हरिकृष्ण गौतम

शोकमा मालिका -

शुक्रबार, १६ चैत २०७४

‘दुःखीको घरमा मात्रै तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझै बढी दुःख देउ।’ प्रसिद्ध नाटककार बालकृष्ण समको यो भनाइ म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका धर्मलाल र लीलमतीको जीवनमा चरितार्थ भएको छ।  धनसम्पत्ति आर्जन गरी आमाबुबा र परिवारसँगै सुखीजीवन बाँचौंला भनी विदेशिएका छोराहरूएकदशक आसपासमा रातो बाकसमा घरकै आँगनमा झरेपछि धर्मलाल र लीलमतीले वैदेशिक रोजगारमै तीन छोरालाई गुमाएका छन्।

एक घण्टाकी सुत्केरी स्ट्रेचरमै पुगिन् परीक्षा केन्द्र

मङ्गलबार, १३ चैत २०७४

जिल्लाको धौलागिरी गाउँपालिका–६ ताकमकी एक परिक्षार्थी बच्चा जन्माएको एक घण्टामै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन केन्द्रमा पुगेकी छन्।

आविष्कार केन्द्रले बनायो ‘मेडिकल ड्रोन’

सोमबार, १२ चैत २०७४

सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ छिट्टै बजारमा आउने भएको छ।

मलेसियामा एक नेपालीको मृत्यु

आइतबार, ११ चैत २०७४

रोजगारको सिलसिलामा मलेसियामा पुगेका एक म्याग्देलीको मृत्यु भएको छ। मलेसियाको आम्पाङ्गपार्कस्थित भिस्टा दमैको अपार्टमेनमा सेक्युरिटी कम्पनीमा कार्यरत जिल्लाको मालिका गाउँपालिका–२ रूमको जेम गाउँका धर्म रोका मगरकाड्युटी गर्ने क्रममा बसिरहेको कुर्चीमै मृत अवस्थामा फेला परेका छन्।

३० करोड बजेट थपियो

आइतबार, ११ चैत २०७४

प्रदेश नम्बर ४ को जीवनरेखा मानिएको बेनी–जोमसोम–कोरला सडक आयोजनालाई थप ३० करोड बजेट प्राप्त भएको छ।

संसारकै गहिरो अन्धगल्छी जोखिममा

शनिबार, १० चैत २०७४

विश्वकै सबैभन्दा गहिरो गल्छी कुन हो र नेपालको कुन जिल्लामा पर्छ ? लोकसेवा आयोग र हाँजिर जवाफमा पटक–पटक सोधिने प्रश्न मध्ये एक हो। नेपालमा आधारभुत तहदेखी उच्च शिक्षासम्म अध्ययरत विद्यार्थीदेखी विश्वभर धेरैले यसको सजिलै एउटै जवाफ दिन्छन्–म्याग्दीको अन्धगल्छी।

रूप्से झरना मास्ने गरी दुई जलविद्युत आयोजनाको चलखेल

शनिबार, ०३ चैत २०७४

रुप्से झरनालाई असर गर्ने गरी जलविद्युत कम्पनीले झरनाबाटै विद्युत उत्पादन गर्ने चलखेल गरेका छन्। जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै चर्चित रुप्से झरनालाई जोखिममा पारेर विद्युत उत्पादन गर्ने प्रस्ताव गरेका हुन्।

म्याग्दीमा विद्युतीय भुक्तानी सेवाको सुरुवात

मङ्गलबार, २२ फागुन २०७४

म्याग्दीको सदरमुकाम बेनीमा विद्युतीय भुक्तानी सेवाको सुरु भएको छ। जिल्लामा सरकारी कार्यालयहरुबाट हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (इ–पेमेन्ट) प्रणालीको सुरु गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

सोमबार, २१ फागुन २०७४

बेनी नगरपालिका–९ गलेश्वरमा सोमबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परि २ जनाको ज्यान गएको छ। गलेश्वरदेखि बेनी आउँदै गरेको ग १ त २५५८ नम्बरको ट्याक्टर गलेश्वरमा निर्माणधिन बसपार्क नजीकैबाट कालिगण्डकी नदीमा खसेको थियो।

यूरोपस्तरीय भलिबलको उपाधि मोना पोर्चुगललाई

मङ्गलबार, १५ फागुन २०७४

पोर्चुगलमा आयोजित यूरोप अन्तरदेशीय लखन स्मृति भलिबल प्रतियोगिताको उपाधि म्याग्दी प्रवासी नेपाली संघ मोना (पोर्चुगल) ले जितेको छ।

