सुष्मा न्यौपाने

सुष्मा न्यौपाने

काठमाडौँ कहर

बुधबार, २९ साउन २०७६

अलि सकारात्मक भएर सोच्दा पहिलेभन्दा सरकारले सरसफाइलाई महत्व दिएकोचाहिँ रहेछ, तर हाम्रा प्रधानमन्त्रीज्यूले दाबी गरेजस्तो होइनरहेछ। काठमाडौँका भित्री सडकहरूमा अझै रसुवाको मूलखर्कको पहिरोभन्दा पनि बढी समस्या रहेछन्।

छुवाछूत: कहिलेसम्म ?

सोमबार, २० जेठ २०७६

दिनभर नथाक्ने गरी जातीय समानताका गफ हाँक्ने, भाषण गर्ने समाजका अगुवाहरू त बेलुकी आफ्नो घरमा गएर पुरानै ढर्रामा चल्छन्।

घरको ऋणले घँचेट्यो खाडी

बुधबार, २५ बैशाख २०७६

नेपालमा पछिल्लोपटक शक्तिशाली भूकम्प आइवरी गएको पनि ४ वर्ष बितिसक्यो। यी ४ वर्षमा समग्र देशभर करिव ५० प्रतिशत मात्र पुनर्निर्माणको काम सम्पन्न भएको खबर सुनेका छौँं।

सवाल सुरक्षित घरबासको

बुधबार, १३ चैत २०७५

नेपालमा लामो समयदेखि चल्दै आएको सामन्ती राजतन्त्र फालियो। लोकतान्त्रिकगणतन्त्र आयो। यसो हुनुमा हजारौँ नेपालीको योगदान छ। शासन गर्नेहरूले आफूभन्दा कमजोर र विशेषगरी गरिब, दलित, महिला, पछाडि पारिएका वर्गमाथि अत्याचार लादे। देशभित्रै जाति, भाषा, धर्म, भूगोललगायतको विविधताका आधारमा असमानता सिर्जना गरे।

जनता आवास : जसको आफ्नै आवास उठ्यो

आइतबार, १२ फागुन २०७५

भूकम्पपछिको पुनर्निर्माणभित्रका थुप्रै समस्या बाँकी छन्। भूकम्पमा घर भत्किएका तथा लाभग्राही सूचीमा नाम नभएकाहरू, सम्झौता गर्न विविध कारणले रोकिएकाहरूको घर कहिले र कसरी बनाउने भन्ने चिन्ता थियो। यस्तैमा रसुवामा जनता आवास भन्ने कार्यक्रम यस वर्षदेखि भित्रियो। सहरी विकास तथा भवन डिभिजन कार्यालयको संयोजनमा सुरु भएको यो कार्यक्रम प्रभावकारी हुन नसक्दा अहिले धेरैले दुःख पाइरहेका छन्।

गैगए, भक्त तामाङ ‘नयाँ घर’को सपनामै

बिहिबार, २४ माघ २०७५

भूकम्प गएको ४५ महिना बितेछ। यसले गरेको विनाश, दिएको चोट र क्षतिको कुरा धेरै गरियो। बोलियो अनि लेखियो पनि। तर समस्याहरू खातका खात बाँकी छन्। लेखाइको माध्यमबाट सरोकारवालाहरूको ध्यानाकर्षण र पीडितलाई न्याय दिलाउन सकिन्छ कि भनेर लेख्ने प्रयास निरन्तर गरिरहेकी छु।

दलित नै किन बढी गरिब ?

सोमबार, ३० पुष २०७५

नेपालमा राजनीतिक र सामाजिक आन्दोलनको माध्यमबाट शासन र व्यवस्थाहरू धेरै पटक फेरिएका देख्यौँ। तर केही समुदाय, वर्ग र मानिसहरूले भोग्दै आएका भेदभाव, उल्झन र पीडाहरू अझैसम्म यथावत छन्। मानिसहरू जन्मेको कोखकै आधारमा विभेदको मारमा छन्। कोही उच्च र कोही तल्लो। जातपात व्यवस्था हामीकहाँ अहिले पनि हामी देख्छौँ र भोग्छौँ।

गरिबको दसैँ, दशा

मङ्गलबार, ३० असोज २०७५

दसैँ सबैका लागि उत्तिकै हर्षाेउल्लास छैन । गरिब र धनीबीचमा भिन्न रूपमा मनाइने गरिएको छ । हरेक वर्ष आउने चाड मनाउनका लागि गरिबलाई भने दशा नै साबित हुने गरेको छ । यसले गरिबलाई झन् बढी ऋण बोकाएर जाने गरेको छ । दुःख थप्ने गरेको छ।

जब सुकुमायाका पतिले आत्महत्या गरे

बुधबार, २० भदौ २०७५

रसुवा थुमनकी देलामो तामाङ । अभिभावकको रहरअनुसार १४ वर्षकै उमेरमा उनको विवाह भयो । पढ्न–लेख्न जानेकी छैनन् । १५ वर्षमै पहिलो सन्तान छोरा जन्माइन् ।

गरिबको चमेली बोलदिने कोही छैन- २

मङ्गलबार, २९ साउन २०७५

गत वर्ष पुस २४ गते नागरिक दैनिकमा ‘गरिबको चमेली बोलदिने कोही छैन’ शीर्षकमा लेख प्रकाशन भएको थियो ।

भूकम्पबाट बिस्थापितका पीडा

आइतबार, १६ बैशाख २०७५

सरकारले बल्लबल्ल भूकम्पका कारण बिस्थापित भएकालाई अन्यत्र सुरक्षित ठाउँमा बसोबास गर्न भन्दै जग्गा किन्न दुई लाख रुपियाँ दिने निर्णय गरेको छ तर न उक्त दुई लाखले जग्गा आउने अवस्था छ न त जग्गा आइहाले पनि गरिखाने अरु आधार नै त्यहाँ उपलब्ध छ । यस्तो अवस्थामा बिस्थापितका लागि यो सरकारी सहयोग ‘निल्नु न ओकल्नु’ सावित भएको छ । रसुवाको यार्सा–४ स्थित यस्तै बिस्थापितका बस्ती यो पीडाको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ।

बिर्ताको जिउँदो कहर

सोमबार, ०७ फागुन २०७४

भूमि र मानिसको सम्बन्ध नङ र मासु जत्तिकै आत्मीय र अपरिहार्य छ । करिब ७० प्रतिशत जनसंख्याको जीविका कृषिमा निर्भर छ । भूमि उत्पादनको साधन हो । यही भूमिमा अन्न फलाएर संसारको भोक मेटिन्छ । साथै कृषि मजदुरीमै निर्भर हुनेहरूका लागि भूमि बाँच्ने अर्को आधार पनि हो । यति मात्र नभएर भूमि मान्छेको पहिचान पनि हो । साँच्चै भन्ने हो भने मानिसको सामाजिक हैसियतसमेत ऊसँग भएको भूमिलाई आधार मानेर मापन गर्ने गरिन्छ । भूमिको महत्व सबैलाई ज्ञात छ । तर यही भूमिसँग जोडिएका कैयन् सवालहरू छन्, जुन कसैलाई ज्ञान छैन । जसलाई ज्ञान छ वा समस्या समाधान गर्ने शक्ति छ, उनीहरूलाई चासो नै छैन।

पुनर्निर्माणमा बहकिएको बहस

मङ्गलबार, ०९ माघ २०७४

पुनर्निर्माणका लागि आवश्यक सिमेन्ट, बालुवा, रड, गिट्टीलगायतको कृत्रिम अभाव छ । केही ठाउँमा उपलब्ध भइहाले पनि भाउ आकासिएको छ । केही महिना अघिसम्म ७०० रुपियाँमा पाइने सिमेन्ट प्रतिबोरा १२ सय रुपियाँ, फलामे रडको प्रतिकेजी ७७ बाट १०० रुपियाँभन्दा बढी पुगेको छ।

गरिबको चमेली बोल्दिने कोही छैन ?

सोमबार, २४ पुष २०७४

गरिब र भूमिहीन दलित परिवार । सम्पत्तिको नाममा केही छैन । भएको घर पनि भूकम्पले भत्किएको छ । बनाउन पनि सकिएको छैन । व्यापार–व्यवसाय केही छैन । नियमित आम्दानीको स्रोत छैन । खेती गर्ने जग्गा छैन । तर, सबैसँग एउटै कुरा छ, त्यो हो ऋण । एकातिर लिइएको ऋणको किस्ता तिर्न सकिएको छैन, अर्काेतिर बिहान–बेलुका के खाने भन्ने चिन्ताको पहाड छ । यस्तो नियति कति दिनसम्म चल्ने हो, कुनै टुंगो छैन ।

सपना पूरा गर्ने अठोट

बिहिबार, २६ साउन २०७४

मानिसको निधनपछि धेरैले श्रद्धाञ्जली दिन्छन्। चिरशान्तिको कामना गर्छन्। आफन्तप्रति समवेदना प्रकट गर्छन्। तर उनको सपना पूरा गर्ने अठोट भने कमैले मात्र व्यक्त गर्छन्। अझ यस्तो अठोट व्यक्त गर्नेले पनि त्यसलाई व्यवहारमा ल्याउन भने निकै हिच्किचाउँछन्।

लैंगिक हिंसा अन्त्य गर्न संयुक्त पुर्जा

सोमबार, २७ मङि्सर २०७३

यतिबेला विश्वभर १६ दिवसीय लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको छ । यो अभियान नेपालमा पनि मनाइरहेका छौं । आजकल महिला अधिकारका विषय ग्रामीण तहमा पनि व्यापक उठ्ने गरेको छ । महिला आफ्नो अधिकारबारे सचेत हुन थालेका छन् ।

भूकम्पपीडितको तीज

शुक्रबार, १७ भदौ २०७३

यतिबेला सबै महिला तीजको रमाइलोमा ब्यस्त छन्। के खाने, कहाँ जाने, के किन्ने जस्ता योजना बनिवरी लागु पनि भइसके। तर रसुवाको धैबुङ–१ इटपारेकी ८० वर्षिया मनमाया परियारलाई भने तीजले छोएकै छैन भन्दा पनि फरक पर्दैन।

  • 1 (current)
Ncell Footer Ad