कल्पना भट्टराई

काँग्रेस महामन्त्री कोइराला ४ हजार मतले अगाडि

आइतबार, २४ मङि्सर २०७४

नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला जिततर्फ अग्रसर देखिएका छन्। उनी आफ्ना निकटम प्रतिद्वन्द्वीभन्दा ४ हजार ३८४ मतले अगाडि छन्।

काँग्रेस महामन्त्री शशांकको ३ हजार मतको अग्रता

शनिबार, २३ मङि्सर २०७४

नवलपुर-१ का काँग्रेस उम्मेदवार डा.शशांक कोइरालाले सुरुदेखि नै अग्रता लिइरहेका छन्। पछिल्लो परिणामअनुसार उनले १० हजार ८०७ मत पाएका छन्।

नवलपरासीमा बाढीको असर: गण्डक पावर हाउसको विद्युत उत्पादन केन्द्र बन्द

सोमबार, ३० साउन २०७४

बाढीका कारण नवलपरासीको गुठी सुर्यपुरामा रहेको गण्डक जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द गरिएको छ। नहरको पानी बन्द गरिएपछि विद्युत उत्पादन बन्द गरिएको हो।

पूर्व-पश्चिम राजमार्ग भत्कियो, यात्रुहरु अलपत्र

शनिबार, २८ साउन २०७४

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित दाउन्ने उकालोमा सडक भत्केर यातायात अवरुद्ध भएको छ। शुक्रबार बिहानदेखि लागतार परिरहेको भारी वर्षाका कारण दाउन्नेको एस मोडबाट पूर्वतर्फ एक किलोमिटरको दूरीमा सडकको एक लेन भत्केपछि यातायात ठप्प भएको हो।

प्रधानमन्त्रीको ठाडो आदेशमा एलडिओकोे सरुवा

बिहिबार, १२ साउन २०७४

नवलपरासीका खोलामा रहेका नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को अवैध उत्खनन् र निकासीलाई रोक्ने प्रयास गरेका स्थानीय विकास अधिकारी युवराज कट्टेललाई प्रधानमन्त्रीको ठाडो आदेशमा सरुवा गरिएको छ।

नवलपरासीको रामग्राममा कांग्रेस विजयी

आइतबार, १८ असार २०७४

नवलपरासीको रामग्राम नगरपालिकामा नेपाली कांग्रेसले विजयी भएको छ । नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै  पदमा कांग्रेसले जितेको हो ।

सुनवल नगरपालिकामा नेपाली काँग्रेस विजयी

शनिबार, १७ असार २०७४

नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका भिमबहादुर थापा क्षेत्री (भरत) नगरपालिका प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा भने एमालेका दधिराम अर्याल विजयी भएका छन् । प्रमुखमा निर्वाचित कांग्रेसका थापाले ८ हजार ६ सय ५९ मत ल्याएका छन्।

मतदाता संख्या ५ सय, खसेको मत २ !

बुधबार, १४ असार २०७४

नवलपरासीको एउटा मतदान केन्द्रमा जम्मा २ मत खसेको छ। नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ को जनता माबि भुजहवा केन्द्रमा अहिलेसम्म जम्मा २ मतमात्रै मत खसेको मुख्य निर्बाचन अधिकृत कैलाश केसीले जानकारी दिए।

माओवादी कार्यकर्ता चढेको बसमा बम प्रहार, पाँच घाइते

आइतबार, ११ असार २०७४

नवलपरारीको सुनवल नगरपालिका – २ सोमनाथमा चुनाव प्रचार प्रसारका लागि हिडेको बसमा अज्ञात समूहद्वारा बम प्रहार हुँदा ५ जना घाइते भएका छन् ।

तेश्रो लिङ्गी सहित एक हजार ५ सयले दिए उम्मेद्वारी

सोमबार, ०५ असार २०७४

नवलपरासीका सात वटा स्थानिय तहमा १ हजार ५ सय जनाले उम्मेदवारी दिएका छन् । विभिन्न दल र स्वतन्त्र रुपमा विभिन्न पदका लागि १ हजार ५ सय जनाले उम्मेदवारी दिएका हुन् ।

नवलपरासीमा चार गाउँपालिका र एक नगरपालिकामा कांग्रेस विजयी

बुधबार, ०३ जेठ २०७४

स्थानीय तह को निर्वाचनमा नवलपरासीको ४ गाउँपालिका र एक नगरपालिकाको नतिजा घोषण भएको छ। सवै तहमा नेपाली काँग्रेसले बिजय हासिल गरेको छ।

तराईमा होला त  निर्वाचन ?

