सामाजिक सञ्जालमा यतिबेला भालुको बच्चा हिउँ परेको पहाड चढ्दै गरेको भिडियो भाइरल भएको छ। भालुको बच्चा अनेक असफलताका बीच पनि पहाडमा उक्लिन कोसिस गरिरहेको भिडियोमा देखिन्छ।
चर्चाको शिखरमा रहेका सांगीतिक व्याण्डहरु छुट्टिएको खवर सार्वजनिक हुँदा फ्यानहरु निराश हुन्छन्। फ्यानहरुको संख्या बाँडिदा प्रख्याती घट्छ। कतिपय भने जानेलाई जान देउ र बाँकी रहनेलाई साथ देउ भन्ने खालका पनि हुन्छन्।
सन् २०१७ मा अमेरिकाले डोनाल्ड ट्रम्पलाई नयाँ राष्ट्रपतिको रुपमा पायो। किम जोंग उनले नेतृत्व गरिरहेको उत्तर कोरियाले अमेरिकाको हरेक चेतावनीलाई वेवास्ता गर्दै लगातार ब्यालेस्टिक मिसाइलको परीक्षण गरिरह्यो।
युरोपेली मुलुक माल्टामा भएको भ्रष्टाचारसम्बन्धी पानामा पेपर्स अनुसन्धानको नेतृत्व गरेकी प्रसिद्ध पत्रकार एवं ब्लगर डाफ्ने कारुआना गालिजियाको कार बम विस्फोटनमा परी मृत्यु भएको माल्टा प्रहरीले जनाएको छ।
अमेरिकाको लासभेगासमा गोलीवारी भएको छ। गोलीवारीमा २० भन्दा बढी मानिसको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। घटमा परि एक सय भन्दा बढी घइते भएका छन्। सनसेट स्ट्रिपमा रहेको मन्डाले बे होटल नजिक भएको म्युजिक फेष्टिवलमा एक बन्दुकधारीले गोली चलाएको थियो।