पुरुषोत्तम दाहाल

पुरुषोत्तम दाहाल

राजपाः मधेसको मात्र कि राष्ट्रकै ?

बुधबार, १३ बैशाख २०७४

यसपटकको लोकतन्त्र दिवसमा बिदा परेनछ । यसै कारण लोकतन्त्रको महिमा गाथा पनि ओझेलमा परेछ । बिदा परेको भए सञ्चारमाध्यमले लोकतन्त्रको महिमा मण्डन गर्ने थिए र राजनीतिक नेताहरूले लोकतन्त्रको स्तुति गर्ने अवसर पाउँथे ।

हुन्छ र हुन्नको विवाद किन ?

बुधबार, ०६ बैशाख २०७४

दलीय पद्धतिमा दलीय निर्वाचनको माग गर्नु जायज छ । साना ठूला गरी ६८ वटा राजनीतिक दलले दलीय चुनाव चिह्न माग गर्नु संविधानले प्रत्याभूत गरेको अधिकारअनुसार नै छ ।

दलवादमा व्यक्तिको भूमिका

बुधबार, ३० चैत २०७३

राजनीतिमा दलमात्र अहम् हुँदैन। दलसँग जोडिएर व्यक्तिको भूमिकासमेत अहम् हुने गर्छ । दलसँग नजोडिएर महत्वपूर्ण भूमिका भएकाहरू र दल परित्याग गरी विशेष भूमिका निर्वाह गर्नेहरुको संख्या पनि प्रशस्त छ।

झिल्कोबाट डढेलोको संकेत

बुधबार, २३ चैत २०७३

डा. बाबुराम भट्टराई मोर्चावन्दीमा उत्रिएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा गरिएको मोर्चावन्दी सानो झिल्को क्रमशः डढेलोको संकेतका रूपमा विकसित हुँदैछ । संविधानमा हस्ताक्षर गरी बहिष्कारमा उत्रेका र संसद् परित्याग गरी नयाँ शक्ति नामको पार्टी खोल्न पुगेका भट्टराईले उनका सर्त अस्वीकार गरेका अवस्थामा कुनै पनि हालतमा निर्वाचन हुन नदिने धम्कीसमेत दिइसकेका छन् ।

चुनाव: केन्द्रभन्दा गाउँ अघि

बुधबार, १६ चैत २०७३

स्थानीय निर्वाचनका लागि निर्वाचन आयोग राजनीतिक वातावरण माग गरिरहेको छ। केन्द्रीय राजनीति केही दिनमा त्यस्तो वातावरण बन्ने अपेक्षा प्रकट गरिरहेको छ। चुनाव आउन ४५ दिनमात्र बाँकी छ। केन्द्रीय राजनीति अपेक्षाको बन्दी बनेको देखिँदैछ भने प्रकटमा विश्वास गर्न उसले छाडेको छैन ।

पुरानो पार्टी नयाँ समस्या

बुधबार, ०९ चैत २०७३

भर्खरै एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले वामे सर्न नपाउँदै प्रथमः ग्रासे मक्षिका पातः को सामना गर्नुपरेको छ।

थपिँदै संकटहरू

बुधबार, ०२ चैत २०७३

राजनीतिक संकट दिन/प्रतिदिन थपिँदै र गहिरिँदै छन् । संविधान लागु हुने विषयले यतिखेर लहरो तान्दा पहरो गर्जने अवस्था सिर्जना भएको छ । राजविराज काण्डको तातो नसेलाउँदै कञ्चनपुरमा नेपाली मारिएको घटनाले राजनीतिलाई अर्को मोडमा पु¥याउने खतरा पैदा गरेको छ ।

सन्देहको वृत्तमा निर्वाचन

बुधबार, २५ फागुन २०७३

२० वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचनको मिति सरकारले घोषणा गरेको छ । १४ वर्षदेखि सबै तहका पदाधिकारी सदस्य रिक्त रहेको हुनाले विकास निर्माण, आमनागरिकका लागि सेवा र अन्य समस्याको छिनोफानो कठिनतम भइरहेको छ ।

विद्यार्थी निर्वाचन र अराजकता

बुधबार, १८ फागुन २०७३

करिव आठ वर्षको अन्तरालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन गइरहेको छ। वि.सं. २०३६ को सफल विद्यार्थी आन्दोलनका दुइटा महत्वपूर्ण परिणाम थिए– २४ सूत्रीय माग पूरा गर्ने सन्दर्भमा पहिलो स्वतन्त्र विद्यार्थी युनियनको स्थापना र सत्तामदबाट दुर्गन्धित राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल विघटन।

राप्रपाको नयाँ शक्ति

बुधबार, ११ फागुन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सकिएको छ महाधिवेशन उद्घाटनक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको राप्रपासँग मिल्न अति उत्कट अभिलाषा र पूर्वप्रधानमन्त्री केपी ओलीको राप्रपालाई राष्ट्रको दोस्रो शक्ति निर्माणको शुभेच्छाले यो पार्टीको अवस्था केही हदसम्म संकेत गरेको छ।

