ध्रुवसत्य परियार

ध्रुवसत्य परियार

नेपालमा मार्क्स/वाद

शनिबार, १२ पुष २०७६

मार्क्सले कुनै पात्र वा घटनाको स्मरण गर्नासाथ त्यो पात्र मञ्चमा आउँथ्यो। त्यसमाथि भित्तामा चित्रकला, चित्रकलामाथि मल्टिमिडियामार्फत आवश्यक दृश्य प्रस्तुत हुँदा नाटकले भव्य रूपमा कथा भनिरहेको आभास हुन्थ्यो।

‘म पोइल जान्छु, बेलसित होइन मान्छेसित !’

शनिबार, २१ मङि्सर २०७६

नाटकमा परिवेश पनि निकै विम्बात्मक छ, एउटा घरभित्रको चुलोचौकोमा नाटक सुरु हुन्छ र त्यहीँ सकिन्छ। दुई पुरुष पात्रको भूमिका नेपथ्यमै टुंगिनुको संकेत स्पष्ट छ– पुरुषवादी समाजमा चुलोचौकोको काम महिलाको मात्रै हो।

स्त्रीशक्ति, मिथक र मीमांसा

आइतबार, १२ असोज २०७६

हिन्दू समाजमा नारी शक्तिको बखान गर्दा अधिकांशले पौराणिक पात्र नवदुर्गाहरूसँगै पार्वती, सीता, कुन्ती, द्रौपदी लगायतको उदाहरण पेस गर्छन् । यिनीहरू सबैसँग अनेक मिथकीय शक्ति र जन्म कहानी छन् । यी सबै पात्रहरू उच्च वर्ग, शासक र सत्तासँग सम्बन्धित छन् ।

४० वर्षपछि ‘सीतापुरमा फेरि अर्को रहस्यात्मक हत्या’

शनिबार, २८ भदौ २०७६

शव ढाकेको सेतो कपडामा शवकै चित्र छ। शव उठाएको नाममा चित्रलाई मात्रै उठाइन्छ, मञ्चका कलाकारहरूचित्रलाई नै शव देख्छन्। जब चित्रले छोपिएको शव उठेर सूत्रधारको रूपमा बोल्न थाल्छ, तब अन्य कलाकारको गति रोकिन्छ। सूत्रधारले कथानकलाई मेलो दिन्छ र छेउ लाग्छ, गति रोकिएका कलाकारहरू गतिशील हुन थाल्छन्।

‘क्षमता’ र ‘प्रतिभा’को राजनीति

शनिबार, २१ भदौ २०७६

यतिबेला नेपालका संगीतप्रेमी माझ झुप्री भण्डारी र भारतका संगीतप्रेमी माझ रानु मण्डल चर्चामा छन्। अछामकी दृष्टिविहीन झुप्रीको कहानी र प्रतिभा काठमान्डुसम्म आइपुगेको छ। ‘टेलिभिजन रियालिटी सो, भ्वाइस अफ नेपाल’मा मौलिक गीत गाएसँगै उनले आफ्नो गायकीको प्रशंसा र ‘दृष्टिविहीन हुनु’को दया वा संवेदना दुवै बटुलिरहेकी छन्।

साहित्यमा मिथक

शनिबार, २६ जेठ २०७५

‘प्रत्येक व्यक्ति मिथकमा बाँचेको हुन्छ । यो थाहा पाएपछि भने अधिकांशलाई विचलित बनाउनेछ, किनभने पारम्परिक किसिमले मिथकको अर्थ हुन्छ, असत्य । कोही पनि असत्यमा जिउन चाहँदैन । हरेकले यो मानेको हुन्छ, म सत्यमै बाँचिरहेछु ।मूलभूत रूपमा मिथक एक सांस्कृतिक रचना हो, विश्वको एक साझा बुझाइ हो, जसले व्यक्तिहरू र समुदायहरूलाई आपसमा जोड्छ । यो समझदारी धार्मिक वा धर्मनिरपेक्ष दुवै हुन सक्छ।

