केशव थोकर

तरकारीमा विषादी परीक्षण स्थगित गरिएको भन्दै प्रदर्शन (फोटो फिचर/भिडियो )

आइतबार, २२ असार २०७६

नेपाली कांग्रेस निकट विद्यार्थीहरुले विना जाँच भारतबाट विषादीयुक्त तरकारी र फलफूल भित्र्याउन अनुमति दिएको भन्दै प्रदर्शन गरेका छन्।

११ दिने अद्भूत यात्रा

शनिबार, १४ असार २०७६

घुमफिरबाट फर्कंदा मनमा धेरै कुरा खेलिरहे–प्राकृतिक र सांस्कृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो नेपालमा सिंगापुर, मलेसिया र थाइल्याण्डमा जस्तै पर्यटकीय चहलपहल गराउन किन सकिँदैन ?

राक्षस त्रसाउन काठमाडौंमा त्रिशुल जात्रा

बुधबार, ११ असार २०७६

राजधानीमा मनाउने जात्राहरु मध्ये एक हो त्रिशुल जात्रा। पशुपतिनाथ मन्दीर वरपर यो जात्रा मनाउने गरिन्छ। यक्ष मल्लको पालादेखि यो जात्रा मनाउन सुरु गरिएको विश्वास छ। निकै कलात्मक मानिने यो जात्रामा बालबालिकालाई त्रिशुल रोपेको जस्तो देखाउने गरिन्छ। वुधबार पनि जयबागेश्वरी क्षेत्रमा यो जात्रा मनाइएको छ।

न्याय माग्दै गौशाला प्रहरी वृत्त घेराउ, प्रदर्शनकारीमाथि लाठी चार्ज (फाेटाेफिचर)

आइतबार, ०८ असार २०७६

बौद्धस्थित समता अस्पतालमा क्लिनरको रूपमा कार्यरत बिमला तामाङको शंकारस्पद मृत्यु भएपछि पीड़ितका आफन्तहरूले न्याय माग्दै गौशाला प्रहरी वृत घेराउ गरेका छन्।युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै छानबिन गर्न मागसहित उनीहरुलेनाराबाजी गर्दै प्रहरी वृत घेराउ गरेका हुन्।

गुठी विधेयक विरुद्ध माइतीघरमा विशाल प्रदर्शन (फोटो फिचर)

बुधबार, ०४ असार २०७६

प्रदर्शनका कारण सडकमा सवारी आवागमनमा समस्या भएको छ।

गुठी विधेयक खारेजीको माग गर्दै राजधानीमा प्रदर्शन (फोटो फिचर)

सोमबार, २७ जेठ २०७६

सरकारले एकतर्फीरुपमा ल्याएको गुठी विधेयक खारेजीको माग गर्दै राजधानी काठमाडौंमा प्रदर्शन चर्किएको छ।

केसीको समर्थनमा प्रदर्शन

शनिबार, १२ माघ २०७५

१८ दिनदेखि अनशनरत डा. गोबिन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै 'साेलिडारिटी फर डक्टर केसी एलायन्स' लगायत उज्जवल थापा नेतृत्वको विवेकशीलले काठमाडाैंकाे माइतिघरमा प्रदर्शन गरेको छ।

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

शनिबार, १२ माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागि भएर स्वेदश फर्केका छन्। स्वीट्जरल्याण्डको डाभोसमा मञ्चको बैठक आयोजना भएको थियो।

प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने अधिकारकर्मी पक्राउ

सोमबार, २४ मङि्सर २०७५

प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न खोजेको भन्दै अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। विश्व मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन खोजेका अधिकारकर्मी कृष्ण पहाडी लगायतलाई प्रहरीले पक्राउ गरेको हो।

लामो दुरीको यातायातका साधनमा निर्मलाको पोस्टर (फोटो फिचर)

सोमबार, १७ मङि्सर २०७५

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको तस्बिर अंकित पोस्टरमा लामो दुरीका यातायातका साधनमा टाँसिएको छ। काठमाडौंदेखि पश्चिम महाकालीसम्म चल्ने बसमा सोमवार युवाहरुको समूहले निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो न्याय भेटिएन’ उल्लेख गरिएको पोस्टर टाँसेका हुन्।

निर्मलाका बुबा भेट्न शिक्षण अस्पताल पुगे पूर्व प्रधानमन्त्री भट्टराई (भिडियो)

सोमबार, १० मङि्सर २०७५

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई भेटेका छन्।

बिजुली बस चढेर प्रधानमन्त्री सिंहदरबार

मङ्गलबार, ०६ कार्तिक २०७५

साझा यातायातले आजबाट सुरु गरेको विद्युतीय बसमा चढेर प्रधानमन्त्री सिंहदरवार पुगेका छन्। सहरी यातायातमा ‘मास ट्रान्पोर्टेसन’लाई सरकारले प्रवर्दन गर्न थालेपछि सक्रिय भएको साझा यातायात प्रालिले काठमाडौंमा विद्युतीय बस सेवाको आजबाट शुभारम्भ गरेको थियो।

तस्बिरमा तेस्रो संविधान दिवसकाे उल्लास (फोटो फिचर)

बुधबार, ०३ असोज २०७५

संविधानसभामार्फत बनेको नेपालको सविधान जारी भएको २०७२ आसोज ३को अवसरलाई राष्ट्रिय महत्वको उत्सव मान्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी तेस्रो संविधान दिवस मनाइदैछ। सरकारले आज राजधानीको सैनिक मञ्च टुडिखेलमा एक विशेष समारोहको आयोजना गरेको थियो। राष्ट्रपति विद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्माओली, प्रधान न्यायाधीशलगायतका स्वदेसी तथा विदेशी विशिष्ट व्यक्ति सहभागी उक्त समारोहमा शुभकामना आदानप्रदानसहित विभिन्न झाँकी तथा प्रदर्शन गरिएको थियो। तस्बिरमा हेर्नुहोस तेस्रो संविधान दिवसको उल्लास–

थाई प्रधानमन्त्री काठमाडौंमा, को हुन् प्रयुत च्यान ओचा ?

बिहिबार, १४ भदौ २०७५

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत च्यान ओचा काठमाडौं आइपुगेका छन्। थाइल्यान्डका पूर्व सेनापती समेत रहेका प्रयुतलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरे।

म्यानमारका राष्ट्रपति विन म्यन्ट काठमाडौंमा

मङ्गलबार, १२ भदौ २०७५

बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन म्यन्ट काठमाडौंमा आइपुगेका छन्।

पाल्पाली स्वाद

शनिबार, १६ असार २०७५

एक बिहानै साथी टेकनारायण भट्टराईको फोनले ब्युँझाएपछि सिधै गंगबु बसपार्कतिर लागें । त्यहाँ जम्मा भएका साथीहरुसँगै माइक्रो बसमा चढें । हाम्रो यात्रा सुरु भयो पाल्पातिर।

प्राथमिक स्वास्थ्य केन्द्र हस्तान्तरण

बिहिबार, ३१ जेठ २०७५

भूकम्पमा भत्किएको सिन्धुपाल्चोकको बाह्रबिसेस्थित प्राथमिक स्वस्थ केन्द्रको पुनर्निर्माण सम्पन्न भई स्थानीयलाई हस्तान्तरण गरिएको छ।

टिसर्ट लगाएको व्यक्तिले चलाएको थियो गौचनमाथि गोली (भिडियो/फोटो)

सोमबार, २३ असोज २०७४

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन चढेको बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडी सोमबार दिउँसो खरिबोटतर्फ आउँदै थिए। त्यही बेलै उनीमाथि रिभल्वरबाट गोली प्रहार भयो। गोली लागेका उनी गाडीभित्रै ढलेका थिए। अर्धचेत भइसकेका उनलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो।

चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रदर्शन, ११ पक्राउ [फोटो-भिडियो]

सोमबार, ०९ असोज २०७४

चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद भवनमा धर्ना दिने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। संसद सचिवालयले उक्त विधेयक आजको कार्यसूचीमा राखेपछि डाक्टर, कलाकार, विद्यार्थीलगायत ब्यक्तिहरु संसद भवनअघि धर्ना दिन पुगेका थिए। धर्ना बसेका उनीहरुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

चुडामणि शर्माको घरमा कसरी भयो विस्फोट प्रयास? (फोटो फिचर)

सोमबार, ०२ असोज २०७४

आइतबार राति कृष्ण खड्काको परिवार खाना खाएर सुतिसकेको थियो। उनी बुढानिलकण्ठ नगरपालिका वडा नं. २ महादेव खोला टोलका बासिन्दा हुन्। उनको घरसँगै एउटा कम्पाउन्ड भएको घर छ। चारैतिर पर्खाल लगाइएको त्यो घर मासिक करिब ४० हजार तलब थाप्ने राष्ट्रसेवक सहसचिव चुडामणि शर्माको हो। सधैँ झै आइतबार साँझ शर्मा परिवार खाना खाएर सुत्यो।

Ncell Footer Ad