पुरुषोत्तम दाहाल

पुरुषोत्तम दाहाल

एमाले कब्जामा स्थानीय सरकार

बुधबार, २१ असार २०७४

सूर्योदयको किनारादेखि सूर्यास्तको अन्तिम ढोकासम्म अर्थात् पूर्वको इलामदेखि पश्चिमको अमरगढीसम्म नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थानीय सरकारमा कब्जा जमाएको छ।

दोस्रो चरणको प्रतिष्ठा

बुधबार, १४ असार २०७४

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको प्रतिष्ठाको विषय भएको दोस्रो चरणको निर्वाचन यही कारण पनि छ बहुप्रतीक्षित छ । पहिलो चरणमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा थिए र अनुमान गरेअनुरूप तेस्रो स्थानमा माओवादी केन्द्र पुगेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो दल रहे पनि नयाँ शक्ति जस्तो नवोदित समान उसको हैसियत देखियो । अरु केही स्वतन्त्रको स्थान थियो । दोस्रो चरणमा संघीय समाजवादी फोरम र जनअधिकार फोरम लोकतान्त्रिकसमेत प्रतिस्पर्धामा छन् । निर्वाचनलाई बार्गेनिङ कार्ड बनाउँदै राज्यलाई घुँडा टेकाउन प्रयत्नशील राष्ट्रिय जनता पार्टी पनि स्वतन्त्र तर परोक्षरूपमा सक्रिय भएको छ । यस पार्टीका डेढ सयभन्दा बढी सदस्य उम्मेदवार छन् र राजपा नेतृत्वले तिनका विषयमा केही पनि बोलेको छैन ।

विद्रोहविरुद्ध विद्रोह

बुधबार, ०७ असार २०७४

दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा केही शुभ संकेत देखिएका छन् । जसलाई विद्रोहविरुद्ध विद्रोह मान्न सकिने हुन्छ।

द्वन्द्वको जटिल मोड

बिहिबार, ०१ असार २०७४

समस्याको गहिराइ अनुभव गरी सरकारले समाधानका लागि एमालेसँग राजपा जस्तै गरी सम्वाद गर्नु आवश्यक छ। प्रमुख प्रतिपक्षलाई विश्वासमा नलिई मुद्दा छिनोफानो हुनेवाला छैन।

द्वन्द्वको जटिल मोड

बुधबार, ३१ जेठ २०७४

राष्ट्रिय जनता पार्टीले पुनः निर्वाचन बिथोल्ने कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन आयोगले असार १४ मा दोस्रो चरणको निर्वाचनको तयारी पूरा गरिरहेको अवस्थामा राजपा पूर्ण विश्वासका साथ बिथोल्न तयार भएको देखिन्छ ।

कुण्ठाजन्य अराजकता

बुधबार, २४ जेठ २०७४

सानो, सुन्दर र अविकसित नेपाललाई असफल देश बनाउने खेल जानीजानी मञ्चित हुँदैछ।

गणतन्त्र : कति सफल कति असफल ?

बुधबार, १७ जेठ २०७४

नेपाली जनताले नाकाबन्दीको अभूतपूर्व मार सहनुपर्यो । मधेसकेन्द्रित दलहरूको माग, अडान र दुराग्रहका कारण देश र जनताले भोग्नुपरेको सास्ती अकल्पनीय छ ।

कांग्रेसलाई पाठ : तालमेल कि बेमेल ?

बुधबार, १० जेठ २०७४

२०५१ सालमा सुरु गरेको वृद्ध भत्ता र आफ्नो गाउँ आफैँ बनाऔं जस्ता कार्यक्रम एमालेका निम्ति लामो समयसम्म चुनावी नारा लगाउन पर्याप्त हुन्छन् । अहिले वृद्ध भत्ता पाँच हजार पुर्याइदिने घोषणाले वृद्धवृद्धाको मनमस्तिष्क सहजै आकर्षित गर्न पुग्यो ।

प्रचण्डको भोट रुखमा

बुधबार, ०३ जेठ २०७४

इतिहासको पाठबाट सिकेर मात्र हुँदैन, वर्तमानमा त्यस इतिहासलाई बचाउन सक्ने सामथ्र्य पनि हुनु आवश्यक छ । वर्तमानमा इतिहासको सम्मान हुन सकेन भने र वर्तमानले भविष्यलाई निर्देशित गर्न सकेन भने जनताका मनमा वर्तमानले आसन जमाउन सकेन भने इतिहासको अर्थवत्ता अन्त्य हुन्छ ।

संस्थागत हुन लागेको निषेधको राजनीति

बुधबार, २७ बैशाख २०७४

गलत मनसायले आएको गलत प्रस्ताव निश्चित रुपमा असफल हुने थियो भन्ने कुरा अनुमान गरिरहनै पर्दैन । जसरी गलत मनसायले संसद्मा प्रस्ताव आयो, त्यसको जस्तालाई तस्तै शैलीमा अदालतको आदेश आउनुले न्यायिक स्वतन्त्रतालाई त सम्मान भएको छ तर न्यायिक मर्यादा र सीमा भने संकुचन हुन पुगेको देखिन्छ ।

संसद् भंग र ताजा जनादेश

बुधबार, २० बैशाख २०७४

राजनीतिले संस्थागत रूप लिनुपर्छ भन्ने मान्यताका साथ जति शब्द खर्च गरे पनि भद्रगोल हुनबाट जोगिन सकेको छैन । उल्टै संक्रमण लम्बिँदैछ र नयाँ अनिष्टहरू उत्पत्ति भइरहेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध अनायास र अत्यन्त नाटकीयरूपमा महाभियोग प्रस्ताव संसद्मा दर्ता भएको छ । उनीविरुद्ध नौवटा संगीन आरोप लगाइएका छन् ।

राजपाः मधेसको मात्र कि राष्ट्रकै ?