बुहारीको प्रस्ताव

शनिबार, १९ फागुन २०७४

बुहारीले ससुरालाई प्रस्ताव राख्छिन्, ‘हजुरले आफ्नो पुत्रलाई शुक्रविहीन पार्नुभयो, अब उनीसँग सम्बन्धित सबै कर्म हजुर नै स्वीकार गर्नुस् ।’काठमाडौं, शिल्पी थियटरमा मञ्चन भइरहेको नाटक ययातिको संवाद हो यो । नाटकका प्रधानपात्र ययातिले दानवगुरु शुक्राचार्यबाट श्राप पाउँछन्, घाम नडुब्दै वृद्ध हुनुपर्ने।

भुटानी शरणार्थीका प्रश्न

शनिबार, १५ पुष २०७४

‘यो भुटान हो, योचाहि“ नेपाल, ऊ त्यहा“ अमेरिका । अहिले म कहा“ छु ? नेपालमा । भुटान हाम्रो देश । परिस्थितिले गर्दा भुटानबाट नेपाल आयौ“ । अब आफ्नो देश नफर्केर अमेरिका जाने ! अनि, अमेरिकाबाट कहा“ जाने ?’ भुइ“मा ढुंगाले मानचित्रको रेखांकन गर्दै पात्र प्रश्न गर्छन् ।

मखमली काख, सन्न्यासी र गर्भवती गाई

शनिबार, २५ कार्तिक २०७४

म कार्यालय परिसरको कुर्सीमा बसेर घाम तापिरहेको थिएँ । हातमा ठूलो चिम्टा लिएका, गेरुवस्त्र धारण गरेका, अग्लो कदका ती सन्न्यासी मेरोछेउ आए । हप्काएको शैलीमा हिन्दीमै यस्तै–यस्तै भाव बोले, ‘तँ के ठान्छस् ? के म यहाँ मात्र खानका लागि भीख माग्दै हिँडेको छु ? यसबाहेकको मेरो अर्को कुनै उद्देश्य छैन, लक्ष्य छैन ?’

एन्टिगोनी : प्राचीन युनानी समाजको ऐना

शनिबार, ३१ असार २०७४

एउटा लासमाथि एक शासकको विवेक त्यति विघ्न किन बल्झेको होला? प्राचीन युनानी नाटककार सोफोक्लिजको एक उल्लेखनीय नाटक 'एन्टिगोनी'को दर्शन दुर्बोध्य छ।

'बालकृष्ण सम मेरो पहिलो दर्शक'

शनिबार, २७ जेठ २०७४

ती अग्ला मानिस बोले, 'म बालकृष्ण सम, तपाईंहरूको नाटक हेर्न आएको।' अशेष आफ्नो जिन्दगीकै त्यो जगमगाउँदो दिन सम्झन्छन्, 'उहाँले यति के भन्नुभएको थियो, मेरो त जिउ नै काँप्यो, म त उहाँको पाउमा पर्न पुगेँछु।'

इलाको आगमन

शनिबार, ०६ जेठ २०७४

‘हामीले हाम्रो बुवालाई गुमायौँ तर त्यो बलिदानीबाट हामीले अनुभव गर्ने गरी के परिवर्तन आयो ? सोध्ने अधिकार हाम्रो पिँढीलाई छ । द्वन्द्वकालमा धेरैले ज्यान गुमाउनुप¥यो, अब त्यो बलिदानी सार्थक हुनुपर्छ,’ निर्वाचन आयुक्त इला शर्मा भन्छिन्, ‘पुरस्कार समारोहमा मेरी छोरीले मेरै भाषा बोली छ । द्वन्द्वकालमा हामी धेरैले आफन्त गुमाएका छौँ, क्षति व्यहोरेका छौँ । अब निर्वाचन प्रणालीबाट देशमा लोकतन्त्र संस्थागत हुनुपर्छ ।’

जयमाया : नेपाली मन लिएर काठमाडौँ आइपुगी

शनिबार, २३ बैशाख २०७४

नाटकमा सुबेदारले सुबेदार्नीको छातीमा मात्रै गोली ठोकेका होइनन्, यो त तत्कालीन नेपाली समाजमा लाहुरे गुमाएका लाहुरेनीको छातीमा परेको वज्रको विम्ब हो।

