शंकर श्रेष्ठ

एकीकृत बस्ती निर्माणमा प्राधिकरणको जोड

सोमबार, २३ फागुन २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा.गोविन्द पोखरेलले पुनर्निर्माणमा कार्यरत सबैलाई एकीकृत बस्ती निर्माणतर्फ लाग्न आग्रह गरेका छन्। पुनर्निर्माणको कार्य जति ढिलो गर्‍यो उति नै एकीकृत बस्ती विकासको सम्भावना टर्दै जाने हुनाले छिटोभन्दा छिटो एकीकृत बस्ती निर्माणतर्फ लाग्नुपर्ने उनको भनाइ छ। ‘एकीकृत बस्ती निर्माणका लागि प्रस्ताव ल्याउनुस्, प्राधिकरणले नै त्यस्ता स्थानमा खानेपानी, सडक र विद्युत् पुर्‍याउने जिम्मा लिन्छ’, पोखरेलले भने।

मजदुरका नानीलाई मालिकको स्याहार

बिहिबार, १९ फागुन २०७३

रंगी-बिरंगी अक्षर र शैक्षिक सामग्री। भित्ताभरी चित्र टाँसिएका छन्। बेलुन झुन्डाइएको छ। 'क, ख, ग..' १, २, ३...' लेखिएका ठुल्ठूला अक्षरले कोठा सजिएका छन्। स–साना बच्चाहरु कोही खेलिरहेका हुन्छन् कोही सुतिरहेका।

बाटो कुरेरै बित्यो १४ वर्ष

शुक्रबार, १३ फागुन २०७३

'कोटबाडामा त जहाज बस्यो रे, हाम्रो मान्छे पनि आउँछ त?' द्वन्द्वका बेला सुरक्षा कारबाहीमा मारिएका पीडित परिवारको प्रश्न हो यो। गाउँमाथिबाट हजाईजहाज उडिरहँदा एयरपोर्ट खन्न गएका आफ्ना मान्छे फर्किने आसमा बाटो कुरिरहेका छन् हेक्राङबासी।

'घर'भन्दा पहिले ‘शौचालय’ बनाउँदै एनजिओ

बिहिबार, १२ फागुन २०७३

भूकम्प पीडितहरुको पुनस्र्थापना र पुनर्निर्माणमा सघाउन धादिङका गाउँ पसेका गैरसरकारी सँस्थाहरु पीडितको घरभन्दा पहिले शौचालय बनाउन व्यस्त छन् ।

त्रिशुलीमा बोलेरो जीप खस्यो, दुई बेपत्ता, चार जना घाइते

सोमबार, ०९ फागुन २०७३

त्रिशुली नदीमा बोलेरो जीप खस्दा दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्। चितवनको कविलास-४ स्थित १७ किलोमा आज बिहान करिब ३ बजे ना३ख ७५४३ नम्बर जिप त्रिशुली खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भूकम्पपीडित किसानलाई नहर मर्मतको चटारो

बिहिबार, ०५ फागुन २०७३

कुम्पुरका भूकम्पपीडित किसानलाई अहिले सिँचाई नहर मर्मतको चटारो चलेको छ। अघिल्लो वर्ष सिँचाई नहुँदा तरकारीजन्य उत्पादनबाट घाटा व्यहोरेका किसान यस वर्ष भने बेलैमा नहरमर्मत गरेर खेतबारीमा पानी पु¥याउने काममा व्यस्त भएका हुन्।

साउदीमा हराएका आसमान मरुभूमिमा भेटिए, ल्याइदिने कस्ले ?

मङ्गलबार, ०३ फागुन २०७३

एक महिनाअघि साउदीमा बिरामी परेपछि बेपत्ता रहेका धादिङको वसेरी गाविस–४ का आसमान गुरुङ साउदीकै एक मरुभुमिमा भेटिएका छन्। उनलाई साउदीमै सेल्स मार्केटिङमा कार्यरत इलामका नारायण कटुवालले फेला पारेका हुन्।

स्कुल होइन, जेलमा यी बाला !

शनिबार, २९ माघ २०७३

भनिन्छ, सन्तानको सबैभन्दा ठूलो खुसी आमा हो र त्यसपछि बाबु। तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका। तोते बोल्न सिक्ने उमेरका उनीहरु जेलभित्रको उकुसमुकुसमा दैनिकी बिताइरहेका छन्। न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न। उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर बित्छ।

साउदी गएका आशमान कहाँ बेपत्ता भए ?

बिहिबार, २७ माघ २०७३

एक महिनाअघि साउदीमा बिरामी परेका धादिङको वसेरी-४ का आशमान गुरुङ बेपत्ता छन्। श्रवणशक्ति गुमाएका आशमान गत पुस पहिलो साताबाट साउदीको रियादबाट बेपत्ता भएको दाजु सकराम गुरुङले बताए।

पत्रकार महासंघका पाँच पूर्व अध्यक्षहरु सम्मानित

बुधबार, २६ माघ २०७३

नेपाल पत्रकार महासंघका पाँचजना पूर्व अध्यक्षहरु एकै मञ्चमा सम्मानित भएका छन् । अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र पत्रकार महासंघको संस्थागत विकासका लागि योगदान गर्ने पूर्व अध्यक्षहरु मध्ये पाँच जना बुधबार धादिङबेसीमा सम्मानित भएका हुन् ।

'जनताका सबै माग पूरा गर्न थप ३५ खर्ब आवश्यक'

बुधबार, २६ माघ २०७३

अर्थमन्त्री कृष्णबहादुर महराले नेपाली जनताको माग पूरा गराउन थप ३५ खर्ब बजेट आवश्यक रहेको बताएका छन्।

भूकम्पपीडित अझै जंगलमा

मङ्गलबार, २५ माघ २०७३

'भूकम्पपछि खेती गर्न सकिएन, पैसा भए पनि किन्ने ठाउँ छैन। हाम्रो त सरकार नै छैन जस्तो छ। सरकार भए त हाम्रो दुःख देख्थ्यो होला नि।'

धादिङमा ग्यासको बुलेट पल्टियो, चालक र सहचालक घाइते

सोमबार, २४ माघ २०७३

पृथ्वी राजमार्गअन्र्तगत धादिङको वेनिघाट गाविस–८ विशालटारमा ग्यासको बुलेट दुर्घटना भएको छ।

ओभरटेक गर्न खोज्दा माइक्रोबस ट्रकसँग ठोक्कियो, १२ घाइते

आइतबार, २३ माघ २०७३

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको नौविसे गाविस वडा नं. १ धार्केमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

फर्निचर उद्योगमा आगलागी, डेढ करोडको क्षति

आइतबार, २३ माघ २०७३

धादिङको नौविसे गाविस वडा नं १ चालिसेबजारको फर्निचर उद्योगमा गयराती आगलागी भएको छ। रातीको समयमा विद्युत सर्ट भएर जनसेवा सहमिल नामको फर्निचर उद्योगमा आगलागी भएको हो। आगोले समिलमा रहेको प्लाईउर्ड,तयारी फर्निचर र मेसिनहरु जलेर नष्ट भएको छ।

मासिँदै खेतीयोग्य जमिन

आइतबार, २३ माघ २०७३

काठमाडौंको उपभोक्तालाई ताजा तरकारी उपलब्ध गराउँदै आएको धादिङको उर्वरजमिन अहिले इँट्टा उद्योगले भरिएको छ। काउली, बन्दा, खुर्सानी, काँक्रो लगायततरकारीले ढाकिने धादिङका उर्वर फाँटमा इँट्टासुकाइएका छन्।

‘काठ दिन्छौं भनेर सरकारले आशा मात्रै देखायो’

शुक्रबार, २१ माघ २०७३

भूकम्पले क्षति पुगेका निजी आवास निर्माणको लागि सरकारले उपलब्ध गराउने भनिएको काठ धादिङका भूकम्प पीडितलाई आकासको फल कुर्नु जस्तै बनेको छ।

एउटा घर गर्ल्यामगुर्लम्मै ढल्यो, अर्काे जस्ताको तस्तै

बिहिबार, १३ माघ २०७३

चौरको बीचमा उस्तै देखिने दुईओटा घर। इट्टा र माटोको जडान गरिएका दुबै घरको छलमा पानी ट्याङ्की राखिएका थिए। एउटा घर पुरै रातो माटोले पोतिका थिए भने अर्काे घरको ठाउँ ठाउँमा सेतो तेर्साे धर्सा देखिन्थ्यो । दर्शकहरु पालैपालो दुबै घर नियाली रहेका थिए। दुबै घर छिनछिनमा हल्लिन थाले...

त्रिशुली नदीको उत्खनन् रोक्न सरकारलाई ज्ञापनपत्र

मङ्गलबार, ११ माघ २०७३

त्रिशुलीमाथी भइरहेको अबैध उत्खनन रोक्न त्रिशुली बचाउ साझा संजाल धादिङले सरकारको ध्यानाकर्षण गराएको छ।

पालैपालो सरकारको नेतृत्व गरेर राज्यको ढुकुटी रित्याँइदै छ: डा. भट्टराई

मङ्गलबार, ११ माघ २०७३

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले सरकारमा रहेका प्रमुख तीन दलहरु राज्यको ढुकुटी भागबण्डा गरेर खाने भन्ने विषयमा झगडा गरिरहेको आरोप लगाएका छन्।

Ncell Footer Ad