सन्तोष पोखरेल

आन्तरिक पाहुनाको पोखरा बास ‘एकरात’ मात्र

मङ्गलबार, २८ असोज २०७६

पोखराले पछिल्लो केही वर्षदेखि आन्तरिक पर्यटनबाट राम्रो लाभ पाउँदै आउँदा यहाँका पर्यटन व्यवसायी निकै खुसी थिए। वर्षमा ५० प्रतिशत हाराहारीको ‘अकुपेन्सी’ आन्तरिक पाहुनाले ओगट्न थालेको भन्दै व्यवसायीले विदेशी सरह आन्तरिक पाहुनालाई उत्तिकै महत्व दिन थालेका थिए।

चिनियाँ पर्यटक बढ्ने आस

सोमबार, २७ असोज २०७६

चीनले बढीभन्दा बढी नागरिक नेपाल पठाउने आश्वासन दिएका बेला स्थल र हवाई कनेक्टिभिटी बढाउनुपर्नेमा पर्यटन व्यवसायीको जोड।

शौचालय नहुँदा पर्यटक दिक्क

शुक्रबार, १७ असोज २०७६

पर्यटकीय क्षेत्र लेकसाइडको मूल सडकसँगै जोडिएको छ– लेकभ्यू रिसोर्ट। मूल सडक भएकाले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको ओहोरदोहोर निकै चलिरहन्छ। तर, पैदल हिँडिरहेका कतिपय पाहुना बेलाबेला हतारिँदै रिसोर्टतिर छिर्छन्। हतारिँदै रिसोर्ट छिरेका सबै पाहुना खानपिनका लागि गएका हुँदैनन्, उनीहरुको एकमात्र उद्देश्य शौच गर्नु हुन्छ।

चिनियाँ पर्यटक वृद्धिदर सुस्त

मङ्गलबार, १४ असोज २०७६

सन् २०१८ मा एक लाख ५४ हजार चिनियाँ पर्यटक नेपाल भित्रिए। सन् २०१९ को अगस्टसम्म आएका चिनियाँको संख्या एक लाख ६ हजार छ। आगमनको अनुपात हेर्दा कुनै अवरोध नभए सन् २०१९ मा पनि पोहोरकै हाराहारी चिनियाँ नेपाल आउने अनुमान व्यवसायीको छ। यसबाट उनीहरु सन्तुष्ट भने छैनन्।

पर्यटन क्षेत्र निराशातिर

आइतबार, १२ असोज २०७६

मुलुकभर शुक्रबार ‘विश्व पर्यटन दिवस’ तामझामपूर्ण रुपमा मनाइरहँदा मुख्य पर्यटकीय क्षेत्र पोखरा भने पटक्कैे खुसी हुन सकेन। कारण– सिजनको सुरुवात सुखद देखिएको छैन। आन्तरिक गन्तव्यमा आउजाउ असहज छ। अनि, मुख्य सिजनको कमजोर बुकिङले पर्यटनमा उत्साह जगाउने आधार व्यवसायीले देखेका छैनन्।

पोखरा विमानस्थलको नाफा बर्सेनि बढ्दै

शुक्रबार, १० असोज २०७६

यात्रुको चाँप र हवाइ जहाजको उडान थपिँदै जाँदा पोखरा विमानस्थलले हरेक वर्ष नाफा कमाउने गरेको छ। आर्थिक वर्ष ०७५/७६ मा पोखरा विमानस्थलले झन्डै साढे नौ करोड रुपैयाँ कमाइ गरेको थियो। विमानस्थलको उक्त आर्थिक वर्षको खर्च भने जम्मा चार करोड रुपैयाँ थियो। खर्च कटाउँदा पनि झन्डै साढे पाँच करोड रुपैयाँ विमानस्थलले नाफा कमाएको छ।

