दमन राई

ऐतिहासिक गढीमा साकेला नाच

आइतबार, ०५ जेठ २०७६

चराचुरुङ्गी बेंसीबाट लेकतिर जाने गर्मी याममा उभौली तथा लेकबाट बेंसीतिर झर्ने जाडो याममा उद्यौली पर्व मान्ने प्रचलन छ।

पुलको सार्वजनिक सुनुवाइमा ठेकेदार अनुपस्थित

आइतबार, ०५ जेठ २०७६

साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने तावा खोलाको पुलको विषयमा आयोजना गरिएको सार्वजनिक सुनुवाइमा निर्माण व्यवसायी नै अनुपस्थित भएका छन्। ठेक्का सम्झौता भएको वर्ष दिन बित्न लागेकाले साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा जोड्ने पुलको विषयमा प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय उदयपुरले आयोजना गरेको सार्वजनिक सुनुवाइमा निर्माण व्यवसायी अनुपस्थित भएका हुन्।

आगलागी पीडितलाई गाउँपालिकाको राहत

शुक्रबार, २७ बैशाख २०७६

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आगलागी पीडितलाई राहत प्रदान गरेको छ। बैसाख २४ गते राति भएको आगलागीमा सर्वस्व गुमाएका ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका अग्नी पीडित टेकबहादुर बिकको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

७ महिनादेखि कुवेतको अस्पतालमा छट्पटाउँदै एक नेपाली

बुधबार, २५ बैशाख २०७६

कुबेतमा भएको सडक दुर्घटनामा गम्भीर घाईते भएका एक नेपाली ७ महिनादेखि अस्पतालको बेडमा छट्पटाइरहेका छन्। ड्युटी जानेक्रममा भएको सडक दुर्घटनामा गम्भीर घाईते भएका खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका गंगाबहादुर गुर्मछाने मगरलाई गत भदौदेखि कुवेतको जहारा अस्पतालमा राखिएको छ।

नगरपालिकामा ‘शैक्षिक सुधार वर्ष’को प्रतिबद्धता

मङ्गलबार, २४ बैशाख २०७६

हलेसी तुवाचुङ नगरपालिकाले शैक्षिक सत्र २०७६ लाई ‘शैक्षिक सुधार वर्ष’का रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको छ। नगरपालिकाले ‘शैक्षिक सुधारमा हाम्रो प्रतिबद्धता’सम्बन्धी एक दिने अन्तक्र्रियात्मक सेमिनार आयोजना गरी सो विषयमा प्रतिबद्धता जनाएको हो।

तरकारी खेतीमा रमाउँदै किसान

आइतबार, २२ बैशाख २०७६

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले सामूहिकरुपमा तरकारी खेती लगाएका छन्। तराईबाट त्रि–धार्मिकस्थल हलेसीलगायत स्थानीय बजारमा आउने तरकारी विस्थापित गर्ने लक्ष्यसाथ स्थानीय बरबोटे विजवृद्धि कृषक समूहमा आवद्ध किसानले सामूहिकरुपमा तरकारी खेती लगाएका हुन्।

भूकम्पलगत्तै घर बनाउने पीडितले अनुदान पाएनन्

सोमबार, १६ बैशाख २०७६

उक्त कार्यक्रममा सहभागी जिल्लाका जनप्रतिनिधिले २०७२ वैशाख १२ को भूकम्पलगत्तै घर बनाएका वास्तविक पीडितलाई राज्यले अनुदान उपलब्ध गराउन नसकेको बताए।

सामुदायिक विद्यालयमा भर्ना हुन ‘इन्ट्रान्स’

सोमबार, १६ बैशाख २०७६

नयाँ शैक्षित्र–सत्रका लागि भर्ना अभियान चलिरहँदा कतिपय विद्यालयलाई विद्यार्थी पाउन धौ–धौ परिरहेको छ। तर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविले भने भर्ना हुन आएका विद्यार्थीको चाप थेग्न प्रवेश परीक्षा (इन्ट्रान्स) को सहारा लिनुपरेको छ। शिशु कक्षादेखि कक्षा १० सम्म भर्ना हुन आउने विद्यार्थीको चाप बढी भएपछि ‘इन्ट्रान्स’ लिएर नाम निकाल्ने विद्यार्थीको मात्र भर्ना गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक अध्यानबहादुर राईले बताए।

खोटाङमा एकैसाथ दुई सडक शिलान्यास

शनिबार, १४ बैशाख २०७६

प्रदेश सरकार पूर्वाधार विकास कार्यालय उदयपुरको अनुदानमा आगामी असार १५ गतेसम्ममा पूरा गर्नेगरी निर्माण कम्पनी काष्ठमण्डप–आजाद जेभीले दुवै सडक स्तरोन्ततिका काम जिम्मा लिएको हो।

डुंगा र ट्युबको भरमा जीवन

मङ्गलबार, १० बैशाख २०७६

अधिकतर नदीमा पितापुर्खाको पालादेखि सञ्चालनमा रहेका डुंगा झोलुङ्गे पुलले विस्थापित गरिसकेको छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीय अहिले पनि डुंगाकै भरमा सुनकोसी वारपार गरिरहेका छन्।

बाहुनीडाँडाको पुछारमा बेवारिसे शव

आइतबार, ०८ बैशाख २०७६

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा दुधकोसी किनारमा बेवारिसे शव फेला परेको छ। बाहुनीडाँडाको लुलीको पुछारमा पर्ने सान्नेदोभानमा पुरुषको बेवारिसे शव फेला परेको हो। नदीको पानीमा ढुंगामा अड्किएको अवस्थामा शव फेला परेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए।

गरिब परिचय पत्र वितरणमा धनी बाधक

आइतबार, ०८ बैशाख २०७६

अवकाशप्राप्त प्रधानाध्यापक खोटाङ, रावाबेंसी गाउँपालिका–४ डुम्रेधारापानीका विष्णुप्रसाद अधिकारीको नाम सामान्य गरिबको सूचीमा समावेश छ। मोरङ बसाइ सरिसकेका रावाबेंसीकै राजन अधिकारी मध्यम गरिब तथा ज्यामिरेका वडा सचिव दानबहादुर मगर, सोलुखुम्बु हुलाकमा कार्यरत गोविन्दप्रसाद रिजाल, देउराली मावि डुम्रेधारापानीका शिक्षक एकवल्लभ रिजालको नाम पनि अति गरिबको सूचीमा समावेश छ। यस्तै, ऐंसेलुखर्क गाउँपालिका–५ दुबेकोलका मकरध्वज गुरुङ, छविलाल निरौलालगायतको नाम गरिब परिवारको सूचीमा राखिए पनि अन्य गरिबको तुलनामा अस्वाभाविक लाग्छन्।

म्याद गुज्रेका औषधि जफत

शुक्रबार, ०६ बैशाख २०७६

खोटाङको जन्तेढुंगा गाउँपालिकामा सञ्चालित औषधि पशलबाट म्याद गुज्रेका औषधि जफत गरिएको छ।

सुत्केरी उकास्दै ‘सुत्केरी भेट'

बिहिबार, ०५ बैशाख २०७६

‘हुनेखाने’ परिवारका सुत्केरीलाई पोसिला खानेकुरा जुटाउन समस्या हुन्न। तर वर्षभरि हातमुख जोर्न धौ–धौ पर्ने परिवारका सुत्केरीलाई त्यस्ता खानेकुरा जुटाउन सहज छैन। आमा समूहको सुत्केरी भेटले आर्थिक अवस्था नाजुक भएका परिवारका सुत्केरी सबैभन्दा बढी लाभान्वित भएका छन्।

निष्क्रिय सहकारी संस्था पुनः सञ्चालन

मङ्गलबार, ०३ बैशाख २०७६

खोटाङमा आठ वर्षसम्म निष्क्रिय रहेको सहकारी संस्थालाई पुःन सञ्चालनमा ल्याइएको छ। २०६६ सालमा सहकारी डिभिजन कार्यालय उदयपुरमा दर्ता गरेर वर्षदिनसम्म सञ्चालन गरेपछि बन्द भएको प्यारागन सहकारी संस्थालाई पुःन सञ्चालनमा ल्याइएको हो।

खोटाङ बस दुर्घटना: एकको मृत्यु, १३ घाइते

मङ्गलबार, ०३ बैशाख २०७६

खोटाङमा भएको बस दुर्घटनामा एकको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्। काठमाण्डौंबाट दिक्तेलका लागि छुटेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घट्ना भएको हो।

सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिन्छौँ : उपेन्द्र यादव

बिहिबार, २८ चैत २०७५

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारमा सहभागी हुनेक्रममा गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताएका छन्।

साप्सु पुलको काम नगर्ने ठेकेदारको प्रतिनिधि परिवर्तन

सोमबार, १८ चैत २०७५

म्याद गुज्रेको १५ महिना बित्दासमेत खोटाङको लफ्याङ र मात्तिम जोड्ने साप्सु पुल निर्माणको काम पूरा नभएपछि ठेकेदार कम्पनीको प्रतिनिधि परिवर्तन गरेर काम अघि बढाइएको छ।

जीर्ण सडक मर्मत गरिँदै

आइतबार, १७ चैत २०७५

पिच उक्किएर जीर्ण बनेको खोटाङको जयराम–हलेसी सडकको च्यास्मिटारदेखि हलेसीसम्मको सडकखण्ड मर्मतको तयारी गरिएको छ। आठ÷नौ वर्षअघि गरिएको ओटासिल पिच उक्किएर खाल्डैखाल्डा भएकाले ३० किलोमिटर सडक (च्यास्मिटार–दुर्छिम–हलेसी) मर्मतको तयारी गरिएको हो।

लोपोन्मुख भाकामा सुनिए पदम

शुक्रबार, १५ चैत २०७५

खोटाङका गायक तथा संगीतकार पदम थुलुङ राई हङकङबासी नेपालीमाझ लोपोन्मुख किराती भाका लिएर हालै प्रस्तुत भएका छन्। सांगीतिक कार्यक्रमका लागि हङकङ पुगेका राईले किराँती समुदायमा रहेका लोपोन्मुख भाकालाई गीतमार्फत प्रस्तुत गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।