नगेन्द्र उपाध्याय

कर्णाली प्रदेशमा नेकपा विजयी

बिहिबार, ०९ माघ २०७६

राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेकपा विजयी भएको छ। नेकपाका तर्फबाट उम्मेदवार बनेका सुमित्रा विसी र मायाप्रसाद शर्मा विजयी भएका हुन्। निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका अनुसार विसीले तीन हजार ६ सय ८४ मत ल्याएकी छन्। उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गणेशकुमारी बस्नेतले एक हजार २६ मत ल्याइन्।

चालु आर्थिक बर्षभित्रै छाउगोठमुक्त कर्णाली

बिहिबार, ०९ माघ २०७६

कर्णाली प्रदेशलाई चालू आर्थिक वर्षभित्रै छाउगोठमुक्त घोषणा गरिने भएको छ। तीनै तहका सरकारले आगामी असारभित्र कर्णाली प्रदेशको कुरीति र कलंकका रूपमा रहेको छाउ कुप्रथालाई भौतिक तथा मानसिक रूपमा अन्त्य गर्ने भन्दै बुधबार साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे।

कर्णालीलाई असारभित्र छाउ गोठ मुक्त गरिने

बुधबार, ०८ माघ २०७६

कर्णाली प्रदेशलाई चालू आर्थिक वर्षभित्रै छाउ गोठ मुक्त घोषणा गरिने भएको छ। तीनै तहका सरकारले असारभित्र कर्णाली प्रदेशमा कुरिति र कलंकका रुपमा रहेको छाउ कुप्रथालाई भौतिक तथा मानसिक रुपमा अन्त्य गर्ने साझा प्रतिवद्धता–पत्रमा बुधबार हस्ताक्षर गरेका हुन्।

‘कर्णाली उज्यालो कार्यक्रम’ का लागि वैकल्पिक उर्जासँग समझदारी

मङ्गलबार, ०७ माघ २०७६

प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग संझौता गरेको छ। मंगलबार मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमारी वस्नेत र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीबीच समझदारी–पत्रमा हस्ताक्षर भएको छ।

भाडा तिर्दैनन् व्यापारी

मङ्गलबार, ०७ माघ २०७६

सम्झौता अवधि सकिँदा पनि व्यक्तिले भाडामा लिएका संरचना नगर विकास समितिले फिर्ता ल्याउन सकेको छैन।

‘घोकन्ते होइन, व्यवहारिक शिक्षाको आवश्यकता’

शनिबार, ०४ माघ २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोकन्ते भन्दा व्यवहारिक शिक्षाको आवश्यकता रहेको औल्याएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कर्णाली प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले व्यवहारिक शिक्षामा जोड दिन आग्रह गरे। ‘अहिलेको शिक्षा पण्डित्याई जस्तो छ,’ उनले भने, ‘यसको अन्त्य गरेर व्यवहारिक शिक्षातर्फ ध्यान दिन आवश्यक छ।’ उनले भाषा, संस्कृतिको संरक्षण पनि शिक्षा क्षेत्रले ध्यान पुर्‍याउनुपर्ने बताए।

पञ्चपुरीमा औद्योगिक ग्रामको काम सुरु

शुक्रबार, ०३ माघ २०७६

पञ्चपुरी नगरपालिकाका चतुरे र दुलालथाईबीचको क्षेत्रमा औद्योगिक ग्राम स्थापनाको काम सुरु भएको छ। देशभरका ३५ स्थानीय तहमध्ये कर्णालीको पञ्चपुरी नगरपालिका र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा औद्योगिक ग्राम स्थापना हुन लागेको हो। यसका लागि नगरपालिकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समझदारी–पत्रमा हस्ताक्षर गरेको छ।

सडक मानवमुक्त बन्दै कर्णाली

शुक्रबार, ०३ माघ २०७६

खुला आकाशमुनिा जीवन बिताउनुपर्ने अवस्था अन्त्य गर्न, एकसरो कपडा लगाउन र एक छाक खान माग्नुपर्ने अवस्थाको अन्त्य गर्न, संविधानको मर्म र लोककल्याणकारी राज्यको अवधारणा सार्थक पार्न, सभ्य, सुसंस्कृत एवं मानवीय संवेदनासहितको समाज निर्माण गर्न कर्णालीलाई सडक मानवरहित घोषणा गर्न लागिएको हो।

नेपालकै ठूलो बुद्धमुर्ति निर्माण हुँदै

बिहिबार, ०२ माघ २०७६

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपालकै ठूलो बुद्धमुर्ति स्थापना हुने भएको छ। वीरेन्द्रनगर–६ स्थित बुद्धसरोवरमा सय आठ फिट अग्लो बुद्धमुर्ति स्थापना गर्न लागिएको हो। बुद्ध सरोवर समितिका अनुसार बुद्धमुर्ति स्थापनाका लागि कर्णाली प्रदेशका हरेक नागरिकसंग एक सय रुपैयाँ दान मागिने छ।