बुधबार, १३ बैशाख २०७४

यसपटकको लोकतन्त्र दिवसमा बिदा परेनछ । यसै कारण लोकतन्त्रको महिमा गाथा पनि ओझेलमा परेछ । बिदा परेको भए सञ्चारमाध्यमले लोकतन्त्रको महिमा मण्डन गर्ने थिए र राजनीतिक नेताहरूले लोकतन्त्रको स्तुति गर्ने अवसर पाउँथे ।

हुन्छ र हुन्नको विवाद किन ?

बुधबार, ०६ बैशाख २०७४

दलीय पद्धतिमा दलीय निर्वाचनको माग गर्नु जायज छ । साना ठूला गरी ६८ वटा राजनीतिक दलले दलीय चुनाव चिह्न माग गर्नु संविधानले प्रत्याभूत गरेको अधिकारअनुसार नै छ ।

दलवादमा व्यक्तिको भूमिका

बुधबार, ३० चैत २०७३

राजनीतिमा दलमात्र अहम् हुँदैन। दलसँग जोडिएर व्यक्तिको भूमिकासमेत अहम् हुने गर्छ । दलसँग नजोडिएर महत्वपूर्ण भूमिका भएकाहरू र दल परित्याग गरी विशेष भूमिका निर्वाह गर्नेहरुको संख्या पनि प्रशस्त छ।

झिल्कोबाट डढेलोको संकेत

बुधबार, २३ चैत २०७३

डा. बाबुराम भट्टराई मोर्चावन्दीमा उत्रिएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा गरिएको मोर्चावन्दी सानो झिल्को क्रमशः डढेलोको संकेतका रूपमा विकसित हुँदैछ । संविधानमा हस्ताक्षर गरी बहिष्कारमा उत्रेका र संसद् परित्याग गरी नयाँ शक्ति नामको पार्टी खोल्न पुगेका भट्टराईले उनका सर्त अस्वीकार गरेका अवस्थामा कुनै पनि हालतमा निर्वाचन हुन नदिने धम्कीसमेत दिइसकेका छन् ।

चुनाव: केन्द्रभन्दा गाउँ अघि

बुधबार, १६ चैत २०७३

स्थानीय निर्वाचनका लागि निर्वाचन आयोग राजनीतिक वातावरण माग गरिरहेको छ। केन्द्रीय राजनीति केही दिनमा त्यस्तो वातावरण बन्ने अपेक्षा प्रकट गरिरहेको छ। चुनाव आउन ४५ दिनमात्र बाँकी छ। केन्द्रीय राजनीति अपेक्षाको बन्दी बनेको देखिँदैछ भने प्रकटमा विश्वास गर्न उसले छाडेको छैन ।

पुरानो पार्टी नयाँ समस्या

बुधबार, ०९ चैत २०७३

भर्खरै एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले वामे सर्न नपाउँदै प्रथमः ग्रासे मक्षिका पातः को सामना गर्नुपरेको छ।

थपिँदै संकटहरू

बुधबार, ०२ चैत २०७३

राजनीतिक संकट दिन/प्रतिदिन थपिँदै र गहिरिँदै छन् । संविधान लागु हुने विषयले यतिखेर लहरो तान्दा पहरो गर्जने अवस्था सिर्जना भएको छ । राजविराज काण्डको तातो नसेलाउँदै कञ्चनपुरमा नेपाली मारिएको घटनाले राजनीतिलाई अर्को मोडमा पु¥याउने खतरा पैदा गरेको छ ।

सन्देहको वृत्तमा निर्वाचन

बुधबार, २५ फागुन २०७३

२० वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचनको मिति सरकारले घोषणा गरेको छ । १४ वर्षदेखि सबै तहका पदाधिकारी सदस्य रिक्त रहेको हुनाले विकास निर्माण, आमनागरिकका लागि सेवा र अन्य समस्याको छिनोफानो कठिनतम भइरहेको छ ।

विद्यार्थी निर्वाचन र अराजकता

बुधबार, १८ फागुन २०७३

करिव आठ वर्षको अन्तरालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन गइरहेको छ। वि.सं. २०३६ को सफल विद्यार्थी आन्दोलनका दुइटा महत्वपूर्ण परिणाम थिए– २४ सूत्रीय माग पूरा गर्ने सन्दर्भमा पहिलो स्वतन्त्र विद्यार्थी युनियनको स्थापना र सत्तामदबाट दुर्गन्धित राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल विघटन।

Ncell Footer Ad