रुद्र पंगेनी

फास्ट ट्रयाक : सेनाले माग्यो अतिरिक्त ६८ करोड

बिहिबार, १२ पुष २०७५

नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रूतमार्ग निर्माणमा खटिएका सैनिकका लागि प्रोत्साहन रकमका नाममा अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ। सेनाले सरकारले वार्षिक बजेटमा छुट्याएको रकमबाहेक प्रत्येक वर्ष १७ करोड रुपैयाँका दरले प्रोत्साहन रकम मागेको हो।

द्रुतमार्गमा काटिएका २० हजार रूखकाे गोलिया कुहिँदै

मङ्गलबार, १६ असोज २०७५

बर्खाअघि काठमाडौं–तराई–मधेस द्रुतमार्गमा काटिएका २० हजार रूखकाे गोलिया कुहिन थालेका छन्। राजधानीलगायत देशका मुख्य भागमा काठ अभाव भइरहेका बेला दु्रतमार्गमा कटान गरिएका रूखको सही व्यवस्थापन नहुँदा ती काठ कुहिन थालेका हुन्।

अतिरिक्त पाँच अर्ब प्रस्ताव, प्रस्ताव स्वीकृत गर्न सरकारमाथि सेनाको दबाब

बुधबार, ०३ असोज २०७५

नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्र्याकअन्तर्गत दुई अतिरिक्त सुरुङ थप्न र सुरुङ विस्तार गर्न प्रस्ताव अघि सारेको छ । कमजोर भौगोलिक अवस्था र कान्ति राजपथसँगको मार्गरेखा मिलाउन भन्दै सेनाले सुरुङ थप्न प्रस्ताव गरेको हो।

जथाभावी खर्चले रित्तीयो सरकारी ढुकुटी

आइतबार, ०६ साउन २०७५

गएको जेठ असारमा जथाभावी रूपमा गरिएको खर्चले अहिले सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको छ। अर्थमन्त्रालयका अधिकारीहरूका अनुसार सरकारी खातामा अघिल्लो आर्थिक वर्षको एक पैसा पनि बचत छैन। आर्थिक वर्षको अन्त्यमा भएको सरकारकोे यस्तो वेथितिले गम्भीर परिस्थिति उत्पन्न हुने निश्चित छ।

धरहरा पुनर्निर्माणको ठेक्का प्रक्रिया स्थगित

मङ्गलबार, २६ असार २०७५

भूकम्पमा ढलेको धरहरा पुनर्निर्माण गर्ने प्रक्रिया स्थगित भएको छ।

सिन्डिकेट हटाउने भट्टराईलाई मन्त्रीको मिलेमतोमा सरुवा

शुक्रबार, ०४ जेठ २०७५

सिन्डिकेटविरुद्ध खुलेर लडेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई विभागबाट हटाइएको छ।

ठेक्का रद्द हुँदा एक अर्ब घाटा

बुधबार, १९ बैशाख २०७५

२०७१ असारमा मुङलिन–नारायणगढ सडक खण्डको बोलपत्र मूल्यांकन प्रक्रिया अन्तिम चरणमा थियो। सडक विभाग सम्झौतामा हस्ताक्षर र काम सुरु गर्ने अन्तिम जबाफको प्रतीक्षामा थियो।

नेपालमै क्यान्सरको औषधि उत्पादन हुने

मङ्गलबार, ०८ फागुन २०७४

नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ । यसले मुलुकमा क्यान्सर रोगीको संख्या वृद्धि भइरहेको देखाउँछ। यसैबीच, नेपालमै क्यान्सरको औषधि उत्पादन गर्ने उद्देश्यका साथ एक भारतीय औषधि कम्पनी प्रवेश गरेको छ । तिजिग फर्मा प्रालि नामको कम्पनीले ३५ करोड ११ लाख रुपैयाँ लगानी गरी भक्तपुरमा औषधि उत्पादन प्लान्ट स्थापना गर्दैछ । कम्पनीले यसका लागि उद्योग विभागबाट स्वीकृतिसमेत लिइसकेको छ । क्यान्सर रोग उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्ने यो नेपालमै पहिलो कम्पनी हुनेछ।

५५ अर्बको ठेक्का मिलेमतोमा

सोमबार, ०१ माघ २०७४

नेपालमा ६ जना ठेकेदारले सिंगो निर्माण प्रशासन र राजनीतिक क्षेत्रलाई मिलाएर राखेका छन् । ठूल्ठूला ठेक्कामा उनीहरूबीच कसरी हुन्छ मिलेमतो ? प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको मूल्यांंकन प्रतिवेदनमा यसबारे खुलासा गरिएको छ।

ड्याङगोटेलाई चुनढुंगा खानी दिन अस्वीकार

बुधबार, १९ पुष २०७४

गएको वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले शतप्रतिशत विदेशी लगानीको ड्याङगोटे सिमेन्ट नेपाललाई चुनढुंगा खानी उपलब्ध गराउने निर्णय ग¥यो । प्रधानमन्त्रीको अध्यक्षतामा हुने लगानी बोर्डको बैठकबाट गरिएको उक्त निर्णयलाई कार्यान्वयनमा ल्याउन भन्दै खानी तथा भूगर्भ विभागमा पेस गरियो ।

