ओम बानियाँ

ओम बानियाँ

प्रेमको बजार र बजारको प्रेम

बिहिबार, ०२ फागुन २०७५

लभ अर्थात् प्रेम यस्तो शक्तिशाली भावना हो, जसले मानिसलाई अद्भुत शान्ति दिन्छ, अपूर्व शक्ति पनि दिन्छ। वास्तवमा प्रेम जीवनको प्रेरक शक्ति हो, मनमस्तिष्कको अपार ऊर्जा हो, असीम सुखको पवित्र गंगा हो, परम शान्तिको अनन्त स्रोत हो। जब मानिस प्रेममय हुन्छ, तब ऊ आफ्नो वास्तविक स्थितिमा रूपान्तरित हुन पुग्छ। प्रेमको धारा व्यापक छ, समग्र छ, सर्वत्र र सार्वभौमिक छ।

मानसिक रोगको ‘व्यापार’

आइतबार, २७ माघ २०७५

मानिसलाई कहिलेकाहीँ चिन्ता पर्छ। सुर्ता हुन्छ। कहिलेकाहीँ मानिसका मनमा अनेक कुराहरू पनि खेल्छ। काम नबन्दा, काम बिग्रिँदा तथा समस्या आईपर्दा टेन्सन पनि हुन्छ। कहिलेकाहीँ मानिसलाई अचानक बैचनी हुन्छ। आफ्नो मनोआकांक्षा पूरा नहुँदा मानिस बेलाबेलामा हतास, उदास र खिन्न पनि हुन्छ। त्यस्तो अवस्थामा उसलाई कसैसँग बोल्न मन लाग्दैन, हाँसखेल गर्न रुचि लाग्दैन, भोकप्यास तथा निद्रा पनि लाग्दैन। सामान्यतया हरेक मानिसको जीवनमा बेलाबेलामा यस्ता लक्षण आउँछन्।

झुटा रोगहरूको ‘आतंक’

शुक्रबार, ०४ माघ २०७५

विश्वमा दिनहुँ रोग र रोगीहरू रकेट गतिमा बढिरहेका छन्। पछिल्लो अध्ययनअनुसार विश्वका ९५ प्रतिशत मानिसलाई कुनै न कुनै स्वास्थ्य समस्या छ। अर्को शब्दमा भन्ने हो भने विश्वका २० जना मानिसमध्ये १९ जना मानिसलाई कुनै न कुनै रोग लागेको छ भने १ जना मानिसलाई मात्र कुनै स्वास्थ्य समस्या छैन। रोगीको लेबल पाएका ती १९ जना मानिसहरूले घरमै बसेर वा अस्पतालमा भर्ना भएर, कुनै न कुनै रूपमा उपचार गराइरहेका छन्, औषधि खाइरहेका छन्। त्यसैले अहिले विश्वको स्वास्थ्य खर्च ६.५ ट्रिलियन डलर अर्थात् ७,३०१ खर्ब पुग्नु कुनै अनौठो कुरा भएन।

आयुर्वेद, आहार र आरोग्य

शनिबार, ०७ पुष २०७५

आधुनिक समाजमा रोगहरू यसरी बढेका छन् कि रोग नै नलागेका मानिसहरू भेट्न नै गाह्रो छ। यसरी मानिसलाई रोगहरूले आक्रमण गर्नुको एक प्रमुख कारण मानिसहरूको अप्राकृतिक जीवनशैली हो भन्ने कुरामा दुई मत छैन।

दुर्इ धारे सामाजिक संजाल

शनिबार, २९ मङि्सर २०७५

विश्वले विज्ञान तथा प्रविधिको क्षेत्रमा अद्भुत, रोमाञ्चक र अकल्पनीय आविस्कार, विकास र प्रगति गरेको छ। कतिपय यस्ता आविस्कारहरू सुन्दा र देख्दा पत्याउनै गाह्रो छ। २१ औं शताब्दीका अनेक आविस्कारहरूमध्ये एक आकर्षक र रोमाञ्चक छ, जुन अहिले आम मानिसको पहुँचसम्म सजिलै पुगेको छ।

माछा–मासु र मान्छे

शुक्रबार, २८ मङि्सर २०७५

माछामासु स्वास्थ्यका दृष्टिकोणले पोषिलो आहार हो। प्रोटिनको अथाह भण्डार हो। तर माछामासुको स्रोत, प्रकृति, गुणस्तर र मात्रा ठीक र उपयुक्त भएन भने यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।

