रुबी रौनियार

विद्यालय शिक्षा : खाँचो मनोसामाजिक परामर्शदाताको

शनिबार, ०३ असार २०७४

परिवारमा हुने झैझगडा, किशोरावस्थामा हुने शारीरिक परिवर्तनबारे अज्ञानता, आमाबुबाले जिम्मेवारी बोध नगर्दा र साथीभाइ तथा शिक्षकको व्यवहारले बालबालिकामा मानसिक तनाव बढिरहेको छ।

एसइई नतिजा झनै खस्कियो

शनिबार, ०३ असार २०७४

'सामुदायिक स्कुलको ३० प्रतिशतभन्दा कम नतिजा आउने र ७० प्रतिशत फेल हुने कमजोरी लुकाउन शिक्षा मन्त्रालयले ग्रेडिङ कार्यान्वयनमा ल्याएको देखिन्छ। यसले भविष्यमा ठूलो शैक्षिक दुर्घटना निम्त्याउन सक्छ।'

आठ अधिकारीलाई विभागीय कारबाहीको सिफारिस

बुधबार, ३१ जेठ २०७४

कक्षा १२ को परीक्षामा प्रश्नपत्र अपुग भएको सम्बन्धमा गठित छानबिन समितिले तोकिएको दायित्व निर्वाह नगरी लापरबाही गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकलगायत आठ अधिकारीलाई विभागीय कारबाही गर्ने सिफारिस गरेको छ।

उच्च शिक्षामा बढ्दै छोरीको पहुँच

सोमबार, २९ जेठ २०७४

अभिभावकमा शिक्षाप्रति बढेको चेतना र गाउँघरमै प्लसटु खुल्न थालेपछि उच्च शिक्षामा छोरीको पहुँच बढ्दै गएको छ। राज्यले ल्याएको छात्रवृत्तिसम्बन्धी नीति र कोटा प्रणालीले पनि यो अवस्थालाई सघाएको छ।

दलको प्राथमिकता : प्राविधिक, निःशुल्क र अनिवार्य शिक्षा

बिहिबार, २१ बैशाख २०७४

संविधानले व्यवस्था गरेअनुसार आधारभूत तह अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहबाट कार्यान्वयन गराउने प्रतिबद्धता दलहरूको छ।

सरकारी स्कुल असुल्छन् अवैध शुल्क

सोमबार, १८ बैशाख २०७४

रामेछापकी पविता श्रेष्ठ आफ्नो सन्तानलाई राम्रो शिक्षा दिलाउन परिवारसहित काठमाडौं आइन्। कक्षा चार पास छोरालाई सहरी क्षेत्रको राम्रो स्कुल पढाउन पाइएला भन्ने सोचेर उनी काठमाडौं आएकी हुन्।

निजी विद्यालयमा मनपरी शुल्क, सिलिङ एकातिर बिलिङ अर्कोतिर

सोमबार, १८ बैशाख २०७४

सरकारले शुल्कको सिलिङ तोके पनि निजी विद्यालयले अभिभावकलाई भने आफूखुसी रकमको बिल थमाउने गरेका छन्। यसबाट अभिभावक ब्रह्मलुटको सिकार बनेका छन्।

‘परीक्षा दिनुस् या सुविधा लिनुस्'

मङ्गलबार, ०५ बैशाख २०७४

शिक्षा ऐन आठौं संशोधनले अस्थायी शिक्षकलाई परीक्षा दिन वा सुविधा लिन मौका दिएको छ। त्यहीअनुसार शिक्षक सेवा आयोगले २६ हजार अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न दरखास्त आह्वान गरेको छ।

स्कुललाई ब्रह्मलुट गर्न छुट

सोमबार, ०४ बैशाख २०७४

नयाँ शैक्षिक सत्र सुरु भइसके पनि ललितपुर र भक्तपुर जिल्ला शिक्षा कार्यालयले निजी विद्यालयको शुल्क सीमा निर्धारण गरेका छैनन्। मौकाको फाइदा उठाई निजी स्कुल सञ्चालकले मनपरी शुल्क वृद्धि गरिरहेका छन्।

महिला शिक्षक बढे

आइतबार, ०३ बैशाख २०७४

प्राथमिक तहमा ४४ प्रतिशत, निमावि तहमा २८.९ प्रतिशत र मावि तहमा १८.३ प्रतिशत महिला शिक्षक छन्।

अभिभावकलाई पुस्तक सास्ती

सोमबार, २८ चैत २०७३

नयाँ शैक्षिक भर्ना सुरु भएसँगै अभिभावकलाई किताब किन्ने, नानी भर्ना गराउने र विभिन्न थरीका शुल्कको भारले तनाव हुने गरेको छ। यो वर्ष पनि यही क्रमले निरन्तरता पाउँदैछ। बाबुनानी कक्षा चढेकोमा खुसी हुनुपर्ने अभिभावकलाई यति बेला पुस्तक जुटाउने समस्याले पिरलेको छ।

