शंकर श्रेष्ठ

महिलाले खोले गाउँमै सेनेटरी प्याड उद्योग

बुधबार, ०५ माघ २०७३

धादिङको धादिङ गाविसका महिलाहरुले महिनावारी हँदा प्रयोग गरिने सेनेटरी प्याड उद्योग सञ्चालनमा ल्याएका छन्।

भूकम्प पीडित भन्छन्ः त्रिपाल होइन निर्माण सामाग्री देउ

आइतबार, ०२ माघ २०७३

रेडक्रसले राहत दिन्छ रे भन्ने सुनेपछि बुन्पुङका हिराबहादुर चेपाङ हतारिएर चरौदी बजार आइपुगे। उनीसंग थुपै गाउँलेहरु थिए। राहत थाप्न आइतबार विहान सबैरै देखि स–साना बच्चा च्यापेर चरौदी बजारमा कुरेर बसेका थिए।

गोरु जुधाएर मनाइयो माघेसंक्रान्ती (फोटो फिचर)

शनिबार, ०१ माघ २०७३

नेपालमा माघे संक्रान्तिको दिन नुवाकोटमा गोरु जुधाइन्छ। साँढे जुधाउने खेल त स्पेनको राष्ट्रिय खेल नै हो। तर रसुवा, नुवोकाट र धादिङमा माघेसंक्रान्तीको दिन गोरु जुधाउने परम्परा छ ।

बूढीगण्डकीमा मुआब्जा थोरै भएको भन्दै असन्तुष्टि

बुधबार, २७ पुष २०७३

बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रमा पर्ने अब्बल जग्गाको मुआब्जा थोरै भएको भन्दै प्रभावितले असन्तुष्टि जनाएका छन् ।

अब्बल जग्गाको मुआब्जा थोरै भएकोमा बुढिगण्डकी प्रभावितको असन्तुष्टि

मङ्गलबार, २६ पुष २०७३

बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना डुवान क्षेत्रमा पर्ने अब्बल जग्गाको मुआब्जा थोरै भएको भन्दै प्रभावितहरुले असन्तुष्टि जनाएका छन्। हाल निर्माणाधीन रहेको मध्यपहाडी लोकमार्गमा पर्ने धादिङ जिल्लाको आगिन्चोक गाविस र यस आसपासका सडकहरुमा सरकारले तोकेको मुआब्जा रकम थोरैले मुआब्जाको दररेट हेरफेर गरिदिन माग गरेका छन्।

गाँजाको अबैध खेती नष्ट गर्दै प्रहरी

आइतबार, २४ पुष २०७३

दक्षिणी धादिङको किरान्चोक गाविसका महाभारत क्षेत्रमा अवैध रुपमा खेती हुँदै आएको प्रतिवन्धित लागु औषध गाँजा प्रहरीले नष्ट गरेको छ। अवैध रुपमा खेत बारीमा र घर छेउछाउ खाली जमिनमा लगाइएको गाँजा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले नष्ट गरेको हो।

एमाले संघीयताको विरोध गर्न चाहन्छः बादल

शनिबार, २३ पुष २०७३

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले नेकपा एमाले संघीयताको विरुद्धमा लागेको आरोप लगाएका छन् । राष्ट्रियताको आडमा सडकमा ओर्लिएर एमालेले संघियता खतम पार्न खोजेको आरोप लगाएका हुन् ।

बूढीगण्डकी प्रभावितलाई रोपनीको ५ देखि ८ लाख रुपैयाँ मुआब्जा

बुधबार, २० पुष २०७३

बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित धादिङका जग्गाधनीले प्रतिरोपनी ५ देखि ८ लाख रुपैयाँसम्म मुआब्जा पाउने भएका छन्।

प्रतिरोपनी ५ देखि ८ लाख, एक रोपनीभन्दा कम जग्गा भएकालाई विशेष योजना ल्याइने

मङ्गलबार, १९ पुष २०७३

१२ सय मेगावार्टको बहुचर्चित बुढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरिएको छ। आयोजना क्षेत्रमा पर्ने जग्गालाई ११ किसिममा विभाजन गरी निर्धारण गरिएको जग्गाको मुल्य बिहीबार सार्जजनिक गरिएको हो।

टहरामा न्यानो खोज्दै भूकम्प पीडित

सोमबार, १८ पुष २०७३

भूकम्पले घर भत्किएर वा जमिन चिरा परेर गाउँमा बस्न नसक्ने भएपछि सदरमुकाम आसपास शिविरमा बस्दै आएका भुकम्प पीडित चिसोका कारण थप समस्यामा परेका छन् ।

असिनापानी र हिमपातपछि चिसोले जनजीवन प्रभावित

सोमबार, १८ पुष २०७३

अत्याधिक चिसोका कारण उत्तरी धादिङको जनजीवन कष्टकर बनेको छ । आइतबार असिना पानी परेपछि चिसो अझ बढेको हो। हिमाली बस्तीहरुमा फुर्फुराउँदो तुसारो परेको स्थानीयहरुले बताएका छन्।

