सन्तोष पोखरेल

काममै जान मानेनन् सूचीकृत बेरोजगार

शुक्रबार, ३१ जेठ २०७६

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा ५० मिटर दूरीको मोटरबाटोको ट्र्याक खोल्न प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत स्थानीय बेरोजगारलाई बोलाइयो। तर, आफ्नै गाउँको त्यो बाटोमा काम गर्न कोही बेरोजगार मानेनन्। अन्नपूर्ण–१ बाट ९८ जना बेरोजगार कामका लागि सूचीकृत भएका थिए।

आन्तरिक हवाई उडान ‘योजनामै’ सीमित

बुधबार, २९ जेठ २०७६

गण्डकी प्रदेश सरकारले गत मार्चबाट पोखरादेखि अन्य ६ वटा प्रदेशका मुख्य सहरसम्म सिधा हवाई उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो।

पर्यटनको बजेट कनिका छरेझैं : व्यवसायी

आइतबार, २६ जेठ २०७६

पर्यटन बोर्ड पोखरा कार्यालयको चालु आर्थिक वर्षको बजेट सात करोड ६६ लाख रुपैयाँ हो। बोर्डको समग्र बजेट एक अर्ब ५० करोड ७७ लाख रुपैयाँ रहेकामा पोखरा कार्यालयले पाँच प्रतिशत पाएको थियो। पोखराले पाएको बजेटमध्येबाट पनि पूर्वाधारतर्फ तीन करोड ५० लाख र चार करोड १६ लाख रुपैयाँ प्रवद्र्धनात्मक कार्यक्रमका लागि छुट्ट्याइएको थियो।

पर्यटनको बजेट कनिका छरेझैंः व्यवसायी

आइतबार, २६ जेठ २०७६

पर्यटन बोर्ड पोखरा कार्यालयको चालु आर्थिक वर्षको बजेट सात करोड ६६ लाख रुपैयाँ हो। बोर्डको समग्र बजेट एक अर्ब ५० करोड ७७ लाख रुपैयाँ रहेकामा पोखरा कार्यालयले पाँच प्रतिशत पाएको थियो।

फेवातालमा मध्याह्नपछि डुंगा सयर जोखिमपूर्ण

आइतबार, १९ जेठ २०७६

पोखरामा सोमबार दिउँसो कालो बादल मडारिएर हावाहुरीसहित असिनापानी प¥यो। एकाएक हुरीसहितको असिनापानीले फेवातालमा छाल उठ्यो। त्यही छालमा परेर डुंगा सवार सातजना तालमा खसे। लाइफ ज्याकेट लगाएकाले तालमा खसे पनि उनीहरु सबैजना तैरिए। तत्कालै पुगेको सशस्त्र प्रहरीको टोलीले उनीहरूको उद्धार ग¥यो।

होटल उद्घाटन नगरी फर्किए प्रधानमन्त्री

आइतबार, १९ जेठ २०७६

उच्च नेतृत्वलाई राजनीतिक प्रभावमा पार्दा वा सही सन्देश नदिँदाको परिणाम कस्तो हुन्छ भन्ने पुष्टि पोखरास्थित होटल उद्घाटनको कार्यक्रमबाट भएको छ। शनिबार होटल उद्घाटन गर्न पोखरा आएका प्रधानमन्त्री केपी शर्मा ओली नराम्रोसँग चुके। सो घटनालाई धेरैले कच्चा शैली भनेर टिप्पणी गरे। प्रधानमन्त्री ओली शनिबार होटल उद्घाटन, स्काउट सम्मेलन र रवीन्द्र अधिकारी प्रतिष्ठान घोषणामा सहभागी हुने कार्यक्रम थियो। उनको पहिलो कार्यक्रम लेकसाइडस्थित स्विस इन्टरनेसनल होटल सरोवर उद्घाटन गर्ने थियो। लगत्तै स्काउट र अन्तिममा प्रतिष्ठानको कार्यक्रममा सहभागी हुने तालिका थियो।

पुराना आयोजनालाई मात्रै बजेट

शुक्रबार, १७ जेठ २०७६

सरकारले बुधबार आर्थिक वर्ष २०७६÷७७ को बजेट सार्वजनिक त ग¥यो। तर, गण्डकी प्रदेशभित्र नयाँ र ठूला आकारका आयोजनाका लागि संघीय सरकारले बजेट नदिएको भन्दै यहाँ असन्तुष्टि बढेको छ। पूरानै र वहुवर्षे आयोजनालाई निरन्तरता दिनमात्र बजेट दिएको, नयाँ कार्यक्रम केही नभएको उनीहरुको गुनासो छ।

‘आफ्ना नेता’ले बाँडेका आश्वासन अपूरै

मङ्गलबार, १४ जेठ २०७६

स्थानीय तह निर्वाचन भएको दुई वर्ष पुगेको छ। लामो समयपछि स्थानीय तहको निर्वाचनमार्फत पोखरा महानगरले कुर्सीमा मेयर मानबहादुर जिसीलगायत पदाधिकारी पाउँदा त्यो बेला नगरवासीमा निकै उत्साह छाएको थियो।

खहरेले घट्टेखोलामा निर्माणाधीन पक्की पुल बगायो

सोमबार, १३ जेठ २०७६

खहरे खोलामा एक्कासि आएको बाढीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित घट्टेखोलामा निर्माणाधीन पक्की पुलका सबै संरचना बगाएको छ।

‘आन्तरिक पर्यटन वर्ष’ घोषणामै सीमित

शुक्रबार, ०३ जेठ २०७६

प्रदेश सरकारले बनाएको कार्ययोजना अनुसार कार्यक्रम नहुँदा आन्तरिक पर्यटन वर्षले अपेक्षाकृत परिणाम दिन नसक्ने व्यवसायी बताउँछन्। प्रदेश सरकारको सक्रियता अभावमा आन्तरिक पर्यटन वर्ष घोषणामै सीमित हुने अवस्था देखिएको उनीहरुको गुनासो छ।

अन्नपूर्ण म्याराथन जेठ तेस्रो साता

मङ्गलबार, ३१ बैशाख २०७६

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापनमा जेठ तेस्रो साता प्रतियोगिता हुन थालेको हो।

थप आठ करोड ४० लाख बाडिँदै

आइतबार, २९ बैशाख २०७६

गण्डकी प्रदेश सरकारले होमस्टेका नाममा थप आठ करोड ४० लाख रुपैयाँ बाँड्ने तयारी गरेको छ।

हाई अल्टिच्युडले पदयात्रीको ज्यान गयो

शनिबार, २८ बैशाख २०७६

हिमाली जिल्ला मुस्ताङको सारेबुङ हिमाल (६३४६ मि) आरोहण र त्यस भेगको पदयात्राका लागि गएको टोलीका एक सदस्य इटालियन पदयात्रीको हाई अल्टिच्युडका कारण ज्यान गएको छ। टोलीमा रहेका अरू दुईजना नेपाली गाइड पनि बिरामी परेका छन्।

३० ठाउँमा केबलकार बनाउने प्रस्ताव

शुक्रबार, २७ बैशाख २०७६

गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउँमा केबलकार बनाउन अनुमति माग्दै आवेदन परेको छ। केबलकार बनाउने प्रस्तावसहितका आवेदन धमाधम पर्न थालेपछि गण्डकी प्रदेश सरकारले प्रस्तावित योजना सही भए नभएको बुझ्न अध्ययन थालेको छ। त्यसका लागि निजी कम्पनीलाई अध्ययनको जिम्मा दिएको छ।

