सन्तोष पोखरेल

मुस्ताङमा माटोका छानो चुहिएर समस्या

मङ्गलबार, २९ साउन २०७५

पहिले–पहिले कम पानी पर्ने हिमाली जिल्ला मुस्ताङमा यस वर्ष भीषण वर्षा भएपछि माथिल्लो भेगका अधिकांश कच्ची घर चुहिएका छन्।

थप जग्गा अधिग्रहण गरिँदै

शुक्रबार, २५ साउन २०७५

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्ने तयारी सुरु भएको छ।

अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टर उडाउन प्रतिबन्ध

शुक्रबार, २५ साउन २०७५

पोखराबाट हेलिकोप्टरमा पर्यटक उडाएर अन्नपूर्ण आधार शिविर (एबिसी) मा लैजान रोक लगाइएको छ।

गण्डकी प्रदेश सरकारले हजार शय्याको अस्पताल बनाउने

बिहिबार, १७ साउन २०७५

गण्डकी प्रदेश सरकारले एक हजार शड्ढयाको सुविधासम्पन्न पाँचवटा विशिष्टीकृत (स्पेसलाइज्ड) रोगको उपचार गर्ने अस्पताल निर्माणको योजना अघि बढाएको छ ।

पालिखेचोकका घरमा डोजर चल्यो

बिहिबार, १७ साउन २०७५

पोखराको पुरानो बस्ती पालिखेचोक (साँघुको मुख) चक्ल्याउने गरि त्यहाँका पुराना घर भत्काउन थालिएको छ। लामो समयको रस्साकस्सीपछि चोक फराकिलो बनाउने गरि पुराना घर भत्काउन सहमति जुटेको हो। विहीबार चोकका घरमा डोजर चलेको छ।

सम्पादकको ऐक्यवद्धताप्रति संचारमन्त्री असन्तुष्ट

शनिबार, १२ साउन २०७५

स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका डा. गोविन्द केसीलाई साथ दिएको भन्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संचारमाध्यमका सम्पादकप्रति असन्तुष्टि जनाएका छन्। केसीको अनशनप्रति ऐक्यवद्धता जनाएका सम्पादकको भेटघाट विधिसम्मत नरहेको उनले टिप्पणी गरे।

पदयात्रा शुल्क हटाऊ : व्यवसायी

सोमबार, ०७ साउन २०७५

पदयात्रामा जाँदा विदेशी पर्यटकले तिर्नुपर्ने गरी लागू गरिएको अतिरिक्त शुल्क हटाउन यहाँका व्यवसायीले माग गरेका छन् । संघीय सरकारको सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई यो प्रावधानले असहयोग गर्ने व्यवसायीको भनाइ छ।

डा. केसीको समर्थनमा पोखरामा प्रदर्शन

शनिबार, ०५ साउन २०७५

स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा पोखरामा शनिबार दवाव र्‍याली निकालिएको छ। नागरिक समाज, व्यापारी, स्वास्थ्य क्षेत्रका पदाधिकारी, विद्यार्थी, सर्वसाधारण सहभागि र्‍यालीले केसीको माग पुरा गर्न सरकारलाई दवाव दिएको थियो।

कार्यशैलीबाट प्रधानमन्त्री सन्तुष्ट

शुक्रबार, ०४ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको भौतिक प्रगतिबाट आफू सन्तुष्ट रहेको बताएका छन् ।

पदयात्रामा जाने विदेशीलाई अतिरिक्त शुल्क

बिहिबार, ०३ साउन २०७५

पदयात्रामा जाने विदेशी पर्यटकले यो आर्थिक वर्षदेखि अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ । गण्डकी प्रदेश सरकारले पदयात्रामा जाने विदेशी पर्यटकका लागि अतिरिक्त शुल्क निर्धारण गरेको हो।

नेपाल ‘सस्तो’ गन्तव्य: पर्यटकको दैनिक खर्च ५३ अमेरिकी डलर मात्र

बुधबार, २७ असार २०७५

नेपाल आएका विदेशी पर्यटकले दैनिक खर्च कति गर्छन् ? पर्यटन मन्त्रालयका पूर्वसचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ अमेरिकी डलर मात्र छ । थापाको भनाइमा यो खर्च निकै कम हो।

प्रभुले थप्यो दुई नयाँ हेलिकप्टर

मङ्गलबार, २६ असार २०७५

निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी प्रभुले दुईवटा नयाँ हेलिकप्टर थप गरेको छ ।

‘बेलैमा उद्धार नहुँदा मजदुरको ज्यान गयो’

आइतबार, २४ असार २०७५

हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो भेगमा सडक विस्तारमा खटिएका २० मजदुरको शुक्रबार टिपर दुर्घटनामा ज्यान गयो।

मुस्ताङमा ट्रिपर पल्टँदा १५ जनाको मृत्यु, मृतकको सनाखत (अपडेट)

शुक्रबार, २२ असार २०७५

हिमालपारिको जिल्ला मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा परि २२ जनाजति घाईते भएको प्रारम्भिक जानकारी आएको छ ।

फूलबारी रिसोर्ट पुनः सञ्चालन तयारी

बिहिबार, २१ असार २०७५

मजदुर आन्दोलनले गएको वर्ष भदौ अन्तिमदेखि बन्द पाँचतारे स्तरको ‘फूलबारी रिसोर्ट’ पुनःसञ्चालनको तयारी थालिएको छ ।

‘प्रवर्द्धनलाई बजेट कम भयो’

मङ्गलबार, १९ असार २०७५

पर्यटन प्रवर्द्धनार्थ दिइने बजेट कम भएको गुनासो यहाँका पर्यटन व्यवसायीले गरेका छन् । अहिले पर्यटन बोर्डको पोखरास्थित प्रदेश कार्यालयबाट दिइने बजेट प्रवर्द्धनका लागि अपुग भएको व्यवसायीको भनाइ छ।

सरकारी लक्ष्य भेट्न आक्रामक प्रवर्द्धन

बिहिबार, १४ असार २०७५

सरकारको सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न भारतीय सहरमा आक्रामक रुपमा प्रवर्द्धन गर्नुपर्ने यहाँका पर्यटन व्यवसायीले बताएका छन् ।

पोखरा–लेखनाथ महानगरपालिकामा पुरानै आयोजनालाई निरन्तरता

सोमबार, ११ असार २०७५

महत्वाकांक्षी र वर्षाैं पुराना आयोजनालाई निरन्तरता दिँदै पोखरा–लेखनाथ महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७५-७६ को नीति तथा कार्यक्रम आइतबार ल्याएको छ ।

कम्बोडिया र भियतनामका व्यवसायीसँग पोखरेलीको सहकार्य

शुक्रबार, ०८ असार २०७५

पछिल्लो समय पर्यटनमा छलाङ मारेका भियतनाम र कम्बोडियाका पर्यटन व्यवसायीसँग पोखरेली व्यवसायीले पर्यटकीय गतिविधि बढाउन सहकार्य गर्ने भएका छन् ।

यती एयरको जहाज चिप्लिएर घाँसे मैदानमा

आइतबार, ०३ असार २०७५

पोखरा विमानस्थलमा यती एयरलाइन्सको जेटस्ट्रिम जहाज अवतरण पछि पार्किङमा लैजाने क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको छ। विमानस्थलका अनुसार अवतरणपछि जहाज फर्काएर पार्किङ क्षेत्रमा लैजाने क्रममा ‘हाइड्रोलिक फेलर’ भएर जहाज घाँसे मैदानमा पुगेको हो।

Ncell Footer Ad