सन्तोष पोखरेल

आन्तरिक पाहुनालाई ‘नयाँ प्याकेज’

बिहिबार, १५ चैत २०७४

पोखरामा आन्तरिक पाहुनाको आगमन बढाउन पश्चिमाञ्चल होटल संघले चार प्रकारका नयाँ प्याकेज सार्वजनिक गरेको छ । नेपाली नयाँवर्ष मनाउन पोखरा आउने स्वदेशी पाहुनालाई लक्षित गर्दै प्याकेज ल्याएको संघले जनाएको छ।

लेकसाइड अब ‘नो भेइकल जोन’

आइतबार, ११ चैत २०७४

सवारी चापले साँघुरो बन्दै गएको पर्यटकीय क्षेत्र लेकसाइडको केही खण्डलाई ‘नो भेइकल जोन’ बनाइएको छ। अबदेखि हरेक शुक्रबार र शनिबार लेकसाइडको ‘नो भेइकल जोन’ भित्र सवारी चल्न पाउने छैनन् । मूल सडकमा सवारी रोकिएपनि त्यहाँसम्म पुग्ने भित्र सडकमा भने निर्बाध रुपमा सवारी चलाउन पाइनेछ ।

अर्थ मन्त्रालयले पठाएन बजेट ‘सिलिङ’

बिहिबार, ०८ चैत २०७४

प्रदेशसभाले आर्थिक कार्यविधि विधेयक पारित गरेपछि चालु र आगामी आर्थिक वर्षको बजेट बनाउनेबारे छलफल सुरु भएको छ। यो महिनाभित्र चालु र त्यसपछिको दुई महिना अवधिमा आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यताले आर्थिक मामिला तथा योजना मन्त्रालयले निकै नै दबाबमा काम गर्नुपर्ने भएको छ।

फेवा सिरानमा पदयात्रा रुट

बिहिबार, ०८ चैत २०७४

फेवाताल, अन्नपूर्ण हिमशृंखलाको खुलेको दृष्य, अनि सराङकोटबाट हुने प्याराग्लाइडिङ उडानको परिकल्पना गर्दै गाउँलेको वास्तविक जीवन बुझ्दै पदयात्रा गर्न चाहने पर्यटकलाई खुसीको खबर–फेवाताल सिरान फेरो लगाएर पदयात्रा गर्न पाइने भएको छ।

हराएकी कोरियाली पदयात्री फेला

आइतबार, ०४ चैत २०७४

अन्नपूर्ण आधारशिविर (एबिसी) घुमेर पोखरा फर्कंदै गर्दा कोरियाली पदयात्री २८ वर्षीया जी आई ले शुक्रबार दिउँसो हिँड्दा हिँड्दै बाटो बिराइन्।

दुर्घटनापछिको अफवाहले पर्यटकमा अन्योल

शुक्रबार, ०२ चैत २०७४

जोवाक्विम जोस लुजिया परेरा पोर्चुगलबाट घुम्न आएका हुन्। त्यहाँको एउटा चर्चित व्यापारिक समूहमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा कार्यरत परेराको यो नेपाल भ्रमण पहिलो हो। केही दिनअघि आएका उनी एक महिना यतै रहनेछन्।

‘रुममेट’ गुमाएको पीडा कसरी भनौं ?

बुधबार, ३० फागुन २०७४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार भएको युएस बांगला एयरवेजको विमान दुर्घटनामा बंगलादेशमा एमबिबिएस अध्ययन सकेर फर्केका विद्यार्थी पनि परे । तीमध्ये केहीको मृत्यु भयो भने अरु घाइते भएर उपचाररत छन् । एमबिबिएसको अन्तिम परीक्षा सकेर घर फर्केका विद्यार्थीको मृत्युको शोकमा ती अध्ययनरत कलेजमा तीन दिन पठनपाठन बन्द गरिएको छ ।  दुर्घटनामा परेका विद्यार्थी बंगलादेशको सिलेट सहरस्थित जललावाद राजीव रबेया मेडिकल कलेजमा अध्ययनरत थिए । कलेजका १३ विद्यार्थी एमबिबिएस अध्ययन सकेर दुईमहिने बिदामा घर फर्कंदै थिए । बिदापछि कलेज फर्केर एकवर्षे इन्टर्नसिप गर्ने विद्यार्थीको तालिका थियो । पाँच वर्षभन्दा बढी समय एउटै कोठामा बसेको साथी गुमाउनुपर्दा मन थाम्नै गाह्रो भएको विद्यार्थी सुवास आचार्यले बताए।

मुख्यमन्त्री गुरुङलाई विश्वासको मत

शुक्रबार, २५ फागुन २०७४

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले दुईतिहाइ सहित विश्वासको मत प्राप्त गरेका छन्।

बजेट बनाउने बाटो खुल्यो

शुक्रबार, २५ फागुन २०७४

प्रदेश सरकारको आगामी आर्थिक वर्ष (२०७५-७६) सहित चालु वर्ष (पाँच महिना बाँकी) को बजेट निर्माणका लागि बाटो खुलेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आर्थिक कार्यविधि विधेयक, २०७४ स्वीकृत गरेसँगै बजेट निर्माणका लागि बाटो खुलेको हो।

