रुबी रौनियार

समस्यामा आधारित सिकाइमा जोड

शनिबार, १२ पुष २०७६

‘हामी कलेजमा प्रोजेक्ट वर्क त गर्छौं तर बढी नम्बर ल्याउन मात्रै। समाजमा रहेका समस्या पहिचान, अध्ययन र समाधानबारे न कहिल्यै सिक्यौं न सिकाइयो,’

निजी विद्यालयको पक्षपोषण गर्दै शिक्षा नीति

शुक्रबार, ०४ पुष २०७६

सरकारले हालै कार्यान्वयनमा ल्याएको राष्ट्रिय शिक्षा नीति–२०७६ निजी लगानीका विद्यालयहरूलाई पक्षपोषण गर्ने खालको देखिएको छ।

परिवर्तन हुँदै रौनियार समुदाय

शनिबार, २१ मङि्सर २०७६

सबै सुरक्षाको जिम्मेवारी समेत आयोजकले लिएको थियो। मिस रौनियारको ताज विजेता प्रिया रौनियारका बुवा विनोद रौनियारले छोरीको प्रगतिले जीवनमा सबैभन्दा सुखद् क्षणको अनुभव गराएको सुनाए।

शुल्क समायोजन सहमति अमान्य : विद्यार्थी

बिहिबार, १२ मङि्सर २०७६

सरकार र मेडिकल कलेज सञ्चालकहरूबीच भएको शुल्क समायोजनसम्बन्धी सहमतिले आफूहरूलाई थप पीडित बनाएको आन्दोलनरत विद्यार्थीहरूले आरोप लगाएका छन्।

विद्यालय तहको नयाँ पाठ्यक्रम पारित

बुधबार, ०१ असोज २०७६

सरकारले विद्यालय तहको नयाँ पाठ्यक्रम पारित गरेको छ। राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरेको विद्यालय तहको नयाँ पाठ्यक्रम भदौ २० गतकोे मन्त्रीस्तरीय बैठकले पाठ्यक्रम पारित गरेको हो। कक्षा ११ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै लिने निर्णय पनि गरिएको छ। यसअघि उक्त कक्षाको अन्तिम परीक्षा स्कुलले लिने कि बोर्डले भन्ने अन्योल रहँदै आएको थियो। यो निर्णयपछि कक्षा ११ र १२ को अन्तिम परीक्षाको जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डले पाएको छ। कक्षा १० को परीक्षाको जिम्मेवारी भने प्रदेश सरकारलाई दिइएको छ।

८५ प्रतिशत माध्यमिक विद्यालय अयोग्य

शनिबार, १४ भदौ २०७६

मुलुकमा सञ्चालित अधिकांश सामुदायिक विद्यालय विद्यार्थीको पठनपाठनका लागि अयोग्य रहेको एक सरकारी अध्ययनले ठहर गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर केन्द्रद्वारा सार्वजनिक अध्ययन प्रतिवेदनले ८४.४४ प्रतिशत (करिब ८५ प्रतिशत) सामुदायिक विद्यालय विद्यार्थीका लागि अयोग्य रहेको देखाएको हो।

भर्नाअघि नै अन्याेल हटाउनु जरूरी

बिहिबार, १९ असार २०७६

राष्ट्रिय परीक्षा बोर्डले भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित गरेको छ। यतिखेर साढे चार लाखभन्दा बढी विद्यार्थी आफूले प्राप्त गरेको नतिजा हातमा लिएर कक्षा ११ मा कहाँ कुन विषय लिएर पढ्ने भन्दै दौडधुप गरिरहेका छन्।

अख्तियारको छानबिनमाथि आशंका

शनिबार, ११ जेठ २०७६

लिखित परीक्षाको नतिजा प्रकासनमा अनियमितता भएको भन्दै अख्तियारले थालेको छानबिन किनारा नलाग्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अन्तरर्वार्ता सुरु गरेको छ।

कागजी दौडमा सीमित शिक्षा

सोमबार, २३ बैशाख २०७६

शिक्षा क्षेत्रमा ठूलै सुधार ल्याउने लक्ष्यसहित विगत एक वर्षमा आयोग बनाउने, रकम खर्च गर्ने, अध्ययन गराउने, प्रतिवेदन बनाउने र बुझाइएको प्रतिवेदन गायब गर्नेलगायत काम मात्र भए। शिक्षा सुधार गर्ने बहानामा शिक्षाका निकायहरूले विभिन्न समयमा समिति बनाएर सुझाव संकलन गर्ने तर संकलित सुझावलाई लत्याउँदै शिक्षाका पदाधिकारीहरू आफूखुसी काम गरेर शिक्षा क्षेत्रलाई नै तहसनहस बनाउनसमेत लागे।

निजी कलेजलाई सम्बन्धन रोक

शनिबार, २८ पुष २०७५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले शिक्षा मन्त्रालय वा विश्वविद्यालयबाट मनसाय पत्र (एलओआई) समेत लिएका कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको छ।

मेडिकल कलेजले शुल्क बढाउन नपाउने

मङ्गलबार, ३० असोज २०७५

निजी मेडिकल कलेजले नयाँ शैक्षिक सत्रको भर्नासँगै आफूखुसी शुल्क बढाउन नपाउने भएका छन् । मेडिकल कलेजले ७० देखि ८० लाखसम्म रकम असुलिरहेको गुनासाका आधारमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले विज्ञहरुसँग सल्लाह गरी शुल्क वृद्धि गर्न नपाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए।

‘एक व्यक्ति, एक विद्यार्थी भर्ना’ थालिने

सोमबार, १९ चैत २०७४

शिक्षा मन्त्रालयले विद्यालय उमेर समूहका ५ देखि ९ वर्षका विद्यालयबाहिर रहेका कठिन समुदायका नानीहरुलाई विद्यालयको पहुँचमा ल्याउन ‘एक व्यक्ति, एक बच्चा भर्ना अभियान’ सुरु गर्ने भएको छ। वैशाख २ गतेदेखि सुरु हुने नयाँ विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्री केपी शर्मा ओली आफैंले एक नयाँ विद्यार्थीलाई सार्वजनिक स्कुलमा भर्ना गराएर अभियान सुरु गर्ने भएका छन्।

कक्षा एकमा भर्ना हुने घटे

सोमबार, १२ चैत २०७४

सरकारले विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयभित्र ल्याउने उद्देश्यसाथ बर्सेनि वैशाख १ गतेदेखि भर्ना अभियानै सुरु गर्छ। अभियानअन्तर्गत स्कुलहरूले विभिन्न कार्यक्रम गरी नानीहरूलाई सकेसम्म स्कुलमा भर्ना गराएर पढाउने लक्ष्य हुन्छ।

तर्साउन छाड्यो परीक्षाको भूतले

शुक्रबार, ०९ चैत २०७४

विगतमा कक्षा १० को अन्तिम परीक्षा आउन लाग्दा विद्यार्थीमा एक प्रकारको त्रास देखिन्थ्यो । स्कुलहरुले पनि विद्यार्थीलाई घोटाईघोटाई तयारी गराउँथे । सबैको एउटै लक्ष्य हुन्थ्यो आफ्ना विद्यार्थीलाई बोर्डमा उत्कृष्ट स्थानमा पार्नु । सरकारले दुई वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन गर्न थालेसँगै विद्यार्थीमा त्रास होइन, परीक्षाप्रति उत्साह बढेको छ ।

गाउँका आइटी सर

शनिबार, १९ फागुन २०७४

उनी अमेरिकाको आइटी कम्पनीमा काम गर्थे, आइटी अफिसरका रूपमा । अमेरिकी कम्पनीको जागिर छाडेर गाउँ फर्किंदा उनलाई कतिले बौलाहा समेत भनेर गिज्याए । तिनै मान्छेहरू आज उनलाई ‘आइटी सर’ भनेर सम्बोधन गर्छन्।  ‘आइटी सर’को रूपमा चिनिएका डोटीका रमेश खड्का जागिरले सन्तुष्टि नदिएपछि गाउँ फर्केका थिए । कम्प्युटर इन्जिनियर उनी अहिले गाउँ बनाउने अभियानमा छन्।

सरकारी शिक्षक दलको सदस्य हुन नपाउने

बुधबार, १६ फागुन २०७४

डोटीको पूर्वीचौकी गाउँपालिकाले जनताको करबाट तलब खाने सरकारी शिक्षकहरु कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने गरि प्रतिबद्धता जारी गरेको छ।

संस्कृतमा विदेशी आकर्षण

बिहिबार, २७ पुष २०७४

नेपालमा संस्कृत विषयको पठनपाठन उपेक्षित भइरहेको समयमा विदेशीले भने यहाँ संस्कृत माध्यममा पठनपाठन हुने विभिन्न विषयको पाठ्यक्रम उत्कृष्ट भएको बताएका छन् । उनीहरुको संस्कृत अध्ययनको पहिलो रोजाइ नेपाल बन्न थालेको छ ।

रहेनन् शिक्षासेवी डा. बाबुराम पोखरेल

सोमबार, २४ पुष २०७४

शिक्षासेवी डा. बाबुराम पोखरेलको ६४ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । केहि वर्ष अघि मुटुको समस्या भएर पिसमेकर राखेका उनी पछिलो समय फोक्सोको समास्याबाट पीडित थिए । आइतबार बिहान शौचालयमा लडेका उनलाई तत्कालै नर्भिक अस्पताल पु¥याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

उच्चशिक्षामा प्रदेश ६ पछाडि

शुक्रबार, २१ पुष २०७४

विद्यार्थी संख्याको हिसाबले पनि प्रदेश ६ पछाडि देखिएको छ । सन् २०१५÷१६ मा उच्चशिक्षा अध्ययन गर्न ३ लाख ६१ हजार ७७ विद्यार्थी भर्ना भएकोमा प्रदेश ६ मा ११  हजार १ सय ८८ मात्रै छन् । यो कुल विद्यार्थीको ३.०९ प्रतिशत हो।

चेतनाको कमीले महिलामा पाठेघरको समस्या बढ्दै

सोमबार, १७ पुष २०७४

भक्तपुरकी मनिषा श्रेष्ठलाई केही वर्षयता महिनावारी हुँदा पेट दुख्ने र निकै रगत जाने गरेको थियो । ४५ वर्षीया श्रेष्ठलाई अन्य कुनै रोग भने थिएन तर महिनावारी हुँदा रक्तश्राव बढी हुन्थ्यो । आफन्त र साथीहरूले महिनावारी सुक्ने समय भयो । त्यही भएर रक्तश्राव बढी भएको हो र पछि आफैँ ठीक हुने सल्लाह दिएका रहेछन् । जसले गर्दा उनी स्वास्थ्य परीक्षण नगराई आफैँ ठीक हुन्छ भन्दै कुरी बसिन् । चार महिनाअघि महिनावारी हुँदा उनको रक्तश्राव नै रोकिएन ।

Ncell Footer Ad