योगेश रावल

बेसहाराका सहारा बन्दै विष्ट दम्पत्ती

सोमबार, १७ बैशाख २०७५

घरेलु यातना सहन नसकेपछि लम्की चुहाकी शान्तिले मानसिक सन्तुलन गुमाईन। उनी आठ वर्ष अघिदेखि सडकमा भौतारिन थालिन। यसै क्रममा उनले गत वर्ष छोरी जन्माईन। छोरी जन्मिएपछि घरपरिवारले झन यातना दिन थाले। एकदिन सडक किनारमा बेहोस भएर लडेको अवस्थामा स्थानीयले देखेपछि असहायका लागि सहयोगी हातहरु नेपालको सहारा घरमा खबर गरिदिए। उनी अहिले त्यही बस्दै आएकी छन।

वादी समुदायकी ‘कमान्डर’

बिहिबार, १३ बैशाख २०७५

कुनै बेला वादी अगुवाका रूपमा चिनिन्थिन्– उमादेवी वादी । वादी महिला र तिनका बालबालिकालाई अधिकार दिलाउन उनले महत्वपूर्ण भूमिका खेलिन् । उनकै अगुवाइमा वादी समुदायले थुप्रै आन्दोलन पनि गर्यो । फलस्वरूप वादी समुदायका केही समस्या राज्यबाट सम्बोधन पनि भए।

१६ करोड लगानीमा ह्याचरी उद्योग

बुधबार, २१ चैत २०७४

कैलालीको जोशीपुर गाउँपालिका बौनियामा करिब १६ करोड रुपैयाँ लागतमा ह्याचरी उद्योग सञ्चालनमा आएको छ । क्वालिटी ह्याचरी एन्ड एग्रिकल्चर प्रालिले सञ्चालनमा ल्याएको उक्त उद्योगले उत्पादन सुरु गरेको छ।

दुर्घटनामा तीनको मृत्यु, २ घाईते

शुक्रबार, ०९ चैत २०७४

कैलालीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान जानुका साथै २ जना घाईते भएका छन्।

ठूला चामल उद्योग खण्डहर

मङ्गलबार, २९ फागुन २०७४

कुनैबेला कैलालीको पूर्वी क्षेत्रमा रहेका ठूला चामल उद्योगमा उत्पादन भएको चामल देशभित्र नभई विदेशमा समेत निर्यात हुन्थ्यो । नारायणपुर र टीकापुरमा चामल उद्योग सञ्चालन भए पनि भण्डारण भारतको तिकुनीयाँमा हुन्थ्यो । त्यहीँबाट भैरहवा नाका हुँदै चामल नेपाल भित्रिन्थ्यो र खपत हुन नसकेको चामल व्यवसायीले भारतमा बिक्री गर्थे।

थापाका हत्या आरोपी काठमाडौंबाट पक्राउ

सोमबार, २१ फागुन २०७४

टीकापुर–२ सीतापुरका २१ वर्षिय कर्ण थापाका हत्या आरोपी दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ। कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार टीकापुरका सन्दिप रावल र सागर पाण्डे काठमाडौंबाट पक्राउ परेका हुन्।

टीकापुर आन्दोलन : प्रहरीद्वारा अश्रुग्यास प्रहार, ९ जना पक्राउ

आइतबार, २० फागुन २०७४

टीकापुर–२ सीतापुरका २१ वर्षीय कर्ण थापाको हत्या विरुद्ध जारी आन्दोलन आक्रामक बन्दै गएको छ। आन्दोलन आक्रामक बन्दै गएपछि आइतवार प्रहरीले नियन्त्रणका लागि बल प्रयोग गरेको छ।

टीकापुरका मेयरको घर घेराउ, ठूलो संख्यामा प्रहरी परिचालन

आइतबार, २० फागुन २०७४

हत्याका आरोपीलाई जोगाउन खोजेको भन्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलको घर घेराउ गरिएको छ।

थापाको हत्यामा दुई जना संलग्न : प्रहरी

शनिबार, १९ फागुन २०७४

विभत्स तरिकाले हत्या गरिएका टीकापुर–२ सीतापुरका २१ वर्षका कर्ण थापाको हत्यामा दुई जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ।

हत्याको विरोधमा टीकापुर ठप्प

शनिबार, १९ फागुन २०७४

विभत्स तरिकाले हत्या गरिएका टीकापुर–२ सीतापुरका २१ बर्षीय कर्ण थापाका आफन्तले हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै शनिबार बिहानैदेखि टीकापुर बजार बन्द गराएका छन्।

होली खेलिरहेकै स्थानमा खुकुरी प्रहार गरी हत्या

शुक्रबार, १८ फागुन २०७४

टीकापुरस्थित खुला मैदानमा होली खेलिरहेकोअवस्थामा एक युवकको हत्या भएको छ । होली खेलिरहेकै स्थानमा पाँच जनाको समूहले घेरा हालेर खुकरी प्रहार गरी युवकको हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ढुंगा तस्करीले ठूला आयोजनाको काम प्रभावित

मङ्गलबार, ०९ माघ २०७४

बढ्दो ढुंगा निकासीले कैलालीमा सञ्चालित विकास निर्माणका काममा प्रभाव परेको छ। जिल्लामा सञ्चालित सबैजसो सानाठूला विकास निर्माणका काममा ढुंगा अभाव हुन थालेको छ।

वादी समुदायकी एक्लो सांसद बनिन् उमादेवी

आइतबार, ३० पुष २०७४

जीवनभर वादी समुदायको हकहितका लागि संघर्षत उमादेवी वादीको अहिले परिचय फेरिएको छ । आजीवन संघर्षमा बिताएकी उमा अहिले प्रदेशसभा सदस्यका रूपमा नेपाली कांग्रेसबाट समानुपातिकमा चुनिएकी छन् । अहिले स्थानीयले माननीय भनेर सम्बोधनसमेत गर्न थालिसकेका छन्।

सडकमै पोखे किसानले दूध

मङ्गलबार, २५ पुष २०७४

दुग्ध विकास संस्थानले दूध खरिद नगरेको भन्दै लम्कीका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन् । लम्की चौराहामा ५० लिटर दूध पोखेर किसानले सांकेतिक विरोध जनाएका हुन् । लम्कीस्थित संस्थानको चिस्यान केन्द्रले पुस १६ गतेदेखि दूध खरिद गर्न रोकेको छ । कात्तिकदेखि नै चिस्यान केन्द्रले दूध खरिदमा आनाकानी गर्दै आएको किसान इन्द्र देवकोटाले बताए । उनले संस्थानले दूध खरिद नगरेपछि आफूहरु निकै मर्कामा परेको गुनासो गरे ।

बृज सिमेन्टले आर्थिक शोषण गरेको आरोप

बिहिबार, २० पुष २०७४

केडिया अर्गनाइजेसन अन्तर्गतको बृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले आर्थिक शोषण गरेको डिलरहरुले आरोप लगाएका छन् । कम्पनीले मागअनुसार सामान नदिने, बैंक ग्यारेन्टी रोक्ने, न्यून बिलमा कारोबार गर्न दबाब दिने, कर्मचारीमार्फत कमिसन माग गर्ने गरेको डिलरको आरोप छ ।

बाम गठबन्धन राणा र पञ्चायत शासनभन्दा खतरनाकः प्रधानमन्त्री देउवा

बुधबार, २९ कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले बामगठबन्धन राणा शासन र पञ्चायत शासनभन्दा खतरनाक रहेको आरोप लगाएका छन । बुधबार कैलालीको लम्कीमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले एमाले र माओवादीले एक दलीय अधिनायकवाद लाद्न खोजेको बताए ।

नेपाल प्रहरीको टोपीमा भारतको झण्डा

शुक्रबार, २७ असोज २०७४

नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ। कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा (तिरंगा), ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै संकेत भेटिन्छन् । ती संकेत टोपीको भित्रपट्टी राखिएका छन्।

कर्णाली नदी पौडीका लागि निकै जोखिमपूर्ण

बिहिबार, १९ असोज २०७४

कर्णाली नदीले पटकपटक कैयौं होनहार युवाहरूको ज्यान लिएको छ । कैयौं व्यक्तिहरू बेपत्ता छन । जसको न त लाश भेटियो न उनीहरू जीवितै रहेको कुनै आधार छ ।

नुहाउन गएका काका भतिज कर्णालीमा बेपत्ता

सोमबार, १६ असोज २०७४

कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजना युवकको खोजी कार्य जारी छ। मोहन्याल गाउँपालिका पितमारी नजिकै हिजो साँझ ५ बजेतिर नदीमा नुहाउने क्रममा टीकापुरका काका भतिजा बगेर बेपत्ता भएका हुन।

हुलाकी सडकमा रात बिताउँदै बाढीपीडित

मङ्गलबार, २४ साउन २०७४

भजनी नगरपालिका–८ खल्ला टोल र काँडाढिकका केही परिवार चार दिनदेखि हुलाकी सडकमा बास बसिरहेका छन्। बिहीबार राति घरमा बाढी पसेपछि उनीहरू ज्यान जोगाउन सडकमा आएका हुन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad