पुष्पराज कोइराला

पुष्पराज कोइराला

जेठदेखि देशभर लोडसेडिङ हटाउन प्राधिकरणको आक्रामक तयारी

मङ्गलबार, १२ पुष २०७३

नेपाल विद्युत् प्राधिकरणले २०७४ जेठपछि देशभर विद्युत् कटौती(लोडसेडिङ) अन्त्य गर्ने तयारी अघि बढाएको छ। परीक्षणका रुपमा दशैंपछि काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले आउँदो जेठपछि देशभरको विद्युत् कटौती हटाउने तयारी अघि बढाएको हो।

काठमाडौं–वीरगन्ज विद्युतीय रेलको सम्भाव्यता अध्ययन गर्न ग्लोबल टेन्डर

शनिबार, ०९ पुष २०७३

रेल विभागले काठमाडौं–वीरगन्ज विद्युतीय रेल मार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) प्रक्रिया अघि बढाएको छ। नेपालको कुल आयात निर्यात व्यापारको करिब ७० प्रतिशत हिस्सा वीरगन्ज नाकाबाट हुने र तराईलाई छोटो दूरीमा राजधानीसँग जोड्ने भएकोले यो रेल मार्ग महत्वपूर्ण हुने भन्दै विभागले अध्ययन अघि बढाएको हो।

'रेलमार्गको गुरुयोजना बनाऊ'

शुक्रबार, ०८ पुष २०७३

व्यवस्थापिका संसदको विकास समितिले नेपालमा रेलमार्ग विस्तारको गुरुयोजना तयार गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल गरी समितिले यस्तो निर्देशन दिएको हो।

'नेपाललार्इ युरोप–अफ्रिकाको रेल सञ्जालसँग जाेड्ने गरी गुरुयोजना बनाऊ'

बिहिबार, ०७ पुष २०७३

व्यवस्थापिका संसदको विकास समितिले नेपाललार्इ ट्रान्स एसियन र ट्रान्स साइबेरियन रेल नेटवर्कसँग जाेडेर युराेप तथा अफ्रिकासम्म रेल सञ्जाल विस्तार गर्ने गरी रेलमार्गको गुरुयोजना तयार गर्न सरकारलाई निर्देशन दिएको छ।

पुसभित्र उपत्यकामा थप ३ यातायात कार्यालय सञ्चालनमा आउने

सोमबार, ०४ पुष २०७३

यातायता व्यवस्था विभागले काठमाडौं उपत्यकामा थप ३ ओटा यातायात व्यवस्था कार्यालय विस्तारको काम पुस महिनाको अन्तिममा मात्र सकिने जनाएको छ।

कलंकीमा बन्दैछ नेपालकै पहिलो ‘अन्डर पास’ रोड

मङ्गलबार, २१ मङि्सर २०७३

कलंकी चोकमा रोड क्रस गर्न पैदलयात्रीले प्रयोग गर्दै आएको दुई खम्बे आकाशे पुल (ओभर हेड पेडिस्ट्रियन ब्रिज) अहिले देख्न पाइँदैन। त्यही ठाउँको बीच सडकमा जस्तापातले घेरेर निर्माण कार्य चलिरहेको अहिले देख्न पाइन्छ। र, संभवतः अबको झण्डै डेढ वर्षपछि यहाँ देख्न सकिन्छ– ८ सय मिटर लम्बाइको एक शानदार अन्डरपास रोड। जुन खसिबजारदेखि बाफलसम्मको लम्बाइको हुनेछ।

वैशाखदेखि नेपालमा युरो ४ मापदण्डको पेट्रोलियम

बुधबार, ०१ मङि्सर २०७३

नेपाल आयल निगम(एनओसी)ले २०१७ को अप्रिलदेखि युरो–४ मापदण्डको तेल(डिजेल र पेट्रोल) प्रयोगमा ल्याउने भएको छ। इन्डियन आयल कर्पोरेशन(आईओसी)ले आउँदो अप्रिलदेखि युरो–४ मापदण्डको तेल उत्पादन, बिक्री वितरण र देशैभर प्रयोगमा ल्याउने भएपछि एनओसीले यो निर्णय लिन बाध्य भएको हो।

गृहमन्त्री निधिलाई भारतबाट छोराको प्रश्नः बाबा भारू नोट के गरम् ?

