महेश्वर चामलिङ राई

आगलागीबाट रौतामाईमा लाखौंको क्षति

आइतबार, ०४ फागुन २०७६

उदयपुरमा भएको आगालगीबाट एक स्थानीयको लाखौंको घर र धनमाल नष्ट भएको छ। जिल्लाको रौतामाई गाउँपालिका ४ नचनेस्थित जितबहादुर मगरको घरमा दुई दिनअघि अचानक लागेको आगोबाट फुसको छाना भएको दुईतले घर, भान्सा घर र गाई गोठ जलेर नष्ट भएको हो।

कर्मचारीको सहयोगविना विकास र समृद्धि असंभवः नेता राई

आइतबार, ०४ फागुन २०७६

सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सचिव सुरेशकुमार राई (हिमाल) ले कर्मचारीको सहयोगविना देशमा विकास र समृद्धिको कल्पनै गर्न नसकिने बताएका छन्। पार्टीनिकट निजामति कर्मचारी संगठन तथा निजामति कर्मचारीद्वारा सञ्चालित राष्ट्रसेवक बहुउदेश्यीय सहकारी संस्थाद्वारा आयोजित ‘संयुक्त वनभोज तथा अन्तरक्रिया कार्यक्रम’मा नेता राईले सो कुरा बताएका हुन्।

स्काभेटरले खन्न थालेपछि आफैं संरचना भत्काउन सुरु

आइतबार, ०४ फागुन २०७६

चौडाइ विवादका कारण निर्माणाधीन ‘मदन भण्डारी स्मृति लोकमार्ग’को सदरमुकामस्थित बजारक्षेत्रको काम ढिला हुन गएको छ।

उदयपुरका दर्जन बढी प्रहरी कार्यालय भवनविहीन

शनिबार, ०३ फागुन २०७६

जनताको शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरी आफै साधन स्रोतसम्पन्न नभएर असुरक्षित हुन पुगेपछि जनताले कस्तो सुरक्षा पाउलान्? यस्तै प्रश्न उदयपुर प्रहरीको हकमा लागू हुन्छ। सदरमुकामस्थित जिल्ला प्रहरीदेखि बिभिन्न नाका, व्यापारिक केन्द्र तथा स्थानीय तहमा स्थापित इलाका तथा चौकी र अस्थायी चौकीहरु साधन स्रोत सम्पन्न हुन नसक्दा जिल्लाबासीको शान्ति सुरक्षामा खट्ने प्रहरीलाई समस्या भईरहेको छ।

फरक क्षमता भएका कार्की मेची–काली शान्ति यात्रामा

शुक्रबार, ०२ फागुन २०७६

सरकारद्वारा घोषित ‘नेपाल प्रमण वर्ष’ सफल पार्दै ‘सामाजिक शान्ति अभियान २०७६’ को नारा लिएर यात्रामा निस्केका कार्कीलाई बुधबार जिल्ला समन्वय समिति उदयपुरमा बिदाई गरियो।

स्काभेटरले नाला खन्न थालेपछि आफै संरचना भत्काउन सुरु

बिहिबार, ०१ फागुन २०७६

चौडाई विवादका कारण निर्माणाधीन ‘मदन भण्डारी स्मृति लोकमार्ग’को सदरमुकामस्थित बजार क्षेत्रको काम ढिला हुन गएको छ। गाईघाट बजारको १ किलोमिटर २ सय मिटर खण्डमा २५ र २० मिटर चौडाभित्र गर्ने घर÷टहराहरु भत्काए मुआब्जा चाहिने बजारबासीको माग पूरा नहुँदा काम गर्न ढिला भएको हो।

उदयपुरका सबै स्थानीय तहले गैंडा सिमेन्ट प्रगोग गरिने

बिहिबार, ०१ फागुन २०७६

निजी सिमेन्ट कम्पनीको अस्वस्थ प्रतिस्पर्धाले बजार खुम्चदै गएको महसुस गर्दै उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)को उत्पादन गैंडा सिमेन्टको मूल्य समायोजन गरेसँगै बिक्री बढेको छ।

उदयपुर सशस्त्रलाई खोटाङको भलिबल उपाधि

आइतबार, २६ माघ २०७६

उदयपुरस्थित सशस्त्र प्रहरी बल (एपिएफ) ५ नं. गण त्रियुगाले खोटाङमा सम्पन्न अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ। खोटाङको दिप्रुङचुईचुम्मा गाउँपािलका ३ छोरम्बु सापातेलमा शनिबार सम्पन्न पुरुष भलिबल प्रतियोगितातर्फ एपिएफले प्रथम हुँदै १ लाख नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको हो।

उदयपुरमा बलात्कार घटना बढ्दो, वर्षदिनमा ५३

आइतबार, २६ माघ २०७६

उदयपुरमा बलात्कारका घट्ना भयावह बन्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पछिल्लो समय वर्षेनी महिलामाथि हुने बलात्कार र बलात्कारजन्य महिला हिंसाका घट्ना बढ्दै गएको देखिएको छ।

उदयपुरमा फागुन १ देखि दादुराविरुद्ध खोप अभियान

शनिबार, २५ माघ २०७६

संक्रामक रोग दादुरा/रुवेलाविरुद्ध उदयपुरमा दुई चरणमा खोप अभियान चलाइने भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले पत्रकार सम्मेलनको आयोजना गरी आउदो फागुनमा दुई चरणमा खोप लगाउन अभियान चलाउने जानकारी दिएको हो।

