डा. नम्रता पाण्डे

डा. नम्रता पाण्डे

किन हुन्छ पश्चाताप ?

मङ्गलबार, ३१ बैशाख २०७६

केही प्रतिशत मानिसमात्र होलान्, पश्चातापरहित जीवन बाँचेका। नत्र सबैजसो व्यक्ति जीवनमा केही न केही कुरामा पश्चाताप महसुस गरिरहकेकै हुन्छन्। नोकरी, व्यवसाय, सम्बन्ध, शिक्षा, विवाह, धर्म आदि कुनै न कुनै विषयमा कुनै क्षणमा आफूले चाहेअनुसार गर्न नसकेकाले पश्चातापमा रहेको उनीहरू बताउने गर्छन्। जीवनलाई पनि परिकल्पना गरेका कुनै आयोजनाजस्तै ठान्दै यसका उद्देश्य र लक्ष्य के हुन् भनेर खोज्न र विचार गर्न थाल्छौँ हामी। प्रत्येक मनुष्यलाई जीवनमा पटक–पटक, मेरो उद्देश्य के हो ? म कहाँ पुग्नुपर्ने हो ? के हुन् जीवनका उपलब्धि ? आदि प्रश्नले सताउने गर्छन्।

नयाँ वर्षले गराउने बोध

सोमबार, ०२ बैशाख २०७६

समय एउटा अनुभव हो। समयले नै हामीलाई जन्म दिन्छ र प्रेम, घृणा, दुःख, सुख, भय, हतास, सफलता, असफलता आदि अनुभव गराउँछ। दिन, महिना र वर्ष बिताउँदै आयौँ। एक वर्ष बित्नेबित्तिकै पात्रो(क्यालेन्डर) फेरिन्छ र नयाँ साल आएको सूचना दिन्छ। तर क्यालेन्डर फेरिँदैमा हाम्रो स्वभाव फेरिँदैन। वर्ष बित्दैमा हामीले आफ्नो हुनुको बोध गर्न सकेका हुदैनौँ। विगतका वर्षहरूमा तिमीले सबै कुरा अनुभव ग-यौ तर आफू हुनुको बोध ग-यौ भन्ने पुनः स्मरण गराउँछ समयले। जबदेखि आँखाले यो संसार देख्न सक्यौँ तबदेखि हरेक नयाँ वर्ष मस्तिष्कमा एउटा कथा भर्न थाल्यौँ र जीवनको अर्थ लगाउँदै समाजका मान्यतालाई पछ्याउँदै आयौँ। समय बित्दै जाँदा सबै कुरामा परिवर्तन आइरहेको हुन्छ। त्यसलाई परिवर्तन, वृद्धि, विकास जेजे भने पनि आखिर ती सबै अनुभव हुन्।

किन कष्टकर छ जीवन ?

बिहिबार, २१ चैत २०७५

एक चर्चमा पादरीले साना नानीहरूलाई प्रकृति र प्रेमबारे बुझाइरहेका थिए। प्रसंगवश प्रश्न आयो– भगवान्ले के–के बनाए ? जवाफ दिँदै जाने क्रममा पादरीले भने– ‘अरू त अरू घिस्रिने जीवसमेत भगवान्ले नै बनाएका हुन्।’ त्यसपछि नानीहरूले सोधे– ‘घिस्रिने जीव भनेको कस्तो ?’ पादरीले उदाहरण दिए– जस्तैः सर्प। तर नानीहरूले सर्प देखेका रहेनछन्।

होलीले दिने गहन ज्ञान

बुधबार, ०६ चैत २०७५

वसन्त ऋतुमा पर्ने होली अर्थात् फागु पर्वले जीवनलाई वसन्तमै राखिरहन त सक्दैन तर मनलाई भने सधैं कसरी वसन्तमय बनाउने भनेर प्रेरणा दिन्छ। मानिस जन्मन्छ, शिशुबाट युवा हुन्छ र वृद्ध अवस्थामा पुग्छ। तर मन कहिल्यै बूढो हुँदैन। हृदयमा सधैं उल्लास कसरी भर्न सकिन्छ, त्यो वसन्त उत्सवले याद दिलाउँछ।