वैशाखमा महिला कुस्ती

बुधबार, २३ फागुन २०७४

पोखरामा राष्ट्रियस्तरको महिला कुस्ती प्रतियोगिता आयोजना हुने भएको छ । आउँदो वैशाख तेस्रो साता हुन लागेको प्रतियोगिता नेपालको खेलकुद इतिहासमै पहिलो हुने आयोजकले बताएको छ।

निगमको ट्विनअटर निजी कम्पनीलाई

मङ्गलबार, २२ फागुन २०७४

आम्दानीको हिसाबले पोखरा–जोमसोम रुट हवाई कम्पनीका लागि निकै ‘अब्बल’ मानिन्छ । सिजनका बेला निजी हवाई कम्पनीले यो रुटमा एकै दिन झन्डै दुई दर्जनसम्म उडान भर्छन्।

प्रदेश ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे

आइतबार, २० फागुन २०७४

प्रदेश–४ को मुख्य न्यायाधिवक्तामा अधिवक्ता राजेन्द्र घिमिरे नियुक्ति हुने भएका छन्। आइतबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न शिफारिस गर्ने निर्णय गरेको हो।

सबै स्थानीय तहमा बिमा कम्पनी

आइतबार, २० फागुन २०७४

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई स्थानीय तहमा जान अनिवार्य गरेजस्तै बिमा समितिले पनि बिमा कम्पनीलाई गाउँगाउँमा जान कडाइ गर्ने भएको छ । आगामी पाँच वर्षभित्र मुलुकका सबै स्थानीय तहमा बिमा कम्पनी पुर्‍याइ सक्ने समितिको तयारी छ।

मध्य सहरमा ज्यानमारा पुल

शुक्रबार, १८ फागुन २०७४

गत पुस १० गते राति साढे ११ बजे पोखरा लेखनाथ महानगरपालिका–४ फिर्केपुलमा मोटरसाइकल दुर्घटना हुँदा म्याग्दीको मंगला गाउँपालिका–५ का १९ वर्षीय तिलकबहादुर थापाको ज्यान गयो। थापाले चलाएको बा ३९ प ३०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका थापाको उपचारका क्रममा ज्यान गएको थियो।

होली खेल्नेक्रममा छतबाट खसेर बालकको मृत्यु

बिहिबार, १७ फागुन २०७४

होली खेल्नेक्रममा एकजना बालकको घरको छतबाट खसेर मृत्यु भएको छ। घरको छतबाट खस्दा पोखरा लेखनाथ महानगरपालिका–२ विन्ध्यवासिनीका ११ वर्षिय आविश्कार रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।

‘सिजनको व्यापार सन्तोषजनक पनि भएन’

मङ्गलबार, १५ फागुन २०७४

फेब्रुअरीदेखि अप्रिलसम्मको समयलाई पर्यटन व्यवसायीले विदेशी पाहुना आउने मुख्य सिजन मान्छन् । भूकम्पअघिका वर्ष यो सिजनमा पोखरा आउने पाहुनाको संख्या उच्च हुँदा अग्रिम बुकिङ पनि शतप्रतिशतभन्दा बढी हुन्थ्यो । शतप्रतिशतभन्दा बढीको बुकिङलाई व्यवस्थापन गर्न कतिपय होटललाई त्यो बेला हम्मे परेको थियो।

सांसदलाई डेराको पिरलो

आइतबार, १३ फागुन २०७४

प्रदेश सभा सांसदले डेरा नपाएर दु:ख पाएका छन् । नेताहरु बस्ने ठाँउमा बाक्लो अाउजाउ हुने भएकाले घरवालाले नेतालाई डेरा दिन नमानेका हुन् ।

प्रदेश नम्बर ४ को उपसभामुखमा शर्मा निर्वाचित

आइतबार, ०६ फागुन २०७४

प्रदेश नम्बर ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित भएकी छन्। आइतबार उपसभामुखको लागि भएको निर्वाचनमा उनले ३८ मत प्राप्त गर्दै विजयी भइन्।

यस कारण छान्न सकेन माओवादीले मन्त्री

शुक्रबार, ०४ फागुन २०७४

प्रदेश–४ को मन्त्रीमण्डलमा सहभागिता जनाउने बारेमा छलफल गर्न बसेको माओवादी केन्द्रको प्रदेश संसदीय दलमा बैठकमा ब्यापक विवाद भएको छ। विवादपछि सहभागि हुने सदस्यको टुंगो लागेको छैन। विवादका कारण माओवादीले प्रदेश सरकारमा सहभागि मन्त्रीको नाम पठाउन सकेन।

माओवादीले मन्त्रीको नाम सिफारिस गर्न सकेन

शुक्रबार, ०४ फागुन २०७४

प्रदेशद नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले पद तथा गोपनीयताको सपथ गराए। सभामुख नेत्रनाथ अधिकारीले पनि आजै शपथ लिएका छन्।

Ncell Footer Ad