एबिसीमा हिउँले पुरिएका होटल ठड्याइँदै

सोमबार, २३ बैशाख २०७६

अधिक हिमपातपछि पुरिएका अन्नपूर्ण आधार शिविर (एबिसी)का होटल बल्ल ठड्याउन थालिएको छ। हेलिकप्टरबाट निर्माण सामाग्री ओसारेर होटल निर्माण गर्न थालिएको हो। त्यसका लागि व्यवसायीले महँगो भाडा खर्च गरिरहेका छन्। सिजनको अधिक हिमपातले झण्डै दुई महिनादेखि त्यहाँका होटल बन्द छन्। आधार शिविर पुगेका पाहुनाले बास बस्न समेत पाएका छैनन्। एबिसीका होटल व्यवसायी जेबी गुरुङले हेलिकप्टरबाट सामान ओसारेर होटल बनाउन थालेको बताए। ‘हिमपातले होटल पुरिँदा गरिखाने व्यावसाय नै बन्द भयो। सधैंका लागि बन्द गरेर पनि भएन,’ गुरुङले भने, ‘त्यही भएर सिजन सकिने बेला भए पनि होटल ठड्याउन थालेका छौं।’

फेवाताल संरक्षणमा सहकार्य अभाव

आइतबार, २२ बैशाख २०७६

फेवातालको पानीको स्रोतका रूपमा रहेका मुहान क्षेत्रका हर्पन लगायका खहरे खोलामा चेक ड्याम बनाउने भनेर पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षमा सात करोड रुपैयाँ छुट्यायो। आर्थिक वर्ष सकिन अब झन्डै अढाइ महिना बाँकी छ।

फेवाताल संरक्षणको काम अझै सुरु भएन

शनिबार, २१ बैशाख २०७६

सर्वाेच्च अदालतले गत माघ २ गते फेवाताल संरक्षणको पूर्णपाठ सार्वजनिक गर्दैे ६ महिनाभित्र फेवातालको चारकिल्ला कायम गर्नु/गराउनू भनेर संघीय सरकारलाई आदेश दिएको थियो।

अध्ययनबिना होमस्टेलाई ३० करोड

बिहिबार, १९ बैशाख २०७६

गण्डकी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पु-याएर पर्यटनमय बनाउने र स्वरोजगारी सिर्जना गर्ने भन्दै बिनाअध्ययन होमस्टेलाई ३० करोड रुपैयाँ बाँड्ने भएको छ। सरकारले बजेट दिँदा होमस्टे सञ्चालन गर्ने समुदायको वास्तविक अवस्था पहिचान गरेको छैन। पर्याप्त अध्ययन र अनुसन्धानबिना नै रकम उपलब्ध गराइएको हो।

मलेसियाली आरोही चिनको चार दिनपछि उद्धार

शनिबार, १४ बैशाख २०७६

अन्नपूर्ण प्रथम (८०९१ मि) आरोहण मार्गको ७ हजार पाँच सय मिटर उचाइमा चार दिनदेखि हराइरहेका मलेसियाका आरोही वुई किन चिनको शुक्रबार बिहान सकुशल उद्धार गरिएको छ। गत मंगलबार दिँउसो आरोहण सकेर फर्कने क्रममा हराएका आरोही चिन अर्धचेत अवस्थामा फेला परेको उद्धारकर्ताले बताएका छन्।

अन्नपूर्णमा अलपत्र आरोहीको उद्धार

शुक्रबार, १३ बैशाख २०७६

गत मंगलबार अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण गरेर फर्कने क्रममा मलेसियाका ४८ वर्षीय आरोही वुई किन चिन समूहबाट छुटे। निर्धारित समयमा तोकिएको गन्तव्यमा नफर्केपछि बल्ल उनी छुटेको थाहा भयो। अनि उद्धारको प्रयास भए पनि तत्काल सम्भव भएन। निर्धारित समयमा चिन तोकिएको गन्तव्यमा नआएपछि साथमा गएका अरु आरोहीसहितको टोली फर्कियो।

Ncell Footer Ad