योगेश रावल

टीकापुर आन्दोलन : प्रहरीद्वारा अश्रुग्यास प्रहार, ९ जना पक्राउ

आइतबार, २० फागुन २०७४

टीकापुर–२ सीतापुरका २१ वर्षीय कर्ण थापाको हत्या विरुद्ध जारी आन्दोलन आक्रामक बन्दै गएको छ। आन्दोलन आक्रामक बन्दै गएपछि आइतवार प्रहरीले नियन्त्रणका लागि बल प्रयोग गरेको छ।

टीकापुरका मेयरको घर घेराउ, ठूलो संख्यामा प्रहरी परिचालन

आइतबार, २० फागुन २०७४

हत्याका आरोपीलाई जोगाउन खोजेको भन्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलको घर घेराउ गरिएको छ।

थापाको हत्यामा दुई जना संलग्न : प्रहरी

शनिबार, १९ फागुन २०७४

विभत्स तरिकाले हत्या गरिएका टीकापुर–२ सीतापुरका २१ वर्षका कर्ण थापाको हत्यामा दुई जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ।

हत्याको विरोधमा टीकापुर ठप्प

शनिबार, १९ फागुन २०७४

विभत्स तरिकाले हत्या गरिएका टीकापुर–२ सीतापुरका २१ बर्षीय कर्ण थापाका आफन्तले हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै शनिबार बिहानैदेखि टीकापुर बजार बन्द गराएका छन्।

होली खेलिरहेकै स्थानमा खुकुरी प्रहार गरी हत्या

शुक्रबार, १८ फागुन २०७४

टीकापुरस्थित खुला मैदानमा होली खेलिरहेकोअवस्थामा एक युवकको हत्या भएको छ । होली खेलिरहेकै स्थानमा पाँच जनाको समूहले घेरा हालेर खुकरी प्रहार गरी युवकको हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ढुंगा तस्करीले ठूला आयोजनाको काम प्रभावित

मङ्गलबार, ०९ माघ २०७४

बढ्दो ढुंगा निकासीले कैलालीमा सञ्चालित विकास निर्माणका काममा प्रभाव परेको छ। जिल्लामा सञ्चालित सबैजसो सानाठूला विकास निर्माणका काममा ढुंगा अभाव हुन थालेको छ।

वादी समुदायकी एक्लो सांसद बनिन् उमादेवी

आइतबार, ३० पुष २०७४

जीवनभर वादी समुदायको हकहितका लागि संघर्षत उमादेवी वादीको अहिले परिचय फेरिएको छ । आजीवन संघर्षमा बिताएकी उमा अहिले प्रदेशसभा सदस्यका रूपमा नेपाली कांग्रेसबाट समानुपातिकमा चुनिएकी छन् । अहिले स्थानीयले माननीय भनेर सम्बोधनसमेत गर्न थालिसकेका छन्।

सडकमै पोखे किसानले दूध

मङ्गलबार, २५ पुष २०७४

दुग्ध विकास संस्थानले दूध खरिद नगरेको भन्दै लम्कीका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन् । लम्की चौराहामा ५० लिटर दूध पोखेर किसानले सांकेतिक विरोध जनाएका हुन् । लम्कीस्थित संस्थानको चिस्यान केन्द्रले पुस १६ गतेदेखि दूध खरिद गर्न रोकेको छ । कात्तिकदेखि नै चिस्यान केन्द्रले दूध खरिदमा आनाकानी गर्दै आएको किसान इन्द्र देवकोटाले बताए । उनले संस्थानले दूध खरिद नगरेपछि आफूहरु निकै मर्कामा परेको गुनासो गरे ।

बृज सिमेन्टले आर्थिक शोषण गरेको आरोप

बिहिबार, २० पुष २०७४

केडिया अर्गनाइजेसन अन्तर्गतको बृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले आर्थिक शोषण गरेको डिलरहरुले आरोप लगाएका छन् । कम्पनीले मागअनुसार सामान नदिने, बैंक ग्यारेन्टी रोक्ने, न्यून बिलमा कारोबार गर्न दबाब दिने, कर्मचारीमार्फत कमिसन माग गर्ने गरेको डिलरको आरोप छ ।

