नारायण रिमाल

जापानमा नेपाली खेलाडी विजयी

मङ्गलबार, १४ साउन २०७६

जापानको नागोया शहरमा भएको किक बक्सिंग प्रतियोगितामा नेपाली खेलाडी विजयी भएका छन्। आईतवार नागोयामा सम्पन्न ‘हिट ४५’ नामक प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा नेपाली युवा खेलाडी अविरल घिमिरे ‘हिमालयन चितुवा’ले बोलिभियाका च्याम्पियनलाई हराएर विजयी बनेका हुन्।

नागोयामा नेपाल फेस्टिवल हुने

शनिबार, ०२ चैत २०७५

जापानको तेस्रो ठूलो शहर नागोयामा नेपाल फेस्टिवलको आयोजना हुने भएको छ। नेपालको पयर्टन प्रवर्द्धन तथा नेपाली कला र संस्कृति पहिचान गर्ने उद्देश्यले नागोया शहरमा पहिलो पटक नेपाल फेष्टिबलको आयोजना हुन लागेको हो।

ओकुबोमा युनिमनीको शाखा

बिहिबार, २० मङि्सर २०७५

जापानबाट नेपाल लगायत संसारभर रेमिट्यान्स कारोबार गरिरहेको युनिमनी रेमिटले आफ्नो पहिलो शाखा विस्तार गरेको छ। जापानको “मिनी नेपाल” भनेर चिनिने टोकियोको ओकुबो स्थित कार्यलयको मंगलबार शाखा उद्घाटन गरिएको हो।

नेपालमा निर्धक्क लगानी गर्नुस्: परराष्ट्रमन्त्री ज्ञवाली

बुधबार, ०५ मङि्सर २०७५

जापान सरकारको निमन्त्रणामा जापान भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जापानका नीजि क्षेत्रका लगानीकर्ताहरुलाई र्निधक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

वैदेशिक लगानीका लागि नेपाल उर्वर : मन्त्री ज्ञवाली

सोमबार, ०३ मङि्सर २०७५

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको आर्थिक समृद्धिका लागि नेपाल-जापान सम्बन्धलाई थप प्रगाढ बनाइने बताएका छन्। नेपालको राजनीतिक स्थायित्वको बारेमा जापान सरकारलाई जानकारी गराउँदै मुलुकको आर्थिक समृद्धिका लागि जापानी लगानीलाई आकर्षण गराउनु आफ्नो भ्रमणको उद्देश्य रहेको उनले बताए।

महिला हिंसाविरुद्ध एनआरएन जापानको अभियान

आइतबार, २५ कार्तिक २०७५

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले महिला तथा किशोरीहरूमा हूने हिंसा विरूद्ध नयाँ अभियान शुरू गरेको छ।

सरकारलाई असफल हुने छुट छैन : नेता भट्टराई

मङ्गलबार, २३ असोज २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको बताएका छन्।

जापानको पर्यटन एक्स्पोमा  नेपालको सहभागिता

मङ्गलबार, ०९ असोज २०७५

जापानमा आयोजना भएको अन्तराष्ट्रिय पर्यटन प्रदर्शनीमा नेपालले सहभागिता जनाएको छ। नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको हो।

जापानमा मनाइयो संविधान दिवस

शनिबार, ०६ असोज २०७५

जापानमा संविधान दिवस मनाईएको छ। नेपालको संविधान जारी भएको तेस्रो बर्ष पुरा भएको अवसरमा टोकियोमा एक समारोहका बिच शुक्रवार संविधान दिवस मनाईएको हो।

जापानमा नेपाल फेष्टिवलको रौनक (फोटो फिचर)

सोमबार, ११ भदौ २०७५

जापानको राजधानी टोकियोमा दुई दिवसीय ११ औं नेपाल फेष्टिवर भएको छ। जापानस्थित नेपाली दूतावास र एनआरएनको जापानको संयुक्त आयोजनामा शनिवार र आईतबार दुई दिन आयोजना गरिएको नेपाल फेष्टिवलमा निर्मित बौद्ध स्तुपा फेस्टिबलको मुख्य आकषर्णको केन्द्र बन्यो।

जापानमा 'जाउँ है पोखरा' अभियान

मङ्गलबार, ०५ भदौ २०७५

मनमोहक हिमाल, ताल र मनोरम दृश्यहरुले सिगारिएको नेपालको सुन्दर पर्यटकीय सहर पोखरालाई जापानिहरुका विच प्रचार प्रसारगरी पर्यटन प्रवर्द्धन गर्न कास्की पोखरा समाज जापानले जापानभरी 'जाउँ है पोखरा' अभियान शुरु गरेको छ।

