सन्तोष पोखरेल

फेवातालमा डुंगा पल्टँदा २ युवक बेपत्ता, ६ काे उद्दार

सोमबार, २४ साउन २०७३

पोखरा- फेवातालमा डुंगा पल्टिँदा दुईजना युवक बेपत्ता भएका छन्। आठजना सवार डुंगा तालको बीचभागमा पुग्दा पल्टेको थियो।

पोखरालाई 'अद्भूत गन्तव्य' बनाउन सुझाव

सोमबार, २४ साउन २०७३

भूकम्प र नाकाबन्दीबाट थलिएको पर्यटन क्षेत्र अझै उकासिएको छैन। पाहुना अभावमा यो बेला पर्यटन क्षेत्र सुनसान जस्तै छ। पर्यटक नआउँदा व्यवसायी चिन्तित छन्। विदेशी पर्यटनमाझ पोखरालाई चिनाउने गतिलो 'ब्रान्ड' नहुँदा प्राकृतिक रुपमा पोखरा र सेरोफेरो सुन्दर हुँदाहुँदै पनि पाहुनाको आगमन बढाउन नसकेको व्यवसायी बताउँछन्।

रोजगारीमा ठग्न तमसुक नै नक्कली

मङ्गलबार, १८ साउन २०७३

अवैध बाटोबाट कोरिया पठाउने भन्दै एजेन्टले कास्की पामेका भरत थापासँग दुई वर्षअघि साढे ६ लाख रुपैयाँ लिए। तमसुक जम्मा दुई लाख ५० हजार रुपैयाँको मात्र गरिदिए। बाँँकी चार लाख रुपैयाँ बुझेको सामान्य रसिद थमाइदिए। तमसुकमा घर व्यवहार चलाउन सापटी लिएको बेहोरा उल्लेख छ।

निःशुल्क भिसाले बढेनन् चिनियाँ

सोमबार, १७ साउन २०७३

सरकारले बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल भिœयाउन भिसा शुल्क मिनाहा गरे पनि आगमन बढ्न सकेको छैन। सिजनका बेलामा पनि चिनियाँ पर्यटक नेपाल नआएको पर्यटन व्यवसायीको भनाइ छ। भिसा शुल्क मिनाहाले चिनियाँको आगमनमा उत्साह नथपेको व्यवसायी बताउँछन्।

महावीरको महादान

सोमबार, १७ साउन २०७३

राष्ट्रिय आविष्कार केन्› स्थापना गर्न सूचना प्रविधिका अभियन्ता तथा म्यागासेसे पुरस्कार विजेता महावीर पुनले कास्कीमा आफ्नो नाममा रहेको २८ रोपनी जग्गा दिने घोषणा गरेका छन्। केन्द्र खोल्न सरकारले बेवास्ता गरेको भन्दै पुनले आफ्नो जग्गा दिएर काम अघि बढाउने घोषणा गरेका हुन्।

युरोपको हिमालमा नेपालीको कीर्तिमान

बिहिबार, १३ साउन २०७३

सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतह (समिट टु सी) सम्म प्याराग्लाइडिङमा उडेर कीर्तिमान बनाएका प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवारले युरोपेली महादेशको सबैभन्दा अग्लो हिमालबाट पनि प्याराग्लाइडिङको सफल उडान गरेका छन्।

पश्चिममा साख गुमाउँदै निगम

मङ्गलबार, ११ साउन २०७३

पोखरा– पर्यटकीय गन्तव्य भएकाले काठमाडौं–पोखरा रुटमा निजी हवाइ कम्पनीले पर्याप्त मात्रामा उडान गरिरहेका छन् । पर्यटकीय हिसाबले सिजन र अफसिजनमा समेत एकाध बाहेक यो रुटमा निजी कम्पनीको उडान संख्या खासै घटबढ हुँदैन । दैनिक दर्जन हाराहारीमा यो रुटमा नियमित उडान भइरहेको छ । तर, यही रुटमा सरकारी वायुसेवा नेपाल वायुसेवाले उडान नगरेको महिनौं बितिसकेको छ ।

रोमानियाकी २६ वर्षिया युवती अन्नपूर्ण क्षेत्रमा मृत फेला

मङ्गलबार, ११ साउन २०७३

पोखरा– एकसातादेखि अन्नपुर्ण क्षेत्रमा हराइरहेकी रोमानियाकी २६ वर्षिया एडिना मोनिका पोपेस्क्युको आइतबार बेलुकी शव भेटियो । एक्लै नेपाल आएकी उनको शव अन्नपुर्ण क्षेत्रभित्रको घान्द्रुक–१ सुइखोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

पोखराको रामघाट जलमग्न, २४ घण्टामा २२३ मिलिमिटर वर्षा

मङ्गलबार, ११ साउन २०७३

पोखरा– लगातारको वर्षाले सेती नदीको रामघाट क्षेत्र डुवानमा परेको छ। रातभरीको वर्षाले नदीमा वहाव बढेको र निकास साँघुरो हुँदा रामघाट क्षेत्र जलमग्न भएको हो। पोखरामा पछिल्लो २४ घण्टामा करिब २२३ मिलिमिटर वर्षा भएको हावापानी कार्यालयले जनाएको छ।

अन्नपुर्ण क्षेत्रमा हराएकी पर्यटक मृत फेला

सोमबार, १० साउन २०७३

एकसातादेखि अन्नपुर्ण क्षेत्रमा हराइरहेकी रोमानियाकी महिला पर्यटकको नदी किनारमा शव फेला परेको छ । एक्लै नेपाल घुम्न आएकी २६ वर्षिया एडिना मोनिका पोपेस्क्यूको घान्द्रुक–१ सुइखोला किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

डलरमा अध्यागमन शुल्क झन्झटिलो

शुक्रबार, ०७ साउन २०७३

मुस्ताङ र मनाङकाअर्ध–निषेधित क्षेत्रघुम्न जाँदाविदेशीपर्यटकले प्रवेश अनुमतिशुल्कअमेरिकी डलरमै बुझाउनुपर्ने बाध्यकारी नियमले झन्झट हुने गरेको छ। अमेरिकीडलरमामात्रशुल्कतिर्नुपर्दा डलर अभावहुँदाको बखतसमस्या पर्ने गरेको पर्यटन व्यवसायीको गुनासो छ।

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

बुधबार, ०५ साउन २०७३

पृथ्वी राजमार्गको तनहुँ खण्डमा बुधबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । एउटै राजमार्गको करिब १५ किलोमिटर दुरीभित्र भएका तीनवटा दुर्घटनामा परि ३४ जना यात्रु घाइते भएका छन्।

अफ–सिजनमै फर्कियो पर्यटन व्यवसाय

सोमबार, ०३ साउन २०७३

यहाँका पर्यटन व्यवसायीले विदेशीपर्यटक आगमनको दृष्टिलेसेप्टेम्बर–नोभेम्बरलाई पहिलो र मार्च–मेलाई दोस्रो सिजन मान्छन्। वर्षका ६ महिना सिजन र बाँकीसमयलाई व्यवसायीले अफ–सिजन मान्दै आएका थिए।

कोरलामा चासो

शुक्रबार, २४ असार २०७३

उत्तरी छिमेकी चीनले कोरला नाकामा तीव्र रुपमा विकास गर्न थालेपछि नेपालतर्फ पनि चासो बढ्न थालेको छ। लामो समयदेखि चर्चामा रहे पनि उति ध्यान नपुगेको यो नाकाप्रति बल्ल अहिले सरकारले ध्यान दिएको हो।

उमेर ६९, कक्षा १०

बुधबार, १५ असार २०७३

पोखरा-हुन त मेरो चाहना धेरै पढेर घुम्ने कुर्सिमा बसेर जागिर खाने होईन, तरपनि अहिले स्कुल पढ्दैछु,’ स्याङजा, फेदीखोलाका दुर्गा बिक, ६९, धेरैलाई यस्तै सुनाउँछन्।

स्तरोन्नतिमा लगानी गर्न चीनको एक्जिम बैंक इच्छुक

मङ्गलबार, १४ असार २०७३

पोखरादेखि म्याग्दीको बेनीहुँदै मुस्ताङ सदरमुकामजोमसोम जोड्ने सडक स्तरोन्नतिमालगानीगर्न चिनियाँबैंक इच्छुक देखिएको छ। चीनको एक्जिम बैंकले उक्तसडक स्तरोन्नतिगर्न चासो देखाएको हो।

जोमसोम-कोरला सडक स्तरोन्नति गरिँदै

सोमबार, १३ असार २०७३

मुस्ताङ सदरमुकाम जोमसोमदेखि चीनको सीमा कोरलासम्मको सडक स्तरोन्नति हुने भएको छ। ट्र्याकमात्र खुलेको उक्त सडक स्तरोन्नति गर्न सबै प्रक्रिया अघि बढाइएको छ। सडक स्तरोन्नति गर्न टेन्डर आह्वान गरी निर्माण कम्पनी छान्ने प्रक्रिया चलिरहेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।

कोरला जोड्ने सडक खन्दै चीन

आइतबार, १२ असार २०७३

चीनले दीर्घकालीन रुपमा नेपालसँग व्यापार विस्तार गर्ने उद्देश्यसहित अहिले नेपालतर्फको नाकासम्म आइपुग्ने गरी धमाधम आफ्नो भूभागमा सडक विस्तार गर्न थालेको छ ।

पाहुना डाक्न अग्ला भवन

शनिबार, ११ असार २०७३

मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा अग्ला भवन ठड्याउने क्रम तीव्र छ। अग्ला भवन व्यक्तिगत बसोबासका लागि बनाइएका होइनन्। ठडिइसकेका र ठडिनेक्रममा रहेका अधिकांश अग्ला भवन पर्यटक लक्षित हुन्।

गुम्यो थापा परिवारको भरोसा

बुधबार, ०८ असार २०७३

‘छोरालाई डाक्टर बनाउने धोको थियो, बीचमै ठक्कर लाग्यो,’ अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती विष्फोटमा ज्यान गुमाएका लम्जुङ अर्चलबोट–९, साँखरका अमृतबहादुर थापाका ज्वाइँ रामकृष्ण थापाले भने, ‘भर्खर एमबिबिएस पढ्न थालेका छोरालाई दक्ष चिकित्सक बनाउने उहाँ (ससुरा) को चाहना थियो, तर त्यो चाहना पूरा नहुँदै जानुभयो ।’