सम्मान नै प्रतिष्ठा

आइतबार, २६ फागुन २०७५

महिलालाई अवसर दिएर, उनको मनोभावना पनि बुझेर सम्मान दिनु त पुरुषको प्रतिष्ठा हो। महिलालाई सम्मान गर्ने पुरुष जत्तिको प्रतिष्ठित अरू कोही हुनै सक्दैन। त्यसैले भनिएको होला, मनुस्मृतिमा जहाँ महिलाको पूजा हुन्छ अर्थात् महिलालाई सम्मान गर्न जानेको हुन्छ त्यही उसैसँग देवता पनि खुसी हुन्छन्। महिला सम्मानविनाको त कुनै कार्य पनि सफल हुँदैन किनकि हरेक कर्ममा महिला र पुरुष दुवैको सहभागिता रह्यो भने मात्र त्यसको महत्व रहन्छ। अहिलेको समयमा सुन्दा तीतो लाग्न सक्छ तर यथार्थ हो सदियौँदेखि पुरुषले महिलामाथि शासन गर्दै आइरहे।

भ्रष्टाचार उन्मूलनमा महिला

बिहिबार, ०९ फागुन २०७५

घरमा, समाजमा, राष्ट्रमा होस् या सृष्टिमै महिलाको भूमिका महत्वपूर्ण छ। महिलाविना सृष्टि सम्भव छैन भने महिलाविनाको घर कल्पनासम्म गर्न सकिन्न। अर्थात् महिला नभएको घर शून्य, निरस, हरेक चिज भएर पनि केही अभाव जस्तो, केही अपुग जस्तो महसुस हुन्छ। एकदिन आमा या श्रीमती माइत जाँदा घर कस्तो हुन्छ  ? घर लिएर आमा जानुहुन्न तर सबै खुसी र रौनक आमासँगै गएको अनुभूति हुन्छ।

पुरुषप्रधान समाज यस्तै हो भनेर...

बुधबार, २५ पुष २०७५

प्रत्येक राष्ट्र र समाजका आफ्नै मान्यता हुन्छन्। जसमा भाषा, संस्कार, नियम, आचरण र अनुशासन मान्यताकै आधारमा चल्ने गर्छन्। ती मान्यता पूर्वज र समाजका अग्रज व्यक्तिहरूबाट बनेका हुन्छन्। हाम्रो संस्कार र समाजका पनि आफ्नै मान्यता छन्। बेलामौकामा परिवर्तनका कुरा चलिरहन्छन्, समृद्धिका भाषण भइरहन्छन् तर मान्यता परिवर्तन नहुँदासम्म वास्तविक परिवर्तन आउँदैन भन्ने चाहिँ हामीले ख्याल गरेकै छैनौँ।

पुरुषप्रधान कि महिलाप्रधान?

बिहिबार, १२ पुष २०७५

प्रत्येक राष्ट्र र समाजका आफ्नै मान्यता हुन्छन्। जसमा भाषा, संस्कार, नियम, आचरण र अनुशासन मान्यताकै आधारमा चल्ने गर्छन्। ती मान्यता पूर्वज र समाजका अग्रज व्यक्तिहरूबाट बनेका हुन्छन्। हाम्रो संस्कार र समाजका पनि आफ्नै मान्यता छन्।

भक्तिभावको पर्व छठ

बुधबार, २८ कार्तिक २०७५

मानिसको स्वभाव तीन स्तरमा विभाजन गरेर हेर्ने गरिन्छ– शरीर, बुद्धि र हृदय । जसलाई कर्म, विचार र भावको स्तरबाट पनि हेर्न सकिन्छ । कर्मयोगको सिद्धान्त होस् या धर्मको यात्रा, स्वयंको यात्रा होस् या चिन्तन–मननको सिद्धान्त । ज्ञानयोगले चिन्तन मनन्लाई जोड्छ भने भक्तियोगले प्रार्थना, प्रीति र प्रेमलाई । विभिन्न धर्म र पर्वले भक्तिलाई नै जोड दिएका हुन्छन् भन्नुभन्दा पनि भक्तिभावबाट नै पर्वहरूको प्रचलन भएको होभन्दा अत्युक्ति नहोला । त्यसैमध्येको पर्व हो– छठ ।