जापानमा नेपाली पाठ्यक्रममा आधारित विद्यालय

सोमबार, ०४ भदौ २०७५

जापानमा नेपालीहरुको सामूहिक लगानीमा संचालित एभरेष्ट इन्टरनेशनल स्कुल आफ्नै भवनमा स्थानान्तरण भएको छ। नयाँ भवनको आइतबार विधिवत रुपमा उद्घाटन गरिएको छ। जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, सुगिनामी सिटीका मेयर र्‍यो तानाका, एनआरएन एशिया प्याशिफ़िक क्षेत्रिय संयोजक किरणबिक्रम थापा, स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठ, संचालक समितिका कार्यकारी सदस्य मेघराज नेपाल लगायतले संयुक्तरुपमा रिवन काटी भवनको उद्घाटन गरे।

कास्की पोखरा समाज जापानमा नयाँ नेतृत्व

मङ्गलबार, २२ साउन २०७५

कास्की पोखरा समाज जापानको तेस्रो अधिवेशन टोक्योमा सम्पन्न भएको छ। आइतबार शिनओकुबो स्थित सोल्मारी मुरामा सम्पन्न अधिवेशनले बिकास श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ।

जापानमा दुई नेपालीमाथी छुरा प्रहार

सोमबार, २१ साउन २०७५

जापानमा दुई नेपाली विद्यार्थीमाथी छुरा प्रहार भएको छ। टोक्यो नजिक रहेको तोचीगि प्रिफेक्चर स्थित उचुनोमिया सहरमा नेपाली विद्यार्थीमाथी अन्धाधुन्ध छुरा प्रहार भएको हो। तीन महिना अघि भाषा विद्यार्थीका रुपमा जापान प्रवेश गरेका नेपाली युवाहरुमाथि भियतनामी युवाले छुरा प्रहार गरेको बताईएको छ।

राजदूतावास र एनआरएन जापानले संयुक्त रूपमा नेपाल फेस्टिबल आयोजना गर्ने

शनिबार, १२ साउन २०७५

नेपालको कला, संस्कृति र नेपालको बारेमा प्रचार प्रसारगरी पर्यटन प्रर्वद्दन गर्ने उदेश्यले गैर आवसीय नेपाली सघं जापानले गर्दै आईरहेको नेपाल फेस्टिवल यो वर्षदेखि नेपाली राजदूतावाससंग संयुक्त रुपमा गर्ने सहमति भएको छ।

जापानमा रक स्टार हिमेशको कन्सर्ट हुदैँ

मङ्गलबार, २६ असार २०७५

जापानमा हुने भनिएको बहुप्रतिक्षित वलिउड म्यूजिकल लाईभ कन्सर्टको तयारी तिब्र पारिएको छ। टोकियोमा आयोजना गर्न लागिएको ‘हिमेश रेशमिया लाईभ इन टोकियो’ बारे इण्डियन रक स्टार हिमेश रेशमियाले आधिकारिक जानकारी सहितको अफिसियल भिडियो पठाएसंगै कार्यक्रमको तयारी तिब्र पारिएको हो।

जापानमा विद्यार्थी लक्षित रोजगार सेमिनार

सोमबार, ११ असार २०७५

जापानको टोकियोमा नेपाली विद्यार्थी लक्षित वृहत रोजगार सेमिनार आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए )जापानले जापानमा आई अध्ययन पुरा गरि कामको खोजीमा रहेका नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै “जब हन्टिङ सेमिनार फर स्टुडेन्ट” को आयोजना गर्न लागेको हो।

महावीर पुनलाई जापानमा सम्मान

शनिबार, ०५ जेठ २०७५

संचार तथा प्रविधि विज्ञ एबम् अनुसन्धानबिद् डा. महावीर पुन जापानमा सम्मानित भएका छन्। पुनलाई ‘वर्ल्ड टेलिकम्युनिकेशन तथा ईन्फर्मेशन सोसाईटी डे’को अवसरमा विहिबार अन्तराष्ट्रिय टेलिकम्युनिकेशन युनियन जापानको आयोजनामा टोकियोमा भएको ग्लोबल समिटमा सम्मान गरिएको हो।

जापानमा नेपालीले चलाएको कार दुर्घटना

मङ्गलबार, २५ बैशाख २०७५

जापानको होक्काइदो स्टेटको साप्पोरो शहरमा नेपालीले चलाएको सवारी साधन गम्भीर दुर्घटनामा परेको छ। मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण उक्त दुर्घटना भएको सञ्चारमाध्यमले जनाएका छन्।

जापानमा सामूहिक बेल विबाह (फोटो फिचर)

मङ्गलबार, १८ बैशाख २०७५

जापानको टोकियोमा सामूहिक बेल विवाह ‘ईही’ सम्पन्न भएको छ। नेवा: अन्तराष्ट्रिय फोरम जापानले टोकियोमा दोस्रो पटक सामूहिक बेल विवाह “ईही” भव्यताका साथ सम्पन्न गरेको हो। भगवान बिष्णुकोरूपमा बेलसँग विवाह गर्ने नेवारी परम्परा विदेशमा पनि गर्न पाउँदा सहभागी अभिभावकहरू अत्यन्त हर्षित देखिन्थे।

Ncell Footer Ad