पुरुषोत्तम दाहाल

पुरुषोत्तम दाहाल

राष्ट्रकविको राजनीति

बुधबार, १० असोज २०७५

राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष लाग्नुभएको छ । सनातन परम्परामा आशीर्वचन दिनेहरूले शतायुको कामना गरिरहेका हुन्छन् । शतायु जीवन आफैंमा अनमोल उपहार हो । सय वर्षको वयमा समेत राष्ट्रकवि घिमिरे सिर्जनामा तल्लीन हुनुहुन्छ ।

संविधान र अरिंगालको संक्रमण

बुधबार, ०३ असोज २०७५

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको ३ वर्ष पुगेको छ । यसबीचमा संविधानलाई संस्थागत गराउन भएका प्रयास निश्चितरूपमा प्रशंसनीय छन् । खासगरी संविधानअनुसार निर्वाचनद्वारा ३ तहको सरकार निर्माण भएको छ।

आजका लागि बिपी सन्देश

बुधबार, २७ भदौ २०७५

‘असल मान्छे बन्नु, ठूलो बन्ने चाहना नराख्नू’– बिपीले नेपाली समाजलाई एक आदर्श सन्देश दिनुभएको छ । आफ्नो एक उपन्यासकी पात्र मोदी आइन्मार्फत यस्तो सन्देश दिने बिपी कोइरालाको १०५ औंँजन्मदिवस नेपाली कांग्रेस र उहाँका अनुयायीले भदौ २४ गते गच्छेअनुसार मनाए।

बादलमाथि मडारिन लागेको कालो बादल

बुधबार, २० भदौ २०७५

अहिले अकस्मात र अत्यन्त नाटकीयशैलीमा गृहमन्त्री रामबहादुर थापा बादलमाथि सत्ताको अर्को कालो बादल मडारिन थालेको देखिँदैछ ।

साम्यवादी जोगीको शासन

बुधबार, १३ भदौ २०७५

राजनीतिबारे ओसोकोे चर्चित भनाइ छ– राजनीति उसका लागि मात्र हुन्छ जससँग अरु केही गर्ने क्षमता छैन । जो मूर्ति बनाउनसक्दैन, जो चित्रमा रंग भर्न सक्दैन, जो गीत गाउन सक्दैन, जो केही पनि गर्नसक्दैन उसकालागि राजनीति सहज हुन्छ।

विवादका मुद्दा : समाधान अनिवार्य

बुधबार, ०६ भदौ २०७५

प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले जारी गरेको मुलुकी ऐन विस्थापित भएको छ । १ सय ६५ वर्ष पुरानो ऐन संशोधन गर्दै प्रयोगमा ल्याइएको थियो तर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाले त्यो ऐन असान्दर्भिक हुन पुग्यो र नयाँको खोजी भयो । राज्य सञ्चालनका लागि मूल संविधानमात्र पर्याप्त हुँदैन।

राजनीतिक संक्रमणको पासो

बुधबार, ३० साउन २०७५

लागेको थियो, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नेपालबाट राजनीतिक संक्रमण अन्त्य भई राजनीति सुनिश्चित गन्तव्यतर्फ प्रस्थान गर्नेछ।

अवज्ञा परमो धर्मः

बुधबार, २३ साउन २०७५

स्वतन्त्र न्यायालयको सिद्धान्तलाई नेपाली लोकतन्त्रको अभ्यासले धरापमा पारेको छ । यहाँ कुनै व्यक्तिको पक्षपोषणको प्रश्न होइन । यसैपनि नागरिक सार्वभौम र सर्वोच्च भएको हुनाले उसलाई राज्यले अवमूल्यन गर्नु लोकतन्त्र विरोधी अभ्यास मानिन्छ।

अनशनको सफलता

बुधबार, १६ साउन २०७५

अन्ततः डा. गोविन्द केसीको अनशनले सफलता पाएरै छाड्यो । उनले आफूलाई नागरिक आन्दोलनमा परिणत गरेपछि स्वास्थ्यशिक्षाका सन्दर्भमा नेपाली कांग्रेसको अघिल्लो सरकारले जारी गरेको अध्यादेशलाई यथावत् पुनस्र्थापन गर्न सरकार बाध्य भयो।

आफ्नै ब्यूहका बन्दी प्रधानमन्त्री

बुधबार, ०९ साउन २०७५

साउनको पहिलो साता ६ र ७ गते दुई महान् विचारकप्रति सम्मान प्रकट गरियो । नेपालको लोकतान्त्रिक समाजवादका प्रथम भाष्यकार विश्वेश्वरप्रसाद कोइराला र नेपालको साम्यवादी आन्दोलनका प्रथम वैचारिक अभियन्ता पुष्पलालको क्रमशः पार्थिव अवशान भएका दिन हुन् यी।

बिपी : विचार र व्यवहार

बुधबार, ०२ साउन २०७५

नेपाली राजनीतिका आधुनिक भाष्यकार बिपी कोइरालाको पार्थिव अवशान भएको ३६ वर्ष पुगेको छ । तर उनले नेपालका सन्दर्भमा गरेको राजनीतिक भाष्यको सान्दर्भिकता थपिँदै गएको छ ।

अधिनायकवादको बाटोमा सरकार

बुधबार, २७ असार २०७५

प्रधानमन्त्रीले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई कुनै लिखित आदेश दिएको सुनिएको छैन । मौखिकरूपमा कानुनविपरित आदेश दिनु हुकुमीशैली नै हो र त्यो अधिनायकवाद नै हो।

कर्मशील कांग्रेसको प्रश्न

बुधबार, २० असार २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मशील कांग्रेसको अवधारणा सार्वजनिक गरेका छन् । नेपाली राजनीतिमा यो नयाँ विषय नभए पनि नेपाली कांग्रेसकालागि नित्तान्त नयाँ हुनपुगेको छ ।

गर्छिन् पुकार आमाअनशन बसी जोडले...

बुधबार, ०६ असार २०७५

‘विद्या हराए काशी जानू, न्याय हराए गोरखा जानू’ भन्ने प्रचलित मान्यताको अवसान हुनलागेको छ। विद्या नगरी काशी यथावत् होला तर न्याय भूमि गोरखाका सबै मान्यता फेरिएका छन्।

संविधानमाथिको सरकार

बुधबार, ३० जेठ २०७५

माओवादी केन्द्रको विलयसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अवतार लिन पुग्नुभएका पुष्पकमल दाहाल (प्रचण्ड) अनेक लक्ष्य तय गर्दै प्रहार गर्न निकै सिपालु हुनुहुन्छ। विगतमा उहाँले गरेका अनेक प्रहारको पीडाबाट यो देश र देशवासीहरू अझै तंग्रिन बाँकी छ। ०४७ को संविधानलाई प्रहार गर्दै त्यस संविधानको भण्डाफोर गर्न ०४८ मा संसदीय निर्वाचनमा उहाँको पार्टीले भाग लियो । भण्डाफोरको प्रहार काम नलागेपछि उहाँले ०५१ मा बहिष्कारको नयाँ तीर छाड्नुभयो।

दुईदलीय अधिनायकवाद

बुधबार, २३ जेठ २०७५

नेपाली राजनीतिलाई दुईदलीय अधिनायकवादतर्फ जबर्जस्ती उन्मुख गराउने प्रयास भएको छ। ठूला माछाले साना माछालाई निलेजस्तै गरी क्रमशः साना दलको अस्तित्व समाप्त पार्ने रणनीति देखापरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्दैदेखि आरम्भ यो रणनीतिलाई दुई दल मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माणले सफलपूर्वक प्रयोगमा ल्याउँदैछ। पहिले संसद्बाट र पछि दलगतरूपमा यो रणनीतिको आकार देखिन लागेको हो। संविधानमा तीन प्रतिशतको थ्रेसहोल्डको व्यवस्था दुईदलीय अधिनायकवादको पूर्वांग थियो। राजनीतिक स्थायित्व र सरकारको निरन्तरताका नाउँमा थ्रेसहोल्डको व्यवस्था गरिएको भएपनि यो व्यवस्था बहुदलीय पद्धतिलाई नै घात गर्ने चिन्तनकासाथ भएको थियो भन्ने कुरा अहिले प्रमाणित हुन लागेको छ।

साम्यवादीको सम्पत्ति : सर्वहाराको विपत्ति

बुधबार, १६ जेठ २०७५

व्यक्तिगत सम्पत्तिको लोभ गर्नेहरू कम्युनिस्ट नेता हुनसक्दैनन् भन्ने वाक्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो वाक्यका आविष्कारक सामान्य व्यक्ति होइनन्। सामान्य व्यक्तिले असामान्य कुरा गरे पनि समाजले त्यति महत्व दिँदैन। तर ठूला वा प्रभावशालीहरूका भनाइहरूलाई समाजले बहसमा ल्याउने गर्छ। साम्यवादी चीनका शक्तिशाली राष्ट्रपति सी जिन पिङको वाक्य हो यो। उनले साम्यवादमा विश्वास गर्ने नेताहरूले निजी सम्पत्तिमा लोभ गर्नु हुँदैन भन्ने विचार प्रस्तुत गरेका छन्।

दुई ठूला साम्यवादी दलको एकता

बुधबार, ०९ जेठ २०७५

साम्यवादका आधारमा सत्तामा जाने बाटाहरू कमजोर भएपछि संसारका साम्यवादीहरूले प्रणालीगतरूपमा साम्यवादलाई तिलाञ्जली दिँदै लोकतान्त्रिक प्रणाली स्वीकार गरेको अवस्था छ।

मोदी भ्रमणको तरंग

बुधबार, ०२ जेठ २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको यसै साता सम्पन्न नेपालको अत्यन्त संक्षिप्त राजकीय भ्रमणले नेपाली समाजमा केही नयाँ राजनीतिक तरंग पैदा गरेको छ। उहाँको यो भ्रमणलाई सांस्कृतिक भनिए पनि नेपालभित्र देखिएका केही परिदृश्य र दुई पक्षबाट जारी सोह्र बुँदे संयुक्त वक्तव्यले भ्रमणलाई सांस्कृतिक सीमाभित्र मात्र सीमित गरेको देखिएन। मोदी आफ्नो चार वर्षको प्रधानमन्त्रीय समयावधिमा यसअघि दुई पटक नेपाल आइसक्नुभएको थियो।

दुईमुखे चरोको आवरणमा कांग्रेस

बुधबार, २६ बैशाख २०७५

तेह्रौँ महाधिवेशन सम्पन्न भएको करिव दुई वर्षपछि नेपाली कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारी मनोनयन गरिएको छ। यो मनोनयनलाई लिएर आमनागरिकमा कुनै चासो वा चिन्ता नभए पनि कांग्रेसभित्र भने एउटा ससानो कम्पन पैदा हुनपुगेको छ। विस्तारै कांग्रेसबाट मानिसको ध्यान हट्न लागेको हुनाले पनि त्यति चासो र चिन्ता नदेखिएको हुनसक्छ । अहिले कांग्रेसका नेता र कांग्रेसले लिने निर्णय कसैको पनि प्रभावकारी बजार देखिँदैन।

Ncell Footer Ad