प्रेम चुनारा

दुई दशकदेखि भन्सारविहीन तिंकर नाका, घट्दै तिब्बत व्यापार

बुधबार, २६ मङि्सर २०७५

दार्चुलाको नेपाल–भारत र चीन जोड्ने त्रिदेशीय व्यापारिक नाकाको सीतापुल तिंकर छोटी भन्सार दुई दशकदेखि विस्थापित अवस्थामा छ। नेपाल, भारत र चीनको सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दै आएको छ।

असुरक्षित बन्दै त्रिदेशीय सीमाक्षेत्र

बिहिबार, २० मङि्सर २०७५

दार्चुलाको उत्तरी भेगमा रहेको व्यास गाउँपालिकाको त्रिदेशीय सीमाक्षेत्रमा राज्यको पहुँच नहुँदा असुरक्षा बढ्दै गएको छ। व्यास क्षेत्रका स्थानीय सौका समुदाय र प्रहरी बेंसी झरेसँगै त्यो क्षेत्र राज्यविहीन बनेपछि असुरक्षा बढेको हो।

दार्चुलामा मिनिबस दुर्घटना हुँदा दुर्इको मृत्यु, १८ घाइते

शुक्रबार, ०७ मङि्सर २०७५

दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा मिनिबस दुर्घटना भएको छ। म १ ख ४३६नम्बरको मिनिबस सडकबाट तीन सय मिटर तल भिरमा खसेको छ।

दार्चुलामा लगातार भूकम्पको दुई धक्का

आइतबार, २५ कार्तिक २०७५

आईतबार दिउँसो १२ बजे ५२ मिनेटमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ। त्यसको ७ मिनेटपछि ४.१ रेक्टरको पराकम्पन आएको छ।

जीप दुघर्टनामा ३ घाइते

आइतबार, ११ कार्तिक २०७५

महाकाली नगरपालिका २ सेलाबाट यात्रु पुगाएर सदरमुकाम खलंगा फर्कने बेला जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। से१ज २६७ नम्बरको जीप महाकाली नगरपालिका ३ काटै नजिक दिउँसो ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

नेपाल–चीन सुरक्षा: सीमा समस्याबारे ताक्लाकोटमा बैठक

सोमबार, ११ भदौ २०७५

सीमा सुरक्षा, थप नाका सञ्चालनलगायतका विषयमा नेपाल र  चीनका स्थानीय प्रशासन तथा सुरक्षा निकायको बैठक चीनको स्वशासित तिब्बतको सीमावर्ती क्षेत्र तक्लाकोटको अलीमा सुरु भएको छ।

नेपाल र चीनको सीमा बैठक तक्लाकोटमा सुरु

आइतबार, १० भदौ २०७५

नेपाल र चीनका स्थानीय प्रशासन तथा सुरक्षा निकायको बैठक चीनको स्वशासित क्षेत्र तिब्बतको सीमावर्ती सहर तक्लाकोटको अलीमा सुरु भएको छ। चाइना नेपाल पोलिसी कोअपरेशन इन्फरमेशन बैठकमा तिब्बतसंग सीमा जोडिएका नेपालका तर्फबाट दार्चुला र हुम्ला जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता छ।

दार्चुलामा विपदको त्रास

सोमबार, ०४ भदौ २०७५

वर्षेनी बाढी र पहिरोबाट ठूलो धनजनको क्षति व्यहोर्दै आएको दार्चुला यो वर्ष पनि विपदको त्रासमा छ। जिल्लाको अधिकाश भूभाग बाढी, पहिरो, चट्याङजस्ता प्रकृतिक प्रकोपको उच्च जोखिममा छ ।

नेपाल भारत सीमामा रहेको महाकाली नदीको पुल पहिरोले क्षतिग्रस्त

आइतबार, ०३ भदौ २०७५

दार्चुलाको उत्तर क्षेत्र महाकालीको  नेपाल भारता सीमा  झोलुंगेपुल पहिरोले क्षतिग्रस्त भएको छ। पुलमा पहिरोले क्षति पुर्‍याएपछि आवतजावत बन्द गरिएको छ। वर्षाका कारण गएराति खसेको पहिरोको कारण पुल जोखिममा रहेकाले आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

दार्चुला-गोकुलेश्वर खडकखण्ड अवरुद्ध

शनिबार, ०२ भदौ २०७५

महाकाली लोकमार्ग अन्तर्गत  दार्चुला गोकुलेश्वर खडकखण्ड अवरुद्ध भएको छ। शुक्रबार राती परेको पानीले  महाकाली नगरपालिका ८ काँकडा  खोलामा आएको बाढीले सडक बगाउँदा यातायात सेवा अबरुद्ध भएको छ। शुक्रबार बेलुकीको अबिरल बर्षासंगै आएको बाढिका कारण कांकडा  खोलामा एक्कासी पानीको सतह बढ्दा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

