योगेश रावल

देखिन छाड्यो डल्फिन

बुधबार, ०७ कार्तिक २०७५

कैलालीका विभिन्न पाँच नदीमा पहिले निकै डल्फिन देखिन्थे । कर्णाली, मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा डल्फिन सहजै देख्न सकिन्थ्यो ।

उपचार खर्च माग्दै टीकापुर घटनाका घाइते

मङ्गलबार, ०६ कार्तिक २०७५

गोली लागेर घाइते भएका मोहन्याल गाउँपालिका–२, फल्लेबिसौनीका २३ वर्षीय जगतराज देवकोटाले राज्यसँग उपचार खर्च मागेका छन् । २०७२ भदौ १० गते जानकी गाउँपालिकाको दुर्गौलीमा सुरक्षाकर्मीले हानेको गोली उनलाई लागेको थियो।

डुंगा दुर्घटना हुँदा बेपत्ता भएकामध्ये १ को शव फेला

आइतबार, ०४ कार्तिक २०७५

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका दुई जनामध्ये एकको शव भेटिएको छ। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार २३ वर्षका पुरुषोत्तम चौधरीको शव टीकापुर नगरपालिका–८ सत्तीघाट नजिकै भेटिएको हो। उनी स्थानीय बोर्डिङ स्कुलका शिक्षक हुन।

मुख्यमन्त्री गुहार्दै केरा किसान

बुधबार, २४ असोज २०७५

भारतीय केरा रोक्न माग गर्दै किसानहरुले तीनवटा प्रदेशका मुख्यमन्त्री गुहारेका छन् । उनीहरुले सुदूरपश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई भेटेर यस्तो माग गरेका हुन्।

स्थानीय सरकार चुरे दाेहनमा सक्रिय

बुधबार, २४ असोज २०७५

चुरे संरक्षणका लागि संघीय र प्रदेश सरकारले प्रयत्न गरिरहेका बेला स्थानीय सरकार भने उल्टै दोहनमा सक्रिय भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाले चुरे क्षेत्रसँगै जोडिएका खोलानालाबाट ढुंगा संकलनको ठेक्का दिएपछि चुरे दोहनको क्रम तीव्र बनेको हो।

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते

मङ्गलबार, २३ असोज २०७५

कैलालीको बर्दगोरीया गाउँपालिका–२ मा मंगलबार भएको ट्याक्टर दुर्घटनामा २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन्।

केरा बजारमा बिचौलिया हावी

मङ्गलबार, २३ असोज २०७५

काठमाडौंका व्यापारी डम्बर बस्नेत लगायत तीनजनाले साताअघि टीकापुरबाट केरा किनेर लगेका थिए। उनीहरुले तीनजना किसानको बारीबाट तीन ट्रक केरा किने।

केरा कृषक भन्छन् : सम्मान हैन, केराको बजार देउ

सोमबार, २२ असोज २०७५

केरा खेतीको विकास र विस्तारमा उल्लेख्य योगदान पु-याएको भन्दै टीकापुरका तीनजना सरकारद्वारा हरेक वर्ष प्रदान गर्ने उत्कृष्ठ कृषक पुरस्कारबाट लगातार सम्मानित भए।

किसानको बारीमा सड्दै केरा

आइतबार, २१ असोज २०७५

बजार नपाएपछि पश्चिम तराईका किसानको केरा बारीमै सड्न थालेको छ । कैलाली, कञ्चनपुर, बर्दिया र बाँकेका किसान यतिबेला केरा बिक्री नभएपछि निकै समस्यामा परेका छन्।

दुर्घटनामा एकको मृत्यु, एक घाइते

शुक्रबार, १९ असोज २०७५

कैलालीको लम्की चुहा नगरपालिका–४ बलियामा आज बिहान भएको सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्।

विद्युतगृह निर्माणको काममा ढिलाइ

बुधबार, १७ असोज २०७५

राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माण हुने विद्युत् गृहको काम चार वर्षसम्म पनि पूरा हुन सकेन । निर्माण अवधिको तीन र थप भएको एक वर्ष गरी चार वर्ष बिते पनि विद्युत् गृह निर्माणको काम आधा पनि पूरा भएको छैन।

चुरे क्षेत्रबाट ब्यापक ढुंगा तस्करी

मङ्गलबार, १६ असोज २०७५

कैलालीको चुरे क्षेत्रबाट ब्यापक मात्रामा ढुंगा तस्करी भइरहेको छ। दिनहुँ सयौं ट्याक्टरले वातावरणीय दृष्टिकोणले महत्वपूर्ण चुरे क्षेत्रबाट ढुंगा तस्करी गरिरहेका छन्। कतिपय ठाउँमा ढुंगा उत्खननमा स्काभेटरको समेत प्रयोग भएको पाइएको छ।

अवैध ढुंगा बालुवा उत्खनन् गर्नेलाई नगरपालिकाकै संरक्षण

शुक्रबार, १२ असोज २०७५

टीकापुर नगरपालिकाले कर्णाली नदीबाट ढुंगा बालुवा उत्खनन् कार्यमा संलग्न व्यक्तिलाई कारवाही गर्नुको साँटो उल्टै संरक्षण गरेको पाइएको छ।

मुस्लिम समुदायको धार्मिक स्थल कब्जा

आइतबार, ०७ असोज २०७५

टीकापुर नगरपालिकामा बसोबास गर्दै आएका मुस्लिम समुदायले केहि व्यक्तिहरुले आफ्नो धार्मिक आस्थामाथि प्रहार गरेको आरोप लगाएका छन्।

टीकापुरका व्यापारी मृत फेला, हत्या भएकाे आशंका

शुक्रबार, २९ भदौ २०७५

कैलालीको जोशीपुरमा एक व्यापारी शुक्रवार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।

वनले रुख काट्न दियो, जरा उखेल्न दिएन

बुधबार, २७ भदौ २०७५

राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत लम्की शाखा नहर विस्तारको काम ठप्प भएको छ । इलाका वन कार्यालय लम्कीले नहर निर्माणका क्रममा काटिएका रुखको जरा उखेल्न रोकेपछि काम ठप्प भएको हो।

राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनाको काम प्रभावित

मङ्गलबार, २६ भदौ २०७५

राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजना अन्र्तगत लम्की शाखा नहर विस्तारको काम ठप्प भएको छ।

लागु पदार्थ सहित एक वृद्धा पक्राउ

बिहिबार, २१ भदौ २०७५

कैलालीको लम्कीचुहा नगरपालिका–१ चौराहामा ठेलामा व्यवशाय गर्दै आएकी एक महिला आज लागुपदार्थ सहित पक्राउ परेकी छन्।

जनप्रतिनिधिविहीन बन्नुपर्दा अर्को पीडा

बिहिबार, ०७ भदौ २०७५

आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको टीकापुर घटनाको आज तीन वर्ष पुगेको छ। यो अवधिमा मुलुकको राजनीतिले निकै कोल्टो फेरेको छ । स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भएको छ। टीकापुर घटनाका मुख्य योजनाकार आरोपी रेशमलाल चौधरी नै संघीय सांसद् निर्वाचित भएका छन्।

कर्णालीकाे बाढीले तीव्र कटान

मङ्गलबार, २९ साउन २०७५

कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका–५ शाहीपुरमा तीव्र कटान थालेको छ। नदी केही दिनयता झण्डै ५ मिटर पश्चिमतर्फ  बग्न थालेको छ। नदी नियन्त्रणका लागि निर्मित तटबन्ध केही दिनअघि नै बगाईसकेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad