हरिकृष्ण गौतम

१०४ बर्षको उमेरमा दुवै आँखाले देखेपछि…

मङ्गलबार, ११ पुष २०७४

मालिका गाउँपालिका–६ दिच्यामका १०४ बर्षिय ओमलाल निउरेको दुवै आँखा दुईबर्ष अगाडी बन्द भयो। उमेरले सतक नाघेका निउरेले आँखा बन्द भएपछि उठ्ने देखी सुत्ने बेला, खाना खाने देखी शौचालयसम्म परिवारको सहयोगमा पुग्ने गर्दथे।

बेनीबजार जोगाउन ११ करोड

मङ्गलबार, ०४ पुष २०७४

नदी कटानबाट म्याग्दीको सदरमुकामबेनीबजारलाई जोगाउनसुरु गरिएको संरक्षण आयोजनाले तीव्रता पाएको छ । बजार म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठूला नदीको उच्च जोखिममा परेपछि जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउन कार्यक्रम आयोजना गरिएको हो ।

भोट हाल्न गाउँ फर्किए मुस्ताङी

शुक्रबार, ०८ मङि्सर २०७४

आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुन उपल्लो मुस्ताङको लोमान्थाङका पेम्बा गुरुङ घर फर्किए। अत्यधिक जाडो भएपछि पोखरा पुगेका गुरुङसहित करिब ४० जनाको टोली उम्मेदवारले व्यवस्थापन गरेको यातायातका साधनमा सडकमार्ग हुँदै बिहीबार गाउँ फर्किएका हुन् ।

सीमा नाघेर खर्च गर्छन् उम्मेदवार

शुक्रबार, १० कार्तिक २०७४

जिल्लाका राजनीतिक दलले निर्वाचन आयोगले तोकेको खर्च सीमाभित्र निर्वाचनसम्बन्धी गतिविधि गर्ने प्रतिबद्धता जनाउँछन् । सार्वजनिक कार्यक्रममा समेत निर्वाचनमा आर्थिक चलखेल रोक्न, आयोगबाट तोकिएको खर्चमै निर्वाचन सम्पन्न गर्ने बताउँदै आएका जिल्लाका राजनीतिक दलको चुनावी खर्च तोकिएको भन्दा चार गुणा बढी हुने गरेको छ । चुनावी प्रसारप्रसार, आर्थिक चलखेल, खाजा, खाना, भोजभतेर, यातायात खर्चलगायत मतदातालाई आफ्नो पक्षमा पार्ने दलबाट करिब एक करोडभन्दा धेरै खर्च हुने गरेको छ।

हङकङ सरकारबाट म्याग्दीकी गुरूङ सम्मानित

आइतबार, ०५ कार्तिक २०७४

म्याग्दीकी राधिका (टिका) गुरूङ समाज सेवामा योगदान गरेबापत हङकङ सरकारबाट सम्मानित भएकी छिन्। शनिबार हङकङ सरकारकी कार्यकारी प्रमुख क्यारी लामले बेनी नगरपालिका–७ विरेन्द्रचोककी गुरूङलाई  चिफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ बाट सम्मानित गरिएको हो।

कांग्रेस म्याग्दीका कार्यकर्ताले राप्रपालाई अस्वीकार गर्ने

शनिबार, ०४ कार्तिक २०७४

प्रजातान्त्रिक गठबन्धनबाट म्याग्दी जिल्लाको क्षेत्र नम्बर १ राप्रपालाई परेपछि नेपाली कांग्रेस म्याग्दीका नेता–कार्यकर्ता रुष्ट भएका छन् । राप्रपा विभाजित भएसंगै जिल्लामा कमजोर बनेको शक्तीलाई आफ्नो बलियो पकट भएको क्षेत्रमा पार्टीले राप्रपालाई छोडेको भन्दै विद्रोहको चेतावनी नेता–कार्यकर्ताले दिएका छन् ।

म्याग्दीमा ४.२ रेक्टरस्केलको भूकम्प

सोमबार, ३० असोज २०७४

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनालाई केन्द्रविन्दु बनाएर साेमबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर २ मिनटे मुना आसपासको क्षेत्रमा नयाँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुतिरहेको अवस्थामा जमिन हल्लिएपछि लुलाङ, ताकम, मुदीका साथै म्याग्दीको सदरमुकाम बेनीबजारसम्म धक्का महसुस भएको थियो । ‘एक्कासी जमिन हल्एिपछि स्थानीय त्रसित भएका छन् । धेरैपछि भूकम्पको गयो’ धौलागिरि गाउँपालिका– ७ को ताकमका गोपाल आचार्यले भने । उनले जमिन हल्लिएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए ।

म्याग्दी कांग्रेसद्वारा उम्मेदवार सिफारिस

शुक्रबार, २० असोज २०७४

नेपाली कांग्रेस म्याग्दीले प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले बिहीबार उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।

बेनी-जोमसोम सडक अवरुद्ध, बेगखोलाले ट्याक्सी बगायो

मङ्गलबार, १७ असोज २०७४

बेनी-जोमसोम सडकखण्ड अवरुद्ध भएको छ। रघुगंगा गाउँपालिका-१ बेगखोलामा बर्षासंगै खोलाको बाहब बढेपछि आवतजावत बन्द भएको छ।

ढुंगाले लागेर बेलायती नागरिकको मृत्यु

शुक्रबार, २७ साउन २०७४

मुस्ताङको खासाङ गाउँपालिका–४ घोप्टेभीरमा ढुंगा खसेर लाग्दा एक विदेशी नागरिकको ज्यान गएको छ। म्याग्दी र मुस्ताङको सीमानामा पर्ने भीरको माथिबाट खसेको ढुंगाले २२ वर्षीया बेलायती युवतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

कोदालो प्रहार गरी श्रीमानको हत्या

बुधबार, ०४ साउन २०७४

म्याग्दीको मालिकागाउँपालिका–२ रुमको धुलावाङमा एक युवतीले आफ्नै श्रीमानको हत्या गरेकी छन्। मंगलबार राति १० बजे आफ्नै घरमा बसेकी २५ बर्षिया रञ्जना जिसीले ३४ बर्षिया शिव जिसीलाई कोदालोले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको इलाकाप्रहरी कार्यालय दरवाङले जनाएको छ।

बेनीबजारमा गोप्यरुपमा सञ्चालित आधुनिक जुवाघरबाट ८ जना पक्राउ

शुक्रबार, ३० असार २०७४

म्याग्दीको सदरमुकाम बेनी नगरपालिका–७ बेनीबजारको बैङ्करोड नजिकबाट शुक्रबार जुवा खेलिरहेको अवस्थामा प्रहरीले एक महिला सहित ८ जनालाई पक्राउ गरेको छ। तीनतले घरको च्यानलगेट बन्द गरी तेस्रो तलामा बाहिरबाट ताल्चा लगाएर जुवा खेलिरहेको अवस्थामा जुवाघरकी सञ्चालिका मालिका गाउँपालिका घर बताउने पार्वती पुन र ७ जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताईन्।

म्याग्दीकी राधिकालाई हङकङ सरकारको सम्मान

आइतबार, १८ असार २०७४

म्याग्दीकी राधिका (टीका) गुरुङ समाज सेवामा योगदान गरेबापत हङकङ सरकारबाट सम्मानित भएकी छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्र्तराष्ट्रिय समन्वय समितिकी केन्द्रीय महिला उपाध्यक्ष, महिला संघ हङकङकी अध्यक्षसमेत रहेकी गुरुङलाई हङकङ बेलायतबाट स्वतन्त्र भएको १ जुलाईको अवसर पारी दिइने ती सय ३१ पदकमध्ये ‘चीफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ सम्मान गरिएको हो । हङकङ सरकारले प्रदान गर्ने विशिष्ट सम्मानमा यो पनि पर्छ ।

