शंकर श्रेष्ठ

धादिङमा एमाले उम्मेदवारद्धारा आत्महत्या

बुधबार, २० बैशाख २०७४

धादिङमा एमाले उम्मेदवारले आत्महत्या गरेकी छन्। मंगलबार दिउसो धुनीबेसी नगरपालिका वडा नं. ३ को दलिततर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले आत्महत्या गरेकी हुन् ।

मेयरको एक्ली महिला उम्मेदवार शोभा

बुधबार, २० बैशाख २०७४

स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिने धादिङमा शोभा ढंगोल एक्ली महिला उम्मेदवार बनेकी छन् ।

सुन्दर बस्तीका एक्ला अभियन्ता

मङ्गलबार, १९ बैशाख २०७४

धादिङ, रुबीभ्यालीका ३६ वर्षीय दिनेश तामाङको अथक प्रयासले ढोला गाउँमा भूकम्पपीडितका लागि ५५ घरसहितको सुन्दर बस्ती तयार भएको छ।

मतदाता धम्क्याउँदै दलका कार्यकर्ता

मङ्गलबार, १९ बैशाख २०७४

स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा दलका कार्यकर्ताले चुनावी परिणाम आफ्नो पक्षमा पार्न मतदाता धम्क्याउन थालेको गुनासो नागरिकले गरेका छन्।

धादिङमा पुरुष बन्ध्याकरण सेवा सुरु

आइतबार, १७ बैशाख २०७४

धादिङमा पहिलो पटक पुरुष बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा संचालन गरिएको छ । गजुरी गाउँपालिका स्थित गजुरी प्राथमिक स्वास्थ्य केन्द्रले जिल्लामै पहिलो पटक पुरुषहरूको लागि परिवार नियोजन स्थायी बन्ध्याकरण सेवा दिन थालेको हो ।

धादिङको चापखाेलामा ट्रक दुर्घटना, ११ घाइते, ४ गम्भीर

मङ्गलबार, १२ बैशाख २०७४

धादिङको सिद्धलेक गाउँपालिका– ५ चापखोलामा स्वराज ट्रक पल्टिदाँ ११ जना घाइते भएका छन्। घाइते ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बसमा साथी बनेर यात्रु लुट्ने दुईजना भारतीय पक्राउ

शुक्रबार, ०८ बैशाख २०७४

बसमा साथी बनेर धनमाल लुट्ने दुई जना भारतीय नागरिकलाई शुक्रबार धादिङ प्रहरीले पक्राउ गरेको छ।

सदरमुकामबाटै तीन हजार लिटर घरेलु मदिरा बरामद

शुक्रबार, ०८ बैशाख २०७४

सदरमुकाम धादिङबेसी आसपासका क्षेत्रबाट प्रहरीले एकैदिन ३ हजार लिटर घरेलु मदिरा बरामद गरेको छ ।

एक्लो प्रयासमा ५५ घरको एकीकृत बस्ती

बुधबार, ०६ बैशाख २०७४

‘गरे के सम्भव छैन र’ धादिङ लापाका एक युवाले एक्लो प्रयासमा ५५ घर नमूना बस्ती ठड्याएका छन् । नमूना बस्ती निर्माणमा देशभर धुर्मुस–सुन्तलीको चर्चा चलिरहको बेला दिनेश तामाङले धादिङको ढोलामा नमुना बस्ती निर्माण गर्न सफल भएका हुन् ।

५ मेगावाट क्षमतायुक्त तल्लो तादीकाे बाँध निर्माण सुरु

बुधबार, ०६ बैशाख २०७४

नुवाकोटको तादी खोलामा निर्माण हुन लागेको पाँच मेगावाट क्षमताको तल्लो तादी जलविद्युत् आयोजनाको बाँध निर्माणको काम सुरु भएको छ।

ओछ्यानबाटै हराएका बालक १८ घण्टापछि खोलामा भेटिए

मङ्गलबार, ०५ बैशाख २०७४

मध्यरातमा ओछ्यानबाटै हराएका डेढ वर्षीय बालक करिब १८ घण्टापछि खोलामा भेटिएका छन्। धादिङको वेनिघाटरोराङ गाउँपालिका ३ बागुराङका डेढ वर्षीय बालक आमासँगै सुतिरहेको बेला सोमबार राती २ बजे बेपत्ता भएका थिए। बेपत्ता भएको करिब १८ घण्टापछि घरभन्दा आधा घण्टाको बाटोमा पर्ने जंगलको बीचमा बोक्सिलिङ खोलामा जिवितै फेला परेका हुन्।