विद्यालय शिक्षामा छोरी अगाडि

आइतबार, १३ चैत २०७३

पछिल्लो तीन वर्षयता विद्यालय शिक्षामा छोराभन्दा छोरीले संख्यात्मक रूपमा उछिनेका छन्। चार वर्षअघिसम्म विद्यालय शिक्षाको माध्यमिक तहसम्ममा छोरीको पहुँच पुर्‍याउन  मुस्किल पर्ने गरेकोमा हाल कक्षा १० को परीक्षामा छोराभन्दा छोरीको संख्या धेरै रहेको तथ्यांकले देखाएको छ।

खुला विश्वविद्यालय सञ्चालनमा नआउँदै दलीय भागबन्डा

शुक्रबार, ११ चैत २०७३

उच्च शिक्षामा नेपालीको सहज पहुँच पुर्‍याउने लक्ष्यसहित सरकारले खोल्न लागेको खुला विश्वविद्यालय सञ्चालनमा नआउँदै पदाधिकारी नियुक्तिमा दलीय भागबन्डा सुरु भएको छ।

महिलाले हाँकेका अब्बल स्कुल

शुक्रबार, ०४ चैत २०७३

महिला सशक्तीकरण क्षेत्रमा चल्तीको यो प्रश्नले समाजमा महिला र पुरुषले हरेक क्षेत्रमा बराबरी योगदान दिन सक्छन् भन्ने सन्देश दिन्छ। तर, यसलाई चरितार्थ गर्न कम्मर कस्ने र सफलताका सिँढी चढ्ने महिलाका कथा भने सबै क्षेत्रमा पाइँदैनन्।

आजदेखि एसइई परीक्षा, चिट चोराए तत्काल कारबाही

बिहिबार, ०३ चैत २०७३

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षामा चिट चोर्ने–चोराउने व्यक्तिलाई ठाउँको ठाउँमै कारबाही गरिने भएको छ। यसअघि एसएलसी परीक्षाका नाममा सञ्चालित परीक्षा यसपटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) का नाममा हुन लागेको हो।

प्राविधिक र  साधारण शिक्षाको समकक्षता

मङ्गलबार, ०१ चैत २०७३

मन्त्रालयले प्राविधिक र साधारण दुवै शिक्षालाई समकक्षताका लागि राष्ट्रिय योग्यताको प्रारूप तयार पारेको हो ।  मन्त्रालयले नेसनल क्वालिफिकेसन फ्रेमवर्क इनिसियटिभ गठन गरी औपचारिक, अनौपचारिक, व्यावसायिक र सीपमूलक शिक्षाको समकक्षताका लागि तह निर्धारण गरेको छ ।

प्राविधिक र साधारण शिक्षाको समकक्षता

शुक्रबार, २७ फागुन २०७३

विगतमा प्राविधिक ज्ञान हासिल गरे पनि शैक्षिक प्रमाणपत्र नहुँदा धेरै जनशक्ति रोजगारीको अवसरबाट वञ्चित हुन्थे। सिलाइबुनाइ, पार्लर, प्लम्बर, इलेक्ट्रिसियन जस्ता प्राविधिक ज्ञान भए पनि शैक्षिक योग्यता नहुँदा धेरैले रोजगारीमा सास्ती पाएका थिए। यही अवस्था अन्त्य गर्न शिक्षा मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेको छ।

समयमै नपुग्ने भो किताब

बिहिबार, १९ फागुन २०७३

जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्न केन्द्रित भएपछि विद्यालय स्तरको पाठ्यपुस्तक छपाइ ढिलाइ हुने भएको छ। पाठ्यपुस्तक छपाइमा ढिलाइ भएमा आगामी शैक्षिक सत्रमा पनि बालबालिकाको हातमा समयमै पाठ्यपुस्तक नपुग्ने भएको छ।

स्ववियु चुनाव, ६० मध्ये २३ कलेजमा आज

बुधबार, १८ फागुन २०७३

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि प्रक्रिया अघि बढाइसकेका त्रिभुवन विश्वविद्यालयका कलेजहरूमा बुधबार (फागुन १८) निर्वाचन हुने निश्चित भएको छ।

अराजक बन्दै विद्यार्थी

सोमबार, १६ फागुन २०७३

क्याम्पस विद्यार्थीकै लागि हो। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीको पठनपाठन थप व्यवस्थित बनाउन गठन गरिएको हो। विद्यार्थी क्याम्पसमा सक्रिय हुनु पठनपाठन लिकबाट बाहिर जान नदिनकै लागि हो।

Ncell Footer Ad