परशुको राजधानी प्रस्थान

शनिबार, २३ बैशाख २०७४

केदारमान व्यथितले परशुलाई भने, 'परशुभाइ! तपाईंमा सिर्जनात्मक क्षमता छ, यसलाई अरु प्रस्फुटन गर्नुपर्छ, काठमाडौँ आउनुस्। म तपाईंलाई साझा यातायात कार्यालयमा जागिर पनि दिन्छु।'

आहुतिको घुमाउरो यात्रा

शनिबार, ०९ बैशाख २०७४

‘इतिहासप्रति जिम्मेवार नभईकन लेख्नुभन्दा कुनै चुरा पसल खोलेर बस्नु वेश हुन्छ,' आफ्नो पहिलो उपन्यास नयाँ–घरको भूमिकामा आहुतिले लेखेका छन्। यही एउटा पंक्ति प्रशस्त छ, उनको साहित्यिक चेतको चर्चा गर्न।

'जिम्माल बाउकी छोरी'

शनिबार, ०२ बैशाख २०७४

जहाँ–जहाँ नाच्न–गाउन ज्योति मञ्चमा उत्रन्छिन्, त्यहाँको माहोलै बदलिन्छ– युवा र वृद्धवृद्धासमेत ज्योतिको गीत, नृत्य, ठट्टा, भावभंगीसँगै भावावेश हुन्छन्। ज्योतिको उपस्थितिमै युवा जमात जोसिन्छ, एक प्रकारले त्यहाँ जीवन र यौवन ऊर्जाको आगो नै सल्कन्छ।

जोडी ढुकुरझैँ हरिहर-शकुन्तला

शनिबार, २६ चैत २०७३

एउटा आवाज सुन्न हरिहर हुरुक्कै हुन्थे र हप्ता पर्खन्थे। त्यो आवाज प्रत्यक्ष भने थिएन, रेडियोबाट बज्थ्यो। जुन आवाजसँग हरिहर हारेका थिए।

'निशा नभएको भए म डुबिसक्थेँ'

शनिबार, १२ चैत २०७३

सँगै नाटक गर्दागर्दै सुनील र निशाले एकअर्कालाई मन पराए, प्रेमिल व्यवहार दर्शाउन थाले। उनीहरूको कलिलो प्रेमको पालुवाले रंगमञ्चको पर्दा छिचोल्यो, अलिअलि गाइँगुइँ चल्न थाल्यो।

स्वाहा

शनिबार, २१ फागुन २०७३

वीरभद्र अरुणमा हेलिएपछि राजा दक्ष चिन्तित भए। उनले शक्तिशाली छिमेकी राज्य त्रिपुरका राजा तारकाक्षसँग सहयोग मागे। 'महाराज तारकाक्ष! एक राजाले अर्को राजालाई यो वचन दिन्छ– एक्लै गएर आदित्यलाई पराजय गर्नुस्, मैले पुत्री स्वाहा हजुरलाई सुम्पनेछु,' दक्षले भने, 'त्यो साधारण पुरुष आदित्यसँग जो–कोहीले एक्लै युद्ध गर्नुपर्ने लोकको मान्यता छ।'

अभिलाई अक्षरको उज्यालो देखाउने आमा

शनिबार, १५ असोज २०७३

‘बिहान ताराहरू ओइलाउन थालेका हुन्थे, आमाले ओछ्यानबाटै रामायणका श्लोक हाल्नुहुन्थ्यो । अहिले पनि बिहानै ब्युँझे भने ओइलाउँदै गरेका ताराहरूले ध्वनिपूर्ण कविता छरेझैं लाग्छ,’ अभि बाल्यकालको स्मृतिमय क्यानभासमा ढल्कँदो उमेरको सार र सौन्दर्य देख्छन् । केटाकेटी छँदा अभि आमाले हालेका रामायणका श्लोकसँगै बेलुका निदाउँथे र बिहान ब्युँझन्थे ।

  • 1 (current)
Ncell Footer Ad