पुरुषोत्तम दाहाल

पुरुषोत्तम दाहाल

राष्ट्रनिर्मातामाथि राजनीति

बुधबार, ०२ माघ २०७५

परिवर्तनले सबै परम्परा, स्मारक र संस्कृति अनि इतिहास निर्माताहरू सबैलाई अस्वीकार गर्नैपर्छ? साठीको दशकमा यसको उत्तरखोज्ने क्रममा चीनमा माओत्सेतुङले सांस्कृतिक क्रान्ति नै चलाएका थिए। त्यो सांस्कृतिक क्रान्ति माओवादीकालीन निरंकुश र क्रूर घटना मानिएको छ। सांस्कृतिक क्रान्तिले चीनको राजनीतिमा ‘चाण्डाल चौकडी’को प्रभुत्व स्थापित भएको थियो।

संसद् : सरकारको कि प्रतिपक्षको ?

बिहिबार, २६ पुष २०७५

अहिले सभामुख कृष्णबहादुर महरा सभामुख हुनुहुन्छ। उहाँ नेपाल कम्युनिस्ट पार्टीबाट विजयी भएर सांसद हुनुभएको हो। राष्ट्रपति विद्यादेवी भण्डारी पनि नेपाल कम्युनिस्ट पार्टीबाट नै विजयी हुनुभएको हो।

भावनात्मक सम्बन्ध र मेलमिलाप

बुधबार, १८ पुष २०७५

नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ४३ औँ सम्झना दिवस मनाइरहँदा अहिले तीनवटा अंग्रेजी शब्दको चर्चा उठिरहेको छ। पहिलो इमोस्नल अट्याच्मेन्ट, दोस्रो डिप लभ (गहिरो प्रेम) र तेस्रो ट्रस्ट। यी शब्दका सहारामा नेपाली कांग्रेसका नेताहरू आफूलाई, आफ्नो दृष्टिकोणलाई सञ्चारजगतका सामु र सदस्यहरूसमक्ष प्रस्तुत गरिरहेका छन्।

तुष मेटिएको सन्देश

बुधबार, ११ पुष २०७५

नेपाली कांग्रेसको महासमिति बैठक शंका र निराशाको संवेग पार गर्दै विश्वास र एकताको सन्देशकासाथ सम्पन्न भएको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति र आफूबीच अब कुनै पनि तुष नरहेको मन्तव्य सार्वजनिक गरेपछि एकताको सन्देश पार्टीका निम्ति ऊर्जा हुने आशा कांग्रेसहरूमा पलाएको छ।

कांग्रेस महासमिति : जेलिएको प्रसंग

बुधबार, ०४ पुष २०७५

नेपाली कांग्रेस महासमिति बैठक चलिरहेको छ। भनौँ, निर्धारित अन्तिम दिनतिर पुगेको छ। सत्तारुढ दलका नेता प्रधानमन्त्री केपी ओलीविरुद्ध पार्टीभित्र र बाहिर आलोचनाको जबर्जस्त घेराबन्दी हुँदैछ।

जनउत्तरदायित्व खोइ?

बुधबार, १९ मङि्सर २०७५

सरकार जनउत्तरदायी हुनुपर्छ भन्ने लोकतन्त्रको सार्वभौम मान्यता हो। जनतासँग प्रत्यक्ष सरोकार राख्ने सबै संयन्त्र जनताप्रति जवाफदेही हुनैपर्छ। लोकतन्त्रको सौन्दर्य भनेको सरकार र जिम्मेवारपक्षको निरन्तर जवाफदेहिता हो। सरकार र राज्यका संयन्त्रमा तथा जनतासँग जोडिएका संस्थाहरूमा जवाफदेहिता भएन भने त्यो राजनीतिक प्रणाली लोकतान्त्रिक मान्न सकिँदैन।

विकास विशेषज्ञताको प्रश्न

बुधबार, १२ मङि्सर २०७५

नेपालको सन्दर्भमा राजनीतिक नेतृत्वले किन कुशल शासन दिन सकिरहेको छैन ? किन व्यवस्थापन राम्रो गर्न सकिरहेको छैन ? नीति तर्जुमा र कार्यक्रमको सही अवधारणा विकास गर्ने ज्ञान किन देखिँदैन ? यसो गर्ने कुनै कला वा सिप राजनीतिक नेतृत्वमा किन पाइँदैेन ? के नेपालका राजनीतिकर्मीहरू अयोग्य नै हुन् त ? कि कुनै अन्य स्वार्थी कारणहरूले उनीहरूको क्षमता प्रकट र प्रयोग हुन नसकेको हो ? यी प्रश्नको सही विश्लेषण गर्नुपर्ने भएको छ। एकजना राजनीतिकर्मी र बौद्धिक व्यक्तित्व ऋषिकेश तिवारीले केही दिनपहिले मात्र राष्ट्रिय दैनिक नयाँ पत्रिकामा यसबारे लामो विश्लेषण प्रस्तुत गरेका छन्।

न्यायमाथि अन्यायपूर्ण राजनीति

बुधबार, ०५ मङि्सर २०७५

अन्यत्रको राज्यव्यवस्था अपराधीलाई सार्वजनिक गर्नमा आफ्नो कला प्रदर्शन गर्छ तर नेपालको वर्तमान राज्यव्यवस्थाले अपराधी लुकाउन, पक्षपोषण गर्न र न्यायविरुद्ध अन्यायी राजनीति गर्नमा आफ्नो कला प्रदर्शन गरिरहेको छ ।

चिसो मौसमसँगै तात्न लागेको राजनीति

बुधबार, २८ कार्तिक २०७५

निकै दिनदेखि राजनीतिक क्षेत्रमा विलुप्तप्रायः वाक्यले पुनर्जीवन पाउन लागेको छ । त्यो वाक्य हो– सहकार्य र सहमति । यसले चिसो मौसमसँगै राजनीति तताउन लागेको अनुमान गर्ने पर्याप्त छन् । विजयादशमी र दीपावलीसहितका केही राष्ट्रिय पर्वको अवसर पारेर आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकार्य गर्न कांग्रेस तयार बताएपछि नेकपाका नेता सुवासचन्द्र नेम्वाङले पनि सहकार्यको प्रस्ताव गर्नुभएको छ।

मानव अधिकार आन्दोलनमा क्षति

बुधबार, २१ कार्तिक २०७५

नेपालको आधुनिक मानव अधिकार आन्दोलन क्षेत्रका मूर्धन्य पद्मरत्न तुलाधरको पार्थिव अवशान भएको छ । उहाँ लेखक, भाषासेवी, सामाजिक अभियन्ता र राजनीतिकर्मीसमेत हुनुहुन्थ्यो । नेपालमा मानव अधिकारको विषयले निकै पछि प्रवेश पाएको हो ।

नेपाली कांग्रेस : नयाँ सन्दर्भमा

बुधबार, १४ कार्तिक २०७५

नेपाली कांग्रेस राज्यको आन्तरिक पुनर्संरचनामा आधारित हुँदै आफ्नो विधान परिमार्जन गर्न ब्यस्त छ । परिमार्जित विधानकासाथ यही मंसिरमा महासमिति बैठक बस्ने तयारी गरेपछि नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसका सदस्यको मात्र नभएर राष्ट्रको सिंगो राजनीतिक वातावरणको समेत यसप्रति ध्यानाकर्षण भएको छ।

बडादसैँ र वामदेवको पीडा

बुधबार, ०७ कार्तिक २०७५

यो वर्षको विजयादशमी कतै उत्सव, कतै शोक कतै पीडा बेहोरेर सकिएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमलाई पीडा र शोक दुवै परेको छ भने नेपालको सांस्कृतिक उन्नयन र निरन्तरताको उत्सव उहाँको पार्टीका सबै नेताले बाँकी नेपाली जनतासँगै मनाउन पुगे ।