धादिङ महोत्सवमा पन्ध्र करोडको कारोबार

सोमबार, १८ पुष २०७३

पाँचौ धादिङ महोत्सवमा १५ करोडको कारोबार भएको छ। पुस ७ देखि १७ गते सम्म सञ्चालन भएको महोत्सवमा रमाइलो मेला बाहेक १५ करोड बराबरको कारोबार भएको मेला मुल आयोजक समितिका संयोजक बोधनाथ दुवाडीले जानकारी दिए।

असिना पानीपछि उत्तरी धादिङमा हिमपात, भूकम्प पीडितको जनजीवन प्रभावित

सोमबार, १८ पुष २०७३

धादिङको उत्तरी क्षेत्रमा पर्ने विकट बस्तीमा असिनापानी र हिमपात भएको परेको छ। आइतबार दिउँसो असिना पानीपछि हिमपात सुरु भएको स्थानीयले बताएका छन्।उत्तरीका उच्च पहाडी क्षेत्रमा पर्ने तिप्लिङ, सेर्तुङ, रि, लापा, सत्यदेवी, झार्लाङ र दार्खाका माथिल्लो भेगमा ठूलो मात्रामा असिना परेको छ।

प्राधिकरणको नाम संशोधन गरेर ‘बन्ध्याकरण’ राख्नुस्

शनिबार, १६ पुष २०७३

भूकम्पपछि पहिलो पटक प्रहसनको लागि स्टेज चडेका धुर्मुस र सुन्तलीले सरकारको ढिलासुस्तीप्रति व्यङ्ग्य गरेका छन्। पुस ७ गतेदेखि संचालन भइरहेको पाँचौ धादिङ महोत्सवमा शुक्रबार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सरकारको ढिलासुस्तीका कारण पुननिर्माणको काम सहज नहुँदा जनताले सास्ती बेहोर्नु व्यङग्य मार्फत दुःखेसो पोखे ।

वृद्धा बलात्कार प्रयास, बालिकामथि यौन दुर्व्यवहार, अभियुक्त पक्राउ

बिहिबार, १४ पुष २०७३

७३ वर्षीया वृद्धालाई बलात्कार गरेको गर्ने प्रयास गर्ने धादिङको आगिन्चोक गाविस–२ का २३ वर्षीय च्यामे नेपालीलाई प्रहरीले गरेको छ।

मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु , श्रीमती घाइते

बिहिबार, १४ पुष २०७३

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनी गाविस– ८ मछेडीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौबाट नुवाकोट जाँदै गरेको बा ६९ प ३३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सोही मोटरसाइल चालक काठमाडौका नागार्जुन–३ का ४५ वर्षीय राजकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

मन्त्रीको हेलिकोप्टरले मजदुरको टहरो उडायो

सोमबार, ११ पुष २०७३

नेपाली कांग्रेसले सोमबार जिल्ला सदरमुकाम धादिङबेसीमा आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन आएका बाणिज्य मन्त्री रोमी गौचन थकाली चढेको हेलिकोप्टरले खोलामा काम गर्ने मजदुर बसोबास गर्दै आएको छाप्रोको त्रिपाल उडाइ दिएको छ।

पचास नेता एकैपटक बस्दा मञ्च भाँचियो

सोमबार, ११ पुष २०७३

सदरमुकाम धादिङबेसीमा नेपाली कांग्रेस धादिङको पार्टी कार्यालय भवन शिलान्यायपछि नजिकै औपचारिक कार्यक्रम सुरु हुँदै थियो। कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व अर्थमन्त्री रामशरण महत, मिनेन्द्र रिजाल लगायत ठूला नेताहरुको आशनग्रहण भयो। त्यतिबेलासम्म करिब ५० भन्दा बढी नेता तथा अन्य अतिथिहरुको आशनग्रहण भइसकेको थियो।

महोत्सवमा केराको मम चाख्नेको भीड

सोमबार, ११ पुष २०७३

तपार्इंले धेरै थरीका मम खानु भएको होला । चिकन मःमः, बफ मःमः, सब्जी मम आदी । तर केराको पनि मम हुन्छ भन्ने सुन्दा तपाइँलाई अचम्म लाग्न सक्छ । धादिङबेसीमा जारी पाँचौ धादिङ महोत्सवमा केराको मम चाख्नेहरुको भीड लाग्ने गरेको छ।

दुईवटा ट्रक ठोक्किँदा धादिङमा एक जनाको मृत्यु, ३ जना घाइते

सोमबार, ११ पुष २०७३

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको वैरेनी–८ खेस्टे खोला नजिकै गय राति दुई वटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा मकवानपुर जिल्ला घर भएका २५ वर्षीय राम लामा रहेका छन् ।

Ncell Footer Ad