शंकर श्रेष्ठ

न घर, न धन्सार

आइतबार, १३ फागुन २०७४

भूकम्पको अनुदान लिएर बनेका संरचना ‘न घर न धन्सार’ भएका छन् । भूकम्पपछि सरकारले उपलब्ध गराएको आवास निर्माण अनुदान लिएर बनेका केही संरचना बस्न लायक नै छैनन्।

पिँठ्युमा बाेकेरै मतदान केन्द्र (फोटो फिचर)

आइतबार, १० मङि्सर २०७४

धादिङमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। अधिकांश मतदान केन्द्रमा विहान ७ बजेदेखि नै मतदान सुरु भए पनि दुर्गमका केही मतदान केन्द्रमा भने बुथ प्रतिनिधि राख्ने विषयमा विवाद भएपछि दिउसोबाट मात्रै मतदान सुरु भएको छ।

दलको रोजाइमा परेनन् महिला

बुधबार, ०८ कार्तिक २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ धादिङबाट पुरुषमात्रै भिड्ने भएका छन्। जिल्लामा क्रियाशील सबै दलले आइतबार मनोनयन दर्ता गराए पनि महिलाको नाम समावेश हुन सकेन।

धादिङको हुग्दीखोला पुलबाट गाडी खस्यो, तीन जना घाइते

मङ्गलबार, १७ साउन २०७४

काठमाडौंबाट चितवनतिर जाँदै गरेको ना६ख ४७३८ नं. को डिब्बा गाडी धादिङको बेनिघाट रोराङ गाउपालिकास्थित हुग्दीखोलाको पुलबाट खसेको छ। डिब्बा गाडीले ना५त ९१५६ नम्बरको ट्याक्टरलाई ठक्कर दिई हुग्दीखोला पुलबाट खोलामा खसेको छ। गाडी चालक र सहचालक दुवै घाइते छन्।

त्रिशुलीमा टिपर खस्यो, चालकसहित दुई जना बेपत्ता

बिहिबार, १२ साउन २०७४

धादिङको गजुरी गाउँपालिका-२ स्थित बिहानी पम्प नजिकै त्रिशुलीमा टिपर खस्दा दुई जना बेपत्ता भएका छन्। बा४ख ५१४६ नम्बरको उक्त ट्रिपर बिहान ५ बजे त्रिशुलीमा खसेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए।

राजमार्ग दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्यो

आइतबार, ०८ साउन २०७४

पछिल्लो वर्ष धादिङमा सवारीसाधन दुर्घटनाको संख्या घटेको देखिए पनि दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने बढेको पाइएको छ।

धादिङको बेनिघाटमा बस दुर्घटना हुँदा २ को मृत्यु, ४ घाइते

बिहिबार, ०५ साउन २०७४

धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

धादिङको गंगाजमुनामा पहिरो जाँदा ७ घर पुरियो

बुधबार, ०४ साउन २०७४

धादिङको गंगाजमुना गाउँपालिका २ स्थित प्रुनुम गाउँमा बुधबार विहान पहिरो जाँदा ७ घर पुरिएको छ । गंगाजमुना १ को ख्यामीडाँडा भन्ने ठाउँबाट झरेको पहिरोले वडा नम्बर २ को उक्त गाउँ पुरेको हो ।

राजमार्गमा दुर्घटना घट्यो, मृत्यु बढ्यो

सोमबार, ०२ साउन २०७४

एक त गल्छीदेखि नागढुङ्गासम्मका सडकमा खाल्डोखुल्डी बढी छ अर्काे तर्फ मुग्लीन नारायणगढको जाम क्रस गर्न चालक हतारिन्छन् ।

भूकम्प पीडितको घरको जगमा झार मौलायो, दोस्रो किस्ता आएन

शनिबार, ३१ असार २०७४

'५० हजार लिएर घर सुरु नगरे कारबाही हुन्छ भन्यो। हतार–हतार जग हालियो । आधा गारो पनि लगाइयो । न आफुसंग पैसा छ, न सरकारले दोश्रो किस्ता दिन्छ', लैताकका पूर्णबहादुर चेपाङ भन्छन्, ‘घरको जगमा झार मौलायो, दोश्रो किस्ता पाइएन।’