मध्यरातमा ओछ्यानबाटै हराए डेढ वर्षीय बालक

सोमबार, ०४ बैशाख २०७४

धादिङको बेनिघाटरोराङ गाउँपालिका ३ बागुराङका डेढ वर्षीय बालक गएराती सुतिरहेको ठाउँबाटै हराएका छन् ।

बल्ल सुरु भयो धादिङमा बुढिगण्डकीको मुआब्जा वितरण

बिहिबार, ३१ चैत २०७३

बहुचर्चित बूढीगण्डकी जलविद्युत् आयोजनामा घरजग्गा डुब्ने धादिङका जग्गाधनीलाई मुआब्जा बाँड्न थालिएको छ । मुआब्जा वितरणको लागि ६ महिना अघि नै रकम आएको र ४ महिना अघि मुल्य निर्धारण गरिएको भए पनि भर्खरै मात्रै वितरण थालिएको हो।

धादिङमा कृषि पर्यटन प्रविधि प्रदर्शनी मेला हुँदै

मङ्गलबार, २२ चैत २०७३

धादिङको त्रिशुली नदिमा कृषि, पर्यटन प्रविधि प्रदर्शनी मेला हुने भएको छ। जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानको दिर्घकालिन लक्ष्यसहित मेला आयोजना गरिएको हो।

पँधेरोदेखि चियापसलसम्म चुनावकै चर्चा

सोमबार, १४ चैत २०७३

यतिबेला धादिङका गाउँबस्तीमा चुनावको निकै चर्चा छ। दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनको चौतारो, चिया पसल, पँधेरोमा समेत चर्चा तीव्र बनेको छ।

‘हामीलाई तिर्खा मेट्ने पानी दिनुस्’

बिहिबार, १० चैत २०७३

डाँडाको टाकुरामा बस्ती छ । गाउँमा भरपर्दाे मुहान छैन । एउटा कटुस गैह्रा धारो थियो त्यो पनि सुक्यो । २ वर्ष भयो तिर्खा मेट्ने गरी पानी खान पाएनौं । एलडिओको अगाडि उभिएकी विमला चेपाङले भनिन् ‘हामीलाई तिर्खा मेट्ने पानी दिनुस् ।’

कुखुरा बोकेको जीप दुर्घटनामा चालकको मृत्यु

बुधबार, ०९ चैत २०७३

चितवनको चुम्लिङटारमा कुखुरा बोकेको बलेरो जीप दुर्घटना हुँदा चालकको मुत्यु भएको छ ।      दमौलीबाट कुखुरा बोकेर काठमाडौं जाँदै गरेको ग २ च ३३६५ नम्बरको बलेरो जीप इच्छाकामना गाउँपालिका वडा ३ चुम्लिङटारबाट त्रिशुली नदीमा खसेको हो ।

त्रिशुलीमा र्‍याफ्टिङको रमाइलो रमाइलो

आइतबार, ०६ चैत २०७३

त्रिशुली र्‍याफ्टिङ (जलयात्रा) को महत्व बोकेको नदि हो। राजधानीसंग नजिक भएकोले पनि यहाँ पर्यटक सजिलै पुग्न सक्छन्। त्रिशुली बचाउ अभियानकर्ताहरुले शनिबार त्रिशुली नदीमा नेपालमै पहिलो पटक राष्ट्रिय झण्डा र पञ्चेबाजासहित जलयात्रा गराए।

रोकिएन त्रिशूलीमा अवैध उत्खनन

बिहिबार, ०३ चैत २०७३

त्रिशूली नदीमा अवैध उत्खनन बढेको छ। तस्करहरू दिउँसोभन्दा रातको समयमा प्रशासनको आँखा छलेर नदीबाट बालुवा, ढुंगा र गिटी उत्खननमा सक्रिय छन्।

धादिङका नगर र गाउँपालिकामा कार्यकारी अधिकृत तोकिए, साइनबोर्ड फेरियो

सोमबार, ३० फागुन २०७३

सरकारको निर्णयअनुसार धादिङ जिल्लामा स्थानीय तह कार्यन्वयनमा आएको छ। सोमबारबाट जिल्ला विकास समिति ‘जिल्ला समन्वय समितिमा’ रुपान्तरित भएको छ। सरकारले शुक्रबारबाटै स्थानीय निकाय भङ्ग गरेर तह कार्यान्वयनमा ल्याए पनि २ दिन लगातार बिदा परेकाले सोमबारबाट काम थालिएको हो।

Ncell Footer Ad