हरिकृष्ण गौतम

मुस्ताङमा हिमपात, जनजीवन प्रभावित (फोटो फिचर)

आइतबार, १७ पुष २०७३

मुस्ताङमा आइतबार दिउँसो देखी हिमपात भएको छ। जिल्लाको सदरमुकाम जोमसोमसहित १६ ओटै गाविसमा परेको हिमपात भएपछि जनजिवन प्रभावित भएको छ। हिमपातसँगै यातायातका साधन अवरुद्ध हुनुका साथै पैदलयात्री अलपत्र परेका छन्।

मुटुको व्यथा लुकाएर स्कुल जान्छिन् अरनिमा

आइतबार, १० पुष २०७३

बेनी नगरपालिका–२ अर्जमकी सात वर्षीया अरनिमा नेपालीको मुटुमा समस्या छ । शरीरका विभिन्न भाग दुख्ने र बिरामी हुने गरेकी अरनिमा ज्ञानपुञ्ज प्राविमा कक्षा ३ मा अध्ययरत छन् । एक वर्षयता बेलाबेला बिरामी हुने गरेकी उनको मुटुमा समस्या रहेको चिकित्सकले बताएका छ ।

अरुणाको नेतृत्वमा म्याग्दीको टोली

मङ्गलबार, २८ मङि्सर २०७३

राष्ट्रिय महिला भलिबल टोलीकी अरुणा शाहीको नेतृत्वमा रहेको म्याग्दीको भलिबल टोली सोमबार पश्चिमाञ्चलस्तरीय छनोट प्रतियोगितामा फाइनल पुगेको छ। पूर्वाञ्चलमा हुने राष्ट्रिय प्रतियोगिताको छनोट खेलमा म्याग्दीले मुस्ताङ, स्याङ्जा र रुपन्देहीलाई पराजित गर्दै फाइनलयात्रा तय गरेको थियो।

फेसबुकबाट प्रेम, भेटेपछि पछुतो

बुधबार, २२ मङि्सर २०७३

पछिल्लो समय सामाजिक सञ्जालले विश्वलाई जोडेको छ। साथी बन्ने, फलो गर्ने र सामाजिक, सांस्कृतिक, वैश्विक घटना वा अवस्थामा विचार–विमर्श हुने माध्यम बनेको छ— सामाजिक सञ्जाल। यसले सदियौंदेखि समाजमा जरा गाडेको विकृति, विसंगति, कुरीतिलाई उजागर गर्न पनि सघाएको छ। यो सकारात्मक पाटोसँगै यसले केही विकृति पनि भित्र्याएको छ।

म्याग्दीको भकिम्लीमा जीप दुर्घटना, दुईको मृत्यु, सात घाइते

शनिबार, ११ मङि्सर २०७३

म्याग्दीको भकिम्ली–७ हल्लेगौंडमा शनिबार दिउँसो ग २ च २००६ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सदरमुकाम बेनीदेखि भकिम्लीतर्फ गैरहेको बोलेरो पानीस्वाँरास्थित हल्लेगौंडाको घुम्तीबाट झण्डै ६० मिटर तल सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

तलब–भत्ता वृद्धिविरुद्ध सांसदहरुलाई एक रुपैयाँ संकलन

बुधबार, ०८ मङि्सर २०७३

सांसदको तलब–भत्ता वृद्धिविरुद्ध म्याग्दीका विद्यार्थीले चर्को विरोध गरेका छन् । अनेरास्ववियु म्याग्दीले मंगलबार सदरमुकाम बेनीमा सर्वसाधारणबाट ६०१ रुपैयाँ संकलन गरी व्यवस्थापिका संसद्लाई पठाएको छ।

दुम्सीको आतंकले गाउँबाटै विस्थापित

बिहिबार, १८ कार्तिक २०७३

जंगली जनावरको आतंकले भकिम्ली– ९ लरेनीका किसान विस्थापित हुन पुगेका छन् । दस नंग्रा खियाएर उब्जाएको अन्नबाली जंगली जनावरले नष्ट गर्न थालेपछि उनीहरु विस्थापित हुन पुगेका हुन् ।

म्याग्दीका क्वार्जखानी अलपत्र

बिहिबार, १८ कार्तिक २०७३

जिल्लाकै विकट गाविस गुर्जामा आठ वर्षअघि पहिचान गरिएकोढुंगाखानी अझै उत्खनन हुन सकेको छैन । गुर्जा हिमालको फेदी घुर्मखोलामा रहेको खानीमा विलासी वस्तुमा प्रयोग हुनेक्वार्ज नामक ढुंगा रहेको ०६५ सालमै पहिचान गरिएको थियो तर उत्खननमा राज्यले अहिलेसम्म उचित पहल गरेको छैन ।

गुर्जामा डोल्चा खोलाले बगाउँदा एकको मृत्यु

बिहिबार, ११ कार्तिक २०७३

म्याग्दीको अति विकट गुर्जा गाविसमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। हिमाली क्षेत्रमा रहेको गोठबाट भैंसी लिएर बस्तीतर्फ आउँदै गरेका गुर्जा–९ का ६० वर्षीया तुलप्रसाद छन्त्याललाई डोप्चा खोलामा खसेका थिए।

