किरणमान बज्राचार्य

दुई तिहाइको कम्युनिष्ट सरकार जनतासामु नाङ्गियो : कांग्रेस नेता कोईराला

मङ्गलबार, १३ फागुन २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले दुई तिहाइको कम्युनिष्ट सरकार जनतासामु नाङ्गिएको बताएका छन्। एकपछि अर्का जनबिरोधी काम गरेर ओली नेतृत्वको सरकार आफै संकटमा परेको उनले बताए। नेपाली कांगे्रस कपिलवस्तुद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

दुई तिहाईको सरकार पूर्णरुपमा असफल : उपेन्द्र यादव

शनिबार, १० फागुन २०७६

संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सुखी र संबृद्ध नारा दिएको बर्तमान सरकार पूर्णरुपमा असफल भएको बताएका छन्। दुई तिहाईको कम्यूनिष्टहरुको सरकार आएसंगै भ्रष्टचार लुट बढ्दै गएको उनले आरोप लगाए।

सिमसार दिवसमा जगदीशपुर तालमा चरा महोत्सव हुँदै

शनिबार, १८ माघ २०७६

विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदीशपुर तालमा आइताबार(माघ १९) सिमसार दिवसका अवसरमा चरा महोत्सव हुने भएको छ। जलवायु, सिमसार केसन्द्रत भएर सातौ चरा महोत्सव हुने भएको हो

तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल

शुक्रबार, २५ पुष २०७६

तिलौराकोट राजा शुद्धोधनको राजप्रसाद तथा भगवान गौतम बुद्धले २९ वर्षको युवावस्था बिताएको स्थलकारुपमा मानिँदै आएको छ।

शंकास्पद अवस्थामा युवकको शव फेला

बिहिबार, २४ पुष २०७६

कपिलवस्तुको महाराजगंज नगरपालिका–४ राजपुरको पोखरीमा शंकास्पद अवस्थामा एक जनाको शव बिहीबार बिहान फेला परेको छ। फेला परेको शव कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवाका ३० वर्षीय रामसुरत कुर्मी रहेको प्रहरीले जनाएको छ।

जीर्ण बन्दै बुद्धस्थल पुग्ने बाटो

बुधबार, २३ पुष २०७६

नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ। प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्ष पनि जारी छ। तर, कपिलवस्तुस्थित बुद्धस्थल पुग्ने बाटाहरू भने जीर्ण बन्दै गएका छन्।

तिलौराकोट विश्व सम्पदा सूचीमा पर्ला? यस्तो छ तयारी

मङ्गलबार, २२ पुष २०७६

बुद्ध क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउने गृहकार्य फेरी सुरु भएको छ।

आगलागीबाट साढे दुई लाख बढीको क्षति

मङ्गलबार, २२ पुष २०७६

कपिलवस्तु नगरपालिका–९ चम्कीपुरस्थि एक फुसको घरमा सोमबार मध्यरातमा आगलागी हुँदा साढे दुई लाख बढीको क्षति भएको छ। स्थनीय दुर्गाबहादुर खत्रीको घर नजिकै रहेको विद्युत ट्रान्सर्फर सर्ट भई स्पार्किङबाट निस्किएको आगोको झिल्कोले आगलागी भएको हो।

अनुदान नपाएपछि कपिलस्तुका उखु किसान काठमाडौं जादै

मङ्गलबार, २२ पुष २०७६

किसान संघले पुष २५ गतेसम्म पाउनुपर्ने रकम निकासा नभए पुनः अन्दोलन गर्न काठमाण्डौ जाने संघका अध्यक्ष चौधरीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।

सार्वजनिक खरिद ऐन र निमावली परिवर्तन हुँदा विकास निर्माण प्रभावित : अध्यक्ष सिंह

शनिबार, १९ पुष २०७६

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले धेरै पटक सार्वजनिक खरिद ऐन संशोधन गरिँदा आर्थिक गतिबिधिहरु प्रभावित भएको बताएका छन्। सल्लाह सुझाव बिना एकलौटीरुपमा खदिर ऐन र नियमावली संशोधन गरिँदा विकास निर्माण नै ठप्प भएको उनले बताए। कपिलवस्तु निर्माण व्यवसायी संघले तौलिहवामा राखेको नौं साधारण सभाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

सांसद शाहलाई पक्राउ गर्न अदालतको अनुमति

शुक्रबार, १८ पुष २०७६

कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाह र उनका गाडी चालकमाथी ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ। गत पुस ५ गते साँझ कृष्णनगर स्थित आफ्नै निवासमा बोलाएर राप्रपा तर्फबाट मेयरका उम्मेदवार तथा भोजपुरी फिल्मका कलाकार श्याम मिश्रा माथी सांसद शाहले निर्घात कुटपीट गरेका आरोप छ।

सत्तारुढ दलबाट राष्ट्रिय सभाका लागि कपिलवस्तुबाट दुई जना

शुक्रबार, १८ पुष २०७६

सत्तारुढ नेकपाबाट कपिलवस्तुका २ जना राष्ट्रिय सभाको निर्वाचनका लागि सिफारिस भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको हो। कपिलवस्तुबाट राजनीति गरेका शीर्ष नेता बेदुराम भुसाल र नेतृ विमला घिमिरेलाई उम्मेदवार बनाएको हो।

बालविवाह न्यूनीकरणका लागि २० किशोरीलाई साइकल

बिहिबार, १७ पुष २०७६

बालविवाह न्यूनीकरणका लागि नेपाल परिवार नियोजन संघ कपिलवस्तुले २० किशोरीलाई ब्यागसहित साइकल दिएको छ। युएनएफपिएको सहयोगमा बालविवाह न्यूनीकरणका लागि किशोरकिशोरी सशक्तीकरण परियोजन अन्र्तगत उनीहरुलाई साइकल प्रदान गरिएको हो।

भेटनरी अस्पतालका तीन अधिकृत अख्तियारको नियन्त्रणमा

बुधबार, १६ पुष २०७६

अख्तियारले कपिलवस्तुको तौलिहवास्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका ३ अधिकृतलाई नियन्त्रणमा लिएको छ। कपिलवस्तुको शिवराज नगरपालिका– ११ सडवास्थित नव प्रगतीशील बहुउद्देश्यीय कृषि समूहले बाख्रा पालनका लागि प्रदेश सरकारबाट पाएको अनुदानमा कामै नगरी भुक्तानीका लागि सिफारिस गरिएको भन्दै अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

ससुरा हत्याको आरोप लागेकी बुहारी पूर्पक्षका लागि थुनामा

शुक्रबार, ११ पुष २०७६

आफ्नै ससुरालाई बिभत्स हत्या गरेको आरोप लागेकी २६ वर्षिया लक्ष्मी बोहरा पौडेललाई पूर्पक्षका लागि जेल चलान गरिएको छ। अदालतले शुक्रबार ५५ वर्षिय ससुरा धनराज पौडेलको हत्या गरेको आरोपमा लक्ष्मीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

गोरुसिंगे हत्याकाण्ड: बुहारीले नै ससुराकाे हत्या गरेको सिआईबीको ठहर

शुक्रबार, ११ पुष २०७६

गत मंसिर १३ गते कपिलवस्तुको गोरुसिंगेमा भएको हत्यामा बुहारीकै हात रहेको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले ठहर गरेको छ।

राप्रपाको तर्फबाट मेयरका उम्मेद्वार मिश्रामाथि कुटपिट

आइतबार, ०६ पुष २०७६

कपिलवस्तुको कृष्णनगरमा शनिबार साँझ राप्रपा तर्फबाट मेयरका उम्मेद्वार तथा भोजपुरी फिल्मका कलाकार श्याम मिश्रामाथि हातपात भएको छ। हातपातबाट मिश्रा घाइते भएका छन्।

एम्बुलेन्स नहुँदा ट्याक्टरमै सुत्केरी

आइतबार, ०६ पुष २०७६

गत वर्षको फागुन १० गते अतिथी सत्कारमा बिजयनगर गाउँपालिकाले नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा १८ लाख रुपैयाँ खर्च गरेको थियो। उक्त रकम गाउँपालिकामा एम्बुलेन्स किन्नका लागि पर्याप्त थियो।

कपिलवस्तु डान्स आईडलको उपाधी निशालाई, १ लाख ११ हजार पुरस्कार

बुधबार, ०२ पुष २०७६

नवौं कपिलवस्तु डान्स आईडलको उपाधी बाणगंगा नगरपालिका कोपवा की १९ वर्षीया निशा खनालले हात पारेकी छिन।

मोबाइलको प्रलोभन देखाई बालिकालाई बलात्कार, घटना दर्ता गर्न प्रहरीद्धारा अस्विकार

बिहिबार, २६ मङि्सर २०७६

मोबाइलको प्रलोभनमा पारेर कपिलस्तुको मायादेबी गाउँपालिका– २ गंगापुर भ्रैसकुन्डाका एक युवाले नाबिलिकालाई बलात्कार गरेको आरोप लगाइएको छ। स्थानीय २२ वर्षिय अजहर तेली मुसलमानले १६ वर्षिया किशोरीलाई बलात्कार गरेको पीडीत बालिकाको परिवारले आरोप लगाएका हुन्।

Ncell Footer Ad