मातृका दाहाल

मातृका दाहाल

अख्तियारले थाल्यो ठूला घोटालामा छानबिन

बुधबार, १३ चैत २०७५

सत्तामा पहुँच भएका र प्रभाव जमाएका व्यापारीको स्वार्थ जोडिएका ठूला परियोजनामा आर्थिक अनियमितताको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। राज्यलाई अर्बौं रुपैयाँ हानि–नोक्सानी पुग्नेगरी भएका आर्थिक अपचलनमाथि आयोगले अनुसन्धान थालेको हो।

खुला विश्वविद्यालयका प्रमाणपत्र सेनालाई अमान्य

मङ्गलबार, १२ चैत २०७५

नेपाली सेनाले सरकारलाई नै चुनौती दिँदै खुला विश्वविद्यालय (ओपन युनिभर्सिटी) बाट प्राप्त शैक्षिक योग्यताका प्रमाणपत्रलाई मान्यता नदिने भएको छ। सेनाले अनलाइन शैक्षिक प्रमाणपत्रलाई पनि मान्यता नदिने जनाएको छ। शिक्षामा पहुँच बढाउन सरकारले स्थापना गरेको खुला विश्वविद्यालयबाट जारी शैक्षिक प्रमाणपत्रलाई मान्यता नदिएर नेपाली सेनाले सरकारलाई नै चुनौती दिएको पीडितहरूको गुनासो छ।

भ्रष्टाचार आरोपितमाथि कडा निगरानी

मङ्गलबार, १२ चैत २०७५

अनुसन्धानको दायरामा रहेका व्यक्ति भाग्न सक्ने आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा निगरानी थालेको छ। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अनुसन्धान अधिकृतको लापरबाहीका कारण बयानकै क्रममा फरार भएपछि अख्तियारले विस्तृत अनुसन्धानको दायरामा रहेका आरोपितमाथि विशेष निगरानी सुरु गरेको हो। अकूत सम्पत्ति आर्जन, पदीय दुरुपयोगबाट भएका निर्णयलगायत आरोपमा अख्तियारले सार्वजनिक पदधारण गरेका राष्ट्रसेवक तथा बिचौलिया करिब हजारजनामाथि विस्तृत रूपमा छानबिन गरिरहेको छ।

मनगणन्ते उजुरीले सकस

सोमबार, ११ चैत २०७५

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित ६५ जनाविरुद्ध छानबिन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ माघ १५ गते विशेष अदालतमा मुद्दा दायर गर्दा चारजनामात्रै विपक्षी बनायो।

अख्तियारमा पोलिग्राफ बयान

शनिबार, ०९ चैत २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका आरोपीसँग ‘पोलिग्राफ मेसिन’बाट बयान लिन सुरु गरेको छ। सेवाग्राहीबाट घुस असुलेको अभियोगमा सप्रमाण पक्राउ परेका तथा प्रारम्भिक छानबिनपछि अनुसन्धानमा रहेका आरोपितसँग पोलिग्राफ मेसिनको सहयोगमा बयान लिन थालिएको अख्तियारले जनाएको हो।

विप्लव पक्राउ परे जन्मकैद

शनिबार, ०९ चैत २०७५

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ। फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उसका सबै गतिविधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ।

राजनीतिक समाधान खोज्न सेनाको सुझाव

बिहिबार, ०७ चैत २०७५

नेपाली सेनाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि लागेको प्रतिबन्ध र उसका गतिविधि नियन्त्रणमा बल प्रयोग घातक हुन सक्ने जनाएकोे छ।

पिएसओ कम, पिए बढी

बिहिबार, ०७ चैत २०७५

२०१७ सालमा बिपी कोइराला प्रधानमन्त्री हुँदा उनका ‘पर्सनल सेक्युरिटी अफिसर’ (पिएसओ) थिए– नेपाल प्रहरीका डिएसपी प्रेमबहादुर गुरुङ। उनी भारतीय सेनाको जागिर छोडेर कांग्रेसले सञ्चालन गरेको राणाविरोधी सशस्त्र आन्दोलनमा मुक्तिसेनाका लडाकु थिए।

‘घुस लिएर ठूलो गल्ती गरें’

बुधबार, ०६ चैत २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ घुस लिएको अभियोग लागेपछि आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँग बयान लिन थालेको छ। पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान टोलीले दिनभर लिखित बयान लिएको हो।

अख्तियारमा एसपीको नेतृत्वमा प्रतिजासुस युनिट

मङ्गलबार, ०५ चैत २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले अख्तियारमा कार्यरत नेपाल प्रहरीका एसपीको नेतृत्वमा प्रतिजासुस युनिट गठन गरेका छन्।

पाठक अघोषित नजरबन्दमा, बयानको सूचीमा को–को ?

मङ्गलबार, ०५ चैत २०७५

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक घरमै अघोषित नजरबन्द (होम अरेस्ट)मा परेका छन्।

सुरक्षा सतर्कता अपनाउन निर्देशन

सोमबार, ०४ चैत २०७५

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट राष्ट्रिय गौरवका आयोजना र स्थानीय सरकारअन्तर्गतका विकास परियोजना अवरुद्ध हुनसक्ने भन्दै प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विशेष परिपत्र गर्दै रक्षा मन्त्रालय र गृह मन्त्रालयले प्रतिबन्धित नेकपा सम्बद्ध नेता÷कार्यकर्ताको निगरानी गर्न तथा विकास–निर्माणका आयोजनामा आवश्यक सुरक्षा सावधानी अपनाउन निर्देशन दिएका हुन्।

कलेज संचालक न्यौपाने फरार

आइतबार, ०३ चैत २०७५

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन्। गत साता अख्तियारले अनुसन्धानको दायरमा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहितका आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको थियो।

प्राविधिक गैरसैनिक पनि शान्ति मिसनमा जान पाउने

बिहिबार, ३० फागुन २०७५

सरकारले प्राविधिक गैरसैनिक व्यक्तिलाई पनि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी गराउन सकिनेगरी कानुनी व्यवस्था ल्याएको छ।

पाठकले फिर्ता गरेनन् रातो पासपोर्ट

सोमबार, २७ फागुन २०७५

७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले सुविधाबापत लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) बुझाएका छैनन्। चागुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी मुद्दा मिलाइदिने प्रलोभनमा घुस लिएको पुष्टि भएपछि आयुक्त पाठकले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए।

१४ करोडका कारगेड बाइक किन्दै सरकार

आइतबार, २६ फागुन २०७५

सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ। प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो। त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन्।

अख्तियारमै प्रतिजासुस संयन्त्र

शुक्रबार, २४ फागुन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै आयुक्त र कर्मचारी आर्थिक अनियमिततामा तानिएको घटना सार्वजनिक भएपछि प्रमुख आयुक्त नवीन घिमिरेको निर्देशनमा प्रतिजासुस संयन्त्र परिचालन गरेको छ। तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको प्रकरण सार्वजनिक भएपछि प्रमुख आयुक्त घिमिरेले आफ्नै निकायका पदाधिकारी र कर्मचारीको निगरानीका लागि जासुस संयन्त्र परिचालन गरेका हुन्।

आर्थिक सहायता र विदेश भ्रमणमा २ अर्ब खर्च

सोमबार, २० फागुन २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ।

लापरबाहीले लियो ज्यान

शनिबार, १८ फागुन २०७५

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा निकायको सल्लाहअनुसार नै बेलायतको राजकीय भ्रमण स्थगित गरे। सेन्ट्रल सेक्युरिटी सर्भिस (सिसिएस) का अधिकारीको सल्लाहअनुसार ट्रम्पको पूर्वनिर्धारित बेलायत भ्रमण रद्द भयो।

सौदाबाजीमा संवैधानिक निकाय

शुक्रबार, ०५ कार्तिक २०७३

माओवादी शिविरको आर्थिक अनियमितता प्रकरणमा 'अनुसन्धान अगाडि बढाउने' अख्तियारको भनाइ आवेशप्रेरित, बदनियतपूर्ण र क्षेत्राधिकार बाहिर छ, कसरी?

Ncell Footer Ad