टेकेन्द्र बस्याल

काम नसकिँदै ४० लाखको नाला भत्कियो

शनिबार, २२ बैशाख २०७५

कोहलपुर नगरपालिकाको ४० लाख लागतमा उपभोक्ता समितिमार्फत निर्माण थालिएको कोहलपुर–नेपालगन्ज चारलेन सडकको पक्की नाला निर्माणसंगै भत्किएको छ। कोहलपुर १० स्थित चारलेन सडकको त्रिभुवन उच्चमाविदेखि गोल्छासम्मको सम्मको पश्चिम क्षेत्रमा निर्माण जारी पक्की नाला निर्माण पूरा नहुँदै भत्किएको हो।

लगातारको बर्षाले लाखौकाे इँटा नष्ट

बिहिबार, २० बैशाख २०७५

चैत २७ र वैशाख १८, १९ गतेको बर्षात, असिना र हावाहुरीले बाँकेमा एउटै व्यवसायीको लाखौंको इँटा नोक्सानी गरेको छ।

काठ तस्करी गर्ने वडा अध्यक्ष पक्राउ

आइतबार, २५ चैत २०७४

काठतस्करी मुद्दामा दोषी ठहरिएका डुडुवा गाउँपालिका ४ का वडाअध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार दिउँसो ३ बजे वडाअध्यक्ष सगिर खाँलाई पक्राउ गरेको हो।

बंगुरको मासु नखाँदा जागिर गयो

सोमबार, १९ चैत २०७४

सेनाको भान्सामा पकाएको बंगुरको मासु नखाएकै कारण एक सेनाका प्युठको जागिर गएको छ। नेपाली सेनाको ४ नम्बर बाहिनी बाँकेको राँझामा कार्यरत प्युठ मोहम्मद जाबिर खानको चैत १ गते जागिर गएको हो। सेनाको १४ वर्षीय जागिरे जीवनमा मासुकै विषयमा विवादका कारण जागिर गएको खानको आरोप छ।

सहकारी अध्यक्षद्वारा कर्मचारीलाई बन्धक बनाएर बलात्कार

मङ्गलबार, १३ चैत २०७४

कोहलपुरको गंगा जमुना कृषि सहकारी संस्थाका अध्यक्षले आफ्नै कार्यालयकी १९ बर्षीय कर्मचारीलाई होटलमा बन्धक बनाएर बलात्कार गरी फरार भएका छन्।

महेन्द्रका एमए विद्यार्थीबाट परीक्षा बहिष्कार

शुक्रबार, ०२ चैत २०७४

विषयबस्तु भन्दा बाहिरी क्षेत्रबाट परीक्षामा प्रश्नपत्र आएको भन्दै एमएका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन्

स्वास्थ्यको पहुँचमा अगाडि

शुक्रबार, ०२ चैत २०७४

प्रदेश नम्बर ५ प्रदेश अन्य प्रदेशका तुलनामा स्वास्थ्य पहुँचमा सुविधाजनक देखिएको छ। यहाँका १२ जिल्लामा सानाठूला सरकारी र निजीसहित ५७ वटा सुविधाजनक अस्पताल सञ्चालनमा छन्। साविक भेरी, राप्ती, लुम्बिनी अञ्चलका अञ्चल र क्षेत्रीय अस्पताल निजी र सरकारी संरचना प्रदेश नम्बर ५ मा रहेकाले अन्य प्रदेशभन्दा स्वास्थ्य सेवा, सुविधा र पहुँचमा अगाडि देखिएको हो।

नागरिकता नहुँदा मधेसका बुहारी समस्यामा

मङ्गलबार, २२ फागुन २०७४

जानकी गाउँपालिका ६ प्रिपहवाकी ४५ वर्षीय हसरतजहाँ दर्जीले विवाह गरेको २५ वर्ष भयो । उनका १९ र १६ वर्षीय दुई छोरी र १४ तथा ११ वर्षका दुई छोरा छन्।

जिएसटीले कोइलाको मूल्य अकसियो

शुक्रबार, ०४ फागुन २०७४

भारतले वस्तु तथासेवा कर(जिएसटी) लागू गरेपछि यो वर्ष बाँकेका इँटा व्यवसायीले कोइला महँगोमा किन्नुपरेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष कोइलामा २५ प्रतिशत मूल्य बढेको हो ।

हात्तीले टावर ढालेपछि तीन दिनदेखि लोडसेडिङ

आइतबार, ०९ पुष २०७४

पश्चिमका १८ जिल्लासम्म राष्ट्रिय विद्युत प्रसारण जोड्ने बाँकेको समशेरगन्जमा विद्युत प्रसारण टावर जंगली हात्तीले ढलाएपछि तीन दिनदेखि विद्युत अनियमित भएको छ ।

इँटा उद्योगीलाई भारतीय कामदारको भर

बुधबार, १३ मङि्सर २०७४

इँटा उद्योगमा काम गर्ने दक्ष जनशक्ति नेपालमा नपाउने भएपछि यतिबेला जिल्लाका उद्योगीलाई भारतीय कामदार खोज्ने चटारो सुरु भएको छ । स्वदेशमै कामदार नपाउने भएपछि भारतीय गाउँमा गएर अग्रिम रकम भुक्तानी गर्दै कामदार ल्याउने गरिएको छ।

कोहलपुर चौराहका सुकुमबासी हटाइयो

आइतबार, १२ कार्तिक २०७४

पूर्व–पश्चिम राजमार्ग र रत्न राजमार्ग अन्तर्गत पर्ने कोहलपुर–११, चौराहमा १२ वर्षदेखि सडक अतिक्रमण गरी बसेका सुकुमबासीलाई प्रशासनले हटाएको छ । १२ वर्षदेखि व्यापारिक र घरायसी टहरा बनाएर बसेका ७२ घरधुरी सुकुमबासीलाई हटाइएको हो।

भेरी–बबई आयोजनामा पाँच सयलाई रोजगारी

सोमबार, ३० असोज २०७४

राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको भेरी–बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा पाँच सय नेपाली युवाले रोजगारी पाएका छन् । उनीहरूले आयोजनाको सुरुङ पाईपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका छन् । आयोजनाका अनुसार नेपाली कामदारले मासिक १६ हजारदेखि ५० हजार सम्म कमाउँदै आएका छन् ।

नेपाली आकाशमा बच्चाको जन्म

सोमबार, २३ असोज २०७४

मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आइरहेको नेपाल एयरलायन्सको जहाजभित्र एक महिलाले बच्चाको जन्म दिएकी छन्। आकाशमा उडिरहेको अवस्थामा छाँयानाथ रारा नगरपालिका २ की २२ वर्षीया मायादेवी भामले छोराको जन्म दिएकी हुन्।

धानमा फौजी किराको प्रकोप

सोमबार, ०९ असोज २०७४

दुई साता यतादेखि राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा पाकेको धान खेतीमा फौजी किराको संक्रमण देखिएको छ। एकैपटक हजारौं हेक्टरको धान खेतीमा फौजी किरा फैलिएको छ।

पत्नी फिर्ता माग्दै पाँच दिनदेखि ससुरालीमा अनशन

शनिबार, १४ साउन २०७४

अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिँसा र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएर पत्निलाई छुटाएको भन्दै एक युवा ससुरालीमा अनशन बसेका छन्।

आमासँगै सुतेकी छोरी गायब भएपछि...

मङ्गलबार, ०३ साउन २०७४

बैजनाथ गाउँपालिका ६ पार्वतीपुरमा सोमबार रात्री आमासँगै सुतेकी अढाई बर्षकी छोरी गायब भएपछि गाउँनै त्रसित बनेको छ। आमासँगै खाटमा सुतेर हराएकी बालिका तीन घण्टापछि विहान घरनजिकैको मकैबारीमा फेला परेकी परिन्।

हेलिकोप्टरमा अस्पताल पुर्‌याए पनि सुत्केरीको मृत्यु

सोमबार, २६ असार २०७४

जिल्ला अस्पताल कालिकोटमा प्रसुतिका क्रममा अत्याधिक रक्तस्राब भएपछि थप उपचारका लागि भेरीअञ्चल अस्पताल पुर्‍याएकी तिलागुफा नगरपालिका ११ की ३५ बर्षीया हरिशोभा सुनारको मृत्यु भएको छ। हेलिकप्टरबाट चार्टर गरि नेपालगन्ज पुर्याएको ८ घण्टापछि सोमबार विहान २ बजे सुनारको मृत्यु भएको हो।

एमाले नेताको भाषण सुनेर वृद्धका आँखामा आँसु

बिहिबार, ०१ असार २०७४

बाँके क्षेत्र नम्बर ४ का सांसद दलबहादुर सुनारले बिहिबार कोहलपुर नगरपालिकास्थित हवल्दारपुरमा आयोजित नेकपा एमाले पार्टी उम्मेदवार आमसभा कार्यक्रममा वृद्धवृद्धा भावुक बने। उनका भाषणमा सहभागी ७० बर्षमाथिका वृद्धवृद्धाका आँखाबाट आँसु झरे।

२० हजार घुस लिँदालिँदै भूमिसुधारका सुब्बा पक्राउ

बुधबार, २४ जेठ २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेत सम्पर्क कार्यालय कोहलपुर टोलीले २० हजार घुससहित भूमिसुधार कार्यालयका सुब्बालाई पक्राउ गरेको छ। भूमि सुधार कार्यालय नेपालगन्जका नायव सुब्बा शैलेन्द्रकुमार कर्णलाई बुधबार दिउँसो साँढे १ बजेतिर २० हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

Ncell Footer Ad