शुक्रबार, २६ कार्तिक २०७३

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पाँच सय र हजारको भारतीय नोटमा लागेको प्रतिबन्धले नेपालीलाई समेत समस्यामा पारेको बताएका छन्। नेपालीसँग भएको भारतीय नोट फिर्ता गर्ने विषयमा पहल गर्नुपर्ने पनि उनले बताए।

इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा ५ समूहबीच प्रतिस्पर्धा

बुधबार, २९ भदौ २०७३

काठमाडौं–नेपाल इन्जिनियर्स एशोसिएशनको ३१ औं कार्यकारिणी परिषदको निर्वाचनमा पाँच समूहबीच प्रतिस्पर्धा हुने भएको छ। लोकतान्त्रिक समूहबाट हरेराम श्रेष्ठले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्।

दसैंलाई ६० हजार खसीबोका, असोज १ देखि सुपथमूल्य पसल

मङ्गलबार, २१ भदौ २०७३

दसैंका लागि यस वर्ष काठमाडौं उपत्यकामा बिक्रीवितरण गर्न करिब ६० हजार खसीबोका–च्याङ्ग्रा ल्याइने भएको छ। नेपाल खाद्य संस्थान, पशु चौपाया व्यवसायी संघ तथा अन्य फुटकर निजी व्यवसायीले खसीबोका–च्याङ्ग्रा ल्याउन थालेका हुन्।

दशैंका लागि असोज १६ बाट नयाँ नोट वितरण

सोमबार, २० भदौ २०७३

नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १६ गतेबाट नयाँ नोट वितरण सुरु गर्ने भएको छ। काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि प्रतिव्यक्ति ३७ हजार पाउने गरी केन्द्रीय बैंकले नयाँ नोट वितरण गर्न लागेको बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले नागरिक न्युजलाई बताए।

बैंकमा थुप्रियो, व्यापारी अवैध सुनमा निर्भर

बुधबार, ०८ भदौ २०७३

सुन आयात तथा बिक्री वितरण कार्यविधि–२०६८ संशोधनमा ढिलाइ हुँदा वाणिज्य बैंकहरुमा सुन थुप्रिने र व्यवसायीले वैध सुन नपाउने समस्या जटिल बन्दै गएको छ । उक्त कार्यविधि संशोधनका लागि वाणिज्य मन्त्रालय, राष्ट्र बैंक, बैंकर्स एसोसिएसन र व्यवसायी समेतले सकारात्मक भएको बताइरहे पनि संशोधन भई कार्यान्वयनमा भने आउन नसकेको हो।

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् !

मङ्गलबार, ११ साउन २०७३

काठमाडौं– रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा नेपालसँगको समन्वयमा कोरियाको मानव संसाधन विकास विभागले रोजगार अनुमति प्रणालीअन्गर्तत लिएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

मातातीर्थका ४ खानेपानी उद्योगमा शिलबन्दी

सोमबार, २७ असार २०७३

काठमाडौं– विभिन्न सरकारी निकायका प्रतिनिधि सम्मिलित संयुक्त बजार अनुगमन टोलीले सोमबार मातातीर्थ क्षेत्रका ४ पानी उद्योगलाई शिलबन्दी गरेको छ। मातातिर्थ क्षेत्रमा सञ्चालित पानी उद्योगहरुको अनुगमन निरीक्षणका लागि सञ्चारकर्मीहरुसहित त्यस क्षेत्रमा पुगेको टोलीले मातातीर्थ स्प्रिङ वाटर एन्ड वेभरेज प्राली र स्प्रिङ मिनरल वाटर अफ मातातीर्थ प्राली, सगरमाथा फुड एण्ड वेभरेज र राेयर स्प्रिङ मिनरल एण्ड वेभरेज प्रालीको उत्पादन प्लाण्टमा शिलबन्दी गरेको हो।

Ncell Footer Ad