दसैँको मर्म र शरीरको धर्म

मङ्गलबार, ३० असोज २०७५

नेपाली समाजमा वर्षैभरि जातीयता, भौगोलिकता, धार्मिक आस्था र संस्कार एवं संस्कृतिसँग जोडिएर विभिन्न पर्वहरू मनाइने गरिन्छ । हिन्दूहरूले मनाउने सबै चाडपर्वका आ–आफ्नै महत्व छन्, तीमध्ये महान् पर्व दसैँ विशेष महत्वका साथ मनाइन्छ । प्रत्येक चाडपर्वका उद्देश्य र मनाउने शैली, तरिका फरक–फरक छन्।

घटस्थापनाको छुट्टी !

बुधबार, २४ असोज २०७५

हाम्रा धेरै पर्वमा सरकारले जातीय, क्षेत्रीय, धार्मिक, समुदाय, साम्प्रदायिकता, भौगोलिकता र सांस्कृतिक मान्यता हेरी सार्वजनिक छुट्टी दिने गरेको छ । यस वर्ष विगतमा भन्दा धेरै पर्व छुट्टीहरू काटिनुले जातीय, क्षेत्रीय, धार्मिक, समुदाय, साम्प्रदायिकता, भौगोलिकता र सांस्कृतिक आधारमा दिइने राष्ट्रव्यापी छुट्टीको अन्त्य गरेको बुझ्नुपर्छ।

श्रद्धा कि श्राद्ध?

मङ्गलबार, १६ असोज २०७५

जुन कार्य श्रद्धाले गरिन्छ, त्यो श्राद्ध हो । हिन्दु धर्मको मान्यताअनुसार असोज महिनाको कृष्ण पक्षबाट औँसीसम्म आफ्ना पितृहरूको सम्मान स्वरूप सोह्र श्राद्ध गर्ने परम्परा चलिआएको छ ।

यही तालले तीज कहाँ पुग्ला ?

बुधबार, २७ भदौ २०७५

एकजना व्यक्ति आफ्ना नराम्रा आदत कसरी छोड्न सकिन्छ होला भन्ने सल्लाह र उपायको खोजीमा एकजना सन्त–फकिरकहाँ पुगेछन् । ती सज्जनले सन्त फकिरसँग भने— हजुरको आध्यात्मिक ज्ञान, अन्तर्यात्रामा डुब्ने कलाबारे धेरै सुनेको छु र जुनसुकै समस्याको समाधानको उपाय पनि हजुरसँग छ भन्ने थाहा पाएको छु।

आत्मसम्मानको बार

सोमबार, २१ साउन २०७५

मुल्ला नसरुद्दिनकी श्रीमतीलाई आफ्ना श्रीमान्सँग धेरै कुरामा गुनासो थियो । एकदिन उनले भनिन्– मुल्ला अरु कुरामा त सधैँं तिमी जिद्दी गर्छौं, आफ्नै तर्क माथि पार्छौ तर मलाई सधैँ आश्चर्य लाग्छ कि किन तिमी मेरा नातेदारलाई मन पराउँदैनौँ?

यो विकास, खै के विकास!

आइतबार, २० जेठ २०७५

लक्ष्मण लोहनीको शब्दमा भजन शिरोमणि भक्तराज आचार्यले गाएका यी हरफहरूमा जीवनको सार लुकेको छ। जीवनलाई नै विकास चाहिएको हुनाले हामीले खोजेको विकास पाउन पनि चित्त शुद्ध, मन स्थिर र आन्तरिक शान्ति हुनैपर्छ। हुनत बहिर्मुखी चेतनामा हुर्किरहेको समाज, राष्ट्र र व्यक्तिलाई विकास र चेतना अलग अलग लाग्न सक्छ। सोच र थोरै समझको विकास नभईकन चेतनाको स्तरलाई पनि जान्न सकिन्न । सरकारको नीति तथा कार्यक्रममा आर्थिक विकास, सुशासन, अवसर र समृद्धि जे जे उपशीर्षक जोडेर आएको भएपनि सुखी र समृद्ध नेपाल र नेपाली मुख्य लक्ष्य रहेको छ । तर त्यसका लागि व्यक्तिभित्र रहेको सकारात्मक ऊर्जा र राज्यमा भएका प्राकृतिक सम्पदाको पूर्ण प्रयोग एवं संरक्षणविना विकास सम्भव छैन।