सोमबार, २१ चैत २०७३

नेपालमा २०५४ साल पछि स्थानीय निकायको निर्वाचन हुन सकेन । त्यतिवेलाका पदाधिकारीको पदावधि २०५९ मा सकिएको थियो । २० वर्ष यता हुन नसकेको स्थानीय तहको निर्वाचन हुल लागेपछि सबैमा उत्साह थपिएको छ । उत्साह सँगसँगै तोकिएको मितिमा निर्वाचन नहुने हो कि भन्नेमा आशंका पनि जन्मिएको छ ।

राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको आक्रमण बढ्दो

शनिबार, १९ चैत २०७३

नवलपरासीको नवलपुर क्षेत्रमा वन्यजन्तुको आक्रमण अझै पनि रोकिएको छैन् । प्रत्येक महिना प्रायः जसो ती क्षेत्रहरूमा वन्यजन्तुले आक्रमण गरेका घटना सुन्न पाइन्छ। राष्ट्रिय निकुञ्जबाट निस्केका वन्यजन्तुहरूले मानिसहरुको ज्यान लिन थालेपनि त्यसको नियन्त्रणमा सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानियवासी आक्रोसित बनेका छन् । कार्तिकको अन्तिम सातादेखी चैत्रको दोश्रो सातासम्म वन्यजन्तुको आक्रमणमा परी दुम्किबास, नयाँवेलहानी, कावासोती, मध्यविन्दु, अल्यौली र गैडाकोटका स्थानियवासीले ज्यान गुमाएका छन् ।

विदेशबाट बढी शव आउनेमा नवलपरासी

आइतबार, १५ फागुन २०७३

मंसिर २० गते विहान १० बजे। बर्दघाट नगरपालिका–११ विजयपुरका अमृत चौधरी (१७) ले फेसबुक खोल्दा उनका बाबु यमनारायण (३५) अनलाइन थिए। ड्युटी जाने हतारमा रहेका यमनारायणले लामो समय च्याट गर्न पाएनन्। 'राम्रोसँग बस्नू, आफ्नो ख्याल राख्नू,' बाबुसँगको अन्तिम कुराकानी सुनाउने क्रममा गला अवरुद्ध पार्दै अमृतले भने, 'त्यो नै बुबासँगको अन्तिम कुराकानी भयो।'

ठेकेदार दबाबमा एलडिओको सरुवा

आइतबार, २४ पुष २०७३

केरुङगे खोलामा नदीजन्य पदार्थको अवैध संकलन र निकासी गर्ने निर्माण सेवा कम्पनीका टिपर र जेसिभी पक्राउ गरी जरिवाना गरेका स्थानीय विकास अधिकारी (एलडिओ) को सरुवा भएको छ। मंसिर अन्तिम साता बाँके जिल्ला विकास समितिबाट सरुवा भएर आएका स्थानीय विकास अधिकारी जीवलाल भुसालको शुक्रबार धादिङमा काज सरुवा भएको छ।

नयाँ एलडिओ पठाए हाजिर गर्न नदिने मोर्चाको चेतावनी

बिहिबार, २१ पुष २०७३

नदीजन्य पर्दाथको चोरी निकासीलाई नियन्त्रण गरेका स्थानीय विकास अधिकारीको सरुवाका गराउनकालागि व्यवसायीले मन्त्रालयमा दौडधुप गरेको भन्दै संयुक्त मधेसी मोर्चाले नयाँ एलडियो पठाए हाजिर गर्न नदिने चेतावनी दिएको छ ।

हुलाक सेवाको अस्तित्व संकटमा

बुधबार, २० पुष २०७३

कुनै समय व्यक्तिगत तथा पारिवारिक सूचना आदानप्रदान गर्न प्रमुख साधन बनेको नेपाली हुलाक सेवाको अस्तित्व अहिले संकटमा परेको छ ।

संघीयता विरोधी भन्दै ओली, रायमाझी र भण्डारीको पुत्ला दहन

आइतबार, ०३ पुष २०७३

मधेस र संघीयता विरोधीको आरोप लगाउँदै मधेसी मोर्चाले आइतबार परासीमा केपी ओली, चन्द्र भण्डारी र टोपबहादुर रायमाझीको पुतला दहन गरेको छ । परासीको बुद्ध चोकमा शीर्ष नेताको पुतला दाहन गरी दाह संस्कारपछि शोकमा दहि चिउरा खाएको तमलोपाका जिल्ला नेता पुरन चौधरीले बताए।

नवलपरासीकाे एमाले पार्टी कार्यालयमा आगजनी

बिहिबार, १६ मङि्सर २०७३

नेकपा एमाले नवलपरासीको पार्टी कार्यालयमा आगलागीको प्रयास भएको छ। परासीमा रहेको पार्टी कार्यालयमा गएराति अज्ञात समूहबाट आगोलागीको प्रयास भएको बताइएको छ। मिनिरल वाटरको बोत्तलमा पेट्रोल हालेर भवनमा आयोलागीको प्रयास भएको नेकपा एमाले परासीका संयोजक तुल्सी पासीले जानकारी दिए ।

तमलोपा निर्वाचन आजबाट

बुधबार, ०८ असार २०७३

परासीमा जारी तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशनअन्तर्गत बुधबारबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । निर्वाचन प्रक्रिया पूरा भइसकेको निर्वाचन समितिले जनाएको छ ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad