योगेश रावल

बसको ठक्करबाट घाइते बालकद्वयको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

शुक्रबार, १५ कार्तिक २०७६

कैलालीको बौनियाँमा बिहिबार साँझ बसले ठक्कर दिएका दुवैजना बालकको उपचारका क्रममा मृत्यु भएको छ । घाइते मध्ये बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरीको भारतको लखनउ र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बसले च्याप्यो साइकलमा सवार दुई बालक

बिहिबार, १४ कार्तिक २०७६

कैलालीमा बिहीबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

तेस्रो मुलुकको सामान भारत तस्करी, दुईवटा ट्रक नियन्त्रणमा

शुक्रबार, ०८ कार्तिक २०७६

तस्करी भैरहेका सामानहरुमा छोहोरा, सुपारी, कालो मरिच, ओखर, ल्वाङ, सुकमेल, केराउ लगायत छन। खासगरी भारतले प्रतिबन्ध लगाएका सामानहरु तेस्रो मुलुकबाट नेपाल भित्रिने र नेपालको सीमा नाका हुँदै भारत तस्करी हुने गरेको स्रोतको दाबी छ।

एक लाखको पटाका बरामद

बुधबार, ०६ कार्तिक २०७६

टीकापुर नगरपालिका–९ खक्रौलास्थित सशस्त्र प्रहरीको बिओपीले १ लाख ६ हजार ७ सय ९० रुपैयाँ बराबरको पटाका बरामद गरेको छ। भारतको तिकुनीयाँबाट लुकीचोरी ल्याउँदै गरेको पटाका बिओपीको गस्ती टोलीले बरामद गरेको हो।

३३ केभी प्रसारण लाइनका कारण ६ लेन सडक निर्माणको काम प्रभावित

आइतबार, १९ असोज २०७६

टीकापुरको जमरा पुलदेखि बसपार्कसम्मको निर्माणाधिन छ लेन सडक क्षेत्र भित्र ३३ केभी अन्र्तगतका १४ वटा पोल परेका छन्।

पोष्टमार्टम गर्न अर्को प्रदेश

शनिबार, १८ असोज २०७६

स्वास्थ्य संस्थाहरुमा उपचारको अभाव हुनुका साथै पोष्टमार्टम समेत हुन सकेको छैन। टीकापुर अस्पतालमा चिकित्सकको अभावमा विगत एक महिनादेखी पोष्टमार्टम हुन नसकेको बताइएको छ।

प्रस्तावित रंगशालाको २२ विगाह जमिन गौचरणमा परिणत

बिहिबार, १६ असोज २०७६

टीकापुर नगर खेलकुद विकास समितिका नाममा रहेको २२ विगाह जमिन सदुपयोग हुन नसक्दा गौचरण बनेको छ।

अज्ञात समूहद्वारा मेयरको कार्यकक्षमा आगजनी

आइतबार, २९ भदौ २०७६

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले कसैले आगजनी नै गरेको हो भन्न नसकिने बताए।

यात्रुबाहक बस दुर्घटना

आइतबार, २२ भदौ २०७६

यात्रुबाहक बस लम्की–टीकापुर सडकखण्डको अमौरी जंगलमा सडकभन्दा तल खसेको हो। बसका चालक दुर्घटना पश्चात सम्पर्कविहिन रहेको प्रहरी निरीक्षक चन्दले बताए।

नुन अभावको बहानामा ग्राहक ठग्दै व्यापारी

बुधबार, ११ भदौ २०७६

सुदूरपश्चिमका विभिन्न पाँच जिल्लामा नुनको चरम अभाव भएको छ। कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटीका विभिन्न क्षेत्रमा नुनको चरम अभाव भएको बताईएको छ। कतिपय ग्रामीण क्षेत्रमा ब्यापारीहरुले महंगोमा नुन बेच्न थालेको स्थानीयले गुनासो गरेका छन।नुन अभावको बहानामा ब्यापारीहरुले ग्राहकलाई ठग्न थालेका छन।

सामाजिक सद्भाव साझा अपेक्षा

शनिबार, ०७ भदौ २०७६

टीकापुरवासी २०७२ भदौ ७ र ८ गतेको दुःखद घटना बिर्सन चाहन्छन्। उनीहरू त्यस्तो त्रासदीपूर्ण क्षण अब कहिल्यै नआओस् भन्ने कामना गर्छन्। यहाँको समुदाय मिलेर बस्न चाहिरहेको छ। चार वर्षमा समुदायलाई मिलाउने थुप्रै प्रयाससमेत भएका छन्।

थरुहट-थारुवान सम्मेलन शान्तिपूर्ण बनाउन ७ बुँदे सहमति

बिहिबार, ०५ भदौ २०७६

२०७२ भदौ ७ गते टीकापुरमा भएको दुःखद घटनामा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो।

थारु अगुवा नै विभाजित

बुधबार, ०४ भदौ २०७६

२०७२ भदौ ७ गते टीकापुरमा भएको दुःखद घटनामा ८ सुरक्षाकर्मी र १ नाबालकले ज्यान गुमाएका थिए। थरुहट थारुवान आन्दोलन पक्षधर र सुरक्षाकर्मीबीच भएको झडपमा सो घटना भएको थियो।

लास बाेकेरै लास्या बनेका रामबहादुर

बिहिबार, ३० साउन २०७६

टीकापुर नगरपालिका–१, का रामबहादुर रावल (४१) लाई साथीभाइ लास्या रावल भनेर चिन्छन्। उनलाई साथीभाइ मात्रै होइन, धेरैजसो टीकापुरवासीले समेत यही नामले चिन्न थालेका छन्।

चिकित्सकविहीन बन्दै टीकापुर अस्पताल

सोमबार, २७ साउन २०७६

अस्पतालमा बाढी आए जस्तै भएको छ। समायोजनपछिको अवस्था राम्रै होला तर सुरुवात निकै चुनौतीपूर्ण देखिएको छ।

शैक्षिक भ्रमणको बजेट रकमान्तर गरेर गाउँपालिकाको टोली भारत भ्रमणमा

बिहिबार, १६ साउन २०७६

उनले केही शिक्षकहरुले दवाव दिएका कारण शैक्षिक भ्रमणको दुरुपयोग गरिएको बताए। जनताले तिरेको करको चरम दुरुपयोग गरेर टोलीले शैक्षिक भ्रमणलाई आफ्नो मोजमस्तीमा प्रयोग गरेको स्थानीयको आरोप छ।

विप्लवद्वारा बर्दगोरियामा स्थानीयको जग्गा कब्जा, वडा कार्यालयमा आगजनी

बुधबार, १५ साउन २०७६

कब्जा गरेको जग्गा दलाल र भूमाफिया मिलेर बिक्री वितरण गरिरहेको आरोपमा जग्गा कब्जा गरिएको जनाइएको छ।

विप्लव समूहद्धारा घर कब्जा

शनिबार, ११ साउन २०७६

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको थारुवान स्वायत्त प्रदेशका कार्यकर्ताले शनिबार कैलालीस्थित टीकापुरमा एक व्यक्तिको घरजग्गा कब्जा गरेका छन्। उनीहरुले टीकापुर नगरपालिका–१ ब्लक नं. १७ मा रहेको रेखा कडायतको घरजग्गा कब्जामा लिएका हुन्।

पिउने पानीमा दिसामा पाइने इ–कोली भेटियो

बुधबार, ०८ साउन २०७६

यस्तो पानी पिउनाले झाडापखाला, टाइफाइट, आउँरगत, जण्डिस,पेट दुख्ने लगायतका स्वास्थ्य समस्या देखिने स्वास्थ्यकर्मीले बताएका छन।

जोखिम मोलेर शिक्षा

बुधबार, ०८ साउन २०७६

करिब पाँच सय बालबालिका माथिल्लो तहको शिक्षाका लागि काँडा नदी तरेर जोशीपुर, बौनियाँ र मुद्दीस्थित विद्यालयमा जानुपर्ने बाध्यता छ । वर्षायाममा यो नदी तरेर बालबालिका विद्यालय जानु निकै कष्टकर छ । काँडा नदीमा एउटा मात्रै डुंगा छ । त्यसमा एकपटकमा नौजना मात्रै चढ्न मिल्छ । विद्यार्थीलाई नदीवारपार गराउन त्यो डुंगालाई झन्डै चार घण्टा समय लाग्छ ।

Ncell Footer Ad