नगरपालिका प्रशासनिक भवन पनि यसै वर्ष सकिने

बिहिबार, २३ माघ २०७६

उदयपुरको बेलाका नगरपालिका चालु आर्थिक वर्षभित्रै नयाँ भवनबाट सेवा प्रवाह गर्ने लक्ष्यका साथ अघि बढेको छ। जस अनुसार नगरपालिकाको प्रशासनिकदेखि सबै वडा कार्यालयका भवन धमाधम निर्माण भईरहेको छ।

१६ थान प्रतिबन्धित लागूऔषधसहित दुई पक्राउ

बिहिबार, २३ माघ २०७६

उदयपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। बिहीबार मध्यान्ह १२ बजेर ३० मिनेटमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले त्रियुगा-१३ असारीमा नियमित चेकजाँचको क्रममा प्रतिबन्धित लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो।

‘वाईवाई पाँचौ बसाहा राईजिङ महिला गोल्डकप’ सुरु

बुधबार, २२ माघ २०७६

उदयपुरको चौदण्डीगढी नगरपालिका बसाहामा ‘पाँचौ वाईवाई बसाहा राईजिङ महिला गोल्डकप फुटबल प्रतियोगिता’ सुरु भएको छ। प्रतियोगिताको दोस्रो दिन बुधबार सम्पन्न खेलमा सर्लाही ११ लाई हराउँदै माउण्ट एभरेष्ट क्लब सुनसरी विजयी भएको छ।

लागूऔषधसहित युवा पक्राउ

सोमबार, २० माघ २०७६

उदयपुर प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ। सोमबार साँझ साढे पाँच बजेतिर त्रियुगा नगरपालिका १३ असारी दनुवारी टोलस्थित प्रहरी चेकजाँचको क्रममा सोही ठाउँका २६ वर्षीय नारायण चौधरी पक्राउ परेका हुन्।

कटारीको सिमसार क्षेत्रलाई पर्यटकीय स्थल बनाइने

सोमबार, २० माघ २०७६

उदयपुरको कटारी नगरपालिका ५ सिँसाघारीस्थित सिमसार क्षेत्रलाई पर्यटकीय स्थलमा रुपान्तरण गरिने भएको छ। स्थानीय सिँसाघारी सामुदायिक वन उपभोक्ता समूहको रमणीय पोखरीसहितको सिमसार क्षेत्रलाई पर्यटकहरुको गन्तव्यस्थल बनाउन समूहले कार्ययोजना अघि बढाएको हो।

‘निर्वाचन क्षेत्र पूर्वाधार’ बजेट भौतिक निर्माणमा केन्द्रीत

शनिबार, १८ माघ २०७६

उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का सदस्य सुरेशकुमार राई (हिमाल) ले संसदबाट पाएको ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ अन्तरगतको ६ करोड रुपैयाँ सबै अनुदान बजेट भौतिक पूर्वाधार निर्माणमा खर्चने भएका छन्। संघीय संसदबाट प्राप्त उक्त रकम चुनाव बेला आफूले बाचा गरे अनुसार खानेपानी, सडक, विद्युत र शिक्षालगायत भौतिक संरचना निर्माणमा खर्च गर्नेगरी उनले विनियोजन गरेका हुन्।

लागुऔषधसहित ३ जना पक्राउ

शनिबार, १८ माघ २०७६

उदयपुर प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ ६ बजेर ४० मिनेटमा उदयपुर र सप्तरीको सीमास्थल लालपत्तास्थित प्रहरी चौकीबाट खटेको चेकिङ टोलीले प्रतिबन्धित नाईट्रोजेपाम ट्याब्लेटसहित त्रियुगा नगरपालिका-१३ बस्ने ३० वर्षीय रमेश थापालाई नियन्त्रणमा लिएको जनाएको छ।

१ सय ८७ थान लागूऔषधसहित २ जना पक्राउ

सोमबार, १३ माघ २०७६

उदयपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई सोमबार पक्राउ गरेको छ। सिराहाको लाहानबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको ना १ ज ७३४३ नं. को विङ्गर भ्यानलाई साँझ ६ बजेर १५ मिनेटमा चेकजाँच गर्ने क्रममा अवैध लागूऔषधसहित सप्तरीका २ युवा पक्राउ परेका हुन्।

‘मिलन स्मारिका’ को रकमबाट कर्मचारी भवन

शनिबार, ११ माघ २०७६

कर्मचारी मिलन केन्द्रले स्मारिका प्रकाशन गरेर आफ्नो भवनको तल्ला थपेको छ। केन्द्रले जिल्लाको पर्यटकीय, भौगोलिक, सामाजिक, सांस्कृतिक र स्थानीय तहहरुको गतिबिधि समेटेर प्रकाशिन गरेको ‘मिलन स्मारिका’ बाट संकलित रकमबाट पुरानो भवनमा तला थपेको हो।

एमसीसी नेपालको हितमाः नेता गौतम

शुक्रबार, १० माघ २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रेस संगठन इन्चार्ज राजेन्द्र गौतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाली जनताको हितमा रहेको बताएका छन्। उदयपुरमा शुक्रबार आयोजित पार्टीनिकट प्रेस संगठन उदयपुरको प्रथम भेला तथा अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै गौतमले बाहिर हल्ला र अफवाह फैलाइएजस्तो एमसीसी नेपालको अहितमा नरहेको भन्दै यसले लोकतान्त्रिक गणतन्त्रलाई नै संस्थागत गर्न सहयोग गर्ने बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad