योगेश रावल

हावाहुरीले करोडौंको केरा नष्ट

मङ्गलबार, २६ चैत २०७५

शनिबार साँझ आएको हावाहुरीले कैलालीमा करोडौंको केराखेती नष्ट भएको छ। हावाहुरीका कारण किसानका लाखौं केराका बोट ढलेका छन्।

कर्णाली प्रदेशलाई भारतसँग जोड्ने छोटो दुरीमा पुल

आइतबार, ०३ चैत २०७५

साबिक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले दशकौंअघि पैदल यात्रा गरेको परम्परागत बाटो अब सडक सञ्जालमा जोडिने भएको छ। कैलाली र सुर्खेत जिल्लाको कुइनेमा निर्माणाधीन कर्णाली नदीको पुलले यो बाटोलाई सडक सञ्जालसँग जोड्ने भएको हो।

कैलालीका दुई ठाउँमा सीमा समस्या

आइतबार, ०३ चैत २०७५

कैलालीका टीकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकाका दुई ठाउँमा सीमा विवाद देखिएको छ। विवाद देखिएपछि नेपाल–भारत द्विदेशीय सीमा सर्भे टोलीले टीकापुर–८ खक्रौला र धनगढी–१४ फूलबारीस्थित चारवटा सीमास्तम्भ पुनर्निर्माणको काम स्थगन गरेको छ। टोलीका अनुसार खक्रौलास्थित ७०४/५ नम्बरको सीमास्तम्भ सार्नुपर्ने र फूलबारीस्थित ७४२, ७४२/१, ७४२/२ र ७४२/३ नम्बरका सीमास्तम्भ पुनर्निर्माण गर्नुपर्ने देखिन्छ। फूलबारीका सबै सीमास्तम्भ हराइरहेको अवस्था छ।

बस्तीमा बाघ पसेपछि टीकापुरमा त्रास

बिहिबार, २३ फागुन २०७५

बस्तीमा बाघ पसेपछि कैलालीको टीकापुरमा त्रास बढेको छ। टीकापुर नगरपालिका–१, ब्लक नम्बर ९ मा बिहीबार बिहानै बाघ देखिएको छ। स्थानीय गोपाल साउँदका अनुसार गणेश मन्दिर नजिकै बाघ देखा परेको हो।

बारीमै सड्यो काउली र बन्दा

मङ्गलबार, २१ फागुन २०७५

लम्कीचुहा नगरपालिका–२, गणेशपुरका किसान लौटन चौधरीको काउली खेतीमा मात्रै तीन लाख रुपैयाँ लगानी डुबेको छ। उनले एक बिघा क्षेत्रफलमा काउली खेती गरेका छन्।

केरा खेतीमा ठूलो लगानी गर्ने तयारीमा कृषि विकास बैंक

आइतबार, १२ फागुन २०७५

कृषि विकास बैंकले टीकापुरको केरा खेती विस्तारमा ठूलो लगानी गर्ने चासो देखाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय नेतृत्वको टोलीले केरा किसानसँग भेट गरी लगानीका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ। केरा किसानले सहज रुपमा आवश्यकताअनुसार ऋण नपाएका कारण केरा खेती विस्तारमा समस्या भइरहेको गुनासो गरेपछि प्रमुख कार्यकारी अधिकृत उपाध्यायले लगानीको चिन्ता नगर्न आग्रह गरे। उनले केरा किसानको आवश्यकताअनुसार लगानी गर्न तयार रहेको बताए।

सीमा स्तम्भ सारेर नेपाली भूमी अतिक्रमण गर्न खोजेको स्थानीयको आरोप

बुधबार, ०९ माघ २०७५

टीकापुर नगरपालिका–९ खक्रौलाका बासिन्दाले सीमा स्तम्भ सारेर नेपाली भूमी अतिक्रमण गर्न खोजेको आरोप लगाएका छन । उनीहरुले सीमा रेखाङ्कनका नाममा वर्षौदेखी यथास्थानमा रहेको ७०४–५ नम्बरको सीमा स्तम्भ सार्ने षड्यन्त्र भइरहेको बताए।

सीमा स्तम्भ सारेर नेपाली भूमी अतिक्रमण गर्न खोजेको स्थानीयको आरोप

सोमबार, ०७ माघ २०७५

टीकापुर नगरपालिका–९ खक्रौलाका बासिन्दाले सीमा स्तम्भ सारेर नेपाली भूमी अतिक्रमण गर्न खोजेको आरोप लगाएका छन्। उनीहरुले सीमा रेखाङ्कनका नाममा वर्षौदेखी यथास्थानमा रहेको ७०४/५ नम्बरको सीमा स्तम्भ सार्ने षडयन्त्र भैरहेको बताए।

श्रीमतिको हत्या गरी आफैं आत्महत्या

आइतबार, ०६ माघ २०७५

कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा एक व्यक्तिले श्रीमतिको हत्या गरी आफैं आत्महत्या गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षका प्रेमलाल चौधरीले ३२ वर्षकी श्रीमति रमा चौधरीको हत्या गरी आफैं आत्महत्या गरेका छन्।

माघीको मुखमा सुनसान थारु बस्ती

सोमबार, ३० पुष २०७५

कैलालीको पूर्वी क्षेत्रका थारु बस्तीमा माघी पर्वको खासै चहलपहल छैन। कुनै बेला उक्त पर्वमा भरिपूर्ण हुने थारु बस्ती यो वर्ष प्रायः सुनसान देखिन्छन्। मधेश–थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ र ८ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि थारु बस्तीमा माघी पर्वको रौनक हराएको धेरैको बुझाइ छ।

छाउगोठ भत्काउँदै महिला

शुक्रबार, २७ पुष २०७५

सामान्यतयाः छाउपडी प्रथा पहाडी जिल्लामा मात्रै छ भन्ने धेरैको बुझाइ छ। तर यो प्रथा तराईका जिल्लामा समेत व्यापक मात्रामा देख्न सकिन्छ। तराईका ग्रामीण भेगमा बस्ने मात्रै हैन सहरबजारका महिलाले समेत छाउपडी प्रथा मान्दै आएका छन्।

सुत्केरीसँग सेवा शुल्क लिने अवस्थामा यो अस्पताल

बुधबार, ११ पुष २०७५

अस्पतालमा नियमित गर्भ जाँच गर्ने तथा सुत्केरी हुने महिलालाई सरकारले प्रोत्साहन भत्ता दिने गरेको छ। तर कैलालीको टीकापुर अस्पताल भने यस्ता महिलासँग उल्टै सेवा शुल्क भन्दै रकम लिने अवस्थामा पुगेको छ।

दुई करोड लगानीमा अगरबत्ती उद्योग

बिहिबार, ०५ पुष २०७५

आचार्य मल्टी बिजनेस (एएमबी) ग्रुप प्रालिले टीकापुरमा दुई करोड लागतमा अगरबत्ती उद्योग सञ्चालनमा ल्याएको छ। सञ्चालक प्रेम आचार्यले आफै उत्पादन गर्ने नेपालको पहिलो अगरबत्ती उद्योग भएको दाबी गरे। उनका अनुसार अन्यले भारतीय उत्पादनलाई आफ्नो ब्रान्डका नाममा बिक्री गर्ने गरेका छन्।

सीमा क्षेत्रमा बढ्दै तस्करी

मङ्गलबार, १८ मङि्सर २०७५

कैलालीका विभिन्न नाकाबाट व्यापाक मात्रामा सामान तस्करी हुन थालेको छ। भारतबाट भन्सार छलेर विभिन्न सामान तस्करी गर्ने क्रम बढेको हो। जसका कारण लाखौं राजश्व चुहावट भइरहेको छ।

टीकापुरमा एक युवती मृत फेला

शुक्रबार, १४ मङि्सर २०७५

टीकापुर नगरपालिका १ ब्लक नं १६ स्थित देवु राइस मिल नजिकै एक युवतीको शव भेटिएको छ। शव सोही ठाउँकी १६ वर्षीय पूजा थापाको भएको प्रहरीले जानकारी दिएको छ।

गाडी किन्ने रकम अस्पताललाई दिने मेयर

मङ्गलबार, ११ मङि्सर २०७५

कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईं फेरि एकपटक चर्चामा आएका छन्। बेला–बेला विभिन्न जनमुखी काम गरेर चर्चामा आइरहने उनी यसपटक नगरपालिकाले गाडी किन्न छुट्याएको बजेट सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेर चर्चामा आएका हुन।

उमाको उमंग : बधाई थाप्न भ्याइनभ्याइ

शनिबार, ०८ मङि्सर २०७५

सुदूरपश्चिम प्रदेशसभा सदस्य उमादेवी बादी (५४) लाई अहिले मोबाइल फोन रिसिभ गर्न भ्याइनभ्याइ छ। एउटा मोबाइलमा कुरा नसक्दै अर्को मोबाइलमा घन्टी बजिसक्छ। फोनमा शुभचिन्तकका कुरा सुनेर उनी भक्कानिन्छिन्, आँखाबाट आँसुका धारा बग्छन्, धेरै बोल्नै सक्दिनन्। उनको मुखबाट ‘धन्यवाद’ शब्दमात्र निस्किन्छ।

सीमाको सिंगै गाउँ लालपुर्जाविहीन

मङ्गलबार, ०४ मङि्सर २०७५

कैलालीको भजनी नगरपालिका–३, कुसुमघाट गाउँ बसाउने मध्ये स्थानीय हर्क साउदका बाजे जंगबहादुर पनि एक हुन ।

कब्जा गरेर निर्माण गरिएका घरटहरा स्थानीयले हटाए

बिहिबार, १५ कार्तिक २०७५

भूमिहिन सुकुम्बासीले जग्गा कब्जा गरेर निर्माण गरेका घरटहरा स्थानीयले हटाइदिएका छन्। आफूलाई भूमिहिन सुकुम्बासी बताउने व्यक्तिहरुले टीकापुर नगरपालिका–९, खक्रौलास्थित गोविन्दप्रसाद श्रेष्ठको जग्गा कब्जा गरेर घरटहरा निर्माण गरेका थिए।

सुकुम्बासीद्वारा रातारात जग्गा कब्जा गरी १४६ टहरा निर्माण

बिहिबार, १५ कार्तिक २०७५

भूमिहिन सुकुम्बासीका नाममा गएराति टीकापुर नगरपालिका–९ खक्रौलास्थित गोविन्द प्रसाद श्रेष्ठको जग्गा कब्जा गरिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad