किसान संगीत नेपाली

बेसीसहरमा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको फिल्मसिटी

शुक्रबार, २० असार २०७६

बेसीसहर नगरपालिकाको गाउँसहर–पुरानोकोट क्षेत्रमा अन्तर्राष्ट्रिय(हलिउड)स्तरको फिल्मसिटी बन्ने निश्चित भएको छ । मंगलबार काठमाडौंमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको उपस्थितिमा फिल्मसिटी निमार्णका लागि स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष नायक तथा निर्देशक आकाश अधिकारी र इटालियन कम्पनी वल्र्ड एरिया होल्डिङ एसआरएल कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिग्नोरिल्लोबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

इटाली जान हिँडेका नेपालीकोे लिबियामा मृत्यु, श्रेष्ठ परिवारमा रुवाबासी

शुक्रबार, २० असार २०७६

वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक इटाली जाने सपना बुनेर घरबाट निस्किएका बेंसीसहरका एक युवकको लिबियामा मृत्यु भएको खबरले उनको परिवार र आफन्तजन शोकमा डुबेका छन्।

मुख्यमन्त्रीद्वारा म्यार्दीपुलको अवस्था अवलोकन

बुधबार, १८ असार २०७६

हिमाली जिल्ला मनाङ जाने सवारी आवागमनमा निकै सहज बनाएको म्यार्दीपुल बगाएसँगै विशेष गरी माथिल्लो भेगको जनजीवन प्रभावित बनेको छ।

बजारको तरकारी उपभोग गर्दैनन् उस्ताका बासिन्दा

मङ्गलबार, १४ जेठ २०७६

केही अघिसम्म सदरमुकाम बेसीसहर वा नजिकैका बजारहरु खुदी, भुलभुले र ङादीबाट हरिया तरकारी र फलफूल किनेर उपभोग गर्दै आएका उस्ता गाउँका बासिन्दा हिजोआज गाउँबाटै त्यस्ता वस्तु बिक्री गर्न सक्ने भएका छन् । मस्र्याङ्दी गाउँपालिका–७ उस्ता गाउँका बासिन्दाले गाउँमै सामूहिक रुपमा हरिया तरकारी फलाउन थालेपछि उनीहरु बिक्री गर्न सक्ने अवस्थामा पुुगेका हुन् । उस्ता र उस्ताबेंसी क्षेत्रका जनजाति, दलित, बिपन्न परिवारका २१ जना कृषकले समूह बनाएर सामूहिक खेती गरेका छन् । गाउँबेंसी पौरखी कृषक समूह गठन गरेर ३५ रोपनी क्षेत्रफलमा मौसम अनुसारका तरकारी फलाउन थालिएको समूहकी अध्यक्ष उमा घले बताउँछिन् । उनका अनुसार, कृषकले काउली, बन्दा, फर्सी, काँक्रो, गोलभेंडा, बोडीलगायत तरकारी र फलफूल खेती गरिएको छ ।

कैदी–बन्दीलाई सीपमूलक तालिम

शनिबार, ०४ जेठ २०७६

हिमाली जिल्ला मनाङको सदरमुकाम चामेबजारस्थित कारागारमा विभिन्न कसुरमा सजाय भोग्दै आएका कैदी–बन्दीलाई बाँस र निगालाका सामग्री बनाउने प्रशिक्षण दिइएको छ। कारागार बन्दी जीवन बिताउने ठाउँभन्दा बढी सुधारगृह भएकाले उनीहरूलाई आयमूलक काम गर्न सक्ने भएकाले प्रशिक्षण दिइएको हो।

चट्याङले एउटै गोठमा २८ भेंडा मरे

शुक्रबार, ०३ जेठ २०७६

लेकका खर्कमा भेंडा चराउन लगिएको अवस्थामा घटना घटेको र ढिलोगरी जानकारी गराउन सकिएको अध्यक्ष गुरुङले बताए। गोठमा चारजना भेंडा हेरालो रहेका र उनीहरुले नै घटनाबारे जानकारी दिएको बताइएको छ।

विद्युत् सेवा स्तरीय नहुँँदा पश्चिम लमजुङका उपभोक्ता आक्रोशित

बिहिबार, ०२ जेठ २०७६

पश्चिम लमजुङ विद्युत् उपभोक्ता समितिले उपलब्ध गराउँदै आएको विद्युतीय सेवा नियमित, गुणस्तरीय र प्रभावकारी हुन नसक्दा उपभोक्ता आक्रोशित भएका छन्।

लमजुङका घुम्नयोग्य गाउँ

आइतबार, २९ बैशाख २०७६

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक भ्रमण वर्ष घोषणा गरेको छ। वर्षभरिमा करिब १५ लाख आन्तरिक पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य छ।

लोप हुँदै ‘रत्यौली’

आइतबार, २२ बैशाख २०७६

सम्बन्धको विगत र भविष्यको सेरोफेरोमा घुमेका यस्तै गम्भीर र थुप्रै ठट्यौली अनि रमाइला खालका गीत गाउँदै रत्यौलीमा खुब रमाइलो गरिन्थ्यो उहिल्यै–उहिल्यै।

पर्यटकीय क्षेत्र उत्तरकन्या पूर्ण सरसफाइ गाउँ

सोमबार, २५ चैत २०७५

जिल्लामा सबैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै आएको दक्षिण एसियाकै नमुना बस्ती घलेगाउँमा अवस्थित उत्तरकन्या क्षेत्रलाई पूर्ण सरसफाइ गाउ“ घोषणा गरिएको छ।

स्कुल बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु

शुक्रबार, ३० कार्तिक २०७५

बेसीसहर नगरपालिका १ उदीपुरबजार नजिकै खोलामा स्कुल बसले ठक्कर दिएपछि एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

१९ दिनपछि खुल्यो लमजुङ–मनाङ सडक

आइतबार, १४ असोज २०७५

भदौ अन्तिमसाता गएको मर्स्याङ्दी पहिरोका कारण कतै भत्किएर त कतै पहिरोले पुरेर अवरुद्ध बन्दै आएको लमजुङ–मनाङ सडकमा सवारी आवागमन सुचारु भएको छ। भदौ २७ गते तीजको दिनमा परेको भीषण वर्षासँगै गएको पहिरोले क्षतिग्रस्त बनाएको सडक मर्मतसम्हार गरिएपछि आइतबार दिउँसोदेखि यातायात सेवा सञ्चालन गरिएको हो।

लमजुङमा बाढीको वितण्डाः विभिन्न स्थानमा पहिरो, तीन जनाको मृत्यु, दुई बेपत्ता

बिहिबार, २८ भदौ २०७५

यसवर्ष हरितालिका तीजकै दिन बुधबार परेको अविरल वर्षाका कारण लमजुङका विभिन्न स्थानमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ।

म्यार्दीखोला पुल असारमा सक्ने गरी निर्माण गरिँदै

मङ्गलबार, १२ असार २०७५

हिमालपारीको जिल्ला मनाङ जाने बेसीसहर–चामे सडकखण्ड अन्तर्गत सीमावर्ती म्यार्दीखोलामा असार भित्रै काम सक्ने गरी मोटरेवल पुलको निर्माणकार्य भइरहेको छ।

गाउँघरमा खबर पुर्‍याउन अझैपनि कटुवालकै भर

शुक्रबार, १८ जेठ २०७५

लमजुङको क्व्होलासोथर गाउँपालिका ८ घाम्राङका बिनबहादुर गुरुङले गाउँपारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँलेहरू कान ठाडो बनाउँदै उनलाई सुन्न थाल्छन्।

उहिले लेक, अहिले नमुना गाउँ

मङ्गलबार, ०१ जेठ २०७५

२०५४ सालमा उत्तरकन्या गाउँ विकास समितिको अध्यक्ष बनेपछि घलेगाउँका अगुवा प्रेमबहादुर घलेलाई गाउँको विकास कसरी गर्ने भन्ने चिन्ताले सतायो । गाउँसम्म पुग्नलाई सडक थिएन, कम्मर कसेर ५/६ घन्टा हिँड्नुपर्ने। बिजुलीबत्तीको सुविधा पनि थिएन, टुकीको भर। खानेपानी भर्न गाउँपछाडिको सातकन्या कुवामा बिहान झिसमिसेदेखि नै पालो कुर्नुपर्ने।

नमुना 'होमस्टे' घलेगाउँमा महोत्सवको रौनक

सोमबार, २४ बैशाख २०७५

सार्क राष्ट्रको नमूना ग्रामीण पर्यटकीय होमस्टे घलेगाउँमा आएका पर्यटक तथा सो क्षेत्रका स्थानीयबासी १९ औं घलेगाउँ महोत्सवको रौनक छाएको छ।

लमजुङको ३ ठाउँमा विष्फोटक पदार्थ भेटियो

शनिबार, २२ बैशाख २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेपाल बन्दमा जिल्लाका तीन स्थानमा विष्फोटक पदार्थ भेटिएको छ। शनिबार बेसीसहर–डुम्रे सडक खण्डको पाउँदी, मध्यनेपाल नगरपालिकाको दुईपिप्ले र मर्स्याङ्दी गाउँपालिकाको रामबजारमा विष्फोटक पदार्थ भेटिएको हो।

लेखापाल नहुँदा ४ महिनादेखि सास्तीमा सर्वसाधारण

शनिबार, ०१ बैशाख २०७५

लमजुङको सदरमुकामस्थित बेसीसहर नगरपालिकामा चार महिनादेखि लेखापाल नहुँदा कार्यालयको काम प्रभावित बन्नुको साथै कर्मचारी र अन्य सेवाग्राहीले सास्ती व्यहोर्दै आएका छन् ।

फलाम पिटेरै लखपति!

बुधबार, २८ चैत २०७४

सीताराम कामी बेसीसहरका आरन व्यवसायी हुन् । विहानदेखि साँझसम्म उनी आरन मै भेटिन्छन् । गाउँघरमा प्रयोग हुने हँसिया, बन्चरो, कोदालो बनाउँदा र अर्चाप्दैमा उनको दिन बित्छ । उनी भन्छन्, ‘आरन चलाउनुमा मलाई पछुतो छैन, न अन्तुष्ट छु।’

Ncell Footer Ad