धादिङमा यात्रु बस र ट्रक ठोक्किंदा ३१ घाइते

शनिबार, ३१ असार २०७४

पृथ्वी राजमार्गको खटौटीमा यात्रु बस र ट्रक आपसमा ठोक्किदा ३१ जना घाइते भएका छन् ।

भूकम्प पीडितसँग कमिशन असुल्दै इन्जिनियर

शुक्रबार, ३० असार २०७४

पुनःनिर्माणमा खटिएका इन्जिनियरहरूले स्थानीयहरुसँग कमिसन असुल्ने गरेका छन् । आफूले चिनेको कन्सल्टेन्सी मार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्प पीडितसँग कमिसन असुल्ने गरेको फेला परेको हो।

बजेट सक्न महँगो होटलमा रात्रिभोज

शुक्रबार, ३० असार २०७४

वर्षभरिकाकार्यक्रमको अनुगमनमाधादिङको धार्के पुगेका सरकारी अनुगमन टोली रात्रिभोज गर्न बुधबार साँझ चितवन पुगे। सदरमुकाम धादिङबेसीबाट करिब १२ बजे निस्किएको अनुगमन टोली धार्केसम्म पुगेर पनि साँझ ७ बजे चितवनको सिद्धार्थ होटल पुगेको हो।

शान्ती पदयात्राको बजेट मनोरञ्जनमा

शुक्रबार, ३० असार २०७४

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकामा शान्ति पदयात्राको लागि छुट्ट्ययाइएको एक लाख बजेट धादिङको स्थानीय शान्ति समितिले चितवन पुगेर मनोरञ्जनमा सकेको छ।

बजेट सक्न महंगाे होटलमा रात्रीभोज

बिहिबार, २९ असार २०७४

वर्षभरी भएका कार्यक्रमहरुको अनुगमनमा धादिङको धार्के पुगेका सरकारी अनुगमन टोली रात्रीभोज गर्न बुधबार साँझ चितवन पुगे । सदरमुकाम धादिङबेसीबाट करिब १२ बजे निस्किएका अनुगमन टोली धार्केसम्म पुगेर पनि साँझ ७ बजे चितवनको सिदार्थ होटलमा पुगेका हुन् ।

ट्रकको ठक्करबाट प्रहरीको मृत्यु

सोमबार, २६ असार २०७४

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छीबाट काठमाडौतर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ। धादिङको थाक्रे गाउँपालिका वडा नं ७ सातकिलामा ट्रकले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका प्रहरी जवान सन्तोषजंग शाहको मृत्यु भएको हो।

शिक्षकद्वारा विद्यार्थी बलात्कृत

शुक्रबार, २३ असार २०७४

धादिङमा एकै दिन २ जना बालिका बलात्कारको घटना दर्ता भएका छन्। घटना छुट्टाछुट्टै स्थानमा भए पनि बलात्कृत हुनेमा दुबै जना १५ वर्ष मुनीका बालिका छन्। दुवै बालिका आफ्नै घरभित्र बलात्कृत भएका हुन्।

राजमार्गका होटलमा मनपरी

आइतबार, ११ असार २०७४

एक त कलंकी–नागढुंगा–नौबिसे सडक खण्डमा घन्टौं जाम, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना । गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै दुव्र्यवहार । होटल सञ्चालकहरुले असुल्ने मनपरी मूल्य आफ्नै ठाउँमा छ ।

धादिङको हुग्दीखोलाको पुलबाट ट्रक खस्यो, तीन जनाको मृत्यु

शुक्रबार, ०९ असार २०७४

धादिङको बेनिघाटमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ३१२३ नम्बरको ट्रक बेनिघाटको रोराङ गाउँपालिकामा पर्ने हुग्दीखोला पुलबाट खसेको हो।

बाँदर नियन्त्रणको माग गर्दै धादिङबेसीमा प्रदर्शन

बुधबार, ३१ जेठ २०७४

धादिङका बाँदर पीडित किसानहरुले बाँदर आतंक नियन्त्रणको माग गर्दै बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन् ।

Ncell Footer Ad