तुइन बिग्रँदा पढाइबाट वञ्चित

बिहिबार, ०४ कार्तिक २०७३

जिल्लाको मुदी–९ सिमकोस बगरका विद्यार्थी तुइन बिग्रिएपछि विद्यालय जानबाट वञ्चित छन् । सिमकोसमा बसोबास गर्दै आएका आठ घरधुरीका बालबालिका म्याग्दी नदीको तुइन बिग्रिएपछि महिनौंदेखि विद्यालय जान पाएका छैनन् ।

‘रेमिटेन्स सदुपयोग गरे विदेश पलायनरोकिन्छ’

शुक्रबार, २१ असोज २०७३

जिल्लाभित्रिने रेमिटेन्स सदुपयोग गरी उत्पानमुखी क्षेत्रमा लगानी गर्न सके रोजगारीको खोजीमा हुने विदेशपलायन रोक्न सकिने सरोकारावालाले बताएका छन् ।

म्याग्दीमा दैनिक ५ करोड रेमिटेन्स

आइतबार, १६ असोज २०७३

रोजगारीकासिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले दसैंतिहारलाई लक्षित गरेर रेमिटेन्स पठाउन थालेपछि वित्तीय संस्थामा चहलपहल सुरू भएको छ।शिक्षा, रोजगारी, व्यापारको सिलसिलामा विदेश बसेकालेचाडपर्वमा आवश्यक सामान किन्न र घरायसी खर्चका लागि पैसा पठाउने गरेका छन्।

कालो अरिङ्गालले चिलेर घटनास्थलमै मृत्यु

बुधबार, २९ भदौ २०७३

म्याग्दी— बेगखोलामा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ। उत्तरी म्याग्दीको बेग–६ मा अरिङ्गालले चिलेर ५५ बर्षिय कृतिमान रोकाको ज्यान गएको छ।

अरिङ्गालले चिलेर एकको मृत्यु

बुधबार, २९ भदौ २०७३

म्याग्दी-बेगखोलामा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ । उत्तरी म्याग्दीको बेग–६ मा अरिङ्गालले चिलेर ५५ बर्षिय कृतिमान रोकाको ज्यान गएको छ ।

हेर्दाहेर्दै बगर बन्यो म्याग्दीको बेग गाउँ (फोटो फिचर)

शुक्रबार, १७ भदौ २०७३

उत्तरी म्याग्दीको बेग गाविस–६ मा बिहीबार राती आएको बाढीले १४ घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिक रहेको बस्तीलाई गाविसको माथिल्लो क्षेत्रमा पहिरो खसेपछि ठाडो खोलामा आएको बाढीले बगर बनाएको हो ।

'नाम दियो, दाम दिएन सरकारले'

आइतबार, ०५ भदौ २०७३

सामाजिक अभियन्ता महावीर पुनले विश्वभर रहेका नेपाली वैज्ञानिकलाई नेपालमै फर्काएर स्वदेशमै काम गर्ने वातावरण बनाउन आफू अभियानमा जुटेको बताएका छन्। शनिबार गृहजिल्ला म्याग्दी आएका पुनले प्रतिभाशाली सन्ततिका प्रतिभा पालनपोषण गर्न राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा लागेको प्रस्ट्याए।

म्याग्दीमा लामो झोलुंगे पुल शिलन्यास

बुधबार, ०१ भदौ २०७३

म्याग्दीको पर्यटकीय गाउँ बेगखोला गाविसमा जिल्लाकै लामो झोलुंगे पुलको शिलान्यास गरिएको छ । बेग गाउँबाट बाँदुग जोड्ने झोलुंगे पुलको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले शिलान्यास गरेका हुन् । जिल्लाकै अग्लो पुलको शिलान्यास कार्यक्रममा स्थानीयबासीले भव्य समारोहमा अतिथिलाई स्वागत गरेका थिए ।

महँगो अमेरिका सपना

सोमबार, ३१ साउन २०७३

म्याग्दीको ताकम–५ का पृथ्वी केसी तेजबहादुर र दिलमाया केसीका एक्ला छोरा थिए। विद्यालय उमेरमै विवाह गरेका केसीको एउटा छोरा र श्रीमती पनि छन्। विनाजोखिम, सजिलो माध्यमबाट अमेरिका पुगिन्छ भन्ने हल्ला गाउँमा चलेपछि साथीसँगै केसीपनि मोटो रकम दलाललाई बुझाएर भारत हुँदै अवैध बाटोबाट अमेरिका लागे।

म्याग्दीको शिखमा पहिरोले दुईतले घर भत्कियो, एकको मृत्यु

शनिबार, १५ साउन २०७३

म्याग्दीको शिख गाविस–२ टोल्केबासमा शनिबार विहान पहिरोले घर भत्किँदा एकको मृत्यु भएको छ। घरमाथिबाट आएको पहिरोले घरमा भत्किँदा ८६ वर्षीय आइतसिंह दमाईको मृत्यु भएको छभने उनकी श्रीमती ८३ वर्षीया रुपा दमाई घाइते भएकी छन्। विहानपख पहिरोले घर भत्किँदा बृद्ध दमाईको ज्यान गएको हो।

मुक्तिनाथ दर्शन गरेर फर्किएका भारतीय नागरिक बेपत्ता

आइतबार, ०२ साउन २०७३

म्याग्दी- दाना गाविस –१ को बाँदरजुङमा एक भारतीय नागरिक बेपत्ता भएका छन्। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्किएका भारतको असाम राज्यका सरस्वती क्षत्रीको भीरबाट आएको ढुंगा लागेर बेपत्ता भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।