चिनियाँ पर्यटक भित्र्याउन सके प्रदेशको कायापलट हुन्छ : मुख्यमन्त्री गुरुङ

शनिबार, १२ फागुन २०७४

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउने बताएका छन्। गुरुङले प्रदेश ४ लाई नेपालकै नमुना प्रदेश बनाउने घोषणा गरे। जलविद्युत्, पर्यटन, कृषिमा सम्भावना रहेको प्रदेशमा लगानीमैत्री वातावरण बनाउने उनको भनाई छ।

उपचार खोज्दै बंगलादेशबाट म्याग्दीको तातोपानी

बिहिबार, १० फागुन २०७४

दक्षिण एसियाली राष्ट्र बंगलादेशकी जशोदालाई एकदशकदेखि ग्यास्ट्रिक र घुँडाको समस्याले सताइरहेको छ । बंगलादेश र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदासमेत निको भएन । अस्पतालमै उनले धेरै पैसा खर्च गरे पनि रोग निको नभएपछि उपचारको खोजीमा म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा आएर स्नान गरिन् ।

बन्दले म्याग्दीको जनजीवन प्रभावित

मङ्गलबार, ०८ फागुन २०७४

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार गरेको बन्दले बिहानै देखी म्याग्दीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी छुट्न सकेका छैनन्।

घुस रकम सहित प्रहरी हवल्दार पक्राउ

आइतबार, ०६ फागुन २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले घुस रकम सहित म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित पाखापानी प्रहरी चौकीबाट प्रहरी हवल्दार कुलवहादुर विसीलाई पक्राउ गरेको छ।

ब्रिटिस सेनामा कार्यरत पुर्जाले बनाए वर्ल्ड रेकर्ड

सोमबार, २२ माघ २०७४

म्याग्दी अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। ब्रिटिस आर्मीमा कार्यरत कर्पोरल पुर्जाले सगरमाथाको आधार स्तम्भदेखि ८ हजार मिटर अग्लो लोत्से हिमालको चुचुरोसम्म १० घण्टा १५ मिटेटमा आरोहण गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्न सफल भएका हुन्।

श्रीमतीलाई ८ बर्षपछि आँखाले देख्दा...

बिहिबार, ०४ माघ २०७४

साढे दुई दशक बैदेशिक रोजगारीमा सिलसिलामा बहराइनमा बिताएका शर्माले ८ बर्ष अगाडि बन्द भएको आँखा बेनीमा आयोजित निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गर्दा लामो समयपछि श्रीमतीलाई प्रष्ट देख्न पाए।

म्याग्दीका ६७ किसान सम्मानित

सोमबार, ०१ माघ २०७४

कृषि विकास कार्यालय म्याग्दीले जिल्लाका किसानलाई सम्मान गरेको छ। छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा आयोजित बृहत्त कृषि प्रर्दशनी मेलामा खाद्य, तरकारी, फलफुल, दलन–तेलन, माछा–हाँस, अन्न र विविध गरी ७ वटा समूहलाई सम्मान गरिएको हो।

सरकार निर्माण र पार्टी एकता सँगै हुन्छ  : दाहाल

शनिबार, २९ पुष २०७४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा  शान्ति र स्थायित्वका लागि वाम गठबन्धनको सरकार बन्ने बताएका छन् । दाहालले एमाले–माओवादी पार्टी एकता र सरकार गठन सँगसँगै हुने बताए।

१०४ बर्षको उमेरमा दुवै आँखाले देखेपछि…

मङ्गलबार, ११ पुष २०७४

मालिका गाउँपालिका–६ दिच्यामका १०४ बर्षिय ओमलाल निउरेको दुवै आँखा दुईबर्ष अगाडी बन्द भयो। उमेरले सतक नाघेका निउरेले आँखा बन्द भएपछि उठ्ने देखी सुत्ने बेला, खाना खाने देखी शौचालयसम्म परिवारको सहयोगमा पुग्ने गर्दथे।

बेनीबजार जोगाउन ११ करोड

मङ्गलबार, ०४ पुष २०७४

नदी कटानबाट म्याग्दीको सदरमुकामबेनीबजारलाई जोगाउनसुरु गरिएको संरक्षण आयोजनाले तीव्रता पाएको छ । बजार म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठूला नदीको उच्च जोखिममा परेपछि जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउन कार्यक्रम आयोजना गरिएको हो ।