बिर्सिएका सुशील

बुधबार, ०४ फागुन २०७३

आफ्नो पार्टी नेताको निधनको एक वर्षलाई सुशील स्मृतिका रूपमा कुनै कार्यक्रम आयोजना गर्नैपर्ने थियो। देशभर संविधानका असल पक्षको चर्चा गर्दै सुशीलप्रति सम्मान प्रकट गर्नुपर्ने थियो। त्यस्तो केही भएन।

असफल वार्ता राजनीति

बुधबार, १९ माघ २०७३

‘भोलि पुनः बैठक बस्ने गरी नेताहरूको बैठक स्थगित भएको छ । आजको वार्ता निष्कर्षबिहीन हुन पुग्यो। नेता बीच सुरु भएको वार्ता एजेन्डामै प्रवेश नगरी स्थगित भएको छ । कुरो नमिल्दा वार्ता असफल हुन पुग्यो।’

राष्ट्रिय अखण्डताको प्रश्न

बुधबार, १२ माघ २०७३

नेपालको सार्वभौम स्वतन्त्रता र सर्वोच्चतामाथि कालो बादल मडारिन लागेको देखिँदैछ । एकीकरणपछि अझ भनौँ विसं १८७२ को सुगौली सन्धिपछि सबैभन्दा जटिल मोडमा देश पुगेको सर्वत्र अनुभव हुँदैछ । सुगौली सन्धिबाट आधाभन्दा बढी नेपालको भूभाग ब्रिटिस इन्डियाको सत्ताभित्र अन्तर्भूत हुन पुगेको थियो।

लोकतन्त्रको धमनी

बुधबार, ०५ माघ २०७३

लोकतन्त्रको धमनी भनेको आवधिक रूपमा नेतृत्वको चयन नै हो। नागरिकप्रति जिम्मेदार र राष्ट्रप्रति पूर्णउत्तरदायी नेतृत्वको परीक्षण निरन्तर हुनु आवश्यक छ। आधुनिक राजनीति विज्ञानको मर्म भनेको व्यवहारवाद हो र यसको मूल्यांकन गर्ने आधार निर्वाचनबाहेक अरु केही पनि हुँदैन।

भाले जुधाइमा देश

बुधबार, २७ पुष २०७३

अग्रगमनको अर्थ राष्ट्र र जनतालाई समर्थ, समृद्ध र कुशल बनाउनु हुनुपर्ने थियो । राष्ट्र सवल भएन भने जनता अराजक हुन्छन् । जनता सवल नभएमा राष्ट्र विघटनको बाटोमा हिँड्न लाग्छ । अग्रगमनले इतिहास मेट्दैन । इतिहास मेट्नुको अर्थ आफ्नो परिचयको अन्त्य हो ।

चुनौतीको घेरावन्दीमा शेरबहादुर

बुधबार, १३ पुष २०७३

नेपाली कांग्रेसको सत्तरी वर्षको जीवनकालमा सर्वाधिक आन्तरिक संगठनात्मक अकर्मण्यताले निम्त्याएको चुनौतीको सामना गर्दैछन् वर्तमान सभापति शेरबहादुर देउवा। उनी आफ्नै अकर्मण्यताको घेराबन्दीमा परेका छन् र त्यसबाट निस्कने कुनै संकेत दृष्टिगोचर हुँदैन।

अनुदार राष्ट्रवाद

बुधबार, ०६ पुष २०७३

परिवर्तनका लागि संघीयता र अनुदार राष्ट्रवाददेखि अनुदार स्थानीयवादले नेपालमा चर्को रूप लिन लागेको छ। आन्तरिक पुनर्संरचनाको विषयलाई राज्यको पुनर्संरचना भन्ने अल्पज्ञानको सिकार आमनागरिक भइरहेका छन् भने त्यही राज्यको पुनर्संरचना भन्ने शब्दको जुइनो समातेर अराजकतावाद र अतिवाद मौलाउन लागेको छ।

राजनीतिमा कलाकारको आकर्षण

बुधबार, २९ मङि्सर २०७३

अब राष्ट्रले कठोरतापूर्वक अघि बढ्ने अथवा जनमत संग्रह गर्ने लोकतान्त्रिक निर्णय गर्ने अवस्था आएको छ । के सरकार यसमा तयार छ ?

समाधानरहित समस्या

बुधबार, २२ मङि्सर २०७३

नेपालीमा एउटा उखान छ– नदुखेको कपाल डोरी लगाएर तान्नु र दुखाउने काम गर्नु। अर्थात् आफैँले मूर्खतावस दुःख पाउने काम गर्नु। अहिले नेपालमा अग्रगमनको अतिवादी चिन्तनले नदुखेको कपाल डोरी लगाएर दुखाउने काम भइरहेको छ।

एकीकरणपछिको राप्रपा

बुधबार, १५ मङि्सर २०७३

सत्ताइस वर्षको अवधिमा अनेक पटक फुट्दै र जुट्दै गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुईधार अहिले मिलेका छन्। निर्वाचनका समयमा फुट्ने र सामान्य अवस्थामा जुट्ने रोगबाट ग्रस्त यो बूढा बाघहरूको पार्टी एकीकरणको विश्लेषण त्यति हुन सकिरहेको छैन।

Ncell Footer Ad