कमन कोल्ड : नो ड्रग्स

आइतबार, २५ कार्तिक २०७५

हो, रोगोपचारका लागि ड्रग्स (औषधि) आवश्यक छ। औषधि र मेडिकल साइन्सको विकासका कारण बालमृत्युदर र आकस्मिक दुर्घटनाबाट हुने मृत्युदरमा निकै कमी आएको छ ।

गाईपूजाको मनोविज्ञान

शनिबार, १७ कार्तिक २०७५

हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन गाईको पूजा गरेर गाईतिहार मनाउने चलन छ । मानव जीवनका लागि गाईको ठूलो महत्व भएका कारण नै वैदिक ऋषिमुनिहरूले (वैज्ञानिक) यस पर्व आविष्कार गरेका हुन्।

आयुर्वेदिकका नाममा ठगी

बिहिबार, ०८ कार्तिक २०७५

हिजोआज आयुर्वेदिक औषधि तथा आयुर्वेदिक उत्पादनप्रति मानिसको आकर्षण बढ्दो छ । जडीबुटीबाट तयार पारिएका औषधि तथा सौन्दर्य प्रसाधनहरू स्वस्थकर हुने र बिना साइड इफेक्ट शरीरलाई फाइदा पुराउने विश्वासले नै जनमानसमा यस्तो आकर्षण बढेको हो ।

बलात्कारको मनोविज्ञान

शुक्रबार, १२ असोज २०७५

गाउँगाउँदेखि, चोकचोकदेखि आवज उठेको छ। आक्रोशित जनता सडकमा उत्रिएका छन् । दुई महिना बितिसक्दा पनि न्याय नपाएपछि पीडित परिवारले प्रधानमन्त्री तथा राष्ट्रपतिको ढोका ढकढकाउनु परेको छ।

प्रेम, ब्रेन र रोग

बुधबार, ०२ फागुन २०७४

सामान्यतया जब मानिसको मस्तिष्कमा कुनै व्यक्ति, पशुपक्षी, स्थान तथा पदार्थप्रति आकर्षण विकसित हुन्छ, तब यस्तो संवेगात्मक स्थितिलाई प्रेम (लभ वा एफेक्सन) को संज्ञा दिइन्छ । स्नायुविज्ञानका अनुसार प्रेमका तीन चरण हुन्छन् ः बासना (लस्ट), आकर्षण (अट्राक्सन) तथा आसक्ति (अटेचमेन्ट)।

फोबिया अर्थात् डराउने रोग

शनिबार, २० माघ २०७४

फोबिया शब्दको उत्पत्ति ग्रिक भाषाको फोबोसबाट भएको हो, जसको अर्थ प्रबल भय हो । फोबोस ग्रिक देवताको नाम हो, जो कि शत्रुहरूबाट निकै डराउँथे । शत्रुहरूले आक्रमण गर्ने आसयमा उनी सधैँ भयभीत भइरहन्थे । त्यसैले विनाकारण वा कुनै स्थिति–परिस्थितिहरूको सामना गर्नुपर्दा आवश्यकभन्दा बढी भयभीत हुने रोगलाई फोबिया भनिएको हो।

मन पनि हुन्छ बिमार

मङ्गलबार, २४ असोज २०७४

मानिस केवल हाडमासुको पुतला होइन, शरीर र मनको एक संयुक्त रूप हो । अर्को शब्दमा भन्ने हो भने मानिसको शरीर भनेको कम्प्युटररूपी हार्डवेयर हो भने मन सफ्टवेयर । त्यसैले मानिसले स्वस्थ र सक्रिय सामाजिक जीवन जिउन मानिसको शरीरमात्र होइन, मन पनि स्वस्थ र निरोगी रहन आवश्यक हुन्छ ।

स्वस्थ मस्तिष्क स्वस्थ जीवन

शुक्रबार, ०१ बैशाख २०७४

मस्तिष्क मानव शरीरको सबै भन्दा महत्वपुर्ण अंग हो। मस्तिष्कद्वारा नै शरीरका हरेक अंगहरूको नियन्त्रण, नियमन तथा संचालन हुने गर्छ। मानिसलाई बुद्धिमान् तथा समझदार प्राणी बनाउने प्रमुख अंग पनि यही मस्तिष्क नै हो। मस्तिष्क मानिसको मेमोरी बैंक पनि हो।

बिपीको बाटो

बुधबार, ०५ साउन २०७३

हरेक वर्ष साउन ६ गते र भदौ २४ गते आउ“छ । अनि नेपाली कांगे्रसले बिपी कोइरालालाई सम्झेर औपचारिकता पूरा गर्छ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।