दार्चुला सडक २ दिनदेखि अवरुद्ध

मङ्गलबार, २९ साउन २०७५

लगातारको वर्षाका कारण पहिलो जादा दार्चुलाको गोकुलेश्वर–दार्चुला सडकखण्ड २ दिनदेखि अवरुद्ध भएको छ।

धौलीगंगा ड्याम खोलियो

सोमबार, २८ साउन २०७५

महाकाली नदीको सहायक नदी धौलीगंगा नदिको ड्याम खोलीएको छ। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित  धौलीगंगा  जलविद्युत परियोजनाको बाँध खोलिएको हो।

घामको भरमा चल्छ दार्चुलाको सञ्चार सेवा

सोमबार, २८ साउन २०७५

नेपाल टेलिकमको सञ्चार सेवा दार्चुलामा घामको भरमा चल्ने गरेका छन। लगातार मौसम खराब भई घाम नलागेपछि नेपाल टेलिकम दार्चुलाको ल्याण्डलाइन, मोबाइल फोन र इन्टरनेट सेवा पटक पटक ठप्प  हुने  गर्दछन्।

महाकाली बाढी पीडितलाई पाँच बर्षपछि साढे ३ हजार राहत

बुधबार, २३ साउन २०७५

महाकाली बाढी पीडितलाई पाँच बर्षपछि राहत रकम वितरण हुने भएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयले महाकाली बाढीबाट पूर्ण क्षती भएका १ सय १३ परिवारलाई कोषमा बचेको चार लाख रुपैँया वितरण गरिने  भएको छ।

दार्चुलामा पहिरोले घर पुरिँदा एकको मृत्यु, ४ घाइते

बुधबार, ०९ साउन २०७५

दार्चुलामा पहिरोले घर पुरिँदा एक जनाको  मृत्यु भएको छ। बुधबार बिहान घरमा सुतिरहेका बेला आएको  पहिरोमा घर पुरिनुका साथै एक जनाको घटनास्थलमै पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपाल–भारत सीमा बैठक : पहिरो हटाउने र विपद् व्यस्थापन सूचना आदानप्रदानकाे सहमति

बिहिबार, २८ असार २०७५

नेपाल र भारतका अधिकारीहरु सम्मिलित सुरक्षा समन्वय समितिको बैठक दार्चुलामा सम्पन्न भएको छ। दुबै देशको तर्फबाट बैठकमा प्रस्तुत भएका एजेण्डाहरुमा छलफल आपसी समझदारी कायम गरिएको छ।

यार्सागुम्बा संकलनमा कमी, संकलक निराश

आइतबार, २४ असार २०७५

दार्चुलामा यसवर्ष यार्सागुम्बा उत्पादन तथा संकलनमा कमी आएको छ। बिगतका  वर्षहरूको तुलनामा यस वर्ष आधा मात्रै संकलन भएको यार्सा टिप्ने लेकबाट फर्केका संकलकहरूले बताएका छन्।

नेपाल–भारत सीमा बैठक दार्चुलामा

शनिबार, २३ असार २०७५

नेपाल र भारतका अधिकारीहरूको समन्वय बैठक असार २८ मा हुने भएको छ। नेपाली पक्षको पहलमा दार्चुला सदरमुकाम खलंगामा बैठक आयोजना गर्ने तयारी भइरहेको छ।

विपदको जोखिम पूर्व सूचना प्रणाली भारतको भरमा

बुधबार, २० असार २०७५

दार्चुला जिल्ला विभिन्न प्राकृतिक विपदका कारण सधै खतरमा रहेको छ। विभिन्न अध्ययनका आधारमा दार्चुला जिल्लामा प्राकृतिक खतराहरुमध्ये भूकम्प, चट्याङ, बाढी पहिरो मुख्य रुपमा रहेका छन्। यसै अन्तर्गत अहिले बर्षातको समयमा महाकाली नदिबाट जोखिम बढ्दो अवस्थामा रहेको छ।

मालपा खोलाको पुल बगाउँदा पैदल यात्रु अलपत्र

बुधबार, २० असार २०७५

महाकाली किनारको भारतीय क्षेत्र मालपामा दुबैतर्फको पुल बग्दा केही पैदल यात्रु बीचमै रोकिएका छन्। धारचुलादेखि करिब ५० किलोमिटर टाढा रहेको नजंङखोला र मालपा खोलामा राखिएको स्टिल पुल बाढी र पहिरोले बगाएको भारतीय अधिकारीले बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।