नरेन्द्रजंग पिटर

नरेन्द्रजंग पिटर

मारकस बाबालाई मुद्दा !

शनिबार, २२ असोज २०७३

म सगरमाथाको चुचुरोबाट मारकस बाबालाई फेरि नालिस ठोक्दै छु । मेरो यो दोस्रो फिरादपत्र हो । यसलाई उच्च अदालतसामु अपिल भनेर बुझियोस् । पहिलो नालिस नेपालमा जनयुद्ध चल्दै गर्दाको थियो, दोस्रो अहिले घनघोर मनोयुद्ध चल्दै गर्दाको हो । नालिस दिनुको कारण मारकस–पिशाच लागेपछि दुनियाँमा भाँडभैलो मच्चियो भनेर हो ।

भारत-पाक तनाव र सार्क

सोमबार, १७ असोज २०७३

भारत र पाकिस्तानबीच तीनपटक प्रत्यक्ष भिडन्त भइसके। यी दुवै मुलुकमा राष्ट्रवादी बन्ने पहिलो सर्त नै एकअर्काप्रति आपसमा कसले/कति घृणाको आगो ओकल्न सक्छ भन्ने हो। आगो लगाउने र तेल थप्ने काम पुुग्ाांपण्डित र कठमुल्ला गर्छन् भने सत्ताप्यासा राजनीतिकर्मीहरु त्यसैमा हावा फुक्ने गर्छन्।

माओवादी डेरावालका कथा-ब्यथा

शुक्रबार, ०७ असोज २०७३

ओहो... कुनै दिन तोप बन्ने अक्षरहरुको दयनीय अवस्था भनेको माओवादी जनयुद्धको अहिलेको अवस्था हो। पत्रु भएका माल, खिया लागेका हतियार र सन्दर्भहीन भएका विचारको महत्व नै के हुन्छ र?

युवा आदर्श र गुटले निम्त्याउने संकट

शुक्रबार, २४ भदौ २०७३

जुन बेला गगन थापाहरु सडकमा गणतन्त्रका नारा घन्काउँदा आफ्नै नेतृत्वको खप्की खाँदै थिए, त्यसैबेला हिमाल शर्माहरु भैरवनाथ सैनिक ब्यारेकमा जीवन÷मृत्युको लडाइँ लडिरेहका थिए । यी दुवै युवा नेताका पार्टी र युद्धमोर्चा फरक थिए ।

भारत भ्रमण र चलाइएका भ्रम

शुक्रबार, १० भदौ २०७३

विशेष दूतका हैसियतले नयाँ सरकारका दुई उपप्रधानमन्त्री चीन र भारतको भ्रमणबाट फर्किएपछि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणलाई लिएर अनेकौँ कोणबाट चर्चा/परिचर्चा सुरु भए। सबभन्दा चर्चामा रहेका विषय फास्ट ट्र्याक र जलविद्युतबारे हो।

'प्रभुजी' सिन्डिकेट सत्ताबाट जोगाऊ!

शुक्रबार, ०३ भदौ २०७३

सरकार देशको प्रमुख कार्यकारी अभिभावक हो र बन्नुपर्छ। अहिलेको सरकारसामु समग्र परिवर्तनको दस्तावेज बनेको प्रगतिउन्मुख संविधानलाई आमजनताले स्वामित्व ग्रहण गराउँदै शान्ति सम्झौताले दिशानिर्देश गरेको आमूल परिवर्तनका नीतिगत र व्यावहारिक अवरोध हटाएर विधिसम्मत व्यवस्था लागु गराउन मुख्य ध्यान जानुपर्ने हुन्छ।

नेविसंघ र नेपाली राजनीति

शुक्रबार, २८ साउन २०७३

नेविसंघका तरुणहरु सामने उभिएको प्रमुख चुनौती भनेकै 'जय नेपाल दाजु!' भनेर साखुल्ले बन्दै पदीय हैसियत बढाउने कि आफ्नो विवेकको वैचारिक अभ्यास गरेर वैकल्पिक नेतामा आफूलाई विकास गर्ने भन्ने हो।

प्रचण्डको फ्युजन परीक्षा

शुक्रबार, २१ साउन २०७३

अहिले पुष्पकमलसँगको चुनौती, आशा र अपेक्षा भनेको के हो भने उनले आफ्नो जीवनमा धारण गरेका पाँचैवटा नामको व्यावहारिक फ्युजन गरेर नयाँ सन्देश दिन सक्छन् कि सक्दैनन् भन्ने हो।

प्रचण्डका आगामी चुनौती

शुक्रबार, १४ साउन २०७३

नयाँ सरकारको योजनाकार भारतीय सत्ता हो भन्ने कुरालाई कसरी मिथ्या साबित गर्न सक्छ? यी सबैमा संयुक्त सरकारबाट सहयात्री नेकपा एमालेलाई छोड्दै नयाँ सहयात्रा काग्रेससँग सुरु गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नै बहस केन्द्रित छ भने विरोधको केन्द्र, जवाफको केन्द्र, समस्याको हलको केन्द्र पनि उनै हुन्। त्यसैले कमरेड प्रचण्डले सामना गर्नुपर्ने आन्तरिक र वाह्य चुनौतीबारे नै छलफल केन्द्रित गरौँ।

बिपी र र पुष्पलालको सम्झना

शुक्रबार, ०७ साउन २०७३

हिजो र अस्ति बिपी र पिएल जयन्ती थियो। मेरा लागि नाम र चेहराले कुनै अर्थ राख्दैैन् तर ती नाम र चेहराले दिने सन्देशले भने ठूलो महत्व राख्छ। कांग्रेस र कम्युनिस्टले पोस्टर बनाइएका बिपी र पिएललाई  कतिपयले सम्झे, कतिपयले कर्मकाण्डीय श्राद्धे पनि गरेर हकवाला सावित गर्ने प्रयत्न  गरे।

माओवादीले किन छाड्यो ओली सरकार?

शुक्रबार, ३१ असार २०७३

सबैले मान्ने सहयात्राको सिद्धान्त भनेकै विश्वास रहुन्जेल, आशा रहुन्जेल सँगसँगै हिँड्ने, जब विश्वास टुट्छ तब भिन्नाभिन्नै बाटोमा लम्कने संसारकै अभ्यास हो। ओली नेतृत्वको सरकारबाट माओवादीको विश्वास टुट्यो र बाहिरियो। ऊ बाहिरिने बित्तिकै अनेकौं तर्क, विश्लेषण, आकलन र प्रतिक्रिया सुरु भए।

नयाँ शक्ति :  के हो?

शुक्रबार, १० असार २०७३

दोहोर्‍याइरहनु नपर्ने विषय के हो भने जब एक जना मान्छेले देखेको, बुझेको सामाजिक अन्तरविरोध र युगान्तकारी चित्कारलाई समकालीन समाजमा एकै पटक सपना देखाउन सक्छ र भूमिकामा उतार्न ललकार्न सक्छ त्यो युगको शक्ति र नवनिर्मार्णको शक्ति हुन सक्छ भन्ने कुरा।  त्यही हो र थियो...माओवादी जनयुद्ध। तर के भो? कसो भो?

Ncell Footer Ad