छोरीको खाता खोल्न स्थानीय तहलाई चार करोड

बुधबार, ०१ माघ २०७६

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी सुरु गरेको ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहलाई झण्डै चार करोड रुपैयाँ पठाएको छ। सामाजिक विकास मन्त्रालयले कर्णालीका ७९ स्थानीय तहलाई तीन करोड ८४ लाख रुपैयाँ पठाएको हो।

बराहतालको गुरुयोजना तयार

बुधबार, ०१ माघ २०७६

दुई वर्षअघिसम्म नाम जस्तै थियो, बराहताल। तरंगाको घना जंगल बीचमा १२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल आफैमा सुन्दर थियो।

‘भ्रष्टाचार नेपाली जनताको साझा शत्रु’

मङ्गलबार, २९ पुष २०७६

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले भ्रष्टाचार नेपाली जनताको साझा शत्रु भएकाले यसलाई जरैदेखि उखेल्नुपर्ने बताएका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले तयार पारेको २९ औं वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख कलौनीले समग्र देशको आकडा हेर्दा कर्णाली प्रदेशमा अख्तियार दुरुपयोगको अवस्था कम देखिनु भौगालिक विकटता, जनचेतना र पहुँचको कमीले हुनसक्ने बताए।

‘समृद्धिका लागि युवाहरुको साथ र सहयोग आवश्यक’

मङ्गलबार, २९ पुष २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। प्रदेश युवा सम्मेलन–२०२० को वीरेन्द्रनगरमा समापन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली गरिवी, अशिक्षा र अभाव मात्रै नभएर संभावनाको पनि खानी भएकाले ति संभावना उजागर गर्न युवाहरु अग्रसर हुनुपर्ने बताए।

व्यवसायीको हितमा संशोधन

बुधबार, २३ पुष २०७६

कर्णाली प्रदेश सरकारले क्रसर उद्योग सञ्चालन कार्यविधि संशोधन गरेको छ। निर्माण व्यवसायीको दबाबमा मन्त्रिपरिषद् बैठकले ‘क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्न बनेको कार्यविधि–२०७५’ संशोधन गरेको हो।

संरचना हटाउने प्रक्रिया सुरु

मङ्गलबार, २२ पुष २०७६

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढीदेखि चाइना पुलसम्मको करोडौं मूल्य पर्ने जमिन सरकारले आफ्नो नाममा ल्याएसँगै त्यहाँको संरचना हटाउने प्रक्रिया सुरु भएको छ।

प्रहरीमाथि विप्लव समूहको आक्रमण

बुधबार, १६ पुष २०७६

पश्चिम सुर्खेतको पञ्चपुरी–८ स्थित चेनेरीताल जंगलमा प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले प्रहरीमाथि आक्रमण गरेको छ।

झोलुंगे पुलले दुई घण्टाको यात्रा १० मिनेटमै

आइतबार, ०६ पुष २०७६

भेरी नदीमाथि पुल नहुँदा साबिकको घुमखहरे गाविसबाट सहारे आउन दुई घण्टासम्म पैदल यात्रा गर्नुपथ्र्यो। भेरीको जंघार तर्ने क्रममा जोखिम मोल्नुपथ्र्यो। अहिले आँपसोतीमा पुल बनेपछि दुई घण्टाको यात्रा १० मिनेटमा झरेको छ भने जोखिम पनि टरेको छ।

कर्णालीमा लगानी गर्न होटल व्यवसायी आतुर

शनिबार, ०५ पुष २०७६

यवसायीहरुले सुरक्षा, पूर्वाधार र राजस्वमा सहुलियत दिइए आफूहरु कर्णालीमा लगानी गर्न आतुर रहेको बताएका छन्। उनले कर्णाली पर्यटकका लागि ‘भर्जिन ल्याण्ड’ रहेको बताउँदै प्रदेश सरकारलाई लगानी आकर्षित गर्ने कार्यक्रम ल्याउन आग्रह गरे। कैलालीका होटल व्यवसायी यामबहादुर बमले पछिल्लो समय कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्दै गएपनि सो अनुसार पूर्वाधार निर्माणमा राज्यले ध्यान दिन नसकेको बताए।

गर्भवतीलाई अण्डा, शिशुलाई न्यानो कपडा

शनिबार, ०५ पुष २०७६

स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँचका साथै सुरक्षित सुत्केरी गराउने कार्यलाई प्रोत्साहन गर्न कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाले ‘पोषिलो नासो’ कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई चार पटकसम्म एक–एक क्यारेट अण्डा र सुत्केरीपछि शिशु र आमालाई न्यानो कपडा वितरण गर्नेछ।

‘न न्याय न राहत’

शुक्रबार, ०४ पुष २०७६

२०६६ फागुन २६ गते। हरिहरपुर–२ कोप्सेराका आठजना स्थानीय बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको वन क्षेत्रमा काउलोको रुखबाट बोक्रा ताछ्दै थिए। बेलुका आठ बजेतिर निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती त्यहाँ पुग्यो। सेनाको गस्ती आएको थाहा पाएपछि रत्नबहादुरसहित केही भागे।

Ncell Footer Ad