जनताको करबाट कमिसन

सोमबार, १० पुष २०७४

सरकारले गत आर्थिक वर्षमा २ खर्ब ४ अर्ब रुपैयाँ पूर्वाधार निर्माण तथा अन्य मेसिनरी सवारीसाधन जस्ता पुँजीगत शीर्षकमा खर्च ग¥यो । त्यसमध्ये कम्तीमा १० प्रतिशत अर्थात् करीब २० अर्बभन्दा बढी रुपैयाँ कमिसनका रुपमा घूसमा गएको छ । यो अवैध रकम कर्मचारी, निर्माण कार्यको अनुगमन गर्ने इन्जिनियरदेखि विभागीय प्रमुख, महानिर्देशक, सचिवसम्म संंस्थागत रुपमै बाडफाँट भएको छ । यो रकम मन्त्री, दलका नेता र पार्टी कार्यालयसम्म पनि पुगेको छ ।

काम नगर्ने ठेकेदार चुनावी मैदानमा

बुधबार, २९ कार्तिक २०७४

अहिले मुलुकभर बाटो र पुल बनाउने करिब १० अर्बको काम अलपत्र अवस्थामा छ । तर, त्यो ठेक्का लिएर काम नगर्ने ठेकेदारहरूचाहिँ ‘मुलुक बनाउने’ नारासहित प्रमुख दलको टिकटमा उम्मेदवार बनेका छन् ।

भाडामा आमाको कोख

मङ्गलबार, ३१ असोज २०७४

हाम्रो देशका लगभग सबैजसो शैक्षिक संस्था एउटै सपना बेच्छन् । त्यो हो— विदेशिन जान्ने÷सक्ने बनाउने । कयौैँ स्कुल–कलेजका नाउँ पनि तथाकथित इन्टरनेसनल छन् ।

टाउकोले टेकेको अर्थतन्त्र

सोमबार, १९ भदौ २०७४

गत वर्ष गाडी र त्यसका पाटपुर्जा मात्रै ७७ अर्ब रुपियाँको आयात भएछ । भाडाका सवारी साधन किन्ने धनीले सिन्डिकेटको आडमा महिनामा एक वा दुईचोटि मात्रै गाडी चलाउन पाउँछ । अनि अरू बेला घरमा गाडी थन्क्याएर राख्छ । त्यही दुईचोटिमै कमाउनु कमाउँछ, यात्रुलाई निचोरेर ।

ठेकेदारले आपुर्तिकर्तालाई भुक्तानी नगर्दा मेलम्चीको काम रोकियो

मङ्गलबार, २४ साउन २०७४

आपुर्तिकर्ताले भुक्तानी नपाएको भन्दै मेलम्ची खानेपानी आयोजनाको काम बन्द गरेका छन्। एक दर्जन बढी आपुर्तिकर्ताहरुले सामान नदिएपछि ४ दिन देखि काम बन्द छ।

इटालियन कम्पनीद्वारा सुरुङ खन्न ढिलाई, मेलम्चीको पानी दशैँमा नआउने

बुधबार, ०७ असार २०७४

मेलम्ची खानेपानी आयोजनाको टनेल कार्य सक्न अझै ९ महिना लाग्ने देखिएको छ। हाल इटालीको ठेकेदार कम्पनीले दैनिक ११ मिटर मात्र टनेल खनिरहेको छ। उसले काममा थप तीब्रता नदिने हो भने दशैँसम्म काठमाडौंमा पानी आउने भनेर प्रचार गरिएको विषय झुटो सावित हुने सम्बन्धित सरकारी अधिकारीले उल्लेख गरेका छन्।

रौनक गुमाउँदै न्युरोड

शुक्रबार, २६ जेठ २०७४

न्युरोडको पहिलो आधुनिक व्यापारिक क्षेत्र विशाल बजारमा समेत ग्राहकको संख्या निकै कम छ। विशाल बजार पार्किङ सुविधा भएको यस क्षेत्रको एउटा मात्र बजार हो।

सेनालाई फास्ट ट्र्याक निर्माणको जिम्मा

बिहिबार, २१ बैशाख २०७४

सरकारले काठमाडौं—निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

पाँच वर्षभित्र ‘फास्ट ट्रयाक’को निर्माण सक्न सरकारलाई निर्देशन

मङ्गलबार, १७ फागुन २०७३

व्यवस्थापिका संसदको लेखा समितिले पाँच वर्षभित्र काम सक्न सरकारलाई निर्देशन दिएको छ। समितिले आउँदो २०७७/०७८ सालभित्र निमार्ण सकिने गरी फास्ट ट्रयाकको काम अघि बढाउन निर्देशन दिने निर्णय गरेको हो।

लाइसेन्स खोलेको खबरअघि नै डेढ दर्जन निवेदन

बिहिबार, २१ पुष २०७३

ऊर्जामन्त्री जनार्दन शर्माले बुधबार मध्याह्नतिर सरकारको बास्केटमा रहेका डेढ सय जलविद्युत् आयोजनाको लाइसेन्स (अध्ययन अनुपतिपत्र) खोल्नेसम्बन्धी निर्देशिकामा हस्ताक्षर गरे।

Ncell Footer Ad