दिगो विकास लक्ष्यमा महिला

शुक्रबार, १८ फागुन २०७४

दिगो विकास लक्ष्यहरू (एसडिजी) मानव समाजका सबै पक्षबाट गरिबी अन्त्य गर्ने एउटा साहसिक र विश्वव्यापी सहमति हो, जसको उद्देश्य सन् २०३० भित्र मानव जाति र पृथ्वीका लागि समतापूर्ण न्यायसंगत र सुरक्षित विश्व निर्माण गर्नु हो । १७ लक्ष्य तथा १६९ कार्य लक्ष्यसहित संसार रूपान्तरण गर्ने दिगो विकासका एजेन्डा २०३० को एउटा भाग रहेको छ ।

प्रेम : मनभित्रको मौन मस्ती

बिहिबार, ०३ फागुन २०७४

कसैको गल्तीमा मुस्कान छर्ने खुबी हो, प्रेम । तुफानपछिको शान्ति र गीतबिनाको संगीत हो, प्रेम । दिव्यताको अनुभूति हो प्रेम । शाश्वत सत्य हो प्रेम । जुन देखिँदैन, जुन लेखिँदैन, जसको हिसाब छैन, जसको खाता छैन, नाफा छैन, घाटा छैन, सिकायत छैन, ईष्र्या छैन । लोभ छैन, मोह छैन । प्रेममा स्वीकार छ, शान्ति छ । प्रेम मौन छ अनि त्यही मौनताभित्र संगीत छ । त्यही संगीत हो, प्रेम । चाँदनी रातको मधुर प्रकाशको दिव्यता हो, प्रेम । कलकल झरनाको छङछङ संगीत हो, प्रेम।

सर्वोच्चता चेतनामा खोज्ने कि ?

सोमबार, ०८ माघ २०७४

मानिस चेतनशील प्राणी हो । चेतनशील प्राणी मात्र होइन चैतन्य, परम चेतना, शुद्ध चेतना हो । जीवनको उद्देश्य त्यही शुद्ध चेतनालाई जान्नु हो । जसले त्यो शुद्ध चेतनाको बोध गर्न जान्छ र त्यही चेतनालाई प्रयोग गरेर कर्म गर्छ उही व्यक्ति सर्वोच्च मानिन्छ । जो सत्, चित्, आनन्दमा रहन्छ ऊ स्वयंमा सर्वमान्य कहलिन्छ । सत्, चित्, आनन्द नै मानिसको स्वभाव, गुण र सर्वोच्च पद हो जुन कुनै सांसारिक पद, सम्मान र धनसँग तुलनीय छैन । तर मानिस यति बेहोसी छ कि आफ्नै गुण, आफ्नै स्वभाव बिर्सिरहेछ, बेहोसीमै जीवन जिइरहेछ ।

चुनावमा महिलावादी दृष्टि

मङ्गलबार, १८ पुष २०७४

नयाँ संघीय संरचना, विकास र स्थायित्वको अपेक्षासहितको प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फ निर्वाचन सकिएर मतपरिणाम पनि आइसकेको अवस्था छ ।

यातायात (अ)व्यवस्था विभाग

सोमबार, २३ असोज २०७४

गत वैशाख १५ गते सवारी चालक अनुमतिपत्र नवीकरणका लागि आवेदन दिइएकामा असोज १७ गतेसम्म पनि सवारी चालक अनुमतिपत्र पाइएको छैन । असोज १७ गते बिहान १०ः१५ मा सेवाग्राहीको भिड लाग्दा विभागका धेरै कोठा बन्द थिए । अनुमतिपत्र नवीकरण संकलन गर्ने ६ नं. कोठाको ढोका सेवाग्राही आफैँले खोलेर भित्र पस्यौँ । नयाँ आवेदन दिने ठाउँदेखि सबैतिर सेवाग्राहीको भिड थियो तर त्यहाँ कर्मचारी थिएनन् ।