हिंसाको राजनीतिसँग जोडिएको प्रश्न

बुधबार, २४ असोज २०७५

दशवर्षसम्म सशस्त्र हिंसाको नायकत्व गरी शान्तिपूर्ण राजनीतिमा अवतरित पुष्पकमल दाहालले उहाँकै पार्टीबाट अलग भएर सशस्त्र हिंसाको प्रारूप बनाउन प्रयत्नशील नेत्रविक्रम चन्द ‘विप्लव’ लाई लक्षित गर्दै भन्नुभएछ– जिम्मेवारी लिन नसकेको हिंसात्मक कारबाही आतंककारी हुन्छ।

मृत्युदण्डको गलत बहस

बुधबार, १७ असोज २०७५

आश्चर्यजनक ढंगले मृत्युदण्डको बहस आरम्भ भएको छ । लोकतन्त्रमा विश्वास गर्नेहरूले समेत भावनामा बहेर मृत्युदण्डको व्यवस्थागर्न माग गर्नुले समाजको चिन्तनस्तरलाई उदांग पारेको छ । अहिले जनधनको सुरक्षाको प्रमुख जिम्मेवारी लिएर बसेका गृहमन्त्रीले नै मृत्युदण्डका पक्षमा आफ्नो अभिमत प्रकट गरेपछि यो विषय गम्भीर हुन पुगेको छ।

राष्ट्रकविको राजनीति

बुधबार, १० असोज २०७५

राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष लाग्नुभएको छ । सनातन परम्परामा आशीर्वचन दिनेहरूले शतायुको कामना गरिरहेका हुन्छन् । शतायु जीवन आफैंमा अनमोल उपहार हो । सय वर्षको वयमा समेत राष्ट्रकवि घिमिरे सिर्जनामा तल्लीन हुनुहुन्छ ।

संविधान र अरिंगालको संक्रमण

बुधबार, ०३ असोज २०७५

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको ३ वर्ष पुगेको छ । यसबीचमा संविधानलाई संस्थागत गराउन भएका प्रयास निश्चितरूपमा प्रशंसनीय छन् । खासगरी संविधानअनुसार निर्वाचनद्वारा ३ तहको सरकार निर्माण भएको छ।

आजका लागि बिपी सन्देश

बुधबार, २७ भदौ २०७५

‘असल मान्छे बन्नु, ठूलो बन्ने चाहना नराख्नू’– बिपीले नेपाली समाजलाई एक आदर्श सन्देश दिनुभएको छ । आफ्नो एक उपन्यासकी पात्र मोदी आइन्मार्फत यस्तो सन्देश दिने बिपी कोइरालाको १०५ औंँजन्मदिवस नेपाली कांग्रेस र उहाँका अनुयायीले भदौ २४ गते गच्छेअनुसार मनाए।

बादलमाथि मडारिन लागेको कालो बादल

बुधबार, २० भदौ २०७५

अहिले अकस्मात र अत्यन्त नाटकीयशैलीमा गृहमन्त्री रामबहादुर थापा बादलमाथि सत्ताको अर्को कालो बादल मडारिन थालेको देखिँदैछ ।

साम्यवादी जोगीको शासन

बुधबार, १३ भदौ २०७५

राजनीतिबारे ओसोकोे चर्चित भनाइ छ– राजनीति उसका लागि मात्र हुन्छ जससँग अरु केही गर्ने क्षमता छैन । जो मूर्ति बनाउनसक्दैन, जो चित्रमा रंग भर्न सक्दैन, जो गीत गाउन सक्दैन, जो केही पनि गर्नसक्दैन उसकालागि राजनीति सहज हुन्छ।

विवादका मुद्दा : समाधान अनिवार्य

बुधबार, ०६ भदौ २०७५

प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले जारी गरेको मुलुकी ऐन विस्थापित भएको छ । १ सय ६५ वर्ष पुरानो ऐन संशोधन गर्दै प्रयोगमा ल्याइएको थियो तर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाले त्यो ऐन असान्दर्भिक हुन पुग्यो र नयाँको खोजी भयो । राज्य सञ्चालनका लागि मूल संविधानमात्र पर्याप्त हुँदैन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।