बेल्चा प्रहार गर श्रीमानको हत्या

बिहिबार, १५ असार २०७४

म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको जुग्जामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । घरायसी विवादमा भनाभन हुँदा जुग्जाकी तारादेवी घर्तीले बेल्चा प्रहार गर्दा उनका पति ७४ वर्षका खड्कबहादुर घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता घरदैलोमै

सोमबार, २२ जेठ २०७४

स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्ना क्षेत्रका मतदातालाई खुसी पार्न विभिन्न योजना सार्वजनिक गर्ने लहर चलेको छ। यही क्रममा म्याग्दीमा पनि वृद्धवृद्धालाई घरमै गएर भत्ता दिनेदेखि सडक, पर्यटन, रोजगार, स्वास्थ्य लगायत क्षेत्रसँग सम्बन्धित विभिन्न योजना सार्वजनिक गरिएको छ।

म्याग्दीमा शान्तिपूर्णरुपमा मतदान हुँदै

आइतबार, ३१ बैशाख २०७४

दुईदशक पछी हुन लागेको स्थानीय तहको निर्वाचन म्याग्दीमा निर्धारित समयमै सुरू भएको छ । बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७१ हजार ४६३ जनता मतदाता, एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीका सबै तहमा शान्तिपूर्णरुपमा निर्वाचन भइरहेको छ । मतदाताको सुरक्षाका लागि प्रहरी, नेपाली सेना र शसस्त्रले सदरमुकाम बेनी देखी ग्रामिण क्षेत्रसम्म सुरक्षा दिइरहेको छ ।

म्याग्दीको घतानमा कांग्रेस–एमालेबीच झडप, दुई मोटरसाईकलमा आगजनी

शनिबार, ३० बैशाख २०७४

बेनी नगरपालिका–९ घतानस्थित नेप्टेचौरमा शुक्रबार राती नेपाली कांग्रेस र नेकपा एमाले समर्थित यूवाबीच झडप भएको छ।

म्याग्दीको ज्यामरुककोटमा सकेट बम विष्फोट

शनिबार, ३० बैशाख २०७४

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा गएराती १०.३० बजे ठूलो आवाज सहित सकेट बम विष्फोट भएको छ । अर्जुन मावि मतदान केन्द्र भन्दा अलि टाढा स्थानीयलाई त्रसित गराउने गरी दुई पटकसम्म विष्फोट भएको अर्जुनमावि मतदात केन्द्रमा खटिएका प्रहरीले समेत घटनाको पुष्टि गरेको छ । विष्फोट कसले कुन प्रयोजनका लागि गराएको भन्ने बारेमा पुष्टि नभएपनि निर्वाचनको खारेजीको माग गरिरहेको नेकपाको संलग्न रहेको हुनसक्ने अनुमान गरिएको छ ।

सडक दुर्घटनामा परी बेलायतमा एक नेपालीको मृत्यु

आइतबार, ०३ बैशाख २०७४

सडक दुर्घटनामा म्याग्दी दग्नाम स्थायी घर भई हालः बेलायतमा बसोबास गर्ने ७८ वर्षीया थमति पुनको मृत्यु भएको छ। लण्डनमा बस्ने पुनलाई शनिबार सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिदाँ घटनास्थमलै मृत्यु भएको मोना युकेले जनाएको छ।

‘स्थानीयतहलाई समेट्ने सहकारी ऐन आवश्यक’

सोमबार, २१ चैत २०७३

स्थानीयतहपुनः संरचनाअनुसार सहकारी ऐन बन्नुपर्ने म्याग्दीका सहकारीकर्मीले माग गरेका छन् । सदरमुकाम बेनीमा सहकारी संघ म्याग्दीले ६०औं सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा राज्यले तीन खम्बे अर्थनीतिमा सहकारीलाई समेत आवद्ध गरेपनि तल्लो स्तरको व्यवहार गर्ने गरेको आरोप लगाएका थिए ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad