शंकर श्रेष्ठ

दुईवटा ट्रक ठोक्किँदा धादिङमा एक जनाको मृत्यु, ३ जना घाइते

सोमबार, ११ पुष २०७३

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको वैरेनी–८ खेस्टे खोला नजिकै गय राति दुई वटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा मकवानपुर जिल्ला घर भएका २५ वर्षीय राम लामा रहेका छन् ।

कसले गरिदेला चन्द्रीको उपचार ?

आइतबार, १० पुष २०७३

भूकम्पको बेला भाँचिएको खुट्टाको उपचार गराउन नसक्दा धादिङ झार्लाङकी चन्द्री तामाङको अहिले बिजोक छ। भूकम्पको बेला चर्चभित्र च्यापिएर घाइते भएकी झार्लाङ–३ न्यन्चोकी चन्द्री अहिले एउटै ओछ्यानमा थलिएकी छन्।उपचारमा खर्च जुटाउन नसकेपछि तत्कालीन समयमा खुट्टाको अवस्थामा सुधार आएको भन्दै चितवन मेडिकल कलेजले घर पठाइदिए उनी फर्किर अस्पताल जान नसकेकी हुन्। अहिले भाँचिएको खुट्टामा थाङ्नो कपडा र बाँसको कप्टेरोमा लोक्ताले बाँधेर राखेकी छन् ।

'खानबस्नै गाह्रो भयो, अन्तै सारिदिनुस्'

आइतबार, ०३ पुष २०७३

दक्षिणी धादिङको विकट गाउँ ब्रुसबाङका चेपाङले आफूहरूको बस्ती सारिदिन आग्रह गरेका छन्। पुस्तौँदेखि खानेपानीको चरम अभाव झेल्दै आएको र भूकम्पपछि जमिन भासिएका कारण गाउँमा घर बनाएर बस्न सक्ने अवस्था नभएकाले पानी भएको ठाउँमा बस्ती सारिदिन उनीहरूले सांसद राजेन्द्र पाण्डेलाई आग्रह गरेका हुन्।

गाउँ पुगेका सांसदलाई ब्रुसबाङका चेपाङले भने-‘हामीलाई अन्तै सारिदिनुस्’

शनिबार, ०२ पुष २०७३

दक्षिणी धादिङको विकट गाउँ ब्रुसबाङका चेपाङले आफूहरुको बस्ती सारिदिन आग्रह गरेका छन्। पुस्तौंदेखि खानेपानीको चरम समस्या झैल्दै आएको र भूकम्पपछि जमिन चिराचिरा परेर भासिएकोका कारण गाउँमा घर बनाएर बस्न सक्ने अवस्था नभएकोले पानी भएको ठाउँमा बस्ती सारिदिन आग्रह गरेका हुन्।

धादिङको भूमेस्थानमा जीप दुर्घटना, चालकसहित तीनको मृत्यु

शुक्रबार, ०१ पुष २०७३

पृथ्वी राजमार्गअर्न्तगत धादिङको भूमेस्थान-६ कोइरालेमा स्कार्पियो जीप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ। पश्चिमबाट काठमाडौँ आउँदै गरेको ग२च ४५७२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट खसेको हो।

गाउँ ब्युँझाउने कटुवाले ‘कामीसुनार’

बुधबार, २९ मङि्सर २०७३

‘ए गाउँले पाचा हो, सुनिन भन्न पाइँदैन है.... बेलैमा जम्मा हुनुहोला! ’ ढुङ्गामाथि उभिएर यसरी ठूलो आवाजमा कराउँछन् लापाका कामीसुनार तामाङ। गाउँका सूचना गाउँलेलाई बताउँदै हिड्नु उनको दैनिकी हो।

खानेपानी पैँचो चलाउँछन् बुस्रबाङका चेपाङ

सोमबार, २७ मङि्सर २०७३

चाउरिएका गाला। सेतै फुलिसकेका कपाल। पुरानो भइसकेको गन्जी। त्यस्तै पुरानो लुङ्गी लगाएकी। दुई घुँडा मारेर सकिनसी चाँतोमा कमै पिन्दै छिन् फुलमायाँ चेपाङ। उनी भन्दै थिइन् 'बलियाबाङ्गाहरु पानी बोक्न गए, म बुढीको काम यही त हो नि।'

स्कुल गएका सन्तोष १० दिनदेखि बेपत्ता

सोमबार, २७ मङि्सर २०७३

घरबाट विद्यालय गएका धादिङ धुषा– १ आदमाराका सन्तोष गिरी १० दिनदेखि बेपत्ता छन् । बेनिघाटस्थित चन्द्रोदय मावि कक्षा ९ मा अध्ययनरत १५ वर्षीय गिरी मंसिर १७ गतेदेखि हराएका हुन् । सन्तोषका बुबा शंकर भन्छन्, ‘बिहान स्कुल जान ड्रेस लगाएर घरबाट निस्किएको हो, स्कुल पुगेकै रहेनछ, आफन्त र साथीहरू भएको सबै ठाउँमा खोजियो कतै भेटिएन ।’

बुढीगण्डकी प्रभावित संयम रहन सांसदहरुको आग्रह

बुधबार, २२ मङि्सर २०७३

बुढिगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका नागरिकलाई संयम रहन धादिङ र गोरखाका सांसदले आग्रह गरेका छन्। सबैको भावनालाई कदर गर्दै राष्ट्रिय गौरवको आयोजना सम्पन्न गरिने भएकोले दुवै जिल्लाका सांसदहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी प्रभावित क्षेत्रका सम्पूर्ण नागरिकलाई संयम रहन आग्रह गरेका हुन्।

गलौदीमा मध्यमाञ्चल स्तरीय छनोट

मङ्गलबार, २१ मङि्सर २०७३

सातौं राष्ट्रिय भलिवल प्रतियोगिताको छनौट खेल सोमबारबाट धादिङको गलौदीमा सुरु भएको छ। आगामी पुषमा पुर्वाञ्चलमा हुन लागेको सातौ राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट एक टिम पुरुष तर्फको भलिवल खेलाडी छान्न लागिएको हो।

संविधान कार्यन्वयनमा जुट्न उपराष्ट्रपतिको दलहरुलाई आग्रह

सोमबार, २० मङि्सर २०७३

उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको मुख्य दायित्व संविधान कार्यन्वयन गर्नु रहेको बताएका छन्। नेपालको संविधान विश्वकै नमूना संविधान भएकोले यसको कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

प्रकृति 'मिस धादिङ', सावित्रि मिसेस

सोमबार, २० मङि्सर २०७३

मिस धादिङ आइडल २०१६ को उपाधि प्रकृति राना मगरले जितेकी छन्। सदरमुकाम धादिङबेसीमा आयोजित प्रतियोगीतामा २० जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधि प्रकृतिले जितेकी हुन्। उनले मिस धादिङ आइडलका साथै वेष्ट हेयरको  पनि अवार्ड जितिन्।

चिरुको रौँ तस्करलाई १० वर्ष जेल सजाय

मङ्गलबार, १४ मङि्सर २०७३

दुर्लभ बन्यजन्तु चिरुको रौँ ओसारपसारमा संलग्न तिब्बतीयन नागरिकसहित ५ जनालाई १० वर्षको जेल सजाय सुनाइएको छ। जिल्ला अदालत धादिङका न्यायाधीश इश्वरराज आचार्यको इजलासले मुद्दा लगाइएका मध्ये ५ जनालाई दोषी ठहर गरी जेल सजाय सुनाएको हो।

स्वास्थ्यचौकी निर्माणले स्थानीयमा उमंग

बिहिबार, १८ कार्तिक २०७३

भूकम्प गएको १८ महिनापछि सेमजोङवासीमा बेग्लै खुसी थपिएको छ, त्यो हो स्वास्थ्यचौकी भवन निर्माण । वैशाख १२ को भूकम्पले स्वास्थ्य चौकी ध्वस्त भएको थियो । अहिले चौकी पुनर्निर्माण भएपछि स्वास्थ्यकर्मी र स्थानीयमा खुसी छाएको हो ।

‘नमूना घर हेर्नी चित्त बुझाउनी’

मङ्गलबार, ०९ कार्तिक २०७३

भूकम्प प्र्रतिरोधी नमूना घर धादिङका चेपाङ समूदायले हेरेरै मात्र चित्त बुझाउनुपर्ने बाध्यतामा परेका छन्। ‘हामीले त सरकारले अनुदान दिएको रकमले घर पूरा गर्ने सोचेका थियौं, यत्रो धेरै खर्च लाग्नी रहेछ, महादेवस्थानका राजन चेपाङले भने, ‘यो घर त हामीले हेरेरै चित्त बुझाउने मात्रै हो।’

बगरमा बिलायो त्यो खुसी

बुधबार, १२ असोज २०७३

धादिङ-उत्तरी धादिङको विकट गाउँमा सोमबारसम्म छुट्टै रौनक थियो। भूकम्पले १६ महिनाअघि ढालेको घरको जग हाल्न सरकारले पहिलो किस्ता अनुदान लिन बोलायो । दसैंलगत्तै घरको जग हाल्ने उत्साहसाथ उनीहरु ५० हजार रुपैयाँ लिन सदरमुकाम ओइरिए।

Ncell Footer Ad