दसैंमा हिमाली च्यांग्राको स्वाद

बिहिबार, ०९ असोज २०७६

दसैंमा सबैभन्दा बढी चासो मासुको हुन्छ। त्यसैले त अरु बेलाको तुलनामा दसैंमा दोब्बर बढी मासु खपत पनि हुन्छ। मासुमा पनि च्यांग्रा भनेपछि उपभोक्ता झनै हुरुक्कै हुने गरेका छन्। हिमाली जडीबुटी खाएर हुर्केका ती च्यांग्रा पाएसम्म उपभोक्ताले अरू खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौं च्यांग्रा पोखरामा केही दिनको अन्तरमा किनबेच हुन्छ।

थकाली ‘स्वाद’ मा कब्जा

शुक्रबार, ०३ असोज २०७६

मिठो थकाली खाना खान कहाँ जाने होला ? पोखरा ओर्लनासाथ धेरैले सोध्ने प्रश्न हो यो । अझ आन्तरिक पर्यटकको मुखैमा झुन्डिएको छ, थकाली खानाको स्वाद । त्यसैले त पोखरा झर्नासाथ थकाली भान्छा चहार्न थाल्छन् । हवाईजहाज चढेर आउने आन्तरिक यात्रु त एकघण्टा भोक मारेर भए पनि काठमाडौंबाट उडेर पोखरा ओर्लेपछि बल्ल खाना खान थकाली भान्छाघरतिर हानिन्छन् ।

तीन महिना छँदा बल्ल प्रवर्द्धन अभियान

शुक्रबार, ०३ असोज २०७६

१५ लाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ घोषणा ग-यो। तर, सन् २०१९ सकिन झण्डै साढे तीन महिना मात्र बाँकी छँदा प्रदेश सरकारले बल्ल प्रवद्र्धनात्मक कार्यक्रमको तयारी थालेको छ।

मुख्य सिजनको बुकिङ कमजोर

बिहिबार, ०२ असोज २०७६

क्षमता विस्तार गरी एक सय एक कोठा बनाइएको ल्यान्डमार्क होटलको अक्टोबर र नोभेम्बरको अग्रिम बुकिङ अहिलेसम्म जम्मा २० प्रतिशत हाराहारी छ। पोहोर–परार यो बेला ती दुई महिनाको अग्रिम बुकिङ कम्तीमा ७० प्रतिशत पुगिसक्थ्यो। ७० प्रतिशतको अग्रिम बुकिङले व्यवसायी सुखद् सिजनको पखाइमा रहन्थे।

पर्यटकीय सिजनको मुखैमा डेंगी त्रास

मङ्गलबार, ३१ भदौ २०७६

पर्यटनमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई मुख्य सिजन मानिन्छ। मौसम अनुकूल हुने हुँदा यो बेला नेपाल घुम्न आउने विदेशी पर्यटकको चाहना हुन्छ। तर, मुख्य सिजनको सुरुमै पोखरामा डेंगी संक्रमण डरलाग्दो रुपमा फैलिइरहेको छ।

‘कनेक्टिभिटी’ नबढ्दा व्यावसाय खस्कियो’

आइतबार, २९ भदौ २०७६

हवाई र सडक सञ्जाल व्यवस्थित नहुँदा पर्यटक आगमन सोचेजति फस्टाउन नसकेको भन्दै यहाँका व्यवसायीले चिन्ता जनाएका छन्। राजधानी काठमाडौं र अर्काे पर्यटकीय सहर लुम्बिनीदेखि पोखरासम्म आउने स्थलमार्ग अस्तव्यस्त हुँदा पर्यटक आगमन सोचेजति फस्टाउन नसकेको उनीहरुले बताए। व्यवस्थित स्थलमार्ग नभएसम्म पर्यटकको आगमन बढाउन नसकिने उनीहरुको भनाइ छ।

मुस्ताङबाहेक सबैतिर डेंगी

शुक्रबार, २७ भदौ २०७६

मान्छेको आउजाउ बाक्लो हुँदै गएको र पर्याप्त सवारीसाधन चलिरहेकाले डेंगी फैलाउने लामखुट्टे मुस्ताङ उक्लिन सक्छ।

दिनदिनै थपिँदै बिरामी, चिकित्सकसमेत संक्रमित

मङ्गलबार, १७ भदौ २०७६

डेंगीका बिरामी बढेपछि यहाँका अस्पतालमा उपचार गर्न जाने बिरामीको भीड लागेको छ। बरालका अनुसार गण्डकी मेडिकल कलेज र फेवासिटी अस्पतालमा डेंगी लागेका बिरामीको उपचारका लागि विशेष कक्ष नै राखिएको छ।

‘धुलैधुलोको फोटो अन्तर्राष्ट्रियकरण नगरौं’

बिहिबार, १२ भदौ २०७६

सरकारले ‘नेपाल भ्रमण वर्ष’ मनाउँदै सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ। तर, आवश्यक पूर्वाधार र प्याकेज नहुँदा सरकारी लक्ष्यअनुसार पर्यटक नआउने व्यवसायीले गुनासो गरिरहँदा पर्यटनमन्त्री योगेश भट्टराईले भने अनावश्यक प्रचारप्रसार नगर्न व्यवसायीलाई सुझाएका छन्।

लेकसाइडमा अवाञ्छित गतिविधि रोक्न महानिरीक्षक निर्देशन

बुधबार, ०४ भदौ २०७६

रात्रिकालीन व्यवसायले पर्यटकीय क्षेत्र लेकसाइमा कोलाहल मच्चाएको भन्ने गुनासो बढिरहँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त नियन्त्रणमा लिन गण्डकी प्रदेश प्रहरीलाई निर्देशन दिएका छन्। लेकसाइडमा मध्यरातपछि डान्स र डिस्कोबाट बाहिरिएको समूहले गर्ने अवाञ्छित गतिविधि रोक्न उनले प्रहरीलाई निर्देशन दिएका हुन्। एउटाले व्यवसाय गर्दा अर्काेलाई असर पार्न नहुने उनले बताएका छन्।

मनसुनमा पनि कम वर्षा

मङ्गलबार, ०३ भदौ २०७६

मनसुनका मुख्य दुई महिना जुलाई र अगस्टमा सबैभन्दा बढी पानी पर्नुपर्ने भए पनि पोखरामा ती दुई महिनामा योपटक निकै नै कम पानी परेको कार्यालयका प्रमुख राजारामप्रसाद ढकालले बताए।

उपनिर्वाचनबाटै पार्टीको एकता सुरुवातः देउवा

शुक्रबार, ३१ साउन २०७६

आगामि मंसिरमा हुने उप–निर्वाचनले कांग्रेसको दुई गुटलाई एउटै पार्टी बनाउने गरि एकता गराउनुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन्। देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताए। प्रतिनिधिसभातर्फ कास्की–२ लगायतका क्षेत्रमा उपनिर्वाचन हुँदैछ। सबै मिलेर उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर एकताको सन्देश दिनुपर्ने उनले बताए।

‘मध्यरातपछि लेकसाइडमा जहिल्यै कोलाहल’

शुक्रबार, ३१ साउन २०७६

जगतकुमारी थापा, (८०) राति मस्तसँग निदाउन नपाएको बषौँ भयो। लेकसाइडको मूल बजारमा बस्ने थापाको निन्द्रा हराउनुमा घरायसी र शारीरिक अशक्तताको कारण होइन, बाहिरी कोलाहलपूर्ण वातावरणले हरेक रात उनको निद्रा खोसिन्छ।

हरायो क्याम्पिङ ट्रेक

मङ्गलबार, २८ साउन २०७६

केही वर्ष अघिसम्म पोखराबाट हेम्जा–अस्ताम–धम्पुस हुँदै अस्ट्रेलियन क्याम्प पुगेर सराङकोट भएर पोखरा फर्कने क्याम्पिङ ट्रेक निकै चल्तीमा थियो। ६ रात ७ दिनको यो क्याम्पिङ ट्रेकमा सिजनमा विदेशीको चहलपहल निकै हुन्थ्यो। खाली चौर, खेत, मैदानमा रंगीबिरंगी टेन्ट टाँगेर पाहुना बसेका देखिन्थे।

Ncell Footer Ad