बाम गठबन्धन राणा र पञ्चायत शासनभन्दा खतरनाकः प्रधानमन्त्री देउवा

बुधबार, २९ कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले बामगठबन्धन राणा शासन र पञ्चायत शासनभन्दा खतरनाक रहेको आरोप लगाएका छन । बुधबार कैलालीको लम्कीमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले एमाले र माओवादीले एक दलीय अधिनायकवाद लाद्न खोजेको बताए ।

नेपाल प्रहरीको टोपीमा भारतको झण्डा

शुक्रबार, २७ असोज २०७४

नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ। कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा (तिरंगा), ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै संकेत भेटिन्छन् । ती संकेत टोपीको भित्रपट्टी राखिएका छन्।

कर्णाली नदी पौडीका लागि निकै जोखिमपूर्ण

बिहिबार, १९ असोज २०७४

कर्णाली नदीले पटकपटक कैयौं होनहार युवाहरूको ज्यान लिएको छ । कैयौं व्यक्तिहरू बेपत्ता छन । जसको न त लाश भेटियो न उनीहरू जीवितै रहेको कुनै आधार छ ।

नुहाउन गएका काका भतिज कर्णालीमा बेपत्ता

सोमबार, १६ असोज २०७४

कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजना युवकको खोजी कार्य जारी छ। मोहन्याल गाउँपालिका पितमारी नजिकै हिजो साँझ ५ बजेतिर नदीमा नुहाउने क्रममा टीकापुरका काका भतिजा बगेर बेपत्ता भएका हुन।

हुलाकी सडकमा रात बिताउँदै बाढीपीडित

मङ्गलबार, २४ साउन २०७४

भजनी नगरपालिका–८ खल्ला टोल र काँडाढिकका केही परिवार चार दिनदेखि हुलाकी सडकमा बास बसिरहेका छन्। बिहीबार राति घरमा बाढी पसेपछि उनीहरू ज्यान जोगाउन सडकमा आएका हुन।

कर्णाली धार फेर्दै, बस्ती जोखिममा

मङ्गलबार, १० साउन २०७४

कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्तीघाटको पुल नजिकै कर्णाली नदीले धार परिवर्तन गर्दा बर्दियाको राजापुर नगरपालिकाका घुम्ना, शंकरपुर, मुक्त कमैया शिविर, भिमापुरलगायतका र कैलालीतर्फको श्रीलंका टापुका बस्ती जोखिममा परेका छन्

कैलालीको भजनीमा माओवादी केन्द्रको जीत

मङ्गलबार, २० असार २०७४

कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ। माओवादी केन्द्रका शेरबहादुर चौधरीले लोकतान्त्रिक फोरमका केवल चौधरीलाई २०३ मतले हराएका छन। शेरबहादुरले ५ हजार २२८ र केवलले ५ हजार २५ मत पाए।

कैलालीको बर्दगोरीयामा कांग्रेस र कैलारीमा माओवादी विजयी

मङ्गलबार, २० असार २०७४

कैलालीको बर्दगोरीया गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ। सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका बलिराम चौधरीले ३ हजार ७ सय ४१ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर कुँवरले ३ हजार ५ सय ४७ मत ल्याए।

टीकापुरको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

मङ्गलबार, २० असार २०७४

टीकापुर नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसले जितेको छ। मेयरका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९५९ मत प्राप्त गरी विजयी भएका छन। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका ललित थापा शिवले ५ हजार ६१० मत प्राप्त गरे।

टीकापुरमा फोरमलाई पछि पार्दैं मेयरमा माओवादी र उपमेयरमा कांग्रेसको अग्रता

सोमबार, १९ असार २०७४

टीकापुर नगरपालिकाको पछिल्लो मतगणना अनुसार सुरुदेखि अग्रता थालेको लोकतान्त्रिक फोरमलाई पछि पार्दै माओवादी केन्द्र अग्रस्थानमा पुगेको छ। मेयरमा माओवादी केन्द्र फोरम भन्दा १०३ मतले अघि रहेको छ।

कैलालीको जानकीमा लोकतान्त्रिक फोरम विजयी

सोमबार, १९ असार २०७४

लोकतान्त्रिक फोरमले कैलालीको जानकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा जितेको छ। फोरमका तर्फबाट अध्यक्षमा प्रदीप चौधरी र उपाध्यक्षमा उमा महतौ विजयी भएका छन्।