । यसका लागि संविधानदेखि कानुन, नियम, विनियम आदि दस्तावेजहरूमा विशेष व्यवस्था गरिएका छन्।

डि–इ विद्यार्थी कहाँ जाने ?

मङ्गलबार, २६ असार २०७५

भर्खरै प्रकाशित एसइई परीक्षाको नतिजा केहीका लागि खुसीको विषय भए पनि धेरैका लागि भने निराशाजनक नै रह्यो ।

बलात्कारमा मृत्युदण्ड!

बुधबार, १६ जेठ २०७५

केही समय भयो, नेपालमा अचानक जसरी नै बलात्कारका घटनाहरू बढ्न थालेका छन्। र, समाज सचेत भएका कारण त्यसविरुद्ध प्रदर्शन तथा खबरदारीका कार्यक्रमहरू पनि प्रशस्तै भएको देखियो। यस पटक यस्ता विरोधका कार्यक्रमहरू राजधानी काठमाडौँमा मात्र सीमित नभई मोफसलका जिल्लाहरूमा पनि विस्तार भएको पाइयो। तर यो विरोध प्रदर्शनमा भने विगतमा भन्दा फरक र एउटा नयाँ बहसको पनि सुरुवात भएको देखियो- बलात्कारीलाई मृत्युदण्ड।

सेलिब्रेटी नबनोस् भर्ना अभियान

बुधबार, १९ बैशाख २०७५

विनायोजनाका सेलिब्रेटीको बढ्दो संलग्नताले अभियान आफैँ एउटा सेलिब्रेटी मात्रै भएर टुंगिने पो हो कि भन्ने शंका पनि उत्पन्न गराएको छ ।

छोरी पढाऊ : तर के पढाउने ?

सोमबार, ०३ बैशाख २०७५

अहिलेको शिक्षा पुरुषका लागि दाइजो लिने माध्यम भइरहेको छ तराईमा । अनि बेटी शिक्षित हुँदैमा कसरी यसमा परिवर्तन हुन सक्छ ?

इन्द्रेणी संघीयता

मङ्गलबार, ०८ फागुन २०७४

हालै सम्पन्न प्रदेश नं. ३ को नेकपा एमाले संसदीय दलको नेता चुन्न भएको चुनावमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पराजय अहिले चौतर्फी चर्चाको विषय भएको छ । यतिमात्र होइन, अहिले राजनीतिमा एक प्रकारले सन्नाटासमेत छाएको छ । साथै यो चुनावको नतिजाले समावेशी, आदिवासी जनजाति र महिला आन्दोलनमाथि गहिरो प्रश्नसमेत उठाइदिएको छ । राज्यले आफूहरूलाई बहिष्करणमा पारेको भन्दै सधैँ आन्दोलनरत यी समुदायका अगुवाले आफ्नै हातमा अवसर आउँदा न महिलाले महिला रोजे, न जनजातिले जनजाति नै रोजे । महिला र जनजाति अगुवाका यी अडानविहीन कार्यले गर्दा चुनावकै बेलादेखि मुख्यमन्त्रीकी दावेदार अष्टलक्ष्मी आफ्नै पार्टीभित्र पराजित भइन्।

सहभागिताको सकस

बुधबार, १९ पुष २०७४

महिलाको एक तिहाइ सहभागिता अहिले दल र नेताका लागि फलामको चिउरा भएको छ । तिनीहरूले नचाहेर पनि संसद्मा ३३ प्रतिशत महिला पु¥याउन समानुपातिक सूचीमा परेकाबाट त्यो प्रतिशत पु¥याउन बाध्यात्मक अवस्थामा पुगेका छन्

महिलाका लागि प्रत्यक्ष निर्वाचन

सोमबार, १८ मङि्सर २०७४

कथम्कदाचित महिलालाई प्रत्यक्ष उम्मेदवारीको टिकट दिइहाले पनि पार्टीपंक्तिले कति पैसा छ ? चुनावमा कति खर्च गर्न सक्छौ ? पैसाको व्यवस्था गर्न सक्छौ ? घरको अवस्था कस्तो छ ? यी र यस्ता प्रश्न अघि सारेर प्रतिस्पर्धामा जान हतोत्साहित गर्ने अनुभव पनि महिला नेताहरूको छ ।

महिला केवल कोटाको विषय होइन

बुधबार, ०८ कार्तिक २०७४

‘दिदी प्रत्यक्ष उम्मेदवारीका लागि पार्टीमा यहाँहरूले लबी गरिदिनुप¥यो । म, रामकुमारी झाँक्री दिदी जस्ता व्यक्तिहरूले समानुपातिकमा होइन, प्रत्यक्षमा चुनाव लड्नुपर्छ । जहाँ हरेक किसिमको अनुभव गर्न सकिन्छ । चाहे जीत होस् वा चाहे हार ।’

प्राथमिक तहमा मातृभाषा शिक्षा

शुक्रबार, २७ असोज २०७४

नेपालमा हरेक शैक्षिक वर्षमा करिब १३ लाख नयाँ विद्यार्थी कक्षा १ मा भर्ना हुन्छन् । एसइइको परीक्षा दिने बेलासम्म साढे पाँच लाख विद्यार्थी मात्र हुन्छन् । यसरी कक्षा १ देखि १० सम्म पुग्दा करिब आठ लाख विद्यार्थी बीच बाटोमै हराउँछन् । किन ?

यसरी सुधारौँ सामुदायिक विद्यालय

बिहिबार, २९ भदौ २०७४

३० हजारभन्दा बढीको संख्यामा रहेका सामुदायिक विद्यालयलाई सुधार गर्न सरकारले सफल सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रूपमा अन्य सामुदायिक विद्यालयसमक्ष प्रस्तुत गर्नुपर्छ ।

कहाँबाट ल्याउने महिला उम्मेदवार?

मङ्गलबार, १७ फागुन २०७३

स्थानीय निकायको चुनावमा सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध वा त्यसमा बसी अनुभव संगालेका महिलालाई पनि उपयोग गर्ने हो भने महिला उम्मेदवार अभावको एउटा अंश पूर्ति गर्न सकिने देखिन्छ।

श्रीमती संघहरूका लगाम

मङ्गलबार, २५ माघ २०७३

श्रीमती त उहीमात्र हुने हो जसको श्रीमान् छ। श्रीमान्बिना कोही पनि श्रीमती हुन सक्दैन। श्रीमान्कै कारणले मात्र निर्माण हुने श्रीमतीको पहिचानले महिलाको प्रतिष्ठा जोगाउँदैन।

ब्ल्याक फेमिनिज्म

आइतबार, २१ कार्तिक २०७३

नेपालको संविधानको प्रस्तावनामा नै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूत अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समानतामूलक समाज निर्माण गर्ने संकल्प गरेको छ ।

  • 1 (current)
Ncell Footer Ad