अर्जुन भुसाल

एपिएल क्रिकेट प्रतियोगिता सुरु

शुक्रबार, १२ असोज २०७५

अर्घाखाँची सामुदायिक विकास क्लवको आयोजनामा दोस्रो अर्घाखाँची प्रिमियर लिग ( एपिएल ) क्रिकेट प्रतियोगिता शुक्रवार देखि सुरु भएको छ।

नौमुरे आयोजनाको डिपिआर तयार गरिँदै, अर्काे वर्षदेखि निर्माण सुरु गरिने

बुधबार, ३० साउन २०७५

नौमुरे जलविद्युत आयोजनाको डिपिआर तयारीको काम अघि बढेको छ। डिपिआर निर्माण गरेपछि केन्द्र सरकारले आगामी वर्षबाट आयोजना निर्माणको कार्य अघि बढाउने भएको छ। अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने यो आयोजनाबाट २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिन्छ।

‘परिवर्तनका ठूला लडाइमा युवाको भूमिका उच्च’

आइतबार, २७ साउन २०७५

मुलुकमा भएका परिवर्तनका ठूला लडाइमा युवाको भूमिका उच्च रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।

मरेका भैंसीसमेत निर्यात गर्ने व्यापारी पक्राउ

सोमबार, १८ असार २०७५

अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी निरीक्षक प्रदिप डिसी र अनुसन्धान प्रमुख गोपाल पन्थी सहितको प्रशासन र प्रहरीको टोलीले गाडी नियन्त्रणमा लिएको हो।

दश घर एक पोखरी अभियान संचालन

सोमबार, ०४ असार २०७५

अर्घाखाँचीमा दश घर एक पोखरी अभियान संचालन गरिएको छ। परम्परागत रुपमा गाउँ ठाउँमा रहेका पोखरी संरक्षणको अभावमा लोभ हुन थालेपछि पुनः पोखरी निर्माण अभियान सुरु गरिएको हो। जिल्लाका दुई युवाहरूको अग्रसरतामा अभियानले तीव्रता लिएको छ।

१९ वर्षपछि जग्गाको संरक्षण

सोमबार, ०४ असार २०७५

राष्ट्रिय वाणिज्य वैंक सन्धिखर्क शाखाले ०५६ सालमा आफ्नो स्वामित्वमा आएको जग्गालाई १९ वर्षपछि संरक्षण गरेको छ।

गाउँमै सरकारी सेवा पाएपछि स्थानीयलाई राहत

बिहिबार, ३१ जेठ २०७५

अर्घाखाँचीको सितगंगा नगरपालिका ११ मौवाबारीकी मुना घर्तीलाई  नागरिकता बनाउने पिरलोले सताउँथ्यो। एक–दुई दिन भित्र जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता बनाउने उनको योजना थियो।

मोबाइलमा कुराकानी गर्दा गर्दै चट्याङ लागेर मृत्यु

आइतबार, २७ जेठ २०७५

के तपाई मोबाइल चार्जमा लगाएर कुराकानी गर्ने गर्नु भएको छ ? यदि यसो गर्नुहुन्छ भने भने अबदेखि यो बानी हटाउनुहोस्। मोबाइलमा कुराकानी गरिरहेको बेला चट्याङ परे ज्यानै जान सक्छ।

पानी संकट टार्न घैंटा

मङ्गलबार, २० चैत २०७४

अर्घाखाँचीको पाणनि गाउँपालिका वडा नं. १ पणेनाकी मिना बलालका हिजोआजका दिन निकै सहज बन्दै गइरहेका छन्। केही समय पहिले उनलाई विहान उठ्ने वित्तिकै पानी बोक्नका लागि पधेरो धाउनु पर्दथ्यो। विहानभरको समय पानी बोक्दैमा बित्थ्यो।

मालिका धार्मिक महोत्सवमा ९० लाख संकलन

मङ्गलबार, १३ चैत २०७४

जिल्लाको छत्रदेव गाउँपालिका ६ ठूलापोखरामा सञ्चालित मालिका धार्मिक महोत्सवमा ९० लाख रुपैयाँ संकलन भएको छ। मालिका मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत्र ४ गतेदेखि सुरु भएको महोत्सव मंगलबार सम्पन्न भएको हो।

गीत गाएर जीविका चलाउँदै दृष्टिविहिन

बुधबार, ०९ फागुन २०७४

बुधबार जिल्ला सदरमुकाम सन्धिखर्कको शान्तिवगैंमा लुम्बिनी अपाङ्ग, दृष्टिविहिन तथा असाहय आश्रम वुटवलका दृष्टिविहिन कलाकारहरुले गाएका विभिन्न गीतले दर्शकहरुलाई भावुक बनायो। उनीहरुले दृष्टि बिहिन भएर जीवन जिउँदाको पीडालाई गीतको माध्यबाट प्रस्तुत गरेका थिए। उनीहरुले संसार नै देख्न नपाइ अरुको सहारामा जीवन चलाउन निकै गाह्रो भएको भाव प्रकट भएका थुप्रै गीत गाएका थिए।

बन्दको विकल्प खोज्न माग

मङ्गलबार, ०८ फागुन २०७४

भुमिकास्थान ९ ढिकुराका लालबहादुर बलाल मंगलबार जिल्ला पशुसेवा कार्यालयको काममा सन्धिखर्क आए । कार्यालयमा फोटो चाहिने भएपछि उनी फोटो खिच्न सन्धिखर्क बजारतर्फ लागे ।

चितुवा मृत फेला

आइतबार, ०६ फागुन २०७४

सन्धिखर्कको जंगलमा चितुवा मृत फेला परेको छ। सन्धिखर्क नगरपालिका १० को खहरे खोला सामुदायिक वनमा चितुवा मृत अवस्थामा भेटिएको हो। जिल्ला वन कार्यालयका प्रमुख दिपक ज्ञवालीले चितुवालाई कसैले मारेको नभई आफै मरेको हुनसक्ने बताए। उनले सो विषयमा अनुसन्धान भइरेको बताए।

कुमाल भाषामा आधारित चलचित्र ‘औठे छाप’

मङ्गलबार, ०९ माघ २०७४

कुमाल भाषामा आधारित चलचित्र औठे छाप माघ १३ गते सन्धिखर्कमा प्रदर्शन हुने भएको छ। कुमाल समाज सुधार समिति अर्घाखाँचीले सन्धिखर्कमा पत्रकार सम्मेलन आयोजना गरि चलचित्रको बारेमा जानकारी गराएको छ।

एमाले–माओवादी पार्टी एकता अन्तिम चरणमा : नेता ज्ञवाली

बुधबार, २६ पुष २०७४

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेकपा एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। उनले  पार्टी एकतालाई विफल पार्न देशी विदेशी शक्तिहरू सल्बलाइरहेको भएपनि एकता पक्रियालाई कसैले पनि रोक्न नसक्ने बताए।

अर्घाखाँचीमा टोपबहादुर रायमाझी विजयी

सोमबार, २५ मङि्सर २०७४

एउटा मात्र प्रतिनिधि सभा रहेको अर्घाखाँचीमा वाम गठवन्धनका उम्मेदवार टोपबहादुर रायमाझीले विजयी हासिल गरेका छन्। माओवादी केन्द्रका प्रभावशाली नेता रायमाझीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. रामबहादुर बिसीलाई १८ हजार ४ सय ४४ मत अन्तरले पछि पार्दै विजयी बने।

अर्घाखाँचीको मधुरा नन्दराम मावि मतदानस्थलको 'ख' केन्द्रमा पुन मतदान हुने

बिहिबार, २१ मङि्सर २०७४

सन्धिखर्क नगरपालिका वडा नं. ५ मा रहेको मथुरा नन्दराम मावि मतदान स्थलको ख नं. मतदान केन्द्रमा पुन मतदान हुने भएको छ। निर्वाचन अधिकृतको हस्ताक्षर बिनाको मतपत्रमा मतदान गर्न लगाएपछि कांग्रेस कार्यकर्ताले मतपत्र जालाउनुका साथै मतपेटिका समेत फालेका थिए। मतपत्र जलाएपछि सो मतदान स्थल दिनभर तनावग्रस्त बनेको थियो।

जिप दुर्घटनामा एकको मृत्यु, ८ घाईते

सोमबार, ०६ कार्तिक २०७४

अर्घाखाँचीमा जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन्। सन्धिखर्क गोरुसिङ्गे सडकखण्ड अन्तर्गत सन्धिखर्कको जगात ढाँडखोलामा आज दिउँसो लु १ च ६७६६ नम्बरको गाडी पल्टँदा वाङ्गेमरोठ प्यूठानकी ३३ बर्षकी शारदा के.सी.को घटना स्थलमै ज्यान गएको हो।

बसले किचेर एक महिलाको मृत्यु

शनिबार, २१ असोज २०७४

जिल्लाको शितगंगा नगरपालिका  भेडामारेमा श्रीमानले चलाएको  लु ३५ प ८९३ नम्वरको स्कुटीबाट खसेर एक महिलाको मृत्यु भएको छ।

अर्खाखाँचीमा वस दुर्घटनाहुँदा २ को मृत्यु ४० घइते

शुक्रबार, २० असोज २०७४

जिल्लाको मालारामी गाउँपालिका वडा नं. ३ खनदह सावडाँडामा वस दुर्घटना हुँदा दुइ जनाको घटना स्थलमै मृत्